~खगेन्द्र लामिछाने~
” हे ! धुम् मचाले, धुम् मचाले, धुम् …………. !”
धुँवाले कुहिरोको रूप धारण गरेको थियो । चर्को संगीतले कानको जाली हल्लाइरहेको थियो । मानिसहरू झुमीरहेका थिए, शीवरात्री पर्वका जोगीहरू जस्तै । सुनिएको पढिएको इन्द्रलोकको पनि स्मरण भयो । मोसन फास्ट भएपनि अप्सरा जस्तै युवतीहरू नागीन चालमा गुडुलिइरहेका थिए । सबैका दुःख पीडा हराएका थिए । प्रकाश परिकल्पना पनि अचम्मको ! देखिन खोज्छ, देखिदैन । सबैले पर्खाइमा समय बिताईरहेका थिए ।
“चर्को घाम जस्तो लाइटमा नाच्नु नी !”
मानिसहरू अपरिचीत प्रकाश परिकल्पनाकारलाई गाली दिइरहेका थिए । गीत सकियो । नर्तकीले लाज मान्दै नर्तकलाई मायाले थप्पड हानी र छिटो छिटो नेप्ाथ्य तर्फ दौडी । बिजयोल्लास् मुद्रामा नर्तकले दर्शकलाई हेर्यो र भित्रतर्फ छिर्यो । सबैका अगाडि बोतल र ग्लास थिए, साना ठूला । गीतको समाप्ति र शुरूवातबिचको सन्नाटा ब्याप्त थियो । ग्लास र टेबल ठोकीएको आवाज र मानिसहरूको गुन्गुनावटलाई धुवाँले ढाकेको थियो । देब्रे कर्नरको एउटा टेबलमा तीन जना मस्त पिईरहेका थिए ।
“ह्या
“जाउँ जाउँ ल !” दोस्रोले भन्यो ।
“म तिमीहरूजस्तो फिरन्ते होइन । म जान्न ।” तेस्रोले भन्यो । पहिलेा र दोस्रोले निकैकर गरे । तेस्रोले आफ्नो अड्ठी छोडेन । तेस्रोसँग रिसाउँदै पहिलोले भन्यो,
“यसलाई अलि एक्सट्रा बन्नु पर्छ ! साला !”
सबैको आवाजलाई चिर्दै गीत चर्को बज्यो ।
” सेक्सी सेक्सी सेक्सी सेक्सी ……………………. तेरी चुनरी सेक्सी लग्ती है……….. ”
पत्रि्रता कर्मठ हिन्दुस्थानी नारीको चालमा युवती नाच्न थाली । बैंसालु जवानले साथ दियो । सबै चिसा भए । सबैको भावना बुझेजस्तरी एउटा चर्को करायो,
“ओ ए, गीत चेन्ज गर । मुफ्त को पैसा हो – साला !” सबै कराए । तर गीत चालु भैरह्यो । तीन जना युवक मध्येको दोस्रोले भन्यो,
“जाने भए जाउँ ।”
पहिलोले सहमति जनायो । तेस्रो पटक्कै मानेन । उ भद्र किसिमको नृत्य हर्ेनमा मग्न रह्यो । सहमतिमा पहिलो र दास्रोले तेस्रोलाई छोडेर बाहिरिए । बिचबाट एउटा करायो,
“गीत भएन । …….. आस्था च्यानल त घरमा पनि आउँछ ।”
सबै हासे । तेस्रो युवक हासेन । चर्को बोल्ने मानिसलाई ठूला आखाँले हेर्यो मात्र । कोही झोव
” भिगे होठ तेरा……… प्यासा ए दिलमेरा ……….”
“ओ
गीत चर्को बज्यो । नर्तक र नर्तकी नागीन चालमा लठारीन थाले । उठेका सबै बसे । सबैको मोसन फास्ट भयो । नशामा सबै भन्न थाले ,
“गुड”
“भेरी गुड”
“फ्यान्टास्टिक्”
“गुड पोस्चर”
“गुड मुभमेन्ट्”
“एक्सटि्रम्ली हट्……वाउ !”
“तेरी चुनरी सेक्सी लगती है ……….” गीतकी पुरानी नर्तकी, पत्रि्रता कर्मठ हिन्दुस्थानी नारी जस्तै । देब्रे कर्नरको सोफामा वसेर एक्लै रक्सी पिउँदै गरेको तेस्रो भाबुक युवकसँग टाँसीएर बसी । युवकको अनुहारको रातोपन गाढा भयो । युवक थोरै ठाउँ सर्यो । युवती सजिलो गरी बसी ।
“नाम के हो नी -” युवतीले सोधी ।
“युवक” युवकले भन्यो ।
“हैन होला ! ढाँटेको -” युवतीले भनी ।
“साँचै हो ।” युवकले भन्यो ।
“घर कहाँ हो नी -” युवतीले भनी ।
“पोखरा” युवकले सटिक जवाफ दियो । युवती उत्तेजीत भावमा बसेर नै उप
“आई लाईक पोखरा ! हि हि हि ……. क्या ब्यूटीफुल प्लेस छ !”
“थ्याङ्क यू” युवकले भन्यो ।
“ह्वाट् -” युवतीले चर्को बोली ।
“थ्याङ्क यू भनेको ।” युवक चर्को बोल्यो र मुस्कुरायो । उनीहरू मुस्कुराउँदै गफ गरीरहे । एउटा रक्स्याहा स्टेजको अगाडि गयो । खल्ती बाट पाँचका नोटहरू झिकेर स्टेजमा फ्याँक्दै भन्यो,
“भिगे होठ तेरा हैन ……….. पेन्ट तेरा…….. हा हा हा हा ………साला ! वान्स मोर है।”
र्
नर्तकी लाज मानेर नेपथ्यतर्फ दौडी । नर्तक दर्शकतर्फ र्फकेर मुसुक्क हास्यो र छिरलिएका पाँचका नोट टिप्न थाल्यो । ग्लास र टेबल ठोकिएको आवाजहरू चर्को हासोमा बिलिन भए । सबै भन्न थाले,
“अब केहि होला जस्तो छ ।”
“यस्तै हो भने यो बारले काठमाण्डौंका सबै बारलाई माथ गर्छ ।”
“होईन, अमेरीकाका बारलाई पनि माथ गर्छ ।”
“भेरी हट् डान्स । दर्ुइ सय ड्रि्री सेन्टीग्रेड भन्दापनि बढी !”
“हा हा हा हा हा हा
मानिसहरूका लरबरीएका ंशब्दहरू र हासोलाई गीतको चर्को आवाजले विस्थापित् गर्यो ।
“मै छोरी सुन्दरी ……….हा……कसरी भरौं पानी………!”
होची होची कोरलीले कम्मर हल्लाएर नाँच्न थाली । मख्ख मुद्रामा सवैले हेरे । आलोचनात्मक भावमा एउटाले भन्यो,
“त्यस्तो गीतलाई यस्तो बनाए ! बिगारे !”
“पोष्टमोर्डन भनेकै यही हो ।” अर्कोले र्समर्थन गर्यो । नजिकका सबै हासे । युवकसँग टाँसिएर बसेकी युवतीले युवकसँग सोधी,
“यहाँ को को बस्नुहुन्छ -”
“एक्लै” युवकले भन्यो ।
“मलाई रूम पाटनर बनाउने हो त -” हास्दै युवतीले भनी ।
“डिर्स्र्टव हुन्छ ।” युवकले भन्यो ।
“हुँदैन के, खाना पकाउँछु, कपडा धुन्छु, भँाडा मोल्छु” युवतीले भनी । युवक मुसुक्क हास्यो मात्र । युवतीले फेरी भनी ,
“लाज मानेको -”
“हैन । ……….त्रि्रो नाम के हो नि -” युवकले भन्यो ।
“नैना ।” युवतीले भनी । युवकले रक्सीको चुस्की लिएर भन्यो,
“तिमी नाचेको धेरै राम्रो थियो ।”
“थ्याङ्क यू” युवतीले भनी ।
“कति पढ्दै छौ -“युवकले भन्यो ।
“एस.एल.सी पास मात्र । पढ्नै पाइन । …….के गर्नु ! घरको ब्यवहार हर्ेर्नुपर्छ । भाइहरू सानै छन् । बुवा एक्सीडेन्टमा परेर एउटा खुट्टा काट्नु पर्यो ।” युवती भावुक हुदै भनी । युवक
युवतीको भावुकतालाई साथ दिंदै मौन बस्यो । युवतीले फेरि भनी,
“पढ्न निकै मन थियो । भाग्यले ठगेपछि के गर्नु !”
युवक भावुक हुँदै रक्सी पिईरहृयो । युवतीले हेरिरही ।अचानक युवकको टाउको समातेर युवतीले किस्् गरी । युवक अवाक् युवतीलाई हेरिरहृयो । युवतीले भनी,
“मलाई पढेको मान्छे एकदम् मनपर्छ । कति पढ्दै हुनुहुन्छ -”
“एम.ए. । ……… तिमी नाच्दीनौ -” युवकले भन्यो ।
“नाचौं -” युवती खुसी हुँदै भनी ।
“ल जाउ ।” युवकले भन्यो ।
“ल …. पहिला एक प्याग वाईन खाउँ न त ।” नैनाले भनी । युवक बोलेन । नैनाले हतारिंदै फेरी भनी,
“खाउँ है – मागौं -”
“यहि खाए भयो नि ।” युवकले भन्यो ।
“केटी मान्छेले कहाँ यस्तो खान हुन्छ त ! प
युवकले सहमति दियो । नैनाले हतारिंदै वेटरसँग वाईन मगाई । बाइपङ्गखी घोडाभन्दा छिटो वेटर वाईन लिएर आयो । नैनाले आधा वाईन खाई र युवककोे गालामा चुमिदिई । आफू फेरि आउने कुरा बताएर त्यहाँबाट गई । मै छोरी सुन्दरीकी होची कोरली नेपथ्यतर्फदौडी । एउटाले भन्यो,
“तँ मै छोरी सुन्दरी म मै छोरो सुन्दर ल आईज ! हा हा हा हा !”
धुँवामय वातावरणमा हल्लाभन्दा चर्को गीत बज्यो । युवक मख्ख मुद्रामा दुवै हात पट्याएर नैनाको नृत्यको प्रतिक्षामा बस्यो ।
“च्याङ्गबा हे च्याङ्गबा
“ओ
सबै उत्तेजित भए । नैना स्टेजमा प्रवेश गरी । युवक मुसुक्क हास्यो । एक चुस्की रक्सी पिएर नैना नाचेको हेरीरहृयो । नसाले उन्मात्तिएकाहरू आफ्नै ठाउँमा बसेर ताल बेताल नाचे । नैना सँग नाची रहेको केटाको ठाउँमा आफूलाई कल्पनामा नचाउँदै युवक झुम्यो । स्टेजबाट नैनाले युवकलाई फ्लाईङ्ग किस् दिई । युवकले किस्लाई दाईने मुठ्ठीले च्यापेर र्सटको देब्रे खल्तीमा राख्यो, अथवा मुटुमा । तत्काल उठेर उ पनि आफ्नो ठाउँ नछोडी नाच्यो । फेरी उसलाई नैनाको विवशताले भावुक बनायो । उद्धार गनर्ुृ ठूलो धर्म हो भन्ने कुरा उसले सोच्यो । गीत सकियो । एउटा रक्स्याहा चर्को करायो,
“चोरेर ल्याको पैसा हैन । नाङ्गौ नाच ! साला !”
सबै कराए । उनीहरूका माग मिल्दाजुल्दा थिए । नैना हतारिंदै युवकको नजिक आएर बसी । युवकले नैनाको नृत्यको प्रशंसा गर्यो । नैनाले धन्यवाद भन्दै आफूलाई कुरीरहेको वाईनको ग्लास समाती । युवक मुस्कुराउँदै रक्सीको चुस्की लियो । युवकको त्रि्रामा नैनाले आफ्नो त्रि्रा खप्र्टाई । युवकले रक्सीको चुस्की लगातार तीन पटक लियो र भन्यो,
“मेरो रूम्पाटनर बन्ने हो -”
“सधैंलाई -” नैनाले हास्दै भनी । युवक एकछिन अलमलियो । नैनाको विवश्ाताले उसलाई फेरि छोयो । उसले मन्द हास्दै भन्यो, “ओ के ! नो प्रवलम !”
“कजरारे………. कजरारे……..तेरे कारे कारे नैनों”
नयाँ गीत र नृत्य शुरू भयो । नैनाले आफ्नो ग्लास रित्याई । अर्को प्याग वाईन मगाई र पिउन थाली । सबै झुम्न थाले । नैनाले युवकको गाला आफ्नो ओठतिर तानेर किस्् गरी । युवक मेशिन जस्तै चल्यो । नैना उसकी अप्रेटर । अचानक मेशिन स्वचालित् भयो । युवकले नैनाको ओठमा किस्् गर्न खोज्यो । नैनाले अलि अफ्ठ्यारो मान्दै भनी,
” आफ्टर म्यारीज् !”
नशालु आँखाले नैनालाई हर्ेर्दै युवकले उसको ठेगाना सोध्यो । नैनाले बिराटनगर बताई । पर्ूवेली अंगालो र पश्चिमेली अंगालो भन्दै दुबै जोल्टीए । एक-अर्कालाई किस्् गरे । युवकको सम्मूख बसेको अधबैंसेले नैनासँग भन्यो,
“एता पनि आउ न हो
युवक रिसाउँदै भन्यो,
“ए… ! यसलाई के सोचिस् – साला ! तेरो टाउको चिलाएको छ -”
नैनाले दुबैलाई झगडा नगर्न अनुरोध गरी । हतारिंदै नैनाले आफ्नी सहेलीलाई बोलाई र अधबैंसेसँग बस्न भनी । नैनाकी सहेलीले त्यसै गरी । युद्ध जितेजस्तै गरी अधबैंसेले युवकलाई हेर्यो । रिसाउँदै आफ्नो अन्तिम् प्याग रित्यायो । नैनाले पनि रित्याई । आफूलाई वाईन र युवकलाई ब्रान्डी मगाई । साथमा बोनलेस चिकेन चिल्ली पनि । युवकलाई किस्् गर्दै नैनाले भनी,
“रिसाएको -”
युवक छिटो छिटो बोल्यो,
” हैन…….. पाट्नर बन्ने भनेपछि मलाई यस्तो मन पर्दैन । निट् एण्ड क्लीन् हुनर्ुपर्छ ।”
आफ्नो विवशताले गर्दा त्यस्तो व्यवहार सहनुपर्ने कुरा नैनाले बताई । एक पटक फेरि नैनाको विवशताले युवकलाई घोच्यो । युवकले माया गर्दै नैनालाई अंगाल्यो । नैनाले आफ्नो टाउको युवकको छातीमा टाँसी । अर्डरअनुसारको पेय पदार्थ र बोनलेस चिकेन चिल्ली आयो । दुबै छुट्टएिर खान थाले । खाइसकेपछि दुवै नशाले झुम् भए । गीत परिवर्तन भयो ।
“आइए………… ओ… आइए………”
र्
नर्तक नर्तकी परिवर्तन भए । संगीतको तालमा उनीहरू विभिन्न आशनहरूमा बाँधिन थाले । नशाचुर दर्शकहरूले हुटिङ्ग गर्न थाले ।
“नछोड”
“दे दे”
“म आउँ – साला, के दिन्थ्यो !”
“आजैदेखि रूम् पाट्नर बन्ने त -” नैनाले वाईनको चुस्की लिंदै भनी,
“लाईफलङ्ग हो भने हुन्छ ।” युवकले भन्यो ।
“ठीक् छ । आजैदेखि भने आजैदेखि सही । आई एम रेडी ।” नैनाले भनी,
युवकले सहमति जनायो । नैनाले फेरि भनी,
“पाँच हजार दिनु न त । साथीसँग मागेर घर पठाएको, त्यसलाई तिरौं, अनि जाउँला ।”
“पाँच हैन तिन हाजार जति छ । साथीलाई भोली दिउँला ।” युवकले भन्यो ।
“पुग्दैन ।” नैनाले भनी
“पैसा त छ, बिल पनि त तिर्नु पर्यो नी ।” युवकले भन्यो ।
“म साथीसँग कुरा गर्छर्ुु म नाचेपछि सकिन्छ । जान्छु ल ! पछि आउँछु” ग्लास रित्याएर नैना गई । थोरै समयपछि चालु गीत सकियो । नयाँ गीत शुरूभयो,
“मस्त……हेे
पन्चानब्बे प्रतिशत् नाङ्गो शरीर लिएर नर्तकी स्टेजमा प्रवेश गरी । युवक अलमलीयो । नर्तकी नैना जस्तो पनि लाग्छ, हैन जस्तो पनि । सबै उठेर हुटिङ्ग गर्न थाले,
“या
”
“हेरेर जाने हो ।”
वेटरहरूले सबैलाई आ-आफ्नो ठाउँमा बसाले । युवकले आँखा मिचेर नर्तकीलाई हेर्यो । युवकको सम्मूखमा बसेको अधबैंसे मुसुमुसु हास्दै भन्यो,
“अघि त मसँग झगडा गर्न खोज्दै थियौ ! देख्यौ त्रि्री तरूनीको चाला -”
“त्यसरी नाची भन्दैमा खराब भन्न मिल्दैन । चुप् लागेर बस्ने ! नो कमेन्ट् प्लीज् !” युवकले भन्यो ।
युवकलाई नैनाको विवशताले फेरि छोयो । अधबैंसे मुसुमुसु हास्दै आफ्नै धुनमा बस्यो । युवकले सोच्यो, उसलाई आफ्नो पारिवारीक विवशताले यतिसम्म गर्न बाध्य बनाएको हो । मानिसहरू यसलाई गलत सोच्छन् ! यदि म उसको ठाउँमा भएको भए चरेसको ब्यापार गर्थें होला, मान्छे मार्थें होला, चोरी, डकैती…छि ः ।
कमसेकम उसले आफु नाचेर अरूलाई मनोरञ्जन त दिएकी छ । तैपनि अब मेरो पाट्नर बनेपछि सारा समस्या खत्तम् । नयाँ ढंगले जीवनको शुरूवात् ! रिल्याक्स् युवक रिल्याक्स् …….!
युवकले आफूलाई सम्झायो । नैना नाचेको हर्ेन उसलाई अलि अफ्ठ्यारो महशुस भयो । तैपनि उसले हेर्यो । नाचीरहेकी नैनालाई अगाडी बस्ने दर्शकले सयको नोट दियो । बदलामा नैनाले उसलाई चुमिदिई । अफ्ठ्यारो मान्दै युवकले नैनालाई हेर्यो । नैनाले युवकलाई फ्लाईङ्ग किस्् दिई । युवकले बिनाप्रतिव्रि
“ओ भाई, लिएर जाउ । मोज गर, दर्ुइ चार हजारको कुरा त हो । माल गजबको छ ।”
युवकले अधबैंसेलाई घृणाको दृष्टिले हेर्यो । उ केही बोलेन । सर्त्ताईस् सय असी रूपैंयाको बिल युवकको अगाडी आयो । उसले बिल तिर्यो । कोही उठे, कोही प्रस्थान गरे । हलको दाहिने कर्नरमा नैना अर्को अधबैंसेसँग गफ गरेको देखेर युवकले उसलाई आफुसँग आउन आँखालर्ेर् इशारा गर्यो । नैनाले बाहिर कुरेर बस भन्नर्ेर् इशारा गरी । युवक बाहिरियो ।
सडकबत्तिको धमिलो प्रकाशमा केही मानिसहरू चहल-पहल गरिरहेका थिए । प्राय ः पसलहरू बन्द थिए । एकदम् भद्धा मेकअप् गरेकी महिला युवकको अगाडी आएर लयमा भनी,
“यो लाली जोवन हामीलाई देउ न है ।”
युवक हास्यो । उ मस्कँदै गई । युवकले उ गएतर्फहेरिरह्यो । युवकभन्दा थोरै पर बाइक् स्र्टार्ट भयो । युवकको ध्यान बाइकर््तर्फ गयो । अचानक युवकका आँखा बाईकको पछाडी बसेर हेल्मेट लगाउँदै गरेकी नैनासँग ठोकीए । तत्काल बाइक् दु्रतगतिमा दौडियो । नैनाले युवकतर्फ फर्केर हात हल्लाई । युवकले मौन हेरीरह्यो । हर्ेदाहर्ेर्दै रातको धमिलो प्रकाशमा बाइक हरायो । सडकमा फालिएको वीयरको खाली क्यानलाई एकसुरसँग खुट्टाले खेलाउँदै युवक पनि आफ्नो डेरातर्फ प्रस्थान गर्यो ।
Jan/2006
जन्म : २०३५/०३/२८
स्थायी ठेगाना : पु.ब.न.पा.- १३, स्याङ्गजा
हाल : लैनचौर, काठमाण्डौं
प्रकाशित कृति : उपन्यास -एक)
विधा : कथा, नाटक,उपन्यास
इ मेल : lakhagu@hotmail.com
(स्रोत: Suskera)