कथा : बार लभ

~खगेन्द्र लामिछाने~

” हे ! धुम् मचाले, धुम् मचाले, धुम् …………. !”

धुँवाले कुहिरोको रूप धारण गरेको थियो । चर्को संगीतले कानको जाली हल्लाइरहेको थियो । मानिसहरू झुमीरहेका थिए, शीवरात्री पर्वका जोगीहरू जस्तै । सुनिएको पढिएको इन्द्रलोकको पनि स्मरण भयो । मोसन फास्ट भएपनि अप्सरा जस्तै युवतीहरू नागीन चालमा गुडुलिइरहेका थिए । सबैका दुःख पीडा हराएका थिए । प्रकाश परिकल्पना पनि अचम्मको ! देखिन खोज्छ, देखिदैन । सबैले पर्खाइमा समय बिताईरहेका थिए ।

“चर्को घाम जस्तो लाइटमा नाच्नु नी !”

मानिसहरू अपरिचीत प्रकाश परिकल्पनाकारलाई गाली दिइरहेका थिए । गीत सकियो । नर्तकीले लाज मान्दै नर्तकलाई मायाले थप्पड हानी र छिटो छिटो नेप्ाथ्य तर्फ दौडी । बिजयोल्लास् मुद्रामा नर्तकले दर्शकलाई हेर्‍यो र भित्रतर्फ छिर्‍यो । सबैका अगाडि बोतल र ग्लास थिए, साना ठूला । गीतको समाप्ति र शुरूवातबिचको सन्नाटा ब्याप्त थियो । ग्लास र टेबल ठोकीएको आवाज र मानिसहरूको गुन्गुनावटलाई धुवाँले ढाकेको थियो । देब्रे कर्नरको एउटा टेबलमा तीन जना मस्त पिईरहेका थिए ।

“ह्या

“जाउँ जाउँ ल !” दोस्रोले भन्यो ।

“म तिमीहरूजस्तो फिरन्ते होइन । म जान्न ।” तेस्रोले भन्यो । पहिलेा र दोस्रोले निकैकर गरे । तेस्रोले आफ्नो अड्ठी छोडेन । तेस्रोसँग रिसाउँदै पहिलोले भन्यो,

“यसलाई अलि एक्सट्रा बन्नु पर्छ ! साला !”

सबैको आवाजलाई चिर्दै गीत चर्को बज्यो ।

” सेक्सी सेक्सी सेक्सी सेक्सी ……………………. तेरी चुनरी सेक्सी लग्ती है……….. ”

पत्रि्रता कर्मठ हिन्दुस्थानी नारीको चालमा युवती नाच्न थाली । बैंसालु जवानले साथ दियो । सबै चिसा भए । सबैको भावना बुझेजस्तरी एउटा चर्को करायो,

“ओ ए, गीत चेन्ज गर । मुफ्त को पैसा हो – साला !” सबै कराए । तर गीत चालु भैरह्यो । तीन जना युवक मध्येको दोस्रोले भन्यो,

“जाने भए जाउँ ।”

पहिलोले सहमति जनायो । तेस्रो पटक्कै मानेन । उ भद्र किसिमको नृत्य हर्ेनमा मग्न रह्यो । सहमतिमा पहिलो र दास्रोले तेस्रोलाई छोडेर बाहिरिए । बिचबाट एउटा करायो,

“गीत भएन । …….. आस्था च्यानल त घरमा पनि आउँछ ।”

सबै हासे । तेस्रो युवक हासेन । चर्को बोल्ने मानिसलाई ठूला आखाँले हेर्‍यो मात्र । कोही झोव

” भिगे होठ तेरा……… प्यासा ए दिलमेरा ……….”

“ओ

गीत चर्को बज्यो । नर्तक र नर्तकी नागीन चालमा लठारीन थाले । उठेका सबै बसे । सबैको मोसन फास्ट भयो । नशामा सबै भन्न थाले ,

“गुड”

“भेरी गुड”

“फ्यान्टास्टिक्”

“गुड पोस्चर”

“गुड मुभमेन्ट्”

“एक्सटि्रम्ली हट्……वाउ !”

“तेरी चुनरी सेक्सी लगती है ……….” गीतकी पुरानी नर्तकी, पत्रि्रता कर्मठ हिन्दुस्थानी नारी जस्तै । देब्रे कर्नरको सोफामा वसेर एक्लै रक्सी पिउँदै गरेको तेस्रो भाबुक युवकसँग टाँसीएर बसी । युवकको अनुहारको रातोपन गाढा भयो । युवक थोरै ठाउँ सर्‍यो । युवती सजिलो गरी बसी ।

“नाम के हो नी -” युवतीले सोधी ।

“युवक” युवकले भन्यो ।

“हैन होला ! ढाँटेको -” युवतीले भनी ।

“साँचै हो ।” युवकले भन्यो ।

“घर कहाँ हो नी -” युवतीले भनी ।

“पोखरा” युवकले सटिक जवाफ दियो । युवती उत्तेजीत भावमा बसेर नै उप

“आई लाईक पोखरा ! हि हि हि ……. क्या ब्यूटीफुल प्लेस छ !”

“थ्याङ्क यू” युवकले भन्यो ।

“ह्वाट् -” युवतीले चर्को बोली ।

“थ्याङ्क यू भनेको ।” युवक चर्को बोल्यो र मुस्कुरायो । उनीहरू मुस्कुराउँदै गफ गरीरहे । एउटा रक्स्याहा स्टेजको अगाडि गयो । खल्ती बाट पाँचका नोटहरू झिकेर स्टेजमा फ्याँक्दै भन्यो,

“भिगे होठ तेरा हैन ……….. पेन्ट तेरा…….. हा हा हा हा ………साला ! वान्स मोर है।”

र्

नर्तकी लाज मानेर नेपथ्यतर्फ दौडी । नर्तक दर्शकतर्फ र्फकेर मुसुक्क हास्यो र छिरलिएका पाँचका नोट टिप्न थाल्यो । ग्लास र टेबल ठोकिएको आवाजहरू चर्को हासोमा बिलिन भए । सबै भन्न थाले,

“अब केहि होला जस्तो छ ।”

“यस्तै हो भने यो बारले काठमाण्डौंका सबै बारलाई माथ गर्छ ।”

“होईन, अमेरीकाका बारलाई पनि माथ गर्छ ।”

“भेरी हट् डान्स । दर्ुइ सय ड्रि्री सेन्टीग्रेड भन्दापनि बढी !”

“हा हा हा हा हा हा

मानिसहरूका लरबरीएका ंशब्दहरू र हासोलाई गीतको चर्को आवाजले विस्थापित् गर्‍यो ।

“मै छोरी सुन्दरी ……….हा……कसरी भरौं पानी………!”

होची होची कोरलीले कम्मर हल्लाएर नाँच्न थाली । मख्ख मुद्रामा सवैले हेरे । आलोचनात्मक भावमा एउटाले भन्यो,

“त्यस्तो गीतलाई यस्तो बनाए ! बिगारे !”

“पोष्टमोर्डन भनेकै यही हो ।” अर्कोले र्समर्थन गर्‍यो । नजिकका सबै हासे । युवकसँग टाँसिएर बसेकी युवतीले युवकसँग सोधी,

“यहाँ को को बस्नुहुन्छ -”

“एक्लै” युवकले भन्यो ।

“मलाई रूम पाटनर बनाउने हो त -” हास्दै युवतीले भनी ।

“डिर्स्र्टव हुन्छ ।” युवकले भन्यो ।

“हुँदैन के, खाना पकाउँछु, कपडा धुन्छु, भँाडा मोल्छु” युवतीले भनी । युवक मुसुक्क हास्यो मात्र । युवतीले फेरी भनी ,

“लाज मानेको -”

“हैन । ……….त्रि्रो नाम के हो नि -” युवकले भन्यो ।

“नैना ।” युवतीले भनी । युवकले रक्सीको चुस्की लिएर भन्यो,

“तिमी नाचेको धेरै राम्रो थियो ।”

“थ्याङ्क यू” युवतीले भनी ।

“कति पढ्दै छौ -“युवकले भन्यो ।

“एस.एल.सी पास मात्र । पढ्नै पाइन । …….के गर्नु ! घरको ब्यवहार हर्ेर्नुपर्छ । भाइहरू सानै छन् । बुवा एक्सीडेन्टमा परेर एउटा खुट्टा काट्नु पर्‍यो ।” युवती भावुक हुदै भनी । युवक

युवतीको भावुकतालाई साथ दिंदै मौन बस्यो । युवतीले फेरि भनी,

“पढ्न निकै मन थियो । भाग्यले ठगेपछि के गर्नु !”

युवक भावुक हुँदै रक्सी पिईरहृयो । युवतीले हेरिरही ।अचानक युवकको टाउको समातेर युवतीले किस्् गरी । युवक अवाक् युवतीलाई हेरिरहृयो । युवतीले भनी,

“मलाई पढेको मान्छे एकदम् मनपर्छ । कति पढ्दै हुनुहुन्छ -”

“एम.ए. । ……… तिमी नाच्दीनौ -” युवकले भन्यो ।

“नाचौं -” युवती खुसी हुँदै भनी ।

“ल जाउ ।” युवकले भन्यो ।

“ल …. पहिला एक प्याग वाईन खाउँ न त ।” नैनाले भनी । युवक बोलेन । नैनाले हतारिंदै फेरी भनी,

“खाउँ है – मागौं -”

“यहि खाए भयो नि ।” युवकले भन्यो ।

“केटी मान्छेले कहाँ यस्तो खान हुन्छ त ! प

युवकले सहमति दियो । नैनाले हतारिंदै वेटरसँग वाईन मगाई । बाइपङ्गखी घोडाभन्दा छिटो वेटर वाईन लिएर आयो । नैनाले आधा वाईन खाई र युवककोे गालामा चुमिदिई । आफू फेरि आउने कुरा बताएर त्यहाँबाट गई । मै छोरी सुन्दरीकी होची कोरली नेपथ्यतर्फदौडी । एउटाले भन्यो,

“तँ मै छोरी सुन्दरी म मै छोरो सुन्दर ल आईज ! हा हा हा हा !”

धुँवामय वातावरणमा हल्लाभन्दा चर्को गीत बज्यो । युवक मख्ख मुद्रामा दुवै हात पट्याएर नैनाको नृत्यको प्रतिक्षामा बस्यो ।

“च्याङ्गबा हे च्याङ्गबा

“ओ

सबै उत्तेजित भए । नैना स्टेजमा प्रवेश गरी । युवक मुसुक्क हास्यो । एक चुस्की रक्सी पिएर नैना नाचेको हेरीरहृयो । नसाले उन्मात्तिएकाहरू आफ्नै ठाउँमा बसेर ताल बेताल नाचे । नैना सँग नाची रहेको केटाको ठाउँमा आफूलाई कल्पनामा नचाउँदै युवक झुम्यो । स्टेजबाट नैनाले युवकलाई फ्लाईङ्ग किस् दिई । युवकले किस्लाई दाईने मुठ्ठीले च्यापेर र्सटको देब्रे खल्तीमा राख्यो, अथवा मुटुमा । तत्काल उठेर उ पनि आफ्नो ठाउँ नछोडी नाच्यो । फेरी उसलाई नैनाको विवशताले भावुक बनायो । उद्धार गनर्ुृ ठूलो धर्म हो भन्ने कुरा उसले सोच्यो । गीत सकियो । एउटा रक्स्याहा चर्को करायो,

“चोरेर ल्याको पैसा हैन । नाङ्गौ नाच ! साला !”

सबै कराए । उनीहरूका माग मिल्दाजुल्दा थिए । नैना हतारिंदै युवकको नजिक आएर बसी । युवकले नैनाको नृत्यको प्रशंसा गर्‍यो । नैनाले धन्यवाद भन्दै आफूलाई कुरीरहेको वाईनको ग्लास समाती । युवक मुस्कुराउँदै रक्सीको चुस्की लियो । युवकको त्रि्रामा नैनाले आफ्नो त्रि्रा खप्र्टाई । युवकले रक्सीको चुस्की लगातार तीन पटक लियो र भन्यो,

“मेरो रूम्पाटनर बन्ने हो -”

“सधैंलाई -” नैनाले हास्दै भनी । युवक एकछिन अलमलियो । नैनाको विवश्ाताले उसलाई फेरि छोयो । उसले मन्द हास्दै भन्यो, “ओ के ! नो प्रवलम !”

“कजरारे………. कजरारे……..तेरे कारे कारे नैनों”

नयाँ गीत र नृत्य शुरू भयो । नैनाले आफ्नो ग्लास रित्याई । अर्को प्याग वाईन मगाई र पिउन थाली । सबै झुम्न थाले । नैनाले युवकको गाला आफ्नो ओठतिर तानेर किस्् गरी । युवक मेशिन जस्तै चल्यो । नैना उसकी अप्रेटर । अचानक मेशिन स्वचालित् भयो । युवकले नैनाको ओठमा किस्् गर्न खोज्यो । नैनाले अलि अफ्ठ्यारो मान्दै भनी,

” आफ्टर म्यारीज् !”

नशालु आँखाले नैनालाई हर्ेर्दै युवकले उसको ठेगाना सोध्यो । नैनाले बिराटनगर बताई । पर्ूवेली अंगालो र पश्चिमेली अंगालो भन्दै दुबै जोल्टीए । एक-अर्कालाई किस्् गरे । युवकको सम्मूख बसेको अधबैंसेले नैनासँग भन्यो,

“एता पनि आउ न हो

युवक रिसाउँदै भन्यो,

“ए… ! यसलाई के सोचिस् – साला ! तेरो टाउको चिलाएको छ -”

नैनाले दुबैलाई झगडा नगर्न अनुरोध गरी । हतारिंदै नैनाले आफ्नी सहेलीलाई बोलाई र अधबैंसेसँग बस्न भनी । नैनाकी सहेलीले त्यसै गरी । युद्ध जितेजस्तै गरी अधबैंसेले युवकलाई हेर्‍यो । रिसाउँदै आफ्नो अन्तिम् प्याग रित्यायो । नैनाले पनि रित्याई । आफूलाई वाईन र युवकलाई ब्रान्डी मगाई । साथमा बोनलेस चिकेन चिल्ली पनि । युवकलाई किस्् गर्दै नैनाले भनी,

“रिसाएको -”

युवक छिटो छिटो बोल्यो,

” हैन…….. पाट्नर बन्ने भनेपछि मलाई यस्तो मन पर्दैन । निट् एण्ड क्लीन् हुनर्ुपर्छ ।”

आफ्नो विवशताले गर्दा त्यस्तो व्यवहार सहनुपर्ने कुरा नैनाले बताई । एक पटक फेरि नैनाको विवशताले युवकलाई घोच्यो । युवकले माया गर्दै नैनालाई अंगाल्यो । नैनाले आफ्नो टाउको युवकको छातीमा टाँसी । अर्डरअनुसारको पेय पदार्थ र बोनलेस चिकेन चिल्ली आयो । दुबै छुट्टएिर खान थाले । खाइसकेपछि दुवै नशाले झुम् भए । गीत परिवर्तन भयो ।

“आइए………… ओ… आइए………”

र्

नर्तक नर्तकी परिवर्तन भए । संगीतको तालमा उनीहरू विभिन्न आशनहरूमा बाँधिन थाले । नशाचुर दर्शकहरूले हुटिङ्ग गर्न थाले ।

“नछोड”

“दे दे”

“म आउँ – साला, के दिन्थ्यो !”

“आजैदेखि रूम् पाट्नर बन्ने त -” नैनाले वाईनको चुस्की लिंदै भनी,

“लाईफलङ्ग हो भने हुन्छ ।” युवकले भन्यो ।

“ठीक् छ । आजैदेखि भने आजैदेखि सही । आई एम रेडी ।” नैनाले भनी,

युवकले सहमति जनायो । नैनाले फेरि भनी,

“पाँच हजार दिनु न त । साथीसँग मागेर घर पठाएको, त्यसलाई तिरौं, अनि जाउँला ।”

“पाँच हैन तिन हाजार जति छ । साथीलाई भोली दिउँला ।” युवकले भन्यो ।

“पुग्दैन ।” नैनाले भनी

“पैसा त छ, बिल पनि त तिर्नु पर्‍यो नी ।” युवकले भन्यो ।

“म साथीसँग कुरा गर्छर्ुु म नाचेपछि सकिन्छ । जान्छु ल ! पछि आउँछु” ग्लास रित्याएर नैना गई । थोरै समयपछि चालु गीत सकियो । नयाँ गीत शुरूभयो,

“मस्त……हेे

पन्चानब्बे प्रतिशत् नाङ्गो शरीर लिएर नर्तकी स्टेजमा प्रवेश गरी । युवक अलमलीयो । नर्तकी नैना जस्तो पनि लाग्छ, हैन जस्तो पनि । सबै उठेर हुटिङ्ग गर्न थाले,

“या

“हेरेर जाने हो ।”

वेटरहरूले सबैलाई आ-आफ्नो ठाउँमा बसाले । युवकले आँखा मिचेर नर्तकीलाई हेर्‍यो । युवकको सम्मूखमा बसेको अधबैंसे मुसुमुसु हास्दै भन्यो,

“अघि त मसँग झगडा गर्न खोज्दै थियौ ! देख्यौ त्रि्री तरूनीको चाला -”

“त्यसरी नाची भन्दैमा खराब भन्न मिल्दैन । चुप् लागेर बस्ने ! नो कमेन्ट् प्लीज् !” युवकले भन्यो ।

युवकलाई नैनाको विवशताले फेरि छोयो । अधबैंसे मुसुमुसु हास्दै आफ्नै धुनमा बस्यो । युवकले सोच्यो, उसलाई आफ्नो पारिवारीक विवशताले यतिसम्म गर्न बाध्य बनाएको हो । मानिसहरू यसलाई गलत सोच्छन् ! यदि म उसको ठाउँमा भएको भए चरेसको ब्यापार गर्थें होला, मान्छे मार्थें होला, चोरी, डकैती…छि ः ।

कमसेकम उसले आफु नाचेर अरूलाई मनोरञ्जन त दिएकी छ । तैपनि अब मेरो पाट्नर बनेपछि सारा समस्या खत्तम् । नयाँ ढंगले जीवनको शुरूवात् ! रिल्याक्स् युवक रिल्याक्स् …….!

युवकले आफूलाई सम्झायो । नैना नाचेको हर्ेन उसलाई अलि अफ्ठ्यारो महशुस भयो । तैपनि उसले हेर्‍यो । नाचीरहेकी नैनालाई अगाडी बस्ने दर्शकले सयको नोट दियो । बदलामा नैनाले उसलाई चुमिदिई । अफ्ठ्यारो मान्दै युवकले नैनालाई हेर्‍यो । नैनाले युवकलाई फ्लाईङ्ग किस्् दिई । युवकले बिनाप्रतिव्रि

“ओ भाई, लिएर जाउ । मोज गर, दर्ुइ चार हजारको कुरा त हो । माल गजबको छ ।”

युवकले अधबैंसेलाई घृणाको दृष्टिले हेर्‍यो । उ केही बोलेन । सर्त्ताईस् सय असी रूपैंयाको बिल युवकको अगाडी आयो । उसले बिल तिर्‍यो । कोही उठे, कोही प्रस्थान गरे । हलको दाहिने कर्नरमा नैना अर्को अधबैंसेसँग गफ गरेको देखेर युवकले उसलाई आफुसँग आउन आँखालर्ेर् इशारा गर्‍यो । नैनाले बाहिर कुरेर बस भन्नर्ेर् इशारा गरी । युवक बाहिरियो ।

सडकबत्तिको धमिलो प्रकाशमा केही मानिसहरू चहल-पहल गरिरहेका थिए । प्राय ः पसलहरू बन्द थिए । एकदम् भद्धा मेकअप् गरेकी महिला युवकको अगाडी आएर लयमा भनी,

“यो लाली जोवन हामीलाई देउ न है ।”

युवक हास्यो । उ मस्कँदै गई । युवकले उ गएतर्फहेरिरह्यो । युवकभन्दा थोरै पर बाइक् स्र्टार्ट भयो । युवकको ध्यान बाइकर््तर्फ गयो । अचानक युवकका आँखा बाईकको पछाडी बसेर हेल्मेट लगाउँदै गरेकी नैनासँग ठोकीए । तत्काल बाइक् दु्रतगतिमा दौडियो । नैनाले युवकतर्फ फर्केर हात हल्लाई । युवकले मौन हेरीरह्यो । हर्ेदाहर्ेर्दै रातको धमिलो प्रकाशमा बाइक हरायो । सडकमा फालिएको वीयरको खाली क्यानलाई एकसुरसँग खुट्टाले खेलाउँदै युवक पनि आफ्नो डेरातर्फ प्रस्थान गर्‍यो ।

Jan/2006

जन्म : २०३५/०३/२८
स्थायी ठेगाना : पु.ब.न.पा.- १३, स्याङ्गजा
हाल : लैनचौर, काठमाण्डौं
प्रकाशित कृति : उपन्यास -एक)
विधा : कथा, नाटक,उपन्यास
इ मेल : lakhagu@hotmail.com

(स्रोत: Suskera)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.