~गार्विएल गार्सिया मार्खेज~
~अनुवादक : शिखर आरोहण~
सर्पबेली औठीको प्रसङ्ग आएपछि म आफ्नो जीवनको चौतीस वर्ष पुरानो कुरामा सधै अल्झने गर्दछु । चौतीस वर्ष पहिले मैले भियनामा एक महिलालाई भेटेको थिए । उनको नाम मलाई कहिल्यै पनि थाहा भएन तर उनले सर्पबेली औठीमा विशेष धातु जडेर दाहिने हातको चोर औलामा लगाएकी थिइन् । उनको त्यो औठी देख्नेबित्तिकै मेरो ध्यान उनीतर्फ गएको थियो । उनलाई पहिलोपटक भेट्दा उनले आलुहरूसाग ससेजलाई मिसाएर खादै थिइन् । अमेरिकी विद्यार्थीहरूको घुइचो लाग्ने त्यो होटेलमा म त्यस दिन बिहान मात्र पुगेको थिए । मलाई त्यसदिन अचम्म लागेको थियो किनकि उनलाई देख्नेबित्तिकै मैले उनको लगाइरहेको कोटको र उनको बोल्ने शैलीको प्रशंसा गरेको थिए । म त्यसदिन बिहान रोमबाट आएको थिए र उनी पनि कतै रोमबाट नै आएकी त होइनन् ? भन्ने मलाई लागेको थियो । उनले भने स्पेनिस बोलेर मलाई दङ्ग पारिदिइन् र मलाई लाग्यो उनी मात्र एक अष्ट्रियन होलिन् जो त्यहा बसेर नास्ता गरिरहेकी थिइन् तर मेरो त्यो सोचलाई उनले गलत सावित गरिदिइन् । उनी त अष्ट्रियन रहिनछिन् । उनको जन्म कोलम्बियामा भएको रहेछ र उनी अष्ट्रियामा चलिरहेको त्यो युद्धकालीन अवस्थामा सङ्गीत र स्वरहरूको बारेमा पढ्न आएकी रहिछन् । आफ्नो उमेर उनले तीस वर्ष बताए तापनि उनी झण्डै सत्तरी वर्षकी जस्तै देखिन्थिन् । “सौन्दर्यमा मैले कहिल्यै पनि ध्यान दिइान । मलाई त प्राकृतिक भएर बस्न नै मज्जा लाग्छ । ” उनले भनिन् । मलाई उनी अचम्मकी पात्र जस्तै लाग्यो र उनको लवाइखुवाइ हेर्दा पनि उनी अचम्मकै थिइन् ।
उनको नाम र कामप्रति म अनभिज्ञ नै थिए तर पनि उनको बारेमा सोच्ने गर्थें । कहिलेकाहीं यसरी चिन्दै नचिनेको मान्छेको बारेमा सोच्नु र तिनीहरूलाई हेर्नु पनि आनन्ददायक नै हुन्छ । टाढाबाट आएर यस ठाउामा बस्ने र विद्यार्थीहरूको नास्ता गर्ने ठाउामा नै आफूलाई राखेर आनन्द मान्ने उनलाई हामी विद्यार्थीहरूले नयाँ नाम दिएका थियौं । उनलाई नाम दिनु पनि हाम्रो आवश्यकता थियो किनभने उनलाई हामी सधैा देख्ने गथ्यौं र उनका कुखुराले हामीबीच चर्चा पाउन थालिसकेका थिए । हामीले उनको नाम धेरै ठूलो प्रयास पछि पउपडा राखिदिएका थियौं र उनको बारेमा कुरा गर्दा हामीलाई त्यही नाम नै सजिलो लाग्थ्यो । उनलाई हामीले राखिदिएको नामबाट हामी मात्रै चिन्थ्र्यौं । उनको नामलाई पउपडा बनाउनका लागि अमेरिकी विद्यार्थीहरूको ठूलो सहयोग मिलेको थियो । उनको नाम पउपडा नै किन राखियो भन्ने कुरा मलाई कहिल्यै पनि थाहा भएन । न त मलाई त्यस बेला पउपडाको अर्थ नै थाहा थियो । उनका बारेमा सधैाजसो हामी नौलानौला विषयहरूलाई उठाउने गथ्र्यौ र साथीभाइबीच ती कुराहरू गरेर कहिलेकाहीं धित मर्नेगरी हाँस्ने गथ्र्यौं ।
म भने उनलाई देखेर निकै नै अचम्मित भएको थिएा । उनका बारेमा मेरो मनमा विभिन्न तानाबानाहरू बुन्ने गर्थे । उनका बारेमा बुझ्ने मेरो तीव्र इच्छालाई एकदिन आखिर पूरा गरेरै छोडेा । उनी नजिकै गएर मैले सोधेा- ‘तपाइर्ं के गर्नुहुन्छ ?’
‘सपनाहरू बेच्छु’ उनले अत्यन्तै सरल भावमा मलाई जवाफ दिइन् ।
उनको जवाफ सुनेर म त नतमस्तक भएा । मैले उनको त्यस्तो जवाफको अपेक्षा गरेको थिइन । सपना बेच्ने काम मैले आजसम्म कहिल्यै नसुनेको काम थियो र मलाई त्यो काम कसरी गरिन्छ भन्ने पनि थाहा थिएन । मनमा रहेको खुल्दुली मेटाउनका लागि उनलाई प्रश्न गर्न गएकोमा मनमा झन् धेरै प्रश्नहरू थपेर फर्किनु परेको थियो । मलाई उनको बारेमा थाहा पाउने इच्छा भयो र उनलाई अन्य प्रश्नहरू पनि सोधेा ।
एक दिन बिहान नौ बजेतिर हामी होटेल रिभेरियामा नास्ता गर्दै थियौं । बाहिर घाम लागिरहेको थियो । हामी कसैले पनि नसोचेको कुरा त्यसबेला भइदियो । नास्ता गर्दागर्दै भयङ्कर ठूलो सामुदि्रक आाधीले पार्किङ गरिराखेका गाडीहरूलाई परपरसम्म हुत्याइदियो । गाडीहरू टुक्राटुक्रा भएका थिए । एउटा गाडीलाई होटेलको कम्पाउण्डभित्र कतै फालिदियो । आराम गर्न बसेका पर्यटकहरूलाई उनीहरू बसेको कुर्सीसागै हुत्याइदियो । आाधी फराकिलो सडकले गर्दा कमजोर जस्तो लाग्थ्यो तर आाधी झ्याललाई टुक्रा-टुक्रामा परिवर्तन गर्न भने सक्षम नै थियो । आाधीको कारणले गर्दा वरपर धुजाधुजा भएका सामानहरू मात्र देख्न सकिन्थ्यो ।
केही क्षणमा नै वारूणयन्त्रको सहयोगमा क्युवान स्वयंसेवकहरूले धुजाधुजा बनेका वरिपरिका टुक्राटाक्रीहरूलाई सम्हाल्न करिब छ घण्टा लगाए । त्यसपछि उनीहरूले समुद्रको गेटलाई बन्द गरेर नयाँ गेटलाई बनाए । पार्किङमा राखेका गाडीहरू हुनाले कुनै मानवीय क्षति नहुने कुरामा विश्वस्त भएर बिहानभरि कसैले पनि होटेलको पर्खालभित्र पुगेको त्यो गाडीलाई वास्ता गरिरहेका थिएनन् तर जब त्यो कार त्यहाँबाट झिकियो, त्यसपछि मात्र त्यसमा एकजना महिला रहेको थाहा हुन आयो । उक्त कारमा महिलालाई देखेपछि मात्र त्यो कार पार्किङ गरेर राखिएको रहेनछ भन्ने कुराको पुष्टि भयो । कारमा रहेकी ती महिलालाई बाहिर निकाल्दा उनका सबै हाडहरू भााच्चिएका थिए । पुलिसले उनको बारेमा पत्ता लगाउन पनि धेरै समय नै लगायो । अन्त्यमा उनी पोर्चुगल राजदूतकी सहयोगी रहिछन् भन्ने पत्ता लागेको थियो । त्यसदिन उनी सामानहरू किन्न आफैा कार चलाएर बजार गएकी रहिछन् । यी कुराहरूले मलाई खासै फरक त परेको थिएन तर अखबारको समाचारमा उनले औालामा सर्पबेली औाठी लगाएको कुराले भने मेरो ध्यान तान्यो । पत्रिकाको समाचारमा भने ती महिलाले औाठी कुन औालामा लगाएकी थिइन् भन्ने बारेमा लेखिएको थिएन । यसले गर्दा पउपडा नै उक्त दुघर्टनाको शिकार भएकी हुन् कि भन्ने मेरो चिन्तालाई भने केही मात्रामा भए पनि राहत मिलेको थियो । यसपछि भने मलाई उनको बारेमा झनै याद आउन थाल्यो ।
पउपडाले मलाई हाभानामा मेरा प्रश्नहरूको उत्तर दिने सिलसिलामा उनको बारेमा भनेकी थिइन् । उनी एक सम्भ्रान्त परिवारकी एघार जना बालबालिकामध्येकी तेस्रो बच्चा रहिछन् । व्यापारी बाबु र परिवारका अन्य सदस्यहरूलाई उनले बोल्न थालेपछि नै घरमा बेलुकी लोहरीजस्तै गरेर आफ्ना सपनाहरूलाई भन्न थालेकी रहिछन् । उनी जब सात वर्षकी थिइन्, उनले आफ्नो एक भाइलाई खोलाले बगाएको सपना देखिछन् । त्यो सपनाको कुरा घरमा सुनाएको दिनदेखि नै उनको भाइलाई आमाले पौडी खेल्नबाट वञ्चित गर्नुभएछ तर उनको त्यस सपनाको बारेमा छुट्टै धारणा रहेछ । उनको सपनाको अर्थ त भाइले धेरै मिठाइ -चकलेट) खानु हुादैन भन्ने हो रे । उनको विचारलाई उनकी आमाले पनि विश्वास गरेर भाइलाई चकलेट खानबाट रोकिछन् तर उनको भाइले लुकी-लुकी चकलेट खाएको हुनाले उसले अन्त्यमा ठूलो रोगको विरूद्ध लड्दालड्दै जीवन नै गुमाउन पुग्यो । पउपडालाई उनले सपनाहरूको कथा खुल्ला ठाउामा भनेर नै जीवन चल्छ भन्ने कुरामा विश्वास थियो तर भियतनामको जाडोले गर्दा उनको घाँटीमा समस्या देखियो । फलस्वरूप उनी जागिरको खोजिमा लागिन् । उनलाई जागिरको कुनै आवश्यकता त थिएन तर पनि उनले जागिरको लागि एउटा घरमा कुरा गरिन् । जागिरको लागि कुरा गरेपछि त्यस घरकाले उनलाई के गर्छौ भनेर सोधेछन् । यस प्रश्नको उत्तरमा उनीहरूलाई पनि उनको सरल जवाफ ‘सपना देख्छु’ ले अचम्ममा पारेछ ।
उनले त्यस घरकी महिलालाई विस्तृतरूपमा उनको काम बताएपछि मात्र उनलाई त्यहाँ अत्यन्तै कम तलबमा राखियो । त्यो तलबले उनका विभिन्न आवश्यकताहरूलाई पूरा नै गर्दैनथ्यो तर उनलाई भने बस्नको लागि एउटा राम्रो कोठा र दिनमा तीनपटक खाना दिने सहमति भयो । त्यस घरमा उनको काम भनेको त्यस घरका सबै सदस्यहरूको बारेमा सपना देखेर उनीहरूलाई प्रत्येक दिन उनीहरूको ग्रहगोचरका बारेमा र आइपर्न सक्ने समस्याका बारेमा जानकारी दिनुपर्नेहुन्थ्यो । त्यसका साथै उनले ती सपनाहरूबाट पर्नसक्ने प्रभावहरूलाई र ती प्रभावलाई कसरी हटाउने भन्ने बारेमा पनि जानकारी गराउनुपथ्र्यो ।
त्यस घरका सदस्यहरूमा निवृत्त लेखापाल बा थिए, आमा जसलाई सङ्गीतप्रति अत्यन्तै मोह थियो र दुई सन्तान थिए, एघार र नौ वर्षका । उनीहरू सबैजना धर्ममा विश्वास गर्थे र सपनाहरूलाई विशेषरूपले हेर्न मन पराउाथे, त्यसैले उनीहरूले पउपडालाई घरमा पाउादा अत्यन्तै खुसी भएका थिए । उनको काम अत्यन्तै राम्रोसाग चलिरहेको थियो मानौं, उनी त्यहीं काम गर्नका लागि नै जन्मिएकी हुन् र उनलाई पनि अत्यन्तै खुसी लागेको थियो आफूले काम गर्न पाएकोमा । द्वन्द्व चलिरहेको समयसम्म उनलाई काम गर्नको लागि कुनै अप्ठ्यारो भएन । उनको काम भनेको नै बिहानको नास्ताको समयमा परिवारका सबै सदस्यहरूलाई उनीहरूले त्यो दिन गर्नुपर्ने कार्यको जानकारी दिनुपर्ने थियो र त्यसदिन उनीहरूले गर्न नहुने कुराको पनि जानकारी गराउनु पथ्र्यो । परिवारका सबै सदस्यहरूले उनले भनेअनुसार मात्र गर्थे । परिवारमा केही सानो काम गर्नुपर्दा पनि उनको राय लिने गरिन्थ्यो । एकदिन अचानक त्यस परिवारका मुख्य व्यक्तिको मृत्यु भयो । उनको मृत्यु हुनुभन्दा पहिल नै पउपडालाई उनले सपना देखुञ्जेल त्यही परिवारको सपना देखेर उनीहरूलाई भनिदिनुपर्ने सर्तमा उनको सम्पत्तिको केही भाग उनको नाममा नै पास गरिदिएका थिए । उनले पनि शर्तअनुसार नै त्यस परिवारमा आफूले सपना देखुञ्जेल काम गरिदिएकी थिइन् ।
म भियनामा एक महिनाभन्दा बढी अरू विद्यार्थीहरूसाग नै मिलेर मेरो आउने पैसाको प्रतीक्षा गरेर बसिरहेको थिएा तर मैले पर्खिरहेको त्यो पैसा भने कहिल्यै पनि आएन । पउपडाको त्यस ठाउाको भेटले गर्दा मलाई झनै उत्साहित बनाएको थियो र म सधैा नै उनको त्यो भेटलाई प्रतीक्षा गरिरहेको हुन्थेा । एकसाँझ जब सबैजना रक्सीले मातिइसकेका थिए, पउपडा मेरो नजिकै आएर मेरो कानमै भनिन्- ”म आज यहाँ आएको तिम्रो लागि मात्र हो । मैले हिजो राति सपनामा तिमीलाई देखेकी थिएा । तिमीले तुरून्त यो ठाउा छोडेर जानुपर्छ र तिमी भियनामा अबका पाँच वर्षसम्म आउनु हादैन । ” उनको त्यस रायले मलाई किनकिन प्रभाव पर्यो, मैले त्यसै रात नै रोमको लागि ट्रेनको टिकट लिएा र आजसम्म पनि भियना फर्केको छैन । हाभानामा त्यस दिन भएको त्यो प्रलयभन्दा पहिले मैले पउपडालाई पाब्लो नेरूदा बार्सिलोना आएको दिनमा देखेको थिएा । पाब्लोले त्यसदिन हामीसागै नास्ता गरेका थिए र उनका विभिन्न अनुभवहरूलाई पनि हामीसागै साटेका थिए । उनकी श्रीमती माटिल्डीले भने उनको नास्ताको समयमा उनलाई अत्यन्तै माया गर्दिरहिछन् । यसको नमुनामा हामी उनले पाब्लोलाई खानाको समयमा लगाइदिएको रूमाल र उनलाई खानको लागि गरेको सहयोगमा नै पनि देख्न सक्थ्यौं ।
पाब्लो खाँदाखाँदा अत्यन्तै भावुक बने र मलाई सानो स्वरमा भने- ”मलाई पछाडिबाट एकजना महिलाले धेरै पहिलेबाट एकनास हेरिरहेकी छे र मलाई उसको मप्रतिको हेराइले गर्दा अत्यन्तै अप्ठ्यारोमा पारिरहेको छ । ” मैले उनको कुमबाट हेरे र एकजना महिलाले उनलाई हेरिरहेको देखे । तीनवटा टेबल पछाडिबाट एकजना महिला एकनास उनलाई नै हेरिरहेकी थिइन् । मैले उनलाई देख्नेबित्तिकै चिनेा । उनी पहिलेको भन्दा मोटी र झनै बूढी पनि देखिएकी थिइन् । ती महिला जो कवि पाब्लो नेरूदालाई हेरिरहेकी थिइन्, चोर औालामा सर्पबेली औाठी लगाउने पउपडा नै थिइन् । उनलाई हामीले हामीसागै चिया खानको लागि हाम्रै टेबलमा बोलायौं । उनी त नेपल्सबाट नेरूदा आएको जहाजमा नै आएकी रहिछन् । उनी हामी सागै बसेपछि मैले उनलाई सपनाका कुरा गर्न अनुरोध गरेा । नेरूदा पनि सपनाका कुरामा अत्यन्तै रमाइलो मान्नेछन् भन्ने मेरो विश्वास गलत रहेछ । उनलाई त सपनामा कुनै विश्वास लाग्ने रहेनछ । मेरो आग्रहलाई सहर्ष स्वीकारेर सपनाको कुरा गर्न थालेकी पउपडालाई रोकेर नेरूदाले आफ्ना कुरा राख्न पो थाले ।
‘कविता मात्रै सत्य हो’ उनले भने ।
खाना खाइसकेपछि म केही क्षणको लागि पउपडासाग मात्र कुरा गर्नको लागि बसेा जसले गर्दा हामीले हाम्रा पुराना प्रसङ्गहरूलाई फेरि एकपटक दोर्याउने अवसर पाउथ्यौं । त्यस ठाउामा सबैजना नेरूदालाई सुनिरहेका थिए तर म भने उनको त्यो शैली र उनको त्यो सपनाहरूको बिम्बनमा एकाएक एकोहोरिएको थिएा । उनलाई मन नपराउने पनि थिए होलान् तर मलाई के लाग्थ्यो भने उनको त्यो सपनाको खुबी वास्तवमै भयङ्कर रोचक थियो । उनको बारेमा मैले केही समय सोचिरहेको थिएा । मेरो सोचलाई उनले भङ्ग गर्दै भनिन्- “अब त तिमी भियना जान सक्छौ नि । “
त्यसपछि मात्र मलाई भियना छोडेको १३ वर्ष भइसकेछ भन्ने कुराको याद आयो । “यदि तिम्रा सपनाहरू झुटा भए तापनि म जाने छैन । ” मैले उनलाई भने ।
करिब तीन बजेतिर हामीले उनलाई पनि नेरूदासागै आराम गर्नको लागि एउटा कोठामा लग्यौा । नेरूदा र उनी छुट्टाछुट्टै कोठामा गए । हामी भने नेरूदाको आरामको लागि बन्दोबस्त मिलाउादै थियौं । त्यस कोठामा भएका धेरै झ्यालहरू खोले मात्र हामीले पर्याप्त ताप पाउन सक्ने थियौं । आरामको क्षणमा नै नेरूदा निद्रामा परे । हामी भने आफ्नै काममा व्यस्त थियौ । नेरूदा त दस मिनेटमा नै केटाकेटीको सुताइजस्तो उठे, जुन हामीले सोचेका पनि थिएनौं । हामीलाई के लाग्थ्यो भने आज नेरूदा धेरै थाकेका छन् त्यसैले पनि उनी धेरैबेर आराम गर्ने छन् । उनी उठ्नेवित्तिकै हामी झन् आश्चर्यमा पर्यौ ।
‘मैले त सपना देख्ने त्यो आइमाईको बारेमा नै सपना देखेा । ‘ उनले बढो उत्साह तथा अचम्म मान्दै भने । उनी त सपनामा विश्वास नगर्ने थिए तर आज सपनाको नै कुरा गर्दा उनलाई अलिक अप्ठ्यारो महसुस पनि भइरहेको हुन सक्थ्यो ।
उनकी श्रीमती मँटिल्डेले उनलाई सपनाको वर्णन गर्न अनुरोध गरिन् । उनले भने- ‘मैले ती महिलाले सपनामा मलाई देखेको सपना देखेा । ‘ मैले उनलाई त्यो कुरा उनको कुनै कविताको विषय हुन सक्ने बताउादा भने उनी निकै नै दुःखी देखिए । त्यसपछि नेरूदा एउटा टेबलमा एक्लै बसे र लेख्न थाले ।
जब हामी जानै लागेका थियौं, मैले पउपडालाई देखेा । उनले मलाई भनिन्- ‘सपनामा मैले कवि नेरूदालाई देखेकी थिएा । उनी मेरो बारेमा नै सपना देख्दै थिए । ‘ म अचम्ममा परेा ।
त्यसपछि मैले पउपडालाई कहिल्यै पनि देखिन र हाभानामा भएको त्यो प्रलयमा सर्पबेली औाठीको प्रसङ्ग नआउञ्जेल उनलाई सम्झेको पनि थिइान तर जब मलाई त्यो औाठीको बारेमा थाहा हुन आयो, पोर्चुगली दूतलाई नसोधिकन बस्न नै सकिान । संयोगवश नै भन्नुपर्छ, एउटा कार्यक्रममा मैले पोर्चुगली ती राजदूतलाई भेटेा । मैले पोर्चुगली दूतलाई उनको घरकी सहयोगी जसको हाभानामा मृत्युभएको थियो बारेमा सोधेपछि उनले मलाई भने- “उनी एक आश्चर्यजनक व्यक्ति थिइन् । तपाइर्ंले उनको बारेमा कथा लेख्नुपर्ने हो । “
उनी के गर्थिन् मैलै उनलाई अझ प्रस्ट हुने ध्येय राखेर सोधेा ।
“खासै केही पनि गर्थिनन्’ उनले भने- “सपना देख्थिन् । “
(स्रोत: Gorkhapatra )