कथा : पस्निता

~जीतमान राई ‘सबिन’~Jitman Rai 'Sabin'

आज ठ्याक्कै तीन हप्ता भो हाम्रो बोलचाल नभएको । सायद अब हुदैन पनि होला । मलाई त्यस्तै लाग्छ, किनकी अबको केही हप्ता पछि नै म आफ्नो स्वदेश र्फकदैछु र उनी पनि । मलाई त्यो थाहा छ हाम्रो भिषाको म्याद एउटै महिना समाप्त हुदैछ । एउटै कम्पनी, एउटै बिल्डिङ्ग र एउटै तला मै वल्लो पट्टी पल्लो पट्टी हाम्रो काम छ तर अहिले बोलचालको सृंखला पुर्णतः समाप्त भईसकेको छ । न इमेल न च्याट हाम्रो सबै सम्बन्धको बाटोहरु बन्द भइसकेका छन् । दैनिक घण्टौ हुने फोन वार्ता नभएको पनि धेरै भयो । एस. एम. एस. लेखेर टचफोन ह्याङ्ग हुन छाडेको छ । एक अर्थमा मलाई आनन्दै लागेको छ । कम से कम काममा कसैले बाधा त पुर्‍याउदैन । म इन्जिनियरीङ्ग डिपार्टमेन्टको सव-इन्जिनियर उनी अर्थात पास्निता क्वालिटि डिपार्टमेन्टकी सेक्सन लिडर, कम्पनीमा हाम्रो जिम्मेवारी यही हो । फरक डिपार्टमेन्ट भए पनि एउटा पारदर्शी सिसाले मात्रै छुटाएको छ हाम्रो टेवललाई । त्यसैले दैनिक देखादेख हुन्छ हाम्रो तर बोलचाल छैन । सामुन्ने पर्ने बितिक्कै हामी एका तर्फ अनुहार फर्काएर घुर्की देखाउछौं तर त्यसमा कुनै अर्थ भए जस्तो लाग्दैन मलाई । उनी इन्डोनेशियन म नेपाली हामी यहााको एउटा बहुराष्ट्रिय कम्पनीमा बिगत केही वर्ष देखि कार्यरत छौं । काम भन्नु दिनभरी कम्प्युटरको स्त्रिmन चाहारेर प्रोग्रामिङ्ग गर्नु हो । दिमाग थाकेर पुरा लोत हुन्छ, आाखा सुन्निएको भान हुन्छ । यस्तो बेला पनि हामी सिसा भित्र र बाहिर बसेर कहिले वाइ.एम त कहिले स्काइपमा कुरा गर्न भ्याउथ्यौं । तर हाम्रो कुराकानी कहिले पनि उच्छृंखल भएन, जीवन भोगाई अनि दुःख सुखका किस्साहरु सुनाउदैमा समय बितेको पत्तै हुदैनथ्यो । कम्पनीमा फेसबुक ल्बक गरेकोले गर्दा फेसबुकमा कुरा कम हुन्थ्यो । कहिलेकाही कोठामा हुदा बाहेक फेसबुकमा हाम्रो च्याट कमै हुन्थ्यो ।

गगनचुम्बी भवनहरुको शहर भित्र एउटा पैतालिस तले भवनको तेतिस तलामा छ, हाम्रो कम्पनीको अफिस । चिया खान जाउ किरण कहिलेकाही वाइ. एम. मै म्यासेज आउथ्यो उसको । वाइ. एम. को कनेक्ट ह्यान्डफोन मै जोडेकोले म तत्काल थाहा पाउथे, अनि हत्तपत्त स्वचालित मेसिन जस्तै तत्काल उसको सामुन्ने हाजिर भइदिन्थे । अनि तेतिस तला मुनि ओर्लेर ग्राउण्ड ल्फोरमा रहेको क्यान्टिनमा हामी गफिदै पुग्थ्यौं । त्यस पछि मेरो च्वाइस नेस कफी आइस र उनी रोज्थिन् मिलो, यस्तै हुन्थ्यो हाम्रो पेयका परिकारहरु । नेस कफीको गुलियो घुट्कीसंगै मैले उसको जीवनको धेरै अध्यायहरु प्नि निल्दै गए, कहाली लाग्दो परिवेशबाट आईपुगेकी उनले मलाई आफ्नो जीवनको धेरै किस्साहरु बाढ्थी र कहिलेकाही सुक्-सुक् गर्दै आासु झार्थिन् । मलाई लाग्थ्यो त्यो बनावटी पक्कै थिएन, म त्यहाा देख्थे सुनामीका थोपाहरु तप्किरहेका छन् । अफिसका साथीहरु भन्थे इन्डोन केटीहरु खराब हुन्छन्, खाली पैसाको पछि लाग्छन् । तलाई फसाउला, तेरो सबै कमाई लिएर भाग्ली, सबै जनाले तर्साउथे मलाई । तर पास्निताको निर्दोष अनुहारमा मैले बनावटी स्वाङ्गको गन्ध खोजेर पनि भेट्टाउन सकिरहेको थिइन । साथीहरुको कुरामा गम्भिर त थिए नै किनकी धेरै नेपाली केटाहरु यस्तै केटीहरुको पछि लागेर घर न घाटको भएर हिडेको पनि देखिए कै हो ।

मेरो पााच वर्षे विदेश बसाइ यही महिना समाप्त हुदैछ । अब स्वदेश मै गएर केही गर्ने मनस्थिती बनेकोले बिदेशको राम्रै भए पनि यो जागिर छोडेर जाने निर्णय गरे मैले । त्यसो त उनी पनि जादै छिन् । सन् २००४ को डिसेम्बरमा आएको नरसंहारकारी सुनामीले आफ्नो परिवार घरबार र शुन्दर भविष्य गुमाएकी उनी आफैमा एउटा कहानी जस्तो लाग्थ्यो मलाई । लामो समय सम्म एउटै कार्यथलोमा काम गर्दा उनी भित्र थुप्रै दुःखका सृंखलाहरु मैले अनुभव गरेको थिए । कहिलेकाही यस्तै सोचमा डुब्दै गएको बेला मेरो सोचाइ भङ्ग गराउदै वाइ. एम. म्ाा सन्देश पठाउथिन्, “किरण जिन्दगी के हो ?”म आफै जिन्दगीको परिभाषा खोजिरहेको बेला के उत्तर दिन सक्थे । त्यसैले चुपचाप बसिदिन्थे । उताबाट बन्ज गर्दै मेरो ध्यान खिचिरहन्थिन् । अनि बाध्य भएर लेख्थे “जिन्दगी भोगाईहरुको सृंखला हो”, चित्त बुझ्दैन थियो की खै कुनै उत्तर आउदैन थियो । म बन्ज गर्दै बस्थे । अलि ढिलो उत्तर आउथ्यो “म बिजी भए ।” यस्तै बिजी र बाध्यता मै त बितेको थियो आधा दशकको हाम्रो मित्रता । तर नजानिदो समयले आज कोल्टे फेरिसकेको छ । हामीबाट धेरै अनवरत ऋतुहरुले बिदा लिइसकेको छ । थाहै नपाई बितेछ प्रवासको आधा दशक सुख, दुःख अनि हासो र रोदनको किस्साहरु बाड्दै । ” किरण म संाार की दुःखी केटी हु ।” एक दिन फेसबुकमा यस्तै सन्देश छाडेकी थिई । त्यो पढेर मैले उनलाई तत्काल फोन गरेको थिए । उनले भनेकी थिइ, “मैले जीवनमा धेरै भोगेको छु र बाचेकी छु । अब त दुःख र पिडा देखि मलाई डर लाग्दैन । सोच्छु त्यो त मेरा सहयात्री हुन् । किनकी मैले त्यसैको सहारामा बाच्न सिकीसकेको छु ।” उनी साच्चै भावुक बन्दै आफ्नो कहानी मलाई सुनाउथिन् । तर म केही गर्न सक्तिन उसको लागि । फरक देशका हामी न हाम्रो धर्म मिल्थ्यो, फरक धर्म, भाषा र परिवेशका हामी जिन्दगीका भविष्य खोज्ने क्रममा यो प्रवासमा भेट भएका हौं । यही क्रममा हामी असल मित्र बन्न सक्यौं यसैमा खुशी लागेको थियो मलाई । समयले फेरी के गरायो कुन्नी, हामी आज बिस्तारै टाडिदै छौं । थाहा छ अब छिट्टै हामी भौतिक रुप मै टाडिदै छौं । त्यस पछि समुन्द्रको छालहरु संगै उनी मेरो स्मृतिको गर्भ भित्र हराउने छिन् भने म हिमालको चिसो पानीमा रमाइरहेको हुनेछु ।

हुन त हाम्रो सम्बन्ध एउटा असल साथी भन्दा बड्ता केही थिएन । उनी मलाई एउटा साथीको रुपमा हेर्थिन अनि मैले पनि । उनलाई थाहा थियो स्वदेशमा म बिवाहित हुा र एक जिम्मेवार पिता पनि । अहिले म सम्भिmरहेको छु । उनले मलाई भनेको कुरा “किरण सबै इन्डोन केटीहरु म जस्तै हुदैनन्, प्राय उनीहरु प्ैसाको लागि माया गर्छन्, न कि तिम्रो रुप र यौवनको लागि ।” हो त मेरो आधा दशकको यो प्रवास बसाइमा मैले त्यही कुराको अड्कल काटेको थिए । जुन मलाई पास्निताले भनेकी थिई । मेरै कम्पनीका अधिकांस केटीहरु दिनै ब्वाइप|mेण्ड फेर्दै घुमिरहेको देख्थे । कहिलेकाही म उनलाई जिस्काउथे ” तिमीले चाही किन डार्लिङ्ग नबनाएको नी ?”तयतिबेला उनले भन्थि ” मेरो डार्लिङ्ग तिमी हुन्छ ?” म हासिदिन्थे । तत्कालै उ फेरी बोल्थि “माफ गर ठट्टा गरेको वास्तवमा मलाई डार्लिङ्ग बनाएर बन्धनमा बाधिन मन लाग्दैन । म स्वतन्त्र चाहान्छु । तर कसैको मायामा फसियो भने त्यो पाउन सकिन्न । कुनै दिन परिस्थितीले डोर्‍याएर त्यो अवस्था पक्कै आउला जतिबेला म जिवनमा आफु जतिकै माया गर्ने श्रीमान् र सुखी परिवारको बनाउन सकु, बस त्यती हो । सधै भरी एक्लै बााच्न पनि त सकिदैन हैन र ?” उनी फेरी भावनामा बग्न थालिहाल्थी, त्यसैले त म केही भन्नै डराउथे, कतै उनको विगतका घाउ बल्भिmन्छ की भनेर । उनको यो संसारमा कोही थिएन । भन्थि ” यो खुल्ला आकाश नै मेरो आफन्त र परिवार हो ।” सुनामीले घरबार र परिवार बगाए पनि संयोगले आफु बाच्नुको कुनै खुशी थिएन उ संग । स्वर्ग जस्तो घर, मायालु बाबा आमा, भाई र बहिनी एकै पल्ट गुमाए पछि उनी एउटा क्रिष्चियन च्यारिटी ल्कबको सहारा हुर्केर आज यो अवस्थामा आइपुगेकी हुन् । र त उनी क्रुसमा टागिएको येशुको माला लगाएर आफु क्रिष्चियन हुनुको परिचय दिइरहेकी छिन् । “केही समय यहा काम गर्छु अनि स्वदेश फर्केर म जस्तै अनाथ र असहाय इन्डोनहरुको सेवामा लाग्छु ।” उनी यसै भन्थि । आफ्नो कहाली लाग्दो बिगत हत्तपत्त सम्भिmन चाहान्न । भुल्न चाहेर पनि नसकिदो रैछ उसले सधै मलाई भन्थि । समाजसेवामा लाग्ने उनको कुरा सुनेर मैले पनि हौसला दिन्थे “मानविय सेवा नै जीवनको उत्तम सेवा हो, तिम्रो बिचार र उदेश्य ठुलो छ । तिमी एक दिन अवश्य सफल हुनेछौं ।” यस्तै केही भन्थे म उनलाई । यस्तै-यस्तै बिगतका हाम्रो मित्रताको समिक्षा गरिरहदा म आफै भित्र कता-कता हराइरहेको छु । बिगत सम्भिmरहेको छु, आगत हेर्दैछु । धेरै इन्डोन केटीहरुको बिचमा उभाएर हेरिरहेको छु । त्यो भाव बिहिन निर्दोश मुखाकृती भित्र म केही लुकेको देखिरहेको छु । तर अब केही सोध्न सक्तिन किनकी हाम्रो बोलचाल बन्द भइसकेकोछ तीन हप्ता अघिबाट र यो बोलचलको सृंखला फेरी शुरु हुनेवाला पनि छैन । तथापी हामीमा इशर्या र व्देशको भाव लेस छैन । बरु सम्झना, बिछोडको पिडा र एकापसमा बाडेका दुःखर सुखका खातहरु छन् । त्यसैले त हामी छुट्टदिै छौं एउटा पवित्र मित्रताको अन्त्य गर्दै । म मनैबाट भन्दैछु बाइ-बाइ पास्निता ।

लक्ष्मीपुर-५, नमुनाबस्ती, ईलाम
हालः पेनाङ्ग, मलेशिया ।

(स्रोत: Blog )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.