~जगदीश घिमिरे~
दुईतिर हजारौं लाखौं बर्षदेखि उभिइरहेका नरमाइला नाङ्गा डाँडाहरु । उत्तरपट्टिडाँडाको कातकतै बगिरहेको तामाकोशी, जसको अस्तित्व अलि तल्तिर सूनकोशीमा सेलाउँछ । यो मन्थली घाट हो ।
एक जुवा दिन बाँकी छ । पारी जानेलाई कोशी तर्न हतार, वारी आउनेलाई त्यस्तै । मुर्कुट्टाजस्तै बगरको ढूंगामा मान्छे टव्रmयाक दूव्रmूक बसेका छन् । उराठलाग्दो साँझ । मन नलागी–नलागी छरिएको मन बटुलेर धुवाँसँग उडाएकोले होला सगरैभरि तुँवालो लागेको छ । घटवारेहरु बाहान पु¥याउन चाहन्छन् । यताबाट जाने मान्छे त पुगे, आउनेहरुको प्रतीक्षा छ ।
“ए कान्छा । उठ्” चतूरेले बोलायो । आजकाल डूङ्गा तार्ने पालो उसको र कान्छाको छ । यिनीहरुले पैसा कमाउन पाउने, खेलाउन पाउने एकमात्र मौका ।
यौटा अजंग सिमलको रुख खोपेर बनाइएको डूँडजस्तो डूङ्गामा पारी पुग्न हतारिएको लाम बसेको छ । हातमा बहना, टाउकोमा थोत्रो टोपीको घेरा र जीउमा कौपिनमात्रको गहनाले सिंगारिएका यी साँच्चै प्रकृतिका छोरा देखिन्छन् । मान्छे मान्छेको अगाडि हात फैलाएर चतूरे माग्दैछ – “खै खाजा दिनुप¥यो । खै खेवा दिनुप¥यो ।” फलामका हात पनि पैसाको लागि फैलिन्छन् । … आत्मविश्वासको कमी छ, कुनै घटवारे तोक्न सक्दैन – “यत्ति पैसा ।”
टाउकैमा बसेकी बुढी थपेनीले सातपत्रै थैलीबाट बल्लतल्ल केही पैसा झिक्छे र चतूरेको हातमा राखिदिंदै भन्छे – “ओखती गराउन जान लाग्या, निको हुन्छ कि हुँदैन कोनी । खाँडा देवीले वाण हानेर आधा अंग नचल्ने बनाइदिएकी छन् ।” उसको इशारा डोकोमा बसेको अहिले कि भरे मर्लाजस्तो बुढोपट्टिहुन्छ । यो मर्लाजस्तो बुढो यसको चौथो पोइ हो । अघि बैंशमा ऊ निकै चल्तापुर्जा थिइ रे । त्यसैले चोथाले भन्छन् । ऐले यो पक्षवातले मर्न लागेको रोगीलाई बोकेर ओखती गराउन जाँदैछ । नेपाल हो कि मधेश, तर धेरै परचाहिं अवश्य … ।
यौटा लाहुरे पैसा गन्दैछ, चतूरेको हातमा केही पैसा राखिदिन्छ । र यसरी हेर्छ मानौं चतूरे मलायाको कुनै सस्तो भट्टिको केटो हो र दुई पैसाको साटो यौटा लामु सलाम ठोक्छ । तर चतूरे उसलाई सलाम ठोक्दैन । असभ्य न हो आखिर ब्रिटिश गोर्खा आर्मीको हवल्दारलाई सलाम नगर्ने ।
तर चतूरेलाई त्यस लाहुरेप्रति धेरै चाख लिइरहने फुर्सद छैन । लाहुरसँग त्यस्तो प्रेम पनि छैन । उ पनि अघि हात पाखुरा आडिला छँदा एक पटक भागेर लाहुर पुगेको थियो । तर कस्तो दुःख छि– कति त भोकै बस्नुप¥यो … गन्हाउने ठाउँमा कति त भोकै सुत्नुप¥यो … जाडोमा असाध्यै जाडो, गर्मीमा पनि खपिनसक्नु । के रे … के पो भन्थे रे नाउँ … कलकत्ता, हो कलकत्ता । कति गर्दा पनि राम्रो ठाउँमा लाग्न पाइएन … भाग्यै त हो, सधैं भाँडा माज्नुप¥यो … नत्र आज उ पनि यो लाहुरेभन्दा कम्ती हुने थिएन । … संझदै उसका पाइताला अघि बढे ।
यौटी कलीली बाहुनी बज्यैले निन्याउरो मुख लाएर साटनको थैलीको मुख फुकाएर केही पैसा झिकिन् र चतूरेको हातमा राखी दिइन् । उनलाई चाहिं आफ्नू घर पुग्न हतार छैन । उनका बाबु शशिधर उपाध्याले आनामासि ब्याज असूल गरेर कमाएको धर्म थोरै भएकाले आप्mनी प्रिय पूत्रीलाई गर्भै समेत बहत्तर मैन्हामा “कन्यादान” गरेका थिए । कन्यादान, सबै दानहरुमा ठूलो । बिहा भएको धेरैपछि चार दिनको लागि उनी माइत गएकी थिइन् । बल्ल्तल्ल सासू बज्यैले बिदा दिएकी थिइन् र पो । आज फर्कदै छिन् । आप्mनो घर टाढै देखिन् । देख्दै शरीर गलेर आयो … खुइय … । लामू सास फेरिन् । तेन्जिङले एकपटक हिमाल चढ्यो … तर यिनले दिनदिनै चढ्नु पर्छ … भोलि बिहानै भालेको डाकसँग ब्युँझनु पर्छ … पानी भर … भात पकाऊ … चूल्हो जुठो गर … भाँडा माज … बनपात जाऊ … बेलुका उही भात भान्सा … अनि सासू बज्यैको गोडा मिच … अनि पो सूत्न पाइन्छ जम्मा पाँच सात घडी, त्यै पनि चीसो ओछ्यानमा । वाँ (पोई) जागीरमा नेपाल जान“भा”छ … उनको मनमा भोलि घूम्यो ।
… अनि यस थासे आइमाईले नकच्चरो हाँसो हाँस्दै चतूरेको हातमा पैसा राखिदिई र सोधी – “सँचै छ चतूरे जेठा ?”
“सँचै छ सुबिदार्नी आमै ?” उसले सँचोका लागि सँचै छ भन्दियो ।
द्धितीय विश्व युद्धमा मानबहादुर माझीले त्यो “नरमाइलो अर्काको ठाउँ” (उसको भनाइअनुसार) बाट फर्किदा आफूसँग यौटी तरुनी पत्नी लिएर आयो जो “हिन्दुस्थाना”मा रैछे । घर फर्केको खुशियालीमा भोज पनि गरियो । मेशिनगनका गोली पचाएर आएको मानबहादुर सुविदार भोजका राँगाको चौटा पचाउन नसकेर म¥यो । दुई पैसाको ओखतीको सट्टा ज्यान फाल्नु पर्ने ठाउँ पनि मान्छे जिन्दगीभरि विर्सन सक्दैन – जन्मेको थलो । सुबिदार्नी यही बसिन् । सूविधाअनूसार बर्षको दूईचार चोटि माइत जान्छिन् । यिनको माइत कुत्रि कुन लाहुरमा पर्छ थाहा छैन । जाँदा यिनीसँग एक दुईटी तरुनी अवश्य हुन्छिन् कि त वालविधवा कि त परित्यक्ता । तर घर फर्कदा सधैं एक्ली हुन्छिन् । सबैसँग हाँस्ने लेख्ने ठट्टा गर्ने मिजासिली फरासिली छिन् । उनको घरमा सधैं तरुना तत्रेरीको घूइँचो हून्छ … ।
यतिन्जेल सबैसँग पसारिएका हात यहाँ आएर रोकिन्छन् । चतूरे यस मान्छेसँग सोध्छ – “कता भाटु (भिनाजु) ।”
कुत्रि किन यता कसैलाई पनि साइनु नलगाई बोलाउन मान्छे हिच्किचाउँछन् ।
“नेपालसम्म । साहुको भारी लिन ।” – त्यस भरियाले जवाफ दिन्छ ।
साहू । साँच्चैका साहू हो । धान दिएर रिन लाओस्, चाहे कपडा या नून । वर्षभरिकोकाम त ब्याज बापत नै जान्छ अनि साउँ उधैं उित्तको उत्ति ।
यससँग चतूरेले पैसा माग्दैन । माझीले माझीसँग डूङ्गा तार्दा पैसा लिंदैन ।
चतूरे टाउकोपट्टि उभियो । कान्छो पूच्छरमा बस्यो । डूङ्गा एक एक झड्कामा हुत्तियो । माझी ख्याउन थाले डूङ्गा पारोपट्टि लाग्यो …
वारी पट्टि–
घाटको झूप्रो । जाँड बेच्ने दुईटी तरुनी । वरिपरि जाँड खानेका भीड । त्यसभन्दा बढ्ता मुख हेर्ने घुइँचो । डबखा (जाँड खाने ठूलो बटुको) को जाँडको सप्रयाक–सूप्रूक, साइँली माइलीको कटाक्ष सीतन । उत्ताउलो ठट्टा । कामुक कार्यकलाप । यौटा जाँडले मातेको माझी साँइलीको नारीमा समाउँछ । हातपात गरौलाजस्तो गर्छ । उधारो जाँड माग्दैछ । उ दित्र । वरिपरिका रमितेहरु बीच बीचमा हाँस्छन् । बिरालोले मूसा खेलाएको मनोहर दृष्य । यी दुवैका पोइहरू लाहुर गएका छन् । देख्नेगरी जाँड बेच्छन् ।
एक बथान मान्छे बोकेर थाकेको भरियाजस्तो डूङ्गा फक्र्यो । सबैका आँखा उतै तानियो । नौले नौला मान्छे भरिएको डूङ्गा … चिनारु पो आउँछन् कि । क्यै लाहुरे पो घर फकर्याछन् कि ।
ठिहि¥याउने पानीमा चतूरे कम्मरसम्म डुबेको छ । भर्खर हिमाल पग्लेर आएको पानी असाध्यै चीसो छ । यसको जीउभरि काँढा उम्रेका छन् । यात्रु बटोहीहरु व्रmमशः उत्रँदैछन् । यौटा मान्छे ओर्लियो । हातमा एकजोर स्थानीय सार्कीले बनाएको काने जूत्ता । काँधमा झोला र कठालोमा छाता झूण्डाएको छ । जूत्ता लगाएर सरासर लम्कन्छ । रामेछाप अझै तीन कोश पर पर्छ । … उसलाई आज नपुगीभा छैन । मूद्दाको तारीख छ । साक्खै आप्mनै बाबुसँगको लेनदेन मूद्दाको ।
चतूरेले बराह सकेसम्म बेसरी तानेर डूङ्गा अँचेटेकै छ ।
यौटा खुट्टैदेखि काटिएको लाहुरे दूईटा चोके लठ्ठीको भरले हिंड्दै चतूरेसम्म आइपुग्यो । चतूरेले त्यसलाई आप्mनै पिठ्यूँमा बोकेर वरसम्म ल्यायो र सबैको आँखा त्यसैमा केन्द्रित भए । यो यै गाउंको माझी हो । केही बर्षअघि यसका दुईटै खुट्टा सद्दे थिए । … अब ती दिन फर्कदैनन् ।
यतिखेर उ उसको रमाइलो गाउँका तमामा मान्छेहरुको घेरामा घेरिएको थियो । उसबाट लाहूरको लडाईको वर्णय सूत्र सबै उत्सुक थिए । क्यै उसको टाँग काटिएकोमा चूक्चूकाउन थाले । क्यै ज्यान जोगिएकोमा खुशी भए । यसको ठीक अगाडि माहिली पनि उभिएकी थिई । माहिलीका प्रतीक्षारत दुईवटा आँखा देख्नेििबत्तकै उसको मुटुले ठाउँ छोड्यो … ।
… भारत र पाकिस्तानको सीमानाको आकाश । बम बोकेर कुदिरहेका हवाई जहाजहरु । भूइँमा खाल्डा बनाएर बसेका तमाम सिपाहीहरु … गोली चल्छ … गोला चल्छ … लंगडो लाहुरेले संझ्यो उसकै लामका तमाम साथीहरु जसको छातीमा पग्लेको शीशा रोपिइसकेको थियो … दोर्जे भोटे … पूलामी मगर … त्यो सर्दार फेटावाल … छ्या त्यसको नाउँ पनि आउँदैन … अनि यै माहिलीको पोई पनि । हो यै माहिली जसको अगाडि उ उभिएको छ । लाहुरेले कोटको खल्ती छाम्यो – त्यहाँ माहिलीको पोइले मरेपछि तक्मा पाएको खबर भएको चिठी थियो । त्यो चिठी खेलाउँदै उसले सोच्यो – यै हो माहिलीको पोइको मरेपछिको कमाइ ?
“हो” अर्को मनले जवाफ दियो ।
“यसैलाई हो माहिलीले पर्खेर बसेकी ?”
“हो ।”
“दिउँ त उसको पोइको कमाइ ?”
दे । … अहँ न दे । … आखिर त दिनै पर्छ । … द्यूँ त ? … नाई … उसको मनले उचित उत्तर दिन सकेन ।
तर साइँली रामे खत्रीसँग निस्कदैछ । हुन त यसको पोइ पनि बिदेशिएको छ, तर यो चाहिं त्यै खत्रीसँग सल्केकी छ भन्छन् । पोहोर पेट बोकेकी थिई रे … तुहाई रे … उ लाहुर गएको पोइको उस्तो वास्ता गर्दिन । “… आ, ई लाहुर गएका कैले फर्कन्छन् कैले । भरे हाम्रो गाउंतिर आउने हैन –” साँच्चै उसले रामे खत्रीलाई निम्त्याई ।
अन्त्यमा दुईजना विदेशीहरू पनि ओर्लिए । कालो चश्मा लगाएका उनीहरू गटर–पटर बोल्छन । जिरी जान हिंडेका रे, त्यतैबाट सोलुखुम्बु अनि दार्जीलिङ निस्कने योजना छ रे … ।
… डूङ्गाबाट ओर्लदै फोटो खिच्ने तरखर गर्दै दोभाषेसँग भन्छन् – “व्यूटिफूल … व्यूटिफूल …”
(स्रोत: Xyznepal )