~आचार्य प्रभा~
हे दुर्गा भवानी,सबकी माता
तिमी हौ हाम्रो भाग्य बिधाता
गर्छौं अर्चना राखेर मनमा
तिम्रै विश्वास फिँजाइे जनमा
हे दुर्गा,भवानी देवीकी रानी
पुज्दछौं तिम्लाई इेश्वर मानी
भज्दछौं नाम तिम्रै गरेर पुकार
गरिदेऊ हाम्रो प्रार्थना स्वीकार
हे दुर्गा भवानी,देवीकी शक्ती
पर्दछौं चरणमा राख्दै भक्ती
रचना – अक्टोबर -१०/ २०१३ बिहान ११.१५
