भाइवहिनीहरु हो, तिमीहरुले नेपालका पचहत्तर जिल्ला मद्ये तेह्रथुम जिल्लको नाम त सुनेकै हौला । तेह्रथुम पूर्वी पहाडी जिल्ला अन्तरगतको कोशी अञ्चलमा पर्ने एउटा जिल्ला हो ।
केही साल अघिको कुरो हो कुनै गाउँको एउटा सानो परिवारमा कुशल नाम गरेको एउटा केटो थियो । कुशल अति नै चंचले स्वभावको केटो थियो । तर चंचले स्वभावको भए पनि वद्मास भने चाँही थिएन ।
पढाईका साथसाथै कुशल खेलकुदमा पनि उत्तिकै चाख लिन्थ्यो । पढाई र खेलकुदको अलावा उसको एउटा अर्को शौखको विषय पनि थियो । त्यो हो साहित्य सिर्जना । उसले साहित्य सिर्जनालाई अरु भन्दा पनि अलि बढी महत्व दिँदै आएको थियो । अरुका सिर्जना पढ्ने मात्र होइन ऊ आफू पनि लेख्ने गर्थ्यो । फुर्सदको समय कविता, कथा, गीत र गजल लेखेर बिताउँने उसको बानी थियो । विध्यालयमा हुने विभिन्न साहित्यिक प्रतियोगितामा पनि सहभागिता जनाउँदै आएको थियो । उसले त्यस्ता प्रतियोगिताबाट थुप्रै पटक पुरस्कार तथा प्रमाण पत्र पनि हाता पारेको थियो ।
तर दुःखको कुरो के थियो भने कुशलको घर केही दुर्गम गाउँमा पर्दथ्यो । घर नजिकै विध्यालय पनि थिएनन । उसले विध्यालाय जानलाई मात्र दैनिक रुपमा झण्डै तीन चार घण्टा जति हिड्नु पर्थ्यो । जस्ले गर्दा विध्यालय गएर पढ्न उसलाई ठूलै समस्या परेको थियो । विध्यालय टाढा भएकै कारणले उसले दिनहुँ जसो कक्षा नै छुटाउनु पर्थ्यो । झरिवादल परेको वेलामा त ऊ विध्यालय जानै सक्दैनथ्यो । झरिवादल परेका दिन उसले थुप्रै पटक कक्षाको पढाई छुटाउनु पर्दथ्यो । झन हाट वजार जान त उसको घरबाट झण्डै दिनभरि नै हिड्नु पर्थ्यो । विहान वजार गएको मानिस साँझमा मरितरी गरेर मात्र घर आइपुथ्यो ।
कुशलका वुवा आमा दुवै जना जागिरे थिए । दुवैजना जनस्वास्थ्यमा काम गर्थे । कुशल उनीहरुको एउटा मात्र सन्तान थियो । तर पनि उनीहरुले आफ्नो एउटै मात्र संतानलाई पनि राम्रो विध्यालयमा लगेर पढाउन सकेका थिएनन । हुन त कस्लाई पो आफ्ना सन्तानलाई राम्रो विध्यालयमा लगेर पढाउने रहर हुँदैन र त्यस्तै रहर कुशलका वुवाआमा पनि थियो तर जागीरका कारणले उनीहरुको त्यो रहर पुरा हुन सकिरहेको थिएन ।
जागीरकै सिलसिलामा एक दिन कुशलका वुवा आमाको सरुवा भयो । सरुवा भएर गएको ठाउँ पहिलाको ठाउँ भन्दा धेरै सुविधा सम्पन्न थियो । त्यहाँ विध्यालय पनि नजिकै थियो । अव भने उसले विध्यालय जानलाई धाउनु पनि परेन । झरिवादका कारण विध्यालय जानबाट विाचत हुनु पनि परेन । वजार पनि नजिकै थियो । साप्ताहिक हाँट पनि घरको आडमै लाग्थ्यो । ऊ अव भने आफूलाई चाहिएको सामान जतिखेर पनि हाटबाट किनेर चलाउन सक्ने भएको थियो ।
नयाँ ठाउँ भए पनि उसलाई त्यहाँ साथी वनाउन त्यति वेर लागेन । सुरुमा त उस्लाई -नयाँ ठाउँमा आइयो अव कसरी साथीभाइ वनाउने होला म संग मिल्ने खाले साथीभाइ मिल्ने हुन कि हैननु भन्ने पीर परिरहेको थियो । भलै ऊ चंचले स्वभावको थियो तर ऊ एउटा अनुशासित र मेधावी पनि थियो । आफूभन्दा ठूलासंग कस्तो व्यवहार गर्नु पर्छ । सानालाई कस्तो व्यवहार गर्नु पर्छ भन्ने पनि उसलाई राम्रो हेक्का थियो । जस्ले गर्दा उसलाई त्यहाँ हेलमेल गर्न र साथीभाइ वनाउनमा कुनै समस्या परेन । उसले चाँडै साथीभाइ वनाइहाल्यो । त्यस पछि भने उसको त्यो पीर पनि हटेर गयो ।
वाल्यकाल देखिको उस्को साहित्य प्रतिको झुकाव उमेरसंगै वढ्दै थियो । नयाँ ठाउँ त झन उसलाई त्यो वाल्यकाल देखिको रहर पुरा गर्ने कार्यमा सहयोगी वन्न पुग्यो । त्यहाँ पनि उसले आफ्नो फुस्रदको समयलाई साहित्य सिर्जनामा लगाउन थाल्यो । ऊ दिउसो विध्यालय जान्थ्यो भने फुस्रदको समयमा पत्र -पत्रिका पढ्ने र साहित्य सिर्जना गर्ने गर्दथ्यो । यसक्रममा उसका थुप्रै सिर्जनाहरु विभिन्न पत्र पत्रिकामा प्रकाशित भैसकेका थिए । उसमा हौसला झन झन थपिदै गयो । त्यस पछि भने उसमा आफ्नो लागि मात्र नभएर अरुको लागि पनि केही गरौ भन्ने रहर पलायो ।
उसलाई सानै देखि पत्रिका प्रकाशन गने रहर थियो । उसले आफू जस्तै स-साना वालवालिकाका लागि एउटा पत्रिका प्रकाशन गरेर उनीहरुलाई पनि साहित्य प्रति झुकाव गराउने रहर पालेको थियो । अव भने त्यो रहर पुरा गर्ने समय आएको थियो । त्यही पुरा हुने छनक पाएरै होला एक दिन उसले त्यही कुरा केही वुवा आमा र अन्य केही आफन्तसामु राख्यो । वुवा आमाले त हुन्छ गर भनिदिए तर केहीले भने उस्को कुरालाई त्यति पत्यार मानेनन । केहीले त -पत्रिका संपादन गर्ने, संपादक वन्ने भनेर ओठ लेप्य्राउन समेत पछि परेनन । तर उसले आफ्नो सोचलाई मर्न दिएन । अनवरत रुपमा लागिरह्यो । त्यस क्रममा केही अग्रजहरुसंग पनि सल्लाह माग्यो । उनीहरुले पनि -हुन्छ गर हामी सकेको सहयोग गर्छौँ भन्ने वचन दिए पछि त उसको हौसला झन वढ्दै गयो ।
त्यसो त भगवानले तँ आँट म पुर्याउछु भन्छन भन्ने उखान नै छ । ठीक त्यस्तै भयो । नभन्दै उसले एउटा वालपत्रिका प्रकाशन गरेरै छाड्यो । पत्रिकाको नाम भने पाथिभरा वाल साहित्यिक राख्यो । यो पत्रिकामा वाल वालिकाका मात्र सिर्जना समावेस गरिएका थिएनन । उसले आफू भन्दा ठूला स्रष्टाहरुका रचनालाई पनि उचित स्थान दिएको थियो ।
१० -१२ वर्षको एउटा कलिलो वालकले गरेको यस्तो उदाहरणीय कामलाई प्रशंसा नगर्ने त कुरै आउन्नथ्यो । सुरुमा नाक खुम्च्याउने पनि काम गरेर देखाई दिए पछि उसको प्रशंसा गर्न पछि परेनन । सवैले उसको मुक्तकण्ठले प्रशंसा गरे ।
झन पत्र -पत्रिकाले त उसको परिचय नै वदली दिए । उसको नाम कुशलबाट फुच्चे संपादकु वन्न पुग्यो । त्यस पछि त सवैले उसलाई कुशलको नामले भन्दा पनि फुच्चे सम्पादकुकै नामले चिन्न थाले ।
भाइ वहिनी हो आज कुशल ठूलो भैसकेको छ । विध्यालयको पढाई सकेर ऊ उच्च शिक्षा लिइरहेको छ । उसले केटा केटीमै संपादन गरेको वाल पत्रिका पनि वन्द भैसकेको छ तर उसले पाएको पदवी ‘फुच्चे सम्पादक’ भने अहिले पनि जस्ताको तस्तै छ । उसलाई आजभोलि पनि धेरै मानिसले फुच्चे सम्पादककै नामले चिन्छन । पत्र पत्रिकामा आजभोलि पनि उसको त्यही नाम लेखिएको हुन्छ ।
आफू ठूलो भैसक्दा पनि सवैले फुच्चे सम्पादकुकै नामले वोलाउदा ऊ पनि नमिठो मान्दैन । ऊ मख्ख साथ भन्छ -म फुच्चे सम्पादकु नै हुँ र फुच्चे संपादकु नै रहने छु ।
॥ इति ॥
~केशु बिरही
तेह्रथुम
October 22 2011