~क्रान्ति श्रेष्ठ~
एउटी जापानी परी हिमालय यात्रा को लागि नेपाल हान्निइन | सानैदेखी तिनले नेपाल जाने रहर साचेर रखेकी थिइन | स्कुल पढदा आमाबाबुले उन्लाई छोडेर आफु हरु मात्र नेपाल गएको कुर मन परेको थिएन | स्कुल छुट्टी नभयेकै कारण अभिभाबक हरुले छोरी लाई साथ लिएर नेपाल जान सकेनन | तेस बेला तिनी साह्रै रोएकी थिइन रे | ठुलो भये पछी पनि नेपाल गएर आउने जापानीहरु सँग त्यहा को बारेमा सोधी बस्थिन | मन मनै नेपाल लाई माया गर्न थालिन | एसरी सुसुप्त रुप ले तीन को नेपालसँगको आत्मियता बढ्न थालयो | सम्पन परिवार कि छोरी युरोप अमेरिका जहाँ पनि जान सक्थी तर पहिले नेपाल लाई नै रोजिन | तिन को वास्तविक नाम त थाहा भएन तर मिना भनेर आफ्नो परिचय दिएकी थिइन जुन शब्द जापानी भाषामा पनि पाउन सकिन्छ |
कुमारी हिमाल माछापुछ्रे अनी अन्नपूर्ण हिमस्रिन्खलाहरुलाई टाढा बाट चिनाउदै एक जना नेपाली ठिटो उक्त जापानी परी सँग नजिकियो र तिन्को कुमारीत्त्व लुट्न सफल भयो | ट्रेकिङ गाईड बनेर हिंडेको त्यो ठिटो को नौनी जस्तो चिप्लो र मिठो कुरा सुनेर तिनी मक्ख परिन |सोझी र सरल जापानी गूडीया लाई फकाउन उस्ले कुनै कसर बाँकी रखेन | बिचरी ले पनि सत्प्रतिसत विश्वाश र ह्र्दये देखी माया गर्न थालिन | एसरी हिमालय यात्रा मा निस्किएकी जापानी परी एक जना नेपाली युबक को ईन्द्र जाल मा बेरीइन र माया को चरम सिमा मा पुगेर आफ्नो शरीर पनि सुम्पीइन |
नेपाल का मनोरम हिम्स्रिन्खला अनी रमणियतालाई नजिक बाट नियालेर मन नलागी नलागी तिनी जापान फर्कीइन | एसरी नेपाल हेर्ने आफ्नो इछ्या साकार पारेर ,नेपाली सँग पिरती गासेर अनी पेट भित्र प्रेम को नासो भिरेर प्रेमी सँग बिछोडीदै स्वदेश फर्किन |
जापान आउने बित्तिकै मिना ले आफ्नो प्रेमी लाई पनि जापान झिकाउने तर्खर गर्न थालिन | मुलुक को नाजुक परिस्थितीका कारण नेपाली प्रेमी पनि जापान आउन लालयित थियो | मिना ले सम्पूर्ण ग्यारेन्टी शाहीतका आब् श्यक कागजात नेपाल पठाये पछी जापानि दुताबाशबाट भिसा प्राप्त गरी नेपाली ठिटो जापान प्रस्तान गर्यो |
यसरी एउटा नेपाली जापानी को ज्वाँई बनेर सुर्योदय को देश भित्रियो | उनीहरु बिच जापानी परम्परा अनुरुप बिधिबत बैबाहिक सस्कार पनि सम्पन्न भयो | ज्वाँई को आतिथ्यता पनि भब्यताका साथ् भैरहेको थियो | बिदेशी मुल को भये पनि सासु ससुरा हरु खुशी देखिन्थे | एक्ली छोरी को बिबाह जापानी सँग नै होस् भन्ने चाहन्थे तर छोरी को प्रेम को सामुन्ने नतमस्तक भए | शहर नजिकै को गाउँ मा मिना को घर थियो | जापानी भाषा को धेर थोर ज्ञान भएको ले नेपाली ज्वाँई लाई पनि गाउले र ससुराली सँग भिज्न धेरै गाह्रो भएन | गाउले हरु उन लाई नेपाली ज्वाँई भनेर बडो आदर गर्दथे र बाटा मा झम्का भेट हुँदा टाउको झुकायेर स्वागत गर्दथे |
नबिन परिबेश ,सस्कार र समाज मा जापानी को ज्वाँई बन्न पाएको मा नेपाली ठिटो दन्ङदास थियो | दिउसो प्राये सबै काम मा जान्थे | नौलो भएकोले उस्लाई काम गर्न भनिएको थिएन | दिउसो भरी घर मा बस्दा बस्दा दिक्क भएर ऊ एक्लै बाहिरतिर हावा खान टहलिन्थ्यो | बिस्तारै उसले स्थानिये साना भट्टि पसल पत्ता लगायो | जापानी साके अर्थात् चामल बाट बनाइएको रक्सिले उस्लाई मोहनि लगायो | हुन पनि जापानी साकेले साचै नै नेपाली गाउ घर को ठर्रा को याद दिलाउछ |
मिना ले छोरी पैदा गरिन | मैले पहिलो पटक तिनै जनालाई जापान स्थित एउटा नेपाली पसल मा भेटेको थिए जतिखेर मीनाले ले नवजात शिशु लाई बोकिरहेकी थिइन |नानी को नाम तिन्ले नेपाली मा रखेकी थिइन |तर मैले बिर्सिए | बच्चा जन्माए पछी केही बर्ष महिलाहरु ले काम नगर्ने जापानी परम्परा छ |तेसैले घर परिवार को दायित्व र जिम्मेवारि नेपाली ठिटो को काध मा आइ पर्यो | सुस्तरी मीनाले श्रीमानलाई काम को लागि आग्रह गर्न थालिन | तिम्रो ठाउँमा आएर मैले काम गर्ने हो |तिमिले पो मलाई पाल्नु पर्छ भन्दै उ कामको कुरोलाई एक कान ले सुनेर अर्को कानले उडाई दिन्थ्यो |
अक्सर रात छिप्पिए पछी उ श्रीमती संग पैसा मागेर नजिकैको भट्टी पसलमा गई साके पिएर आउने गर्दथ्यो | बिचरा श्रीमान लाई स्वदेशको याद आयो होला भनेर मीना आफ्नो श्रीमान को चाहनामा खासै अवरोध खडा गर्दिनथी |समय बित्दै गयो | नेपाली ठिटोमा काम गर्ने उत्साह उमङ देखिएन | बरु जापानी साकेको मात्रा दिन परदिन बढन थालयो |श्रीमानको चाल्चलन देखेर मीना पनि अचम्ममा पर्दै गइन |पिउन जानको लागि उ दिनहु श्रीमती सँग पैसा माग्दथ्यो |दिदा दिदा मीना पनि आजित भैसकेकी थिइन |
त्यो रात् मीना अत्येन्त चिन्तित र दुखित भएर बेर सम्म रोइ रहिन | जब रक्सी किन्न पैसा नदियेको झोकमा श्रीमानको हात् बाट पिटिइन | शान्त त्यो जापानी गाऊलाई नेपाली ठिटोले हाडी गाऊ म रुपान्तर गर्न खोज्यो | साझ पार्न साथ् उ घर बाट बहिरिन्थ्यो अनी आधा रात् तिर रक्सीको नसा मा खुट्टा लर्बराएर ठुलो स्वरले मन परि भन्दै घर फर्कनथ्यो | पहिले त गाउँले हरु ले चाल् पायेनन | तर बिस्तारै नेपाली ज्वाँईको करामत थाहा पाउदै जान थाले |
सधैं राती अबेर तिर डाङ डाङ डुङ डुङ गर्दै जापानीहरुलाई अप शब्द प्रयोग गर्दै उ घर फर्किदा पुरै गाऊ हल्लनथ्यो | राती ठुलो आवाजमा मातियेको स्वर सुन्ने बित्तिकै गाऊलेहरुले अब नेपाली ज्वाँई बौलायो भन्दै कानेखुसी गर्थे | कतिपयेलाई त सबै नेपालीहरु शायद यस्ता पो हुँदा रहेछन् भन्ने भ्रम पर्न गयो होला | येथार्थ एक जना नेपाली भिजैलान्ते हुँदैमा सबै जना उस्तै हुदैनन तर कतिपय जापनीहरुमा सबै लाई एउटै चस्मा ले हेर्ने प्रब्रूति छ |
मीनाले रक्सी नखान र काममा जानको लागि लाखौं आग्रह गरिन तर उसलाई मीनाको आग्रह बिश सरह भयो | ”अझ मलाई काम गर ” भन्ने भन्दै उस्ले श्रीमतीलाई कुट्थ्यो | स्वास्नी पिटने क्रम दिन पर्दिन् चलिरह्यो | छोरीको दयनीय स्थिति र ज्वाँईको बेताल देखेर सासू ससुराहरु चिन्तित देखिन्थे |
एक दिन साझ सासू ससुराहरु ज्वाँईलाई सम्झाउन छोरी कहाँ आइ पुगे | तेस दिन पनि राती उ अबेर रक्सीले मातियेर घर फर्कियो | सासू ससुराले ज्वाँईलाई राम्ररी सम्झाए | तर उल्टै उस्ले त्यो रात् रौद्र रूप प्रदशँन गर्यो | काम बेगर जापानको जिन्दगी कठिन हुन्छ बन्ने कुरा उसलाई पचेन |उसले लातले हानेर झ्यालका सिसाहरु फुटाइदियो | उ एति तलसम्म तल गिर्योकी आफ्नी श्रीमतीलाई मात्र नभयर सासू ससुराहरुलाई पनि हात लगायो | बिचरी सानी छोरीको पनि के दोश थियो उसलाई पनि पिटेर घाइते तुल्यायो |
आखिरी ज्वाँई हो भनेर सोझा जापानीहरुले नेपाली ज्वाँई को त्यस्तो जडयापन, उपद्रो र दुर्बचनहरु सहनसम्म सहे | तर बिस्तारै सबैलाई नै सिद्याउन सक्ने स्थिति पैदा भयो | अन्तमा तिनीहरु जिउ ज्यान् सुरक्षा को लागि पुलिश लाई बोलाउन बाध्य भए | पुलिशले ठिटोलाई थाना मा लागेर राख्यो | तिनी हरुले नेपाली ज्वाँईलाई एक क्षण पनि जापानमा राख्न चाहेनन | फलस्वरूप टिकेट खर्च आदी सबै दिएर पुलिसको साथमा ओसाका एअरपोर्टबाट नेपाली ज्वाँईलाई नेपाल फिर्ता पठाइयो |
मलाई यो कलमले त्यो भिजिलान्ते नेपालीको नाम लेख्न मन लागेन । जस्ले नेपाल र नेपालीको छबी धूमिल बनाएर फर्कियो | खै त्यस्तालाई मात्र जापानी केटी पत्याउदा रहेछन | केही मित्रहरुले मलाई गुनासो सुनाए | तर कस्को मन भित्र को छिर्न सक्छ ? बिचरी मीनाको पनि के दोष ! तीनले त निस्वार्थ र अपार माया दिएकी थीइन् | एक किसिमले भन्ने हो भने निरुदेस्य बरालिरहेको एक जना युवकलाई जापान बोलाएर राम्रो बाटो देखाएकी थीइन् | तर त्यो भिजिलान्ते नेपालीले ठुलो सपना देखेको रहेछ | त्यसले सोचेको थियो होला जापानी सुन्दरीलाई मायाजालमा पारे सुनको हवाइजाहाजमा सयर गर्न सकिन्छ | निस्चल माया गर्ने प्रेमिकालाई त्यसले सुनको फूल पार्ने कुखुरी र जापान पुग्ने भर्याङ मात्र बनाएको रहेछ |
आफ्नो प्रेमीको चर्तिकला देखेर नेपाललाई माया गर्ने मीनाको नेपाल र नेपाली प्रतिको भावना कस्तो रह्यो होला ? शायद सबै नेपालीहरुलाई उस्तै भिजिलान्ते चस्माले हेरी होलिन | पक्कै पनि नेपालीसँग बिहे गरेर आत्मग्लानी र पछुतो महसुश गरि होली | मेरो मन भित्र धेरै दिनसम्म यी कुराहरु पटक पटक खेली रहे | मलाई मीना सँग एक पटक भेटेर कुरा गर्ने अभिलाषा जागिरहेको थियो |
नभन्दै केही समयपछि मीनासँग जापानको एउटा नेपाली पसलमा मेरो जम्का भेट भयो | तिनी सार्है दुब्लाएकी रहेछिन | तत्काल मैले ठम्याउन सकिन | पछी ”नमस्ते ” गर्दै मेरो सामुन्ने आएपछी मात्र उसलाई चिन्न सके | सानी छोरी दौडने भैसकेकी रहेछिन | अलिक गम्भीर र भाबुक देखिएकी मीनालाई तीनको बिगतको घाऊ कोट्याउन मन लागेन | अझ नेपाली भएको नाताले म आफूलाई पनि कताकता असजिलो महसुस भई रहेको थियो |
तीनले पसलमा नेपाली धुप, मरमसल र दालहरु किनिन | त्यसपछी नेपाली भाषामा फेरि भेटौँला भन्दै छोरीलाई लिएर गइन | मैले ओझेल नपरिन्जेलसम्म तिनीहरुलाई हेरिरहे | जापानी छोरी नेपालकी बुहारीले नेपाली श्रीमानबाट धोका पाए पनि मीनाको मुटु भित्र नेपाल र नेपाली प्रतिको अपनत्व मेटियको रहेनछ | जेहोस् तीनलाई भेटेर मेरो मन भित्र को पीर टाढा भागिसकेको थियो |
जापान, २५ अगष्ट
(स्रोत: Nepalipost)