कथा : भिजिलान्ते नेपाली ज्वाँई

~क्रान्ति श्रेष्ठ~

एउटी जापानी परी हिमालय यात्रा को लागि नेपाल हान्निइन | सानैदेखी तिनले नेपाल जाने रहर साचेर रखेकी थिइन | स्कुल पढदा आमाबाबुले उन्लाई छोडेर आफु हरु मात्र नेपाल गएको कुर मन परेको थिएन | स्कुल छुट्टी नभयेकै कारण अभिभाबक हरुले छोरी लाई साथ लिएर नेपाल जान सकेनन | तेस बेला तिनी साह्रै रोएकी थिइन रे | ठुलो भये पछी पनि नेपाल गएर आउने जापानीहरु सँग त्यहा को बारेमा सोधी बस्थिन | मन मनै नेपाल लाई माया गर्न थालिन | एसरी सुसुप्त रुप ले तीन को नेपालसँगको आत्मियता बढ्न थालयो | सम्पन परिवार कि छोरी युरोप अमेरिका जहाँ पनि जान सक्थी तर पहिले नेपाल लाई नै रोजिन | तिन को वास्तविक नाम त थाहा भएन तर मिना भनेर आफ्नो परिचय दिएकी थिइन जुन शब्द जापानी भाषामा पनि पाउन सकिन्छ |

कुमारी हिमाल माछापुछ्रे अनी अन्नपूर्ण हिमस्रिन्खलाहरुलाई टाढा बाट चिनाउदै एक जना नेपाली ठिटो उक्त जापानी परी सँग नजिकियो र तिन्को कुमारीत्त्व लुट्न सफल भयो | ट्रेकिङ गाईड बनेर हिंडेको त्यो ठिटो को नौनी जस्तो चिप्लो र मिठो कुरा सुनेर तिनी मक्ख परिन |सोझी र सरल जापानी गूडीया लाई फकाउन उस्ले कुनै कसर बाँकी रखेन | बिचरी ले पनि सत्प्रतिसत विश्वाश र ह्र्दये देखी माया गर्न थालिन | एसरी हिमालय यात्रा मा निस्किएकी जापानी परी एक जना नेपाली युबक को ईन्द्र जाल मा बेरीइन र माया को चरम सिमा मा पुगेर आफ्नो शरीर पनि सुम्पीइन |

नेपाल का मनोरम हिम्स्रिन्खला अनी रमणियतालाई नजिक बाट नियालेर मन नलागी नलागी तिनी जापान फर्कीइन | एसरी नेपाल हेर्ने आफ्नो इछ्या साकार पारेर ,नेपाली सँग पिरती गासेर अनी पेट भित्र प्रेम को नासो भिरेर प्रेमी सँग बिछोडीदै स्वदेश फर्किन |

जापान आउने बित्तिकै मिना ले आफ्नो प्रेमी लाई पनि जापान झिकाउने तर्खर गर्न थालिन | मुलुक को नाजुक परिस्थितीका कारण नेपाली प्रेमी पनि जापान आउन लालयित थियो | मिना ले सम्पूर्ण ग्यारेन्टी शाहीतका आब् श्यक कागजात नेपाल पठाये पछी जापानि दुताबाशबाट भिसा प्राप्त गरी नेपाली ठिटो जापान प्रस्तान गर्‍यो |

यसरी एउटा नेपाली जापानी को ज्वाँई बनेर सुर्योदय को देश भित्रियो | उनीहरु बिच जापानी परम्परा अनुरुप बिधिबत बैबाहिक सस्कार पनि सम्पन्न भयो | ज्वाँई को आतिथ्यता पनि भब्यताका साथ् भैरहेको थियो | बिदेशी मुल को भये पनि सासु ससुरा हरु खुशी देखिन्थे | एक्ली छोरी को बिबाह जापानी सँग नै होस् भन्ने चाहन्थे तर छोरी को प्रेम को सामुन्ने नतमस्तक भए | शहर नजिकै को गाउँ मा मिना को घर थियो | जापानी भाषा को धेर थोर ज्ञान भएको ले नेपाली ज्वाँई लाई पनि गाउले र ससुराली सँग भिज्न धेरै गाह्रो भएन | गाउले हरु उन लाई नेपाली ज्वाँई भनेर बडो आदर गर्दथे र बाटा मा झम्का भेट हुँदा टाउको झुकायेर स्वागत गर्दथे |

नबिन परिबेश ,सस्कार र समाज मा जापानी को ज्वाँई बन्न पाएको मा नेपाली ठिटो दन्ङदास थियो | दिउसो प्राये सबै काम मा जान्थे | नौलो भएकोले उस्लाई काम गर्न भनिएको थिएन | दिउसो भरी घर मा बस्दा बस्दा दिक्क भएर ऊ एक्लै बाहिरतिर हावा खान टहलिन्थ्यो | बिस्तारै उसले स्थानिये साना भट्टि पसल पत्ता लगायो | जापानी साके अर्थात् चामल बाट बनाइएको रक्सिले उस्लाई मोहनि लगायो | हुन पनि जापानी साकेले साचै नै नेपाली गाउ घर को ठर्‍रा को याद दिलाउछ |

मिना ले छोरी पैदा गरिन | मैले पहिलो पटक तिनै जनालाई जापान स्थित एउटा नेपाली पसल मा भेटेको थिए जतिखेर मीनाले ले नवजात शिशु लाई बोकिरहेकी थिइन |नानी को नाम तिन्ले नेपाली मा रखेकी थिइन |तर मैले बिर्सिए | बच्चा जन्माए पछी केही बर्ष महिलाहरु ले काम नगर्ने जापानी परम्परा छ |तेसैले घर परिवार को दायित्व र जिम्मेवारि नेपाली ठिटो को काध मा आइ पर्‍यो | सुस्तरी मीनाले श्रीमानलाई काम को लागि आग्रह गर्न थालिन | तिम्रो ठाउँमा आएर मैले काम गर्ने हो |तिमिले पो मलाई पाल्नु पर्छ भन्दै उ कामको कुरोलाई एक कान ले सुनेर अर्को कानले उडाई दिन्थ्यो |

अक्सर रात छिप्पिए पछी उ श्रीमती संग पैसा मागेर नजिकैको भट्टी पसलमा गई साके पिएर आउने गर्दथ्यो | बिचरा श्रीमान लाई स्वदेशको याद आयो होला भनेर मीना आफ्नो श्रीमान को चाहनामा खासै अवरोध खडा गर्दिनथी |समय बित्दै गयो | नेपाली ठिटोमा काम गर्ने उत्साह उमङ देखिएन | बरु जापानी साकेको मात्रा दिन परदिन बढन थालयो |श्रीमानको चाल्चलन देखेर मीना पनि अचम्ममा पर्दै गइन |पिउन जानको लागि उ दिनहु श्रीमती सँग पैसा माग्दथ्यो |दिदा दिदा मीना पनि आजित भैसकेकी थिइन |

त्यो रात् मीना अत्येन्त चिन्तित र दुखित भएर बेर सम्म रोइ रहिन | जब रक्सी किन्न पैसा नदियेको झोकमा श्रीमानको हात् बाट पिटिइन | शान्त त्यो जापानी गाऊलाई नेपाली ठिटोले हाडी गाऊ म रुपान्तर गर्न खोज्यो | साझ पार्न साथ् उ घर बाट बहिरिन्थ्यो अनी आधा रात् तिर रक्सीको नसा मा खुट्टा लर्बराएर ठुलो स्वरले मन परि भन्दै घर फर्कनथ्यो | पहिले त गाउँले हरु ले चाल् पायेनन | तर बिस्तारै नेपाली ज्वाँईको करामत थाहा पाउदै जान थाले |

सधैं राती अबेर तिर डाङ डाङ डुङ डुङ गर्दै जापानीहरुलाई अप शब्द प्रयोग गर्दै उ घर फर्किदा पुरै गाऊ हल्लनथ्यो | राती ठुलो आवाजमा मातियेको स्वर सुन्ने बित्तिकै गाऊलेहरुले अब नेपाली ज्वाँई बौलायो भन्दै कानेखुसी गर्थे | कतिपयेलाई त सबै नेपालीहरु शायद यस्ता पो हुँदा रहेछन् भन्ने भ्रम पर्न गयो होला | येथार्थ एक जना नेपाली भिजैलान्ते हुँदैमा सबै जना उस्तै हुदैनन तर कतिपय जापनीहरुमा सबै लाई एउटै चस्मा ले हेर्ने प्रब्रूति छ |

मीनाले रक्सी नखान र काममा जानको लागि लाखौं आग्रह गरिन तर उसलाई मीनाको आग्रह बिश सरह भयो | ”अझ मलाई काम गर ” भन्ने भन्दै उस्ले श्रीमतीलाई कुट्थ्यो | स्वास्नी पिटने क्रम दिन पर्दिन् चलिरह्यो | छोरीको दयनीय स्थिति र ज्वाँईको बेताल देखेर सासू ससुराहरु चिन्तित देखिन्थे |

एक दिन साझ सासू ससुराहरु ज्वाँईलाई सम्झाउन छोरी कहाँ आइ पुगे | तेस दिन पनि राती उ अबेर रक्सीले मातियेर घर फर्कियो | सासू ससुराले ज्वाँईलाई राम्ररी सम्झाए | तर उल्टै उस्ले त्यो रात् रौद्र रूप प्रदशँन गर्‍यो | काम बेगर जापानको जिन्दगी कठिन हुन्छ बन्ने कुरा उसलाई पचेन |उसले लातले हानेर झ्यालका सिसाहरु फुटाइदियो | उ एति तलसम्म तल गिर्योकी आफ्नी श्रीमतीलाई मात्र नभयर सासू ससुराहरुलाई पनि हात लगायो | बिचरी सानी छोरीको पनि के दोश थियो उसलाई पनि पिटेर घाइते तुल्यायो |

आखिरी ज्वाँई हो भनेर सोझा जापानीहरुले नेपाली ज्वाँई को त्यस्तो जडयापन, उपद्रो र दुर्बचनहरु सहनसम्म सहे | तर बिस्तारै सबैलाई नै सिद्याउन सक्ने स्थिति पैदा भयो | अन्तमा तिनीहरु जिउ ज्यान् सुरक्षा को लागि पुलिश लाई बोलाउन बाध्य भए | पुलिशले ठिटोलाई थाना मा लागेर राख्यो | तिनी हरुले नेपाली ज्वाँईलाई एक क्षण पनि जापानमा राख्न चाहेनन | फलस्वरूप टिकेट खर्च आदी सबै दिएर पुलिसको साथमा ओसाका एअरपोर्टबाट नेपाली ज्वाँईलाई नेपाल फिर्ता पठाइयो |

मलाई यो कलमले त्यो भिजिलान्ते नेपालीको नाम लेख्न मन लागेन । जस्ले नेपाल र नेपालीको छबी धूमिल बनाएर फर्कियो | खै त्यस्तालाई मात्र जापानी केटी पत्याउदा रहेछन | केही मित्रहरुले मलाई गुनासो सुनाए | तर कस्को मन भित्र को छिर्न सक्छ ? बिचरी मीनाको पनि के दोष ! तीनले त निस्वार्थ र अपार माया दिएकी थीइन् | एक किसिमले भन्ने हो भने निरुदेस्य बरालिरहेको एक जना युवकलाई जापान बोलाएर राम्रो बाटो देखाएकी थीइन् | तर त्यो भिजिलान्ते नेपालीले ठुलो सपना देखेको रहेछ | त्यसले सोचेको थियो होला जापानी सुन्दरीलाई मायाजालमा पारे सुनको हवाइजाहाजमा सयर गर्न सकिन्छ | निस्चल माया गर्ने प्रेमिकालाई त्यसले सुनको फूल पार्ने कुखुरी र जापान पुग्ने भर्‍याङ मात्र बनाएको रहेछ |

आफ्नो प्रेमीको चर्तिकला देखेर नेपाललाई माया गर्ने मीनाको नेपाल र नेपाली प्रतिको भावना कस्तो रह्यो होला ? शायद सबै नेपालीहरुलाई उस्तै भिजिलान्ते चस्माले हेरी होलिन | पक्कै पनि नेपालीसँग बिहे गरेर आत्मग्लानी र पछुतो महसुश गरि होली | मेरो मन भित्र धेरै दिनसम्म यी कुराहरु पटक पटक खेली रहे | मलाई मीना सँग एक पटक भेटेर कुरा गर्ने अभिलाषा जागिरहेको थियो |

नभन्दै केही समयपछि मीनासँग जापानको एउटा नेपाली पसलमा मेरो जम्का भेट भयो | तिनी सार्है दुब्लाएकी रहेछिन | तत्काल मैले ठम्याउन सकिन | पछी ”नमस्ते ” गर्दै मेरो सामुन्ने आएपछी मात्र उसलाई चिन्न सके | सानी छोरी दौडने भैसकेकी रहेछिन | अलिक गम्भीर र भाबुक देखिएकी मीनालाई तीनको बिगतको घाऊ कोट्याउन मन लागेन | अझ नेपाली भएको नाताले म आफूलाई पनि कताकता असजिलो महसुस भई रहेको थियो |

तीनले पसलमा नेपाली धुप, मरमसल र दालहरु किनिन | त्यसपछी नेपाली भाषामा फेरि भेटौँला भन्दै छोरीलाई लिएर गइन | मैले ओझेल नपरिन्जेलसम्म तिनीहरुलाई हेरिरहे | जापानी छोरी नेपालकी बुहारीले नेपाली श्रीमानबाट धोका पाए पनि मीनाको मुटु भित्र नेपाल र नेपाली प्रतिको अपनत्व मेटियको रहेनछ | जेहोस् तीनलाई भेटेर मेरो मन भित्र को पीर टाढा भागिसकेको थियो |

जापान, २५ अगष्ट

(स्रोत: Nepalipost)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.