~क्रान्ति श्रेष्ठ~
अक्सर तिनी बार को काउन्टरमा बसेर पिइरहेकी हुन्छे | अघिल्तिर कक्टेल्स को ग्लास अनि चुरोट को धुवा उडाउदै टह्ल्लिरहने अन्तर्मुखी चरित्र |प्राये कसै सँग बोल्दिन | बार को वरपर बसेर मदिरा पिइरहेका अन्य मानिसहरु को हल्ला ले पनि तिनलाई केही फरक पर्दैन | बरु उल्टै चुरोट्को धुवासङै कता कता उडीरहेकी हुन्छे | अनि कक्टेल्स सँगै आफ्ना सुख दु:खहरुलाई पिईरहेकी हुन्छे |
त्यही बार जहाँ म महिनामा एकाध टहलिन जाने गर्छु | मलाई कक्टेल्स उतिसारो मन पर्दैन तर डेरा नजिकै रहेको तेस बार मा बिदेशी बियर भने पिउन मन लाग्छ | करीब बर्ष दिन जती भयो होला म त्यहा जान थालेको | मोटी मोटी , गोरी अनी चिम्सा आँखा भएकी ति जापानी युबतिलाई त्यहाँ जान थाले देखी एउटै आसन र एउटै भाव मा देखिरहेको छु | मलाई पूर्ण विश्वाश छ तिनले याद गरेकी छैन तर मैले भने तिनलाई पहिलो पटक देखी नै याद गरिरहेको छु | कुन्नी किन हो तिनी मेरो स्मरण म घुसिन | म आँफैलाई थाहा छैन | न त म मा कुनै प्रेम भाव नै पैदा भएको छ |
करीब एक महिना अघि म त्यस बार मा जादा पनि त्यही सिट्मा बसिरहेकी देखेथे | शायद त्यो तिन् को रीजर्भ सिट जस्तै भैसकेको होला |प्राये दिनहु पिउन आउदी होलिन त्यो त थाहा भएन | तर केही समयएको अन्तराल मा त्यहा पुग्दा पुरानै पृष्ठभूमीमा झुल्किरहेकी हुन्छे | तेस दिन म त्यहा पुग्दा सबै सिट हाउसफुल जस्तै भइसकेको थियो | शुक्रबार को दिन यसै पनि भिडभाड हुने भयो नै |गर्मिले अलास तलास भएको शरीरलाई चिसो बियर ले चङ्गा बनाउन त्यहा पुगेको मलाई सिट नपाउदा सबै को सामुन्ने अफ्ट्यारो मात्र होइन रिस पनि उठेको थियो | अकस्मात काउन्टर अघी को सिट खाली भयो जस्को दाँया पट्टी ती युबती आफ्नै धुन मा मस्त थिई |
प्राय देखिरहने तर बोलिचाली नभएको अझ भनु नजानिदो पारिवारिक भैसकेको अनुहार | मलाई उ सँग गफ गर्न काउकुती लागि रहेको थियो | चुरोट को धुवा र कक्टेल्स को मादकतमा हराइरहेकी तिन्लाई कोट्ट्याएर बोलाउन मन ले आट गरिरहेको थिएन | मैले युबतीलाई ’तिमी सधै यहाँ आउने गर्छो ? ’ भनेर सिधै नसोधी ’तपाइलाई यहाँ धेरै पटक देखेको छु ? ’ भन्दै कुराकानी को सुरुवात गरे |
आफ्नै भाबुक धार मा बगिरहेकी तिनी एउटा अपरिचित पुरुष आवाज कानमा ठोक्किये पछी अली झस्के झै गरिन | अनी गिलास को कक्टेल्स् स्वाट्ट पार्दै सान्केतिक रुप ले टाउको मात्र हल्लाइन | तिनले मलाई केही पनि प्रती प्रश्नहरु गरिनन | मात्र म सोध्थे बस तेस्को प्रत्युतर छोटकरीमा दिन्थिन | पछी मलाई मात्र एकोहोरो बोल्न मन लाग्न छोड्यो | यसर्थकी तिनको बोलाई बोल्दा पनि पैसा पर्ला कि जस्तो भान हुन्थ्यो | आफ्नै संसारमा रमाइ रहेकी जापान परीलाई मैले बढी बोलेर अनाहक मा बाधा पुरयाइ रहेको अनुभुती हुन थाल्यो | म पनि आफ्नै सुर् मा चिसो बियरले घाटी भिजाउन थाले |
तपाईं कुन देश बाट पाल्नु भएको होला ? ’के सुर चल्यो कुन्नी | केही बेर को मौनतालाई चिर्दै म तिर फर्केर बोलिन | ’तपाई नेपाली ???…….’ आश्चर्य चकित भ्एर ठुलो स्वरमा यी वाक्य हरु पटक पटक दोहोर्याइन | तिन् को भाब र आश्चर्यपना भन्दा पनि मैले यो बढी महसुस गरेकी पक्कै तिनी नेपाललाई नजिक बाट चिन्छिन |
अघि सम्म राम्ररी नखुलेकी ,आफ्नै सुर् मा मोडिन खोजेकी केटी अब म तीर घरी घरी मुन्टो फर्काउन थाली | ’मलाई आश्चर्य लाग्यो तिमी नेपाली भनेको सुन्दा | म त अरु मुलुक कै हो कि भन्ने सोचिरहेकी ’|’ किन तिमी नेपाल गएकी छौ र ? ’ तिन्को कुरा सुने पछी मैले सोधेको थिए | ’नेपाल अझै गएकी छैन तर जाने मन छ ’भन्दै केही नेपाली शब्द हरु जानी नजानी उच्चारण गर्न थालिन – ’नमस्ते ,भोक लाग्यो ,सञ्चै छ ’| म दङग परेर तिन्को गोरो अनुहार नियाल्दा नियाल्दै पिउन पनि भुलिसकेछु |
’किन तिमी त पिउन छोड्योउनी ?’ तिन् ले मलाई पिउन आग्रह गर्दै आफ्नो ग्लास पनि रीत्याइन | मैले पनि ठाडो घाटी लाएर बोतल रीत्याए | मदिरा को नसा सङ्गै हाम्रो पहिलो भेट्वार्तामा रौनक् ता र मादक् ता छाइरहेको थियो |
नेपालको बारेमा थोरै भये पनि कसरी थाहा पाइ ? ’ जिज्ञासु भए पनि यो प्रश्न मैले सोध्दा पनि सोधिन | म चाहन्थे बिना प्रश्न तेस्को प्रतिउतर तिन् को मुखारबिन्द बाट निस्कीयोस | फेरी मलाई एक दुई बोत् ल लगाइ सकेपछी उती सारो बोल्न मन लाग्दैन | स्वत:स्फुर्त भाबना मा बहकिन थाल्छु | यो मेरो ब्यक्तिगत स्वभाब पनि हो |
बिच् मा म तिन्को कुरा सुनेर नराम्ररी झस्किय जसरी म पहिले नेपाली हुँ भन्दा झस्केकी थिई | तिनी झस्किनुको कारण चाँही तिन्को प्रेमी पनि नेपाली नै परेछन | ’तिमिलाई थाहा छ मेरो प्रेमी पनि नेपाली नै होनी ’मेरो अनुहारमा सिधै नहेरेर कक्टेल्स्को ग्लास तिर हेर्दै बताउदै थिइन | मलाई अचानक बियर को नसाले छोडे जस्तो भयो र एउटा कौतुहलता पनि जन्मियो कि कसरी यिन्लाई दैब् ले नेपाली केटा जुरायो |
’त्यसो भये तिमी किन एक्लै बार् म पीउन आउछयो ?’मैले स्वभाबिक प्रश्न तेर्स्याए | ’मैले पिएर हिंडेको उस्लाई मन पर्दैन | सबै कुरामा हाम्रो मन मिल्छ तर यस् कुरामा भने पौठे जोरी सुरु हुन्छ | फेरी म अली बढी नै पिउछु | बिस्तारै कम गर्ने सोचाइमा छु | ’ ग्लासतिर सन्केत गर्दै मलाई सुनाउदै थि इन | ’तिमी पनि त एक्लै पिउन आईरहेछौ नि ? ’मलाई पनि त तिन्ले कहाँ बाँकी राखिन र | ’भर्खरै महिना दिन मात्र भएको छ प्रेमीका सँग सम्बन्ध तोडीएको | तिमी जस्तै जापानी प्रेमिका ’| मेरो कुरा सुनेर कक्टेल्स स्वाट्ट पारीन |मैले घडी हेरे | रात् को एक बजी सकेको रहेछ | तिनी अझै गफिन मन गर्दै थिइ | तर दिन भरिको थकान मलाई भने ओछयान मा गएर पल्टिनै उत्तम लाग्यो | सायोनारा ’ म बिदा माग्दै बाहिरिए |
केही दिन पस्चात म सोही बार मा पुग्दा तिनी सदा झै आफ्नै सिट मा बसेर पिउदै थि इन | एस पटक भने म अन्त कतै नगएर सिधै तिनी संगै को खाली सिट्मा गएर बसे | ’नमस्ते ” मैले कान खाने गरी तर्साइ दिए | तेस दिन मात्र हाम्रो औपचारिक परीचय अर्थात एक अर्का को नाम थाहा पाएका थियोउ | नाम हितोमी रहेछ | मैले तिन लाई धेरै कम उमेर कि भन्ठानेको थिए | तर लग भग हामी एउटै उमेर का रहेछौ | हुन पनि जापानी केटीहरुको अनुहार हेरेर उमेर अन्दाज गर्नै साह्रै गार्हो |
झट्ट हेर्दा चैबिस कि देखिन्थी | ” म चौतिस बर्ष पुगिसके | तर मलाई सबैले पच्चिस जतिको अन्दाज गर्छन् | तिन्ले नौ बर्ष र सात बर्ष को दुई छोरा हरु पनि छन भन्दा त मैले पत्या उन सकिन | ”हितोमी ! तिमी कती निर्लज्ज |एकतिर जापानी श्री मान अर्कातिर नेपाली प्रेमी ” मैले मन मनै हल्का गाली गरे तर ब्यक्त गर्न चाँही सकिन किनकी तिन्को ब्यक्तिगत जीबन जस्मा मेरो कुनै अधिकार थिएन |
अझ म भ्रम मा पर्लाकी भनेर हितोमी ले प्याच्च भनिहाली ”जापानी पति सँग मेरो सम्बन्ध बिचछेद भै सकेको छ | दुई छोरा हरु पनि बाबु संगै बस्छन | म नितान्त एक्ली छु | ” बार भित्र बाक्लिरहेको चुरोट को धुवा र हितोमिका कुराहरु मलाई कता कता अपच जस्तो भैरहेको थियो | येसर्थ कि म नेपाली समाज म हुर्किएकोले होला | एधपी समय ,नियती र बाध्यता का आफ्नै पाराहरु छन जस अनुरुप हितोमिलाई बायु फाले को सङ्ज्ञा दिन चाँही मेरो मन मानेन |
बोत् ल रीत्तिएको सन्केत गरे पछी बारम्यान ले अर्को बियर सामुन्नेमा राखी दियो | एक चुस्की लाउदै हितोमिलाई मैले भने ”तिमी कहाँ एक्ली छौ र जब कि तिमी सँग नेपाली प्रेमी साथमा छ ” | ” हो म उस्लाई अती माया गर्छु तर आमा यो कुरा को प्रचन्ड बिरोध मा हुनु हुन्छ | चिन्नु न जान्नु बिदेशी को केही भर हुँदैन तुरुन्तै छोडि हाल ” गिलास को बाँकी कक्टेल्स एकै पटक सिनित्त पार्दै अर्को अर्डर गरी र म तिर हेर्दै भन्न थालिन ”यो कुरा छोरा हरुले पनि थाहा पाएक छन | अक्सर तिनिहरु फोन मा यसो भनेर चित्त दु:खाइ रहेका हुन्छन् कि -आमा ! नेपाली केटा लाई पाये देखी हामीलाई भेट्न पनि आउनु हुन्न | वास्ता पनि गर्नु हुन्न आदी …| छोरा हरु पनि उस्को बिरोधमा उभिएका छन | उस्लाई मेरो जीबन् बाट टाढा पुरयाउने दबाब , बिरोध का कारण नराम्ररी टाउको दु:खाइ भैरहेको छ | बरु तिमी नै भन म के गरु ?|
हेर हितोमी म यस्तो गम्भिर प्रश्न मा सल्लाह दिन चाहन्न | किन कि हाम्रो नेपाली समाज मा एउटा भनाइ नै छ -सम्बन्ध नराम्रो भयो भने सराप्छन | राम्रो भयो भने सम्झदैनन |” मैले तीन को आग्रह लाई पूर्ण रुप ले लत्याइ दिए | फेरी मैले त्यो नेपाली थिटो लाई न भेटेको छु न त देखेको छु | यसो भन्दा हितोमी को अनुहार भरी असमन्जस्यता का रेखाहरु कोरिएको प्रस्टै देखिन्थ्यो | तिनी एकोहोरो टोलाउदै चेन स्मोकर झै चुरोट तानिरहेकी थिइ |
बिचरी ! न प्रेमिलाई त्याग्न सक्छे न त आमा र छोराहरु को आग्रहलाई लत्य्याउन सक्छे |बडो समस्याको भुमरीमा फसेकी छे | कक्टेल्स को नसा लाग्दै गएकोले होला हितोमी को हाउ भाउ मा अली परिवर्तन को सन्केत पाउछु | अनुहार भाबुक र रात्तिएको | बोलिमा पनि लर्बर् ता र के गरौ भनेर टोलाई रहेका आँखाहरु | केही बेर अघी सम्म हामी ठटटा गर्दै गफी रहेका थियौ अब भने तीन ले कक्टेल्स को घुट्को बढाउदै आफ्ना भए भर का बेथाहरु ओकल्न थालिन | जापानी पति सँग बिताएका उराठिला दिन् रातहरु ,दुइ छोरा हरु ,नेपाली प्रेमी ,आमाको बिरोध र दबाब | यस्तै यस्तै बएक्तिक सन्दर्भहरु |
मलाई हितोमिको पिर ब्यथासँग एकाकार हुन मन लागेन | म त्यहाँ तिन्को पिडा सुन्न पनि गएको हैन | परदेशी जीबन घरपरीवार को सम्झना आउछ | आफ्नो पिडालाई भुल्न म तेस बार मा जाने गर्छु | त्यस्तो मान्छे लाई आफ्नो पिडा सुनाएर मलाई गाह्रो बनाई रहेकी थिइ |
हेर हितोमी ! यो दु:ख बिर्साउने ठाउँ हो | कृपया सुख का कुराहरु गर | एकै क्षण भये पनि हासोहरुमा रमाऔ | तिम्रा ब्यथाहरु सुनाएर मलाई पक्षघात नबनाउ |” म यो कुरो ओकल्ने बिचार मा थिए तर हितोमी को अनुहार हेरेपछी मन भित्रै तुहाई दिय | बरु त्यहाबाट सुइकुचचा ठोक्न उचित ठान्दै घडी हेरेको बहाना मा भने ”अबेर भईसकेछ | भोली अली चाडै काम मा जानु छ ” | मलाई अझ केही बेर बस्न आग्रह गर्दै थिइ | म भने बिल तिरेर बहिरिये |
केही समय पछी क्रिस् मस को मौसम कस्सिएर आयो | शहर पुरै रङ्गी चङी बत्ती ले झकी झकाउ छ |हामी जाने बार पनि बिशेष रुप ले रङिएको छ | म अबेर त्यहा पुग्दा हितोमी आफ्नो सिट मा बसेर क्रिस्मस ट्री सुम्सुम्याउदै थिई |
क्रिस मस मनाउन तिमी कतै नगएकी ?” नभनेर मैले सिधै तिन् लाई भने ” आज क्रिस्मस को केही कार्येक्रम थिएन ?” | मुन्टो बटार्दै मेरो अनुहार हेरी र भनी ” आज हामी दुब्बै ले काम बाट बिदा लियौ अनी क्रिस मस मनायौ | घर फर्कन अगाडी यहाँ पनि पसी हालौ भनेर आएकी |” ” भने पछी आज निक्कै मोज गर्यौ हैन ? ”|भन्दै मैले चियर्स गरे | ”मोज गर्नै पर्यो नि | उ मेरो महत्त्वपूर्ण मान्छे , मुटुको टुक्रा ” | अनी के के जापानि शब्द हरु ।।।।| | तिनी भाबुक हुँदै भन्दै गईन ”आज मैले आमा र छोरा हरु को चित्त दुखाए | हरेक क्रिस् मस म आमा र छोरा हरुलाई भेट्न जान्थे | आमा ले पनि बोलाउनु भएको थियो तर आज गईन |” हितोमिले निक्कै लामो सुस्केरा छोडिन |
मैले तिन् को कुरा सुनी रहे | म सँग बोल्ने कुनै शब्द हरु निस्की रहेका थिएनन | प्रसँग बदल्ने प्रयेत्न गरे पनि आफ्नै कुरा हरु मात्र दोहोर्याइ रहेकी थि इन ” आमा र छोरा हरुको कुरोलाई पनि म नराम्रो भन्दिन | मेरै भलाई का लागि सोचिरहेछन | बिदेसी नागरिक , न जात मिलछ न भाषा नै | उस्लाई छोड् कि हामीलाई छोड् | आमाले आज पनि मलाई भन्नु भयो | छोरा हरु को पनि धेरै पटक कल आइ रहेको थियो तर मैले रीसिभ गरिन |”
म बारमा रमाउन आउने मान्छे | तर मलाई बियर पीइरहेको होइन , तिनको पिडा पीइरहेको जस्तो लागि रहेको थियो | म त्यहाबाट उम्कन खोजिरहेको थिए | तर मेरो मनले त्यसो गरी हाल्न मानेन | मैले चुपचाप हितोमीको कुरा नितान्त सुनिरहे मात्र |
”हेर आज क्रिसमसको दिन | म एउटा निष्कर्षमा पुगेको छु ”| मेरो अनुहारतिर हेर्दै भनिरहेकी थीइन ”जस्ले जेसुकै भनुन , निर्णय र भविष्य पनि मेरो आफ्नै हो | उस प्रतिको मेरो प्रेम कहिल्यै मर्ने छैन | यस्तो माया प्रेम जस्लाई भूगोलले छेक्न सक्दैन | न त भाषा र भेषभूषाले नै छेक्न सक्छ |
हितोमीको कथा ब्यथा सुन्न वाध्य भय पनि मलाई उनको निष्कर्ष भने मन परिरहेको थियो |
जापान, सिजुका, ४ अगष्ट
(स्रोत: Nepalipost)