~शेखर ढुंगेल~
न्युह्याम्सायर, अमेरिका, २१ अक्टोबर
कस्ती हुन् यी आइमाई ?
ठुली पल्टिएको नि ?
किन न् पल्टियोस त ?
के न् पुग्दो छ त उस्लाई ?
ठुली भै भन्दैमा साथीहरुसित हास्ने बोल्ने रमाइलो गर्न पनि बिर्सने त?
हो नि उसको सम्पति मागेका छैनौ क्यारे भेट्दा हासेर बोलि दिए त भै हाल्यो नि कि कसो ?
किरण को नया उध्योग उद्घाटनको पार्टी भै राखेको थियो . रिमा ले पनि आफ्ना साथी हरुलाइ निम्तो दिएकी थिइन ।
उनै साथी हरु रिमाको उदाशीलाइ घमण्ड अनि ठुलो पल्टिएको आरोप लगाइरहेका थिए । रिमाको उदासी देखेर सबै छक्क पर्छन आखिर के न् पुग्दो छ यो आइमाईलाइ ? धन सम्पति ! यैस , इज्जत के छैन ? यसको जस्तो भाग्य त कमै को हुन्छ । लोग्ने त्यतिकै स्मार्ट र व्यक्तित्वको धनि छ । रिमा पनि कम कि छैन । नाम चलेका निर्देशकले चलचित्र को लागि अनुरोध न् गरेका होइनन । उनलाई के न् पुग्दो थियो र नाम पनि छ सम्पति पनि छ ।
त्यो बैभब को रमझम भित्र रिमा ले कैयौ पटक छ्छल्किएको आशुलाइ कालो चस्मा भित्र भित्रै सुकाएकी छे बेदना र पिडा लाइ आशु सित मिलाएर घुटुक्क पारेकी छे .रिमाको देखावटि कृतिम हासो पल भर मै कता कता लुकी हाल्छ ।
आधुनिक समाज कि सम्भ्रान्त महिला रिमा ।
बजारमा उनको सफलताको हाइ हाइ छ । उनि उदाहरण बनेकी छिन ।
तर पनि उनि खुलेर हास्न सक्ने आत्मबल उनीमा थिएन .भित्र भित्र मन कुण्ठित छ बिक्षिप्त छ । उनको मौनता लाइ साथी हरु घमण्ड देख्थे ।
प्रत्यक सफलताको सिढीमा एक घुट्को बिष पिउदै अगाडी बढ्दै गरेकी छिन उनि .त्यो बिष जसले न् मार्थ्यो न् खुसीले बाच्न दिन्थ्यो ।
रिमाको धर्यतालेको वाध भत्किने संकटपूर्ण अवस्था मा थियो ।
रिमा आफ्नो सुन्दरता माथि सृंगार थपेर बिसाल ऐना अगाडी आफु लाइ नियाल्दै छिन । आज एउटा आज सम्म कै ठुलो प्रोजेक्ट को स्वीकृति लिन जानु छ उनलाई . यो योजना श्रीमान किरण को सपना हो जसरि पनि उनको हात मा पर्नु पर्छ । यो फत्ते गर्ने काम हो रिमाको ।
त्यहि काम मा जान आज उनि बिशेष तयारी मा छिन ।
महारानी ?
पल्लो कोठा बाट किरण को आबाज आउछ
हजुर !!!!
तिमि तयार भयौ त ?
म त तयार भए हजुर पनि गै बक्सिने होइन मसित ?
म जान पाउदिन डार्लिग !अपर्झट मेरो अर्को बिजिनेस को मिटिंग आइ पर्यो .मन्त्रि ज्यु सित मैले कुरो गरि सकेको छु .कागज पत्र को फाइल मैले ड्राईभर को हात मा दिएको छु .आफै ड्राइभिङ न् गर्नु स्विटहर्ट । ड्राइभरलाइ साथ लिएर जानु । यो काम जसरि पनि फत्ते गर्नु पर्छ नि महारानी ! नत्र त करोडौ को चुना लाग्छ । किरणले आदेश दिए ।
हस हजुर !मिलाई हाल्छु नि आजसम्म कुन काम मैले सफल पारेको छैन र ?
आइ लभ यु डार्लिंग किरण रिमालाइ खुसि पार्ने कोसिस गर्छ ।
कुनै पनि महत्वपूर्ण काममा पठाउनु अगी किरण सधै यस्तै गरि रिमालाइ फुरुंग पार्ने गर्छ । तर रिमा को लागि मुटु घोच्ने शब्द हुन् । उनलाई थाहा छ उ रिमालाइ होइन पैसालाइ अधिक माया गर्छ । रिमा चुप छाप तल ओर्लिन ।
ड्राईभर प्राडो गाडीको ढोका खोलेर स्वागतको लागि उभ्भीराखेको थियो नमस्कार फर्काउदै रिमा गाडीमा बसिन ।
मन्त्रालय को मूल ढोकामा मन्त्रिका निजि सचिब रिमाको स्वागतमा थिए ।
झुकेर नमस्कार गरि । रिमालाइ मन्त्रि ज्युको कोठासम्म अगुवाई गरेर फर्कदै थिए ।
सुन्नुस मैले खबर नगरी कसैलाइ पनि भित्र न् पठाउनुस अनि फोन पनि ……मन्त्रि ज्युले आदेश दिए । हस हजुर भन्दै सचिब बाहिरिए ।
रिमाले श्रीमान किरणले दिएको फाइल मन्त्रि ज्युलाइ दीईन । मन्त्रि ज्यु कहिले फाइल हेर्दथे त कहिले सोफामा बसेकी रिमालाइ .. रिमा मुस्कान पस्की दिन्थिन .टिंग…..टिंग … मन्त्रि ज्यु ले घन्टी बजाए लगत्तै निजि सहायक भित्र पस्छन ।
ल यो फाइलमा न् मिलेका कुरालाइ मिलाएर भोलिसम्ममा मलाइ फिर्ता गर्नुस …. मन्त्रि ज्युको आदेश हुन्छ ।
सचिब ज्यु लाइ सोध्नु पर्छ कि हजुर ?
वहालाइ मैले भनि सके । तपाइँ मैले अह्राए बमोजिम गर्नुस मन्त्रि ज्यु रवाफ देखाउदै भन्छन ।
हस हजुर !
सून्नुस त ?
हजुर मन्त्रि ज्यु !
त्यो अगी अर्डर गरेको खाना भित्र पठाई दिनुस ।
मन्त्रि ज्यु रिमा बसेको सोफा मा आएर बस्छन ।
तपाइँ लाइ निक्कै भोक लाग्यो होला हगी ?
त्यस्तो खस त छैन रिमा ले सहज जवाफ फर्काइन् ।
रिमा जी तपाइँ का श्रीमान किरण कत्ति भाग्यमानी हगी ? तपाइँ जस्ती रुपमती श्रीमती पाउनु भनेको पुरुष हरु को गर्ब हो ! हेर्नुस त तपाइँ ले किरण जी को भाग्य चम्काई दिनु भएको .?
रिमा हासी मात्र रहन्छिन ।
संगै बसेर खाना खादै मन्त्रीज्यूले धेरै पटक रिमालाइ अन्जान जस्तो बन्दै स्पर्श गरे । रिमाको नियति नै बनिसकेको थियो नौलो कुरो थिएन्. सहमति वा बिमतिको संकेत गरिनँन् रिमाले …..
बिदा हुदै गर्दा मन्त्रि ज्युले रिमाको हात समातेर अनुरोध गरे ! रिमाजी साझ को डिनरको लागि एभरेस्ट होटलको स्वीट नम्बर ….. मा निम्तो गर्छु तपाइँ लाइ ।
श्रीमानलाइ सोधौ एक पटक ?
मन्त्रीज्यूले उत्साहित हुदै भने मैले वहासित .प्रमिशन लिसकेको छु । ठिक ८ बजे तपाइँको पर्खाइमा हुन्छु बाकी कामको कुरो त्यहि फत्ते गरौला भन्दै रिमालाइ अफ्नो कार्ड दिए ।
रिमाले यस्ता कैयौ निमन्त्रणा लाइ श्रीमान बाट अग्रिम स्वीकृति भएको थाहा पाई सकेकी छिन .बरु उल्टो रिमा को इन्कार लाइ श्रीमान को धम्कि ले सच्याउनु पर्ने हुन्थ्यो .हुन् पनि यो सम्भ्रान्तता ,यो बैभब रिमा को सम्झौता ले नै आर्जन गरेको थियो .
रिमा साझ बिहान कुनै न् कुनै नया योजनाका फाइल स्वीकृत गरौंन् , बित्तिय सस्थाहरुबाट ऋण लगायत अन्य काम फत्ते गरौंन् सम्बन्धित बिभाग प्रमुखहरुकोमा फाइल बोकेर हिडी रहेकी हुन्थिन । उनिहरुको मानबरुपी पिचासत्वलाइ पनि सन्तोष पारेर फर्कंन्थिन ।
अर्कोतिर किरण भने बिजिनेस मिटिंगको बहानामा कहिले आफ्नै महिला सहायक कर्मचारी त कहिले अरु कोइ नब सम्भ्रान्त कै सदस्य बोकेर ककनी ,धुलिखेल ,नगरकोट मा रमाई रहेका हुन्थे ।
यतिसम्म कि एक साझ रिमा छिट्टै घर फर्कदा घरमा भात पकाउन राखेकी युबतीसित रंगी राखेका थिए ।
रिमाले तिमिलाइ अलिकति पनि शर्म छैन घर मा स्वास्नी हुदा हुदै …….
बाक्य पुरा न् हुदै किरण ले भने तलाई पनि त स्वतन्त्र छोडी दिएको छुनी ?कहाबाट आइस तेरो मुख कालो परेर ? रक्सि मा चुर किरण …..फत्फताउदै थिए रिमा रुदै कोठा तिर लागिन ।
बैभबता भित्र लुकेको यो पिडा यो लाचारीले रिमा भित्र भित्रै बिक्षिप्त भै सकेकी थिइन । रात बिरात फोन गरेर ’महारानी ’डिनर जाउँन् एक छिन दर्शन पाउन भन्नेहरुलाइ मुख भरिको जवाफ दिन उ असमर्थ छे किन कि भोलि श्रीमानको यो बैभबता नासिन सक्छ , उ आफैले अध्यारो कोठा मा गरेकि कैयौ सम्झौता को गोपनियता बाहिरिने डर छ ।
महंगो पलंग फेरिन निन्द्रा किन्न सकिनन .दैनिक फिटनेस क्लब ,साझ पार्टी, यता निम्तो उता निम्तो तर रिमा रमाउन सकेकी छैनन् । उनिभित्रको आत्मबल खस्की रहेको थियो । किरणको नाम र दामको रोगले रिमालाइ जिउदै मारी राखेको थियो । रिमा आफैलाइ घृणा गर्न थालेकी छिन ।
यो बैभबले उनलाई उकुस मुकुस बनाइ सकेको छ । उनि यो संसारबाट उम्कन चाहन्थिन । रिमाको धर्यता बिस्तारै बिस्तारै खस्किरहेको छ । यो आडम्बरी झुठो जीवन भन्दा स्वाभिमानी एक्लो साधारण जीवन मा नै शुख शान्ति को सपना देख्न थालिन रिमा ।
एक दिन को कुरो हो मध्यान्ह घर मा एका एक रिमा बिरक्तींन् थालिन . रुदै टाउको लाइ टेबुल मा ठोक्दै ’किन दियौ यो रुप मलाइ भगवान ?जो कसैको खेलौना हुनु थियो भने? कति दिन बेचिनु मैले ?के गर्नु यो सम्पति ? ….
अचानक रिमाको कार्यालय सहायक दीपक ले मालिक्नी हजुर ? मालिक्नी हजुर ? भनेर बोलाएका के थिए रिमा एक छिन त झस्कीन् तर उनको मन पर्ने बिस्वासिलो कर्मचारी देखेर सन्तोष को स्वास फेरिन ।
मालिक्नी हजुर के भो हजुर लाइ ?के सोधेका थिए दीपक ले…… रिमा उनको अँगालो मा बेरिएर र भाब्बिह्वल हुदै रुन थालिन क्वा कवा …..गरेर ।
दीपक ले दोहोर्याएर के भो ..भन्न न् पाउदै रिमा अफ्नो बिगत देखि को पिडा लाइ छताछुल्ल पार्न थालिन .शान शौकत ,सम्पति ,सुन्दरता भित्र को पीडामय रहस्य सबै खुलस्त पारेर भन्छिन मलाइ पुग्यो यो जिन्दगि म मर्न चाहन्छु ……… बर्षौ देखि मन मा गुम्साएर राखेको बेदना ,व्यथा अनि निरीहता को साङ्गो पाँगो दीपक लाइ बताइन रिमा ले ….सुक्क सुक्क गर्दै …..
दीपक को पनि आखा रसाएर आयो ।
रिमा अझै रुदै भन्दै छिन दीपक !!!किरण ले मलाइ न् बेची केहि काम गर्न सक्दैन .म उ सित बसुन्जेल बेचिनु पर्छ म बेचिन चाहन्न ,मेरा हुर्किदै गएका दुइ छोरी ले के भन्लान ? म के गरौ दीपक म के गरौ ???
रिमा मा त्यो दिन पस्चात अजिब को परिबर्तन आयो .रिमा ले कारोबार को ठुलो ठुलो जिम्मा दीपक लाइ दिन थालिन .किरण को आदेश र हप्काइ लाइ रिमा ले वास्ता गर्न पनि छाडिन.किरण को लागि अब आफु बिक्न न् सक्ने जवाफ दिइन .रिमा को असहयोग मा किरण का धेरै योजना असफल हुदै जान थाल्यो .घर मा झगडा ले उग्र रुप लियो .अन्त मा रिमा ले अफ्नो बाटो तय गरिन ।
किरण आज पछुताई रहेकोछ । दशकौ भयो रिमाले किरण को झुठो बैभबतालाइ लत्याएर उनी सहायक दिनेश लाइ जीवन साथी बनाएर दुइ सन्तानसित प्रबासमा रमाएकी । किरण एक्लो भएको छ । रिमासित पश्चाताप गर्दै फर्केर आउन अनुरोध गरेका पनि हुन् । रिमाले धेरै ढिला भै सकेको जवाफ पठाइन ।
(स्रोत: Nepalpost )