भरे नियत बिगारी कठोर हुन सक्छु !
तर अहिले बिश्वस्त जोर हुन सक्छु !
पछिल्ला क्रिडाका दाग सुक्दा नसुक्दै,
एकै क्षणमा फेरि फोहोर हुन सक्छु !
हतियारै किन चाहियो ? उल्क्याए हुन्छ
घाइते हुँदा हर्षले विभोर हुन सक्छु !
लुकीछिपी गर्दाको मीठो अनुभब छ
मौका दिने बित्तिकै चोर हुन सक्छु !
हाँक र हर्जाहरुका हेक्का हुँदाहुँदै
कहिले धेर कहिले थोर हुन सक्छु !
2008-06-15
(स्रोत : Tanneri.com )

