~लक्ष्मी उप्रेती~
भोलि आउने दिन
नयाँवर्षको फेरमा टाँगिएर
नौलो उत्सव जन्माउन
प्रसवपींडामा व्यकुलित भइरहेको बेला
देश भासिंदै गएको दलदल पनि
अचानक सुकोस्
पुराना दुर्दिनहरूलाई सनक्क निखारेर ।
यस्तो चमत्कार
कसैलाई थाहानभई
नयाँवर्षको अभिनवी राग
सुनैलो बिहानीको आगमनसंगै
सुवासित बनोस्
घामले पङ्ख फिजाउँदा
यो धरा रमाए झैँ
रमाओस नेपालको मुहार
सुन्दर, शान्त र सद्भावका साथ
न्ोपालिहरूमा क्रन्ति होइन शान्ति छाओस्
निस्वार्थ भावमा सङ्लिन सकुन नेपालीहरू
वोधिसत्वको आभासमा
परेवा उडाएर उदासिएको मन
सनक्क निको भएर
शान्तिले रमाउँदै
नयाँवर्षको नविन छायाँ सलवलाओस्
नयाँवर्षको नविन छायाँ सलवलाओस् ।