धुलाम्मे सडक छिचोल्दै गाउँको मध्यभागमा हामी पुग्यौ“ । मंसिरको जाडो यामको घाम चहकिलो थियो । सडकको दुई छेउ तराईवासीहरूको खपटाले छाएको छाना भएका घर देखिन्थे । एउटै हारमा झुरुप्प परेका घर माटाले लिपिएका थिए । रामनगर चिनीमिल पनि छिचोलिसकेका थियौ“ । सडक कतै हिलाम्मे त कतै ग्र्याभील गरिएको थियो । कच्ची सडकमा मुस्किलले मोटरसाइकल कुदाउ“दै त्यहा“सम्म पुगियो । वास्तवमा म भाइ प्रकाशलाई लिएर रामनगर आफ्नी कान्छी फुपू भेट्न गएको थिए“ । फुपूको घर पुग्नुअघि नै हामी गाउ“को अवलोकन गर्दै थिया“ै । महोत्तरीको गाउ“ त्यो पनि प्रचलित चिनीमिल भएको गाउ“मा कुनै परिवर्तन थिएन । बाटोबाहेक कुनै विकास भएको थिएन । मैले कुनै अनौठो देखिन“ । म छक्क थिएँ । आठ वर्षपछि आएको थिएँ, र गाउ“ उस्तै देखे“ ।
फुपूको घरसमेत बा“सको टाटीले बनेको र माटाले बनेको खपटाको छानो थियो । गाउ“मा वर्षाैं पहिलादेखि नै मोटर कुद्ने गथ्र्याे । मोटरबाटो छेउमै घर थियो । तर, घर शून्य र ढोकामा ताल्चा लगाइएको पाए“ । वरपर फुपू फुपाजुलाई खोज्न थाले“, तर कतै देखिएनन् ।
घरछेउ बाटै अर्काे बाटो निस्किएको थियो । त्यो यस गाउ“को विद्यालय हु“दै भित्री गाउ“ जाने बाटो थियो । विद्यालय फुपूको घर नजिकै देखिन्थ्यो । त्यो त्यही विद्यालय थियो जहा मेरा पिताजीले पढ्नु भएको थियो । पिताजी पढ्ने विद्यालय देख्न पाउनु मनमा रमाइलो अनुभूत भइरहेको थियो । आ“खाले भ्याएसम्म विद्यालय परिसर हेर्दै थिए“ ।
‘मेरो घरतिर जाऔ“, बाटोमा तपाईंको फुपू बस्तु चराउ“दै हुनुहुन्छ होला । त्यतै भेट हुन सक्छ,’ प्रकाशले बाटोतिर देखाउ“दै भन्यो ।
म एकछिन बस्न चाहन्थे“ । ऊ हतारिएको थियो । मोटरसाइकल स्टार्ट गर्दै हामी बाटैबाटो लाग्यौ“ । बाटोमा पनि मेरो ध्यान विद्यालयतिरै थियो । भित्ताहरू जताततै भत्किएका थिए । साना ठूला गरी भ्वाङ्गहरू अनगिनत देखिन्थे । मलाई लाग्यो विद्यार्थीहरूले कक्षाकोठाबाट भाग्न सजिलो होस् भनी भत्काएका हुन् । तराईका अधिकांश स्कुलमा बा“सका टाटीका भित्ता हुन्छन्, जुन जताततै भ्वाङ्ग परेका हुन्थे । यस्तै समस्या यहँ“ पनि थियो ।
अचानक प्रकाश चिच्यायो, ‘दाइ, जोगिनुस्, अब ढुंगा हान्ने भो ।’ मोटरबाइक सम्हाल्दै अघिल्तिर हेरे“ । बाइक बिस्तारै कुदिरह्यो । मेरा अघिल्तिर झुस्स दारी, जिङ्रिङ्ग कपाल भएको अधब“ैसे देखाप¥यो । उसको हातमा थियो, ढुंगो ।
हात उचालेर ढुंगा प्रहार ग¥यो ।
म अत्तालिएको थिए“ । टाउको निहुराउ“दै बाइक हुइ“काए“ । धन्न जोगियौ“ । ढुंगा हाम्रै शिरमाथि हु“दै पर पुग्यो र फ्यात्त भुइ“ छोयो ।
‘हे भगवान्, हे ईश्वर, संकटको क्षण सम्झिइ“दो रहेछ ।
बाइक अझै हुइ“काए“ । प्रकाशपछाडि हेर्न थाल्यो, ‘झण्डै लागेको । कस्तो बहुला रहेछ ।’
‘को हो ?’ ज्यान जोगिएको खुसी थियो, ‘बहुला नै हो त ?’
म त्यही स्कुल देख्छु । बँ“सका भित्तामा माटोले लिपेको छ । जताततै ठूलै दुलो परेको छ । भनौ“ भ्वाङ परेको छ, रामनगरको स्कुल । पिताजीले टेकेको स्कुलको चौर घा“स र झार उम्रेर बेरूप देखिएको छ । स्कुल अहिले मेरै आ“खासामु छ । म त्यही अघिल्तिर छु । फुपू भेट्न गएका हौ“ । तर, ढोकामा ताल्चा देखेपछि सौगात टोलतिर लाग्दैछौ“ । बाटैमा भेटिनु हुन्छ कि भन्ने आशा पनि छ ।
तर, बाटैमा भेटिए यी शंकाष्पद व्यक्ति ।
जोगिएर सन्तोषको लामै श्वास फे¥यौ“ र विस्तारै अघि बढ्यौ“ । फुपू बाटैमा भेटिए, भै“सी चराइरहेका । नमस्कार गरे“ र आशिष थापे“ । दुब्लो शरीरले बोकेका ती आँखाले मलाई हेर्न थाल्नुभो । म उहाँको हराएको उमेरलाई नियालिरहेको थिए“ ।
‘त“ ता दुब्लाएछस् नानी,’ उहँ“ बोल्नुभो ।
म प्रतिउत्तरमा फिस्स हासिदिन्छु । हावा त्यहीबेला बहिदिन्छ मेरो दुब्लो शरीर उडाउलाझै“ गरी । फुपू पो उड्लान भन्ने पीर लाग्यो । मेरा बाका अनुहार उनमा देख्छु र माया लागेर आइदिन्छ । ‘हि“ड् घर’ फुपूले आफ्नो घर लान मेरो हात तान्नुभयो । प्रकाश चुपचाप मुढोझै“ उभियो । उसका आ“खाले मलाई केही इसारा गर्दै थिए । म फुपूको पछिपछि तानिए“ । उसले पनि लुरु–लुरु मलाई पछ्यायो ।
सा“झको बेला कोही चिच्याइरहेको सुने“ ।
‘आउ“छ । आउ“छ । आउ“छ बिहान । सुनौलो बिहान ।’ बहुला कराएको हो भन्ने अड्कल काटे“ ।
ऊ गौ“डामा देखाप¥यो । त्यही“ झुस्स परेको दाह्री, जिङ्रिङ्ग कपाल । चिच्याउ“दै थियो अझै । केटाकेटीहरू उसको पछि–पछि हुल बा“धेका थिए । त्यो आकृति परिचित थियो । दिउ“सो ढुंगा हान्ने उही हो, मैले चिनिहाले“ ।
म डगरतिर छु । उसका हाउभाउ हेर्छु । अहँ, यो चानचुने बहुला पक्कै होइन, म अड्कल काट्छु । प्रकाशलाई घरको अँ“गनमा देख्छु । सोध्छु, ‘यी तिनै होइन, दिउँसो हामीलाई आतंकित बनाउने ?’ ऊ हो को संकेतमा टाउको हल्लाउ“छ । ‘के तिमी यिनलाई चिन्छौ ? यिनका बारेमा मलाई केही बताउन ।’ जिज्ञासा मभित्र उम्लिरहेको थियो ।
प्रकाश बताउने मुडमा देखियो ।
नाम ः बलराम समाल
जन्म ः २०१४ साल मंसिर ४
स्कुल ः राष्ट्रिय प्राथमिक विद्यालय, रामनगर, महोत्तरी
ओहो, त्यही स्कुल जहा“ ऊसित जम्का भेट भएथ्यो । तर, नराम्रो भेटघाट थियो । के मेरा पिताजीस“गै पढेका होलान् त, एउटै सिजनमा फलेकाझै“ देखिन्थे ।
प्रकाशतिर मेरो ध्यान एकत्रित थियो । उसको कुरा म चनाखो भएर सुनिरहे“ । ऊ बोल्यो–
‘सानैदेखिको नेतृत्व लिने स्वभावका हुन् । स्कुलका गुरूको अभद्र व्यवहारप्रति विद्रोह नै गरेका रहेछन् । निकै आन्दोलन गर्थे रे, स्कुल जीवनताका । हुने बिरुवाको चिल्लो पात भनेकै यही हो कि,’ हुन त ऊ अहिले पनि नारा लगाइरहेकै छ, ‘आउ“छ बिहान….।’ ‘तपार्इंलाई थाहा छ यी त नेपाल ल क्याम्पसका प्रथम स्ववियु सभापति हुन्,’ इतिहासकै महत्वपूर्ण कुरा सुनायो । मेरा निधारका रेखा मुजा परे । म एकछिन त रनथनिएझै“ भए“ । (अहिले पनि उनको नाम स्ववियुको कार्यकक्ष वा बोर्डमा देख्न सक्नुहुन्छ ।)
अचम्म, मुटुमै ढ्याङ्ग्रो बज्यो । प्रथम स्ववियु सभापति यस्तो हालतमा देख्दैछु । कसरी यस्ता भए त ? मभित्र जिज्ञासाका चुली नै थुप्रि“दै गए । म जान्न चाहन्थे, ‘कसरी भए बलराम बहुला ?’ प्रकाश जोसिएको थियो । ऊ एक कथा वाचकझै“ इतिहासको पाना पल्टाउँदै थियो । प्रकाश कुरोको पोको खोल्दै गयो ।
कुरा गहिरो रहेछ ।
‘नेपाल ल क्याम्पसको २०३६ सालको पहिलो स्ववियु सभापति भएका यिनले क्याम्पस प्रमुखस“गै राजनीतिक विद्रोह गरेछन् । तत्कालीन समयका वहुचर्चित युवा नेताकै रूपमा चिनिएका थिए । तेह्र राष्ट्रका पार्टी नेताले सम्बोधन गर्ने एक कार्यक्रममा नेपालकै तर्फबाट युवा वक्ता थिए । प्रहरी प्रशासनले हस्तक्षप गर्दै धेरैलाई समाते । उनी पनि परे ।’ साच्चै युवाहरूको प्रतिनिधित्व गरेका रहेछन् । मलाई लाग्यो, यी वर्गीय विभाजनका विरोधी थिए ।
अब उनको यातनाको कथा प्रारम्भ हुन्छ ।
‘समाल जेल परे । बन्दीहरूको यातनागृहभन्दा फरक परेन । पञ्चायती क्रुरताको पराकाष्ठामा उनी थलिए । उनी बाहिरि“दा अचेत थिए । भनिन्छ, उनलाई बरफमा डुबाउ“दै कुटिन्थ्यो । चेतनाको कुनै बिन्दुमा घर सम्झे । धादिङ, हेटौ“डा हु“दै उनी घरतिर लागे । पहाडका भीरपाखा छिचोल्दै महोत्तरी पुग्दा ज्वरोले ढले । हो यसरी सुरु हुन्छ उनको मानसिक सन्तुलन खलबलिनुको यात्रा । यातना र थप ज्वरोको मारमा उनको मस्तिष्कको कुनै बिन्दुबाट काम गर्न छोड्दै गयो । घरबाट राची उपचारका लागि पनि पु¥याइयो ।’ प्रकाशको अुहारमा एकोहोरो हेर्दैछु । ऊ मलाई रुचिपूर्ण तरिकाले सुनाउ“दै छ । मेरो जिज्ञासामा म सन्तुष्ट हुने मौका पाउ“दैछु ।
‘पञ्चायती यातनाको उपहार उनी अहिलेसम्म भोगिरहेका छन् ।’ बडो दुःखका साथ उसले भन्यो । यस्तो लाग्यो जिउ“दो शहीदको कथा भनिरहेको छ । यतिबेला प्रकाशको हातमा चुरोटको ठुटा सल्किरहेको थियो । धुवँ“ले उसका अनुहारै पुरियो । चुरोटको धुवाँ म सहन सक्दिन“, मलाई असह्य भइदियो । तर पनि म चुप थिए“ । मलाई बलरामका बारे थाहा पाउनु थियो, र म यो कष्ट भोग्न तयार भइदिए“ । ‘उनको जीवन राजनीतिक आन्दोलनले खर्लप्पै खायो । देशको आमूल परिवर्तनका लागि राजनीतिमा लागेका थिए । तर, तिनै आस्थाले पनि उनको उपचारमा झिनो पनि सहयोग गरेनन् । हो, बरू पञ्चायती सरकारले उनको जागिर खोसेर देशमा ‘देखा नपर्नु’ भन्ने धम्की पाए ।
रा“ची कतिपटक पु¥याइए । यसको लेखाजोखा रहेन । हो उनी ठीक हुन्थे । केही दिन, केही महिना सद्दे हुन्थे तर टेपरेकर्डरमा भरिएझै“ उनको मस्तिष्कमा उही नारा घन्किन्थ्यो र आवाज बाहिर चर्किन्थ्यो ।’
आज एउटा युवा नेता र वकिलको जीवन ‘बहुला’मा परिणत भएको छ ।
प्रकाशले बेलिविस्तार लगाइरह“दा म उनको जीवनमा छपक्कै भिजेछु । रात छिप्पि“दो थियो । उनको विगत सुनेर हर्षित हुने ठाउ“नै पाइन“ । म चुपचाप त्यो आकृति अँ“खाभरि स“गालेर निदाए“ । बिहान उठ्नासाथ तिनको सम्झनाले ह्याङओभर ग¥यो । हुन त मान्छेले जीवन लुगा फेरेझै“ कहा“ फेर्न सक्थ्यो र, यदि हुने भए यो जीवन फेरिदिन्थे होला । समाल बहुलाउ“दैन थे कि ? मभित्र यस्ता प्रश्नहरू सलबलाउन थाल्यो ।
डगरतिर म अनायासै पुगिसकेको थिए“ । डगरभरि हिजैका भुराहरू कुदिरहेका देखे“ । उनीहरूको कुदाइबाट थाहा हुन्थ्यो, उनीहरू त्यही व्यक्तिबाट भागेका हुन् । यी भुराहरूले उसलाई जिस्क्याएको हुनुपर्छ र उसको प्रतिकारबाट बच्न यी भागिरहेका थिए । मेरो अनुमान थियो ।
मेरा आ“खा उनको खोजीमा लागे । पा“च दशक बिताइसकेका उनलाई हिजो सँ“झकै ठाउ“मा देख्छु । समयले पछारेको हु“दा आज उनलाई सबैले ‘बहुला’को उपमा दिइरहेका छन् । म यति निरीह बनिरहे“ कि ऊसित कुरा गर्ने इच्छालाई पनि समर्थन गर्न सकिरहेको थिइन“ । मलाई लाग्यो ऊ मदेखि भाग्ने छ या फेरि पनि ढुंगा आतंक मच्चाउने पो हो कि भन्ने मभित्र गलत विचारले डेरा जमाउनासाथ चुपचाप हेरिरहे“ ।
अझै“ पनि ऊ ‘आउ“छ…आउ“छ..’ मै अल्झिरहेको छ ।
सायद उसलाई थाहा छैन, देशमा गणतन्त्र आइसकेको छ । कि ऊ केही भन्न चाहन्छ, गणतन्त्र आए पनि नेपालीको सुनौलो बिहान आइपुगेको छैन । नत्र ऊ किन यतिविधि कराउ“दै गल्ली–गल्ली चहारिरहन्थ्यो । चिच्याउ“दै हि“ड्नु उनको मात्र नियति हो ? हामी आम नेपालीको पनि भागमा छ त्यो भविष्यले बताउ“दै जानेछ । तर, अहिले भने ऊ चिच्याउ“दै छ ।
तर, मलाई लाग्यो, विचरालाई यो देशमा गणतन्त्र आएको नै थाहा छैन ।
(स्रोत : Commanderpost.com )