~साजन राई ‘उपेक्षित’~
तिमीलाई भेट्न अब धाउदिन म ठुली
हामी बस्ने चौतारीमा आउदिन म ठुली
धेरै गुमाएछु मैले तिमलाई माया गर्दा
तिम्रो मेरो माया भित्र रंगीन सपना भर्दा
मुटु दुख्ने चोखो माया लाउदिन म ठुली
तिमीलाई भेट्न अब धाउदिन म ठुली
चस्स चस्स मुटु घोच्छ बिछोडको तीरले
निस्ठुरीले छाडी गयो मर्नै लागे पीरले
तिम्रो दिलमा अब बस्न पाउदिन म ठुली
तिमीलाई भेट्न अब धाउदिन म ठुली
(स्रोत : Majheri )
Like this:
Like Loading...
Related
About Sahitya - sangrahalaya
We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.