~सुनिल स्पन्दन~
पहाडको थुम्कोमाथि तामाङ्हरूको बाक्लो बस्ती । स-साना खरले छाएका घरहरू । सबैको घर छेउछाउमा मकैका ढोडले अनिवार्य रुपले निर्माण गरिएको करेसाबारी । त्यहीँ करेसाबारीभित्र लहलाउँदो सागपातका बोटहरू अनि त्यहीँ सागबारीभित्र सुरक्षित ठानेर भुतली खेल्ने कुखुराका बथानहरू । गाउँमा भर्खर्रभर्खर बिजुलीबत्ती पुगेको थियो । रात्रीको समयमा त्यस गाउँलाई टाढा-टाढाबाट हेर्दा साह्रै मनमोहक दृष्य देखिन्थ्यो । मानिलिऊँ काँचको पर्दाभित्र निर्माण गरिएको ताजमहलको थुम्कोमा बिजुलीको प्रकाश छरिदिएजस्तो । त्यस गाउँमा महिनाको एकदिन बिजुलीको मिटर रिडिङको लागि मेरो पालो आउँथ्यो तर म त्यस गाउँमा जान डराउथेँ । कारण अधिकांसको घरमा मान्छेभन्दा बढी कुकुर भेटिन्थे । देख्दै डरलाग्दो अनि आक्रमक पारामा नयाँ मानिसलाई स्वागत गर्ने गर्थे त्यहाँका कुकुरहरू । म डराइडराइ छिर्थेँ त्यस गाउँमा ।
भन्न पनि अप्ठेरो म कुकुरको डरले त्यस गाउँमा छिर्ने हिम्मत गर्दिन । कसैले सुन्यो भने पनि के भन्ला, कति गिल्ला गर्ला । एक किसिमले मुटुलाई दरो बनाएको ढोँग रच्दै म गाउँ छिर्थे । कतिको घरमा त अनुमानले नै मिटरको नम्बर लेख्दै हिँड्थे ।
त्यहीँमध्ये एउटा घर थियो जून घरमा पहिलो दिन नै मिटर रिडिङको लागि जाँदा कुकुरले सातो लिएथ्यो । आज पनि नजाने निर्णयले नजिकैबाटै अर्को घरमा बिल बुझाएर जाँदै थिएँ एक युवतीले हकारिन् ।
‘के मेरो घरको बिल त्यो घरको मान्छेले तिर्छ हो – नत्र किन मेरो घरमा मिटर चेक गर्नुहुन्न -‘
‘तपाईँको घरको कुकुरले पहिले नै मेरो सातो लिइसक्यो त्यसैले’-जवाफ दिएँ । ‘ल आउनुस् म बाँधिदिन्छु कुकुरलाई’- उनले मलाई लिएर गइन् उनको घरमा ।
सानो झुप्रो घर अलिअलि अध्याँरो, र्टचको प्रकाश घुमाउँदै म चोटामा पुगेँ । मिटरपनि कस्तो कुनामा राखिएको अनि धुवाँले गर्दा स्पष्ट नदेखिने । मैले पानीमा कपडा भिजाएर ल्याउन भनेँ । उनले त्यसै गरिन् । मैले उनको घरको मिटरको अंक टिपेँ । ओर्लन खोज्दा बडेमाको कुकुर चोटामै उक्लियो । भागौँ कता भागौँ । म आत्तिँदै भित्री कोठातर्फपो लागेछु । कोठाभित्र उनी केटीहरूको माथिल्लो भागमा लगाउने पहिरनलाई मिलाउने कोशिसमा रहेछिन् । त्यसमा भएको हुक भनेको ठाउँमा नअड्किनाले समस्यामा पारिरहेको रहेछ । म देखे नदेखेझै गरी मुन्टो फर्काएर उभिएँ । शंका लाग्यो यो उनकै करतुत त हैन बाँधिएको कुकुर फुकाउनु-! यत्तिकैमा उन्को समधुर शब्द सुनेँ . . .
‘मेरो ब्राको हुक अड्काइदिनुस् न प्लिज’- म अलमल्लमा परेँ ।
के सुन्नु भएन – फेरी अर्को झड्का दिइन् । म मरें अब फसादमा परेँ । के काममा आएको के अनर्थ हुने हो । म नजिक गएँ हुक मिलाइदिन । उनले च्याप्प मेरो हात समातेर झड्कारिन । म ढुन्मुनिँदै खाटमा लम्पसार पर्न पुगेछु । उनी मैसँगै पो ओइरिसकिछिन् । उनको अनौठो ठाउँमा पो मेरो हात पुगेछ । मैले उठ्ने कोशिस गरेँ, उनले त्यहीँ अवस्थामा रहन बल प्रयोग गरिन् । ‘कमसेकम झोला राख्न त दिनुस्- जंगिदै मैले झोला भुँइमा थचारेँ ।
आए आँप गए झटारो । उनी पहिले नै चालु भैसकेकी थिइन् । केहीबेरमै म पनि यन्त्र बन्न पुगे जो उनीबाट सञ्चालित छु । एकैछिन् अगाडि भर्भराउँदी देखिने ती युवती अहिले नागले फणा फुलाएझैँ मलाई डस्दै थिइन् । संकोचले जतिसुकै कक्रिए पनि आखिर मैन आगोको अगाडि पग्लन्छ नै । म कतिखेर पग्लिएँ थाहा भएन् । उनको दुवै बाहुले मलाई च्यापिरहेका थिए । लामोलामो श्वास फेराइको गुन्जायमानले घरमा एककिसिमको संगीत छरिरहेको थियो । त्यहीँ संगीतभित्र ताल मिलाउन कहिले क्लासिकल पारामा, कहिले मोर्डन पारामा त कहिले सामान्य पारामा निकै बेर हामीले नृत्य गरिरह्यौँ । नृत्यको अन्तिम चरणमा उनले आफूलाई रंगमञ्चमा लम्पसार पारेर तृप्त मुद्रामा प्राण छोडेझै छाडिन् । म उठेँ आफूलाई मिलाएँ अनि बाहिरिएँ । अघि खाउँला झै गर्ने कुकुर ढोकाबाट टुलुटुलु हेर्दै रहेछ । अहिले त्यसले भुक्तासम्म पनि भुकेन् । आँगनमा आइपुग्दा चोटाको झ्यालबाट उनी कराउँदै थिइन्- ‘नडराए हुन्छ दाजु अब यो कुकुरले कहिले पनि तपाईँलाई केही गर्दैन ।’ हत्तार हत्तार म बाटो लागेँ ।
सुनील स्पन्दन
हरि ॐ तत् सत ॐ ॐ ॐ
(स्रोत : पल्लव साहित्य प्रतिष्ठान)