गजल : जिन्दाबाद

~डा सुरेश ज्योतिपुञ्ज~Jyotipunja Suresh

कहिले नफुट्ने जनताको यो बोली जिन्दाबाद।
तिनै निमुखालाई सिध्याउने गोली जिन्दाबाद।

बगाइदिये भईगो रगत अरुको चाहिये जती,
खेल उही रातो रङ्गको फेरी होली जिन्दाबाद।

बेपत्ता पार्ने पहिला,पछी पक्राउ पर्‍यो भन्ने,
बगाये हुन्छ लास त्यसमा खोली जिन्दाबाद।

बन्दुक पनि भेटियो रे,बारूद पनि सङ्गै;
जङ्गलमा छरपस्ट छन चोली जिन्दाबाद।

पुरानै छ सिकारी यहाँ पुरानै छ सिकार,
मौन किन तर अनुसन्धान टोली जिन्दाबाद।

बेचिदिन्छन मिलेर देश, ठीक्क पर्छ अनी,
आजभन्दा हाम्रो सुनौलो भोली जिन्दाबाद।

कहिले नफुट्ने जनताको यो बोली जिन्दाबाद।
तिनै निमुखालाई सिध्याउने गोली जिन्दाबाद।

बर्दियाको दु:खद घटनामा मारिनुभएका दिदिबहिनिहरुको सम्झनामा… एव द्न्दको क्रममा मारिनुभएका सम्पूर्ण नेपाली दाजु भाई तथा दिदिबहिनीहरुमा समर्पित……
please go to the link here to read the full story..let us protest against the human rights violation in Nepal…..

3-19-2010

(स्रोत : नेपाली गजल गुगल ग्रुप )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.