कसम मेरै खजान्ची हो, उही मलाई ‘डम’ बनाउँछ,
डराउन पनि हुन्न, ल, कराएँ भने झन् कम बनाउँछ ।
दोष कसलाई दिऊँ न मैले त्यो साँचो आफै भिर्न सकें,
न बैङ्कले ‘स्टेटमेन्ट’ पठाउँछ, मै अधम बनाउँछ ।
यो देशले त्यहाँको नागरिक भन्छ, त्यहाँकाले यहाँको
न्यायाधीश पुकार्दा उसैले मलाई खतम बनाउँछ ।
फुट्बल हूँ नाचेको, कम्मरलाई भाँच्नसम्म भाँचेको छु,
निर्देशक, काप्रा गाँस्दा उसैले मलाई मम बनाउँछ ।
पहिले भन्थें गला मिलाएर काका राम्रा काकी दुच्छर्नी
काकाले गला काटेपछि टाउको फोरुँ सम बनाउँछ ।
अरुहरुले खाए गाली गर्थें, शत्रुले त खाने जातै हो,
मित्रमै स्वार्थ बाझे ढुङ्गामुडा हान्ने अधम बनाउँछ ।
युग कस्तो ! गाऊँ छैनन्, शहर छैनन्, नूनको सोझो छैन,
जसले जसलाई जहाँ भेट््यो लौ चुइँगम बनाउँछ ।
नयाँ युगको हरेक मान्छे सबै मित्र पनि शत्रु जस्तै
आफैलाई आफैले गोली हान्न एटमबम बनाउँछ ।
कसम मेरै खजान्ची हो, मेरै बैङ्क, उसैले लुटाउँछ,
मलाई नै चोर भनेर, उसैले डमाडम बनाउँछ ।
कुन विरेन्द्र कुन हो द्विपेन्द्र मुखमा मास्क लगाएर,
‘म’ स्वयम्लाई ‘म’ स्वयम्ले गोली ठोक्ने कसम ! बनाउँछ ।
‘म’मा चोटमाथि चोट ! दुखेको छ, घाउ छाम्ने नातै छैन,
कसम, मेरै जिन्दगी हो मलाई गमागम बनाउँछ ।
ॐ
January 22nd 2007
Woodbridge VA, USA
(स्रोत : Dcnepal.com)