प्रकाश एअरपोर्टमा (काठमान्डौ एअरपोर्ट) ओर्ल्यो। उस्लाई एक धड्कन सासले पनि आज मुटुमा भयन्करसँग छोए झै महशुस भएको छ । यस्तो छुवाइले यती पीडा देला भन्ने उस्ले महशुस गरेको थिएन । जब ” पृथ्वी ” ब्लगमा उस्को एक पाठक (मायालु साथी नै भनु) बहुलाएकी खबर पढ्यो तब उस्को आत्माले निर्क्योल गर्यो उ नेपाल जानेछ र चन्द्रालाई भेट्नेछ । यसै पनि उसलाई अक्टोबरमा पारिवारिक भेटघाटकोलागि नेपाल जानु थियो । जसो तसो उ जुलाईमा मिलाएर गयो । आज जुलाई ९ तारिखको दिन उ काठमान्डौ एअरपोर्टमा पाइला राख्दै चन्द्राको ठेगानामा पुर्याइदिन ट्याक्सी ड्राइभरलाई अनुरोध गर्छ ।
ट्याक्सी एअरपोर्टबाट हिंड्यो । गेट बाहिर पुगेपछिको भिषण ट्राफिक जामले उसलाई गोगबु प्रहरी चोकसम्म पछ्याइरह्यो । यसै त चिसो मुलुकबाट फर्किएको उ झन काठमान्डौको जुलाइको गर्मीले असिन पसिन भयो । झन चन्द्राको अत्यासले उ निस्सासियो । ट्राफिक जाममा परेका सवारी साधनका धुँवाले उसको नाकलाई पोल्दै फोक्सो र मुटुसम्म पुगेर कुस्ती खेलिरहेको थियो । उ ती कुस्ती खेली रहेको धुबालाई बेवास्ता गर्दै आफ्नै मथिङ्गलसँग कुस्ती खेलिरहेको थियो त्यो ट्राफिक जामको पट्यार लाग्दो पर्खाइ भित्र ।
उस्ले चन्द्रालाई कम्प्युटरमा “ज्ञ” टाइप गर्न सिकाएको थियो । कस्तो क्षण थियो त्यो ! “प्रकाश सर ! ज्ञ लेख्न आएन मलाई !” चन्द्रा भन्थि, अनि प्रकाशले यसो गर उसो गर भन्दा चन्द्रा यताउता टाइप हान्दै दिक्क भएकी थिई । त्यही बेला प्रकाशले चन्द्राको औंला समातेर “यि यसरी टाइप गर” भन्दा कस्तरी दुबैको जिउ सिरिङ्गग भएको थियो ! प्रकाशको छातीले चन्द्रालाई घप्लक्कै छोपेर टाइप सिकाउदा चन्द्रा फत्रक्कै गलेकी थिई । एक छिन् त तातै भएर संसार नै आगो बले जस्तो देखेकी थिई , त्यस्तै महशुस प्रकाशले पनि गरेको थियो । त्यसपश्चात दुबै झस्किएर अलग भएका थिए । यिनै मिल्तीका दिनहरुमा चन्द्रा र प्रकाशको बिचमा देशको परिस्थितीको बारेमा गम्भिर छलफल हुन्थ्यो । दुबै अत्यन्तै चिन्तीत थिए आफ्नो मुलुकको लागि । दुबै बिदेशमा तर आत्मा दुबैको नेपालमा थियो । अन्य कुरामा छेड् छाड् भएर झगडा परे जस्तो भए पनि जब नेपालको विषयमा कुरा निस्कन्थ्यो तब दुबै एकै भावले गम्भिर हुन्थे । कुरा गर्दै जादा दुबैको आँखामा आशु भरिन्थ्यो । कहिले काही प्रकाशले भन्ने गर्थ्यो “चन्द्रा ! तिमी सार्है भाबुक छ्यौ , पागल हुन्छ्यौ है यसरी सोच्न थाल्यौ भने !” चन्द्राले जिस्किएर भन्थी – “पागल भए तिमीले सम्हाली देउला नि त मलाई ! बरु त्यो दिन छिट्टै आओस ! म तिमीलाई यही बहानामा निस्फिक्रीसँग अगालोमा बाध्ने थिए ।” चन्दाले यसोभन्दा प्रकाश बेसरी तर्सिएको थियो ! साच्चैको कल्पना गरेर ! त्यो देखेर चन्द्रालाई दया माया लाग्यो । उसले त्यतिबेला “धत ! जोक पो गरेको त !” भनेर प्रकाशलाई फुल्याएकी थिइ ।
प्रकाशको जिन्दगी नै साहित्यक क्षेत्र थियो । यसैमा उ आफूलाई जिउदो पाउथ्यो । त्यो चन्दाले पनि बुझेकी थिइ । उ जतीखेर प्रकाशको लेख प्रकाशित हुन्थ्यो उत्ती नै बेला पढेर त्यसमा प्रतिकृया जनाइहाल्थी । खान-निदाउन यतीसम्म कि ट्वाइलेट जाँदा पनि प्रकाशको लेख पढेर उ सोच्थी कहाँ के प्रतिकृया दिनु पर्छ भनेर । चन्द्राको यो झक्झक्याउने उर्जाले प्रकाशलाई सधैं लेख्न प्रेरित गरिरहन्थ्यो । यस्तै यस्तै नाताबाट आज चन्द्रा प्रकाशको हृदयमा बसेकी थिइ । जब प्रकाशले उसको प्रिय मित्र बहुलाएको खबर “पृथ्वी” ब्लगमा पढेको थियो तब देखि प्रकाशको शान्ति हराएको थियो ।
उ यस्तैकुराहरु सोच्दै थियो, परबाट एक हुल आन्दोलनकारी ‘जिन्दाबाद ‘ ! ‘मुर्दाबाद ‘ ! नारा लगाउंदै अगाडि बढिरहेका थिए , उ अतितबाट झस्कियो । “ओहो……!” पर मान्छेको हुल देखेर उ दौडिएरै चन्द्राको घरसम्म पुग्ने बिचार गर्यो । उस्ले ट्याक्सी ड्राइभरलाई भन्यो, “दाई ! पैसा लिनुस् ! म दौडिएर जान्छु ।” ड्राइभरले भने, “भो, ओहो ! हजुर ! कसरी त्यति टाढा पुग्नसक्नु हुन्छ ! एकछिन् पर्खनुस् !” प्रकाशले भन्यो, “दाई ! सक्तिन म पर्खन ! यहाँ एक छिन् पनि पर्खिन सक्तिन म ! मेरो यो छ्ट्पटिएको मनले बरु दौडिएर नै शान्ती प्राप्त गर्ला ! म एक मिनेट पनि यो समयसँग रोकिन सक्तिन !” उ आँफै नै बहुला झै दौडियो ! करीब साँझतिर उ चन्द्राको बासस्थान भएको गाउमा पुग्यो । चन्द्राको तस्बिर देखाउंदै घर सोध्यो । अलि पर पुगे पछि चन्द्राको घर आयो । जसै जसै चन्द्राको घर नजिक आएको थियो उसको मुटुको धडकन निस्सासिएर बढी रहेको थियो ………. उसले गेटको प्वालबाट चियाएर हेर्यो ! चन्द्रा बरन्डामा बसेर एक्लै फत्फताइ रहेकी थिइ …. “प्रकाश ! प्रकाश ! उमालाई बचाउ ! !! प्रकाश त्यो मलाई पनि मार्न आउँदै छ !” अनी एकै छिनमा उ फेरी हास्न थाली !
“मथिङ्गल खलबल ”
January 14, 2009
(स्रोत : Dautari )