कथा : जीवन साहित्य र योगदान

~इन्द्रेणी शर्मा ‘जलद’~

´´ हो कबिता जीवनका हरेक पल संघर्षमा बिते, तिमी जस्ति जीवन साथी पाएको छु मैले यो मेरो अहो भाग्य हो भन्नु पर्छ / जीवनका तनाव र यातनामा सुमधुर बोलीले मेरो लागी सहारा बन्न पुगेकोछ बिस्वासले जीवनका हरेक मोड़हरु सहज हुदा रहेछन जसमा तिम्रो संलग्नता निरंतर छ ´´
´´यो मेरो कर्तब्य पनि त हो नि होइन र हजूर ?´´
´´आज याद गर्दैछु हाम्रा जीवनका बिगतका आरोह अबरोह दुःख सुखमा तिमीले जे साथ दियौ त्यसको बरण कसरी गरुं प्रिया ? भूमिगत जीवनमा बिताएका ति तीता अतीतले आजसम्म पनि प्रभाबित पारी रहेको छ तर जे जस्तो राजनितिधारमा पुगे पनि सामाजिक सेवा जस्तो मानवीय काममा तिमीले दिएको योगदानको कदर गर्नैपर्छ ´´ हो नि त्यहि भएर हजुरका जीवनमा मैले पनि आफुलाई गौरव ठानेकीछु मानिसमा जीवनसाथीको विस्वासमा कति शक्ति हुन्छ भन्ने कुरा हजुरबाटै जानेकी हुँ हो त्यो बेला कति कठिन संघर्षको समय थियो म दोजिया थिएँ हामीले एकार्कोमा कति ब्याकुल हुन्थ्यौं भेट्नलाई त हजुरको आगमन ढिला भयो कि म कति डराउथें ? आज हामीले जे भोगे पनि जनताको लागि कुनै काम लागेन बरु हजुरले लेखक भएर पुस्तक प्रकासित गरेको भए जाति हुने थियो अहं ,हजुरले भन्नु हुन्थ्यो नि ,हेर कबिता अब सनसनी पूर्ण एक पुस्तक लेख्ने छु त्यो लेखेको पुस्तक कहिले छपाउनुहुन्छ नि ?अस्ति एकजना प्रकाशक हजुरलाई खोज्दै आउनुभएकोथियो
´´परिचय मागिनौ त ? माग्नु पर्थ्यो को होला कुनै बिशेष मानिस हुनु पर्छ पक्कै यो बिकट बस्तीमा आउनुको कारण पनि बिशेष नै हुनुपर्छ होइन र कबिता ? ´´
´´उहाले भन्नु हुन्थ्यो ´´बहिनी हजुरको श्रीमान् आउनु भयो भने यो पत्र दिनु है म केहि दिन पछि आफ्नो कामबाट फर्कदा उहाको पाण्डुलिपि लिएर जानेछु यो बैक चेक पनि हो लिनुस अरु कुरा आए पछि हुनेछ´´ भन्दै कबिताले हातमाउनले दिएको खाम पनि थमाइन
हेरे गजब लाग्यो मलाइ , जीवनमा लेखक तथा साहित्यकार हुदा कलमजीबी नभए पनि आत्मादेखि नै गौरब लागेर आयो / आज ति मानिस मेरो यो बिकटबस्तीको झुपडीमा आएको सुन्दा कता कता सरस्वतीको भक्त बनेको अनुभव गरें
कबिता हेर मानिसमा जीवनका प्रसंग कति वास्तविक पनि हुन पुग्दा रहेछन / जसका सृजना हेर्न मानिसहरु नाक कोट्याउथे अपमानित हुलाँ कि जस्तो गर्थे राम्रो जनजीवनमा हुने बिषयमा लेखे पनि प्रतिक्रियाको त कुरा नै थिएन ´´
वास्तविक र सत्य कुरा हो यो ,हेर्नुस उहा आउनु अघि नै आफ्नो जीवनका तिता र घतलाग्दा बिषयको बारेमा लेख्नुस जसले पाठकको मनलाई केन्द्रित गर्ने छ लेखक र प्रकाशकको कामले नै समाजको लागि अनिबार्य खुशी र शिक्षा दिनु हुनु जरुरि हुनेछ /जब समाजमा त्यो पुस्तक पुग्नेछ / जस्ले निदाएका,पात्तिएका , मात्तिएका र आत्तिएका साराको होश खुलाओस मेरो यो कुरा ठिक होइन र हजुर ?´´
´´कस्ले भन्यो होइन भनेर ? तिमीले बोलेको शब्दमा मेरो साहित्य समाहित हुन्छ जब तिमी खुशी देखिन्छ्यौ ,मेरो कलमले आफ्नो गन्तब्य सहि मार्गनक्शाअनुसार चल्छ /अपितु timi हुदिनौ म कस्तुरी बिनाको कस्तुरी हुनपुग्छु सहि कुरा हो कबिता, म यो पुस्तक भोलि नै सुरु गर्नेछु
~´ अग्रिम बधाई छ हजुरलाई जसको कलमले यो निष्ठुरी समाजका ति काला स्वार्थि अनुहारको पर्दा फास गर्ने छ जुन समाजमा अरुको हित हितार्थ शहिद हुनपुग्छ उसको बारेमा जबर्जस्त काहानी लेख्नु हुनेछ भन्ने सोचमा छु म यो बिषय नै हाम्रो आत्मगौरव गर्ने वास्तविक बिषय हो /हजुरको साहित्यिक शिलशिलाले मानव जातिको लागि एक कोशे ढुंगा साबित होस् भन्ने आशा राख्छु जस्ले हाम्रो दाम्पत्य जीवनलाई रोमान्चकारी तुलाई दिन्छ ´´
´कबिता एक कप कफी प्युन पाए हुन्थ्यो कि, बाहिर कोही आए जस्तो छ हेर त ?´´
´´ नमस्ते हजुर ,ए हजुर कत्ति छिट्टै फर्किनु भयो त ?आउनुहोस् हजुर भित्र जाउँ
नमस्ते बहिनी आराम हुनुहुन्छ ? भनेको मानिस बाटोमै फेला पर्नु भो त्याहा जानु परेंन भोलि पल्टै फर्कें /हजुरको श्रीमान् कविन्द्र बाबु हुनुहुन्छ अहिले ?
हुनुहुन्छ हजुरको विषयमै कुरा गर्दै थियौं आज हजुरले उहाँसंग यस बिषयमा कुरा गर्न सक्नु हुन्छ ´´
´´कस्तो शालीन साहित्यिक जागृति ? दाम्पत्य जीवन होस् पो यस्तो जहाँ आउदा मन रमाओस पक्कै उहाँका लेख सृजनाहरु क्रमिक छपाउदै जानेछु दिलसागरले मनमनै धेरै कुरा सोच्दै ढोकातिर छिर्छन
हजुर अस्ति आउनु भएको हजुर नै हो हामी जस्ता बिकटबासीको घर सम्म पाल्नु भएकोमा धेरै धेरै धन्यबाद अनि हजुरको परिचय पाउनु पाए धन्यहुने थिएं
मेरो नाम दिलसागर हो म पोखरामा बस्छु हजुरका अनगिन्ती सृजनाहरु देखेर म धेरै प्रभावित हुनपुगें सोचें साहित्यको लागि आफुले कलम नचलाए पनि अरुका अमुल्य सृजनालाई जनतार समाजको लागि प्रिय हुनेछन देशको लागि योगदान पनि हुनेछ भन्ने हेतुले मैले हजुरको घरसम्म आउन आफ्नो समय लगाएँ आज हजुरसँग भेट्न पाउदा धेरै खुशी लागेको छ
ल आज यतै बस्नु पर्छ सिस्नुको साग र फापरको रोटीको स्वाद लिएर जानुस हाम्रो चिनारी यही हो नेपालीपनको एक झलक पनि´
हुन्छ नि हजुरको साथमा बस्नु भनेको पबित्र मन्दिरमा पुगेको जस्तो अनुभूति गरेको छु म धन्य हुनुहुन्छ हजुरहरु खुशी लाग्यो हजुरको यो शालीन ब्यबहार देखेर अब एक पुस्तक होइन धेरै सृजना बोकेर जानेछु हजुरको बस्तीको चिनारी लिएर ´´
हुन्छ हजुरकोलागी सदैब यो बस्ति स्वागत गर्न तयार छ
कबिता कफी लिएर आयौ त ?
ल लिएर आउदै छु एक छिन ल
क्रमश

मोहन आचार्य /इन्द्रेणी शर्मा जलद´´
जन्मभूमि : बाग्लुंग भान्सा बान्नापरि
बसोबास : प्रगतिनगर ,नवलपुर नवलपरासी लुम्बिनी नेपाल
हाल, लिस्बोन पोर्तुगल
आज मेरो जन्मदिन असार ९ गते तदनुसार जुन २३ तारिक हो मेरो बाल्यकाल बाग्लुंगमा बित्यो किशोर काल नवलपरासी बित्यो हाल मुग्लानी जीवनमा भए पनि साहित्यबाट आफ्नो देशको लागि योगदान दिन प्रयास गरेको मात्र हुँ यो सृजना मेरा प्रिय आदरणीय साहित्यप्रेमी जनलाइ समर्पित गर्दै लेखेको हुँ नेपालमा भएका ऐतिहासिक जनान्दोलनको प्रत्यक्षरुपमा सहभागी भएर आफ्नो चिनारी दिन पाएकोमा आफुलाई एक नागरिकको कर्तब्य पुरागरेको सम्झेको छु ´´जलदाचार्य´´
दिनांक २२/०६/२०१२ राती २३.३० शुक्रबार

(स्रोत : फेस्कुकको “कथा चौतारी” ग्रुप )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.