~डा. टीकाराम भण्डारी~
रातमा आकाशमा जून हुन्छ
यस्तोमा धर्तीलाई गुन हुन्छ
कतै महल छ कतै झुपडी
ढुङ्गा कुट्नेको ढुङ्गा सुन हुन्छ
खरायो कछुवाको कहानीमा
थाहै होला पहिला कुन हुन्छ
भकारी रित्याउने अरु नि छन्
सधैँ दोष पाउने घुन हुन्छ
ठूलाको ठूलै छ चाहनाहरू
गरिबको खाँचोमा नुन हुन्छ
2011-03-01
(स्रोत : नेपाली गजल गुगल ग्रुप )
