हुन्छ क्यारे ठुलै काम ,तिम्रो शहरमा।
तिमी आँफै बदनाम, तिम्रो शहरमा।
कलियुगमा लौ,सिताको अग्निपरिक्ष्या,
कती धेरै रामैराम, तिम्रो शहरमा।
प्यारो मलाई आफ्नै,पापीहरुको गाउँ,
सुनेको छु ठुलै धाम, तिम्रो शहरमा।
खाली होला खोल्दा,यो अर्कै कुरा,
आयो कि आएन खाम, तिम्रो शहरमा।
ठुलै होला बहस कस्को घाऊ गहिरो?
ओखतिको ठुलै दाम, तिम्रो शहरमा।
भएजस्तो युद्ध यहाँ हराएपछी बुद्ध,
घाइतेहरुको ठुलै लाम, तिम्रो शहरमा।
आज तिम्रो लागि,सितल ज्योतिपुञ्ज,
धेरै भयो चर्को घाम तिम्रो शहरमा।
के हुन्छ त्यस्तो काम तिम्रो शहरमा।
तिमी आँफै बदनाम तिम्रो शहरमा।
जन्मस्थान-पोखरा
स्थाई घर -नुवाकोट,चतुराले
अस्थायी -काठमान्डु
हाल,
चिकित्साशास्त्र
एम बि बि यस चौथो बर्ष
जिप्मेर मेडिकल कलेज
पन्डिचेरी
२०६५,असार
2010-05-16
(स्रोत : नेपाली गजल गुगल ग्रुप )