~श्याम लामा~
उराठ यो मरुभुमिमा आशु पिइ बांचे हजुर
मुटु पोली खादा पर्साद सम्झी नाचे हजुर
भरोशाका पर्खालाहरु आफसे आफ भात्किदिदा
आशाका मुनाहरु नफक्रिदै भांचे हजुर
निराशाको कालो बादल जिबन ढाक्न आइदिदा
बाँच्न करै लागे पछी आयु थोरै सांचे हजुर
नियतिले बली बनाइ डोर्याउदा आँफैलाई
भाग्य अनी दुर्भाग्यको तराजुमा जाचे हजुर
श्याम लामा (घ्लान)
माझुवा,सिन्धुली
हाल: दोहा,कतार
2010-06-02
(स्रोत : नेपाली गजल गुगल ग्रुप )