~डम्बर तुम्बापो ‘बुद्ध’~
सोल्टी…
शहिदगेटमै माइक्रोभ्यानबाट उत्रेर फटाफट हिंडेको म आर.एन.ए.सी. भवनको मूलढोकासम्म पुग्दैथिएँ । कसैको बोलावट जस्तो लाग्यो, तर चारैतिर अपरिचितहरूको चहलपहल मात्र पाए“ ।
सोल्टी…
फेरि उही आवाज कानमा ठोक्कियो । ओठ मुस्काउनुभन्दा पहिले नै आँखा हाँसेको एक युवती मेरो अघि थिइन् ।
“सोल्टी, नमस्कार ! ”
अफ्ठेरो महसूस गर्दै औपचारिकता पुरा गरें, “नमस्कार ! ”
“सुन्धारा देखि नै तपाईंको पछि-पछि दगुरिरहेकी, कति छिट्टो हिंड्नुभएको तपाईं त -“- मानौं कि तिनी दिनानुदिन मसँग भेटेर कुरा गर्नेगर्थिन्- झैं मेरो सम्मुखमा उभिएर कुरा गरिरहेकी थिइन् । अझ उनि भन्दैथिइन्, “तपाईं त कति पनि बदलिनुभएन रैछ – त्यसैले देख्नेबित्तिकै चिनिहालें ।”
“अन्यथा नलिनुहोला तपाईंलाई भ्रम भएजस्तो छ ।”- धेरैबेर नफुटेको बोली बल्ल फुटाएँ ।
केही निराशाको आभाहरू झल्कन्थ्यो उन्को मुहारमा । उनि थप्दैथिइन्, “म झुक्किएको होइन सोल्टी, तपाईंलाईचाहिं मेरो याद आएनरै’छ त्यसैले मेरो अनुहार, बोली छुट्याउन सक्नुभएन । हुन त तपाईंजस्तो पढेको मान्छेले म जस्तो नपढेकी केटीलाई के वास्ता गर्नुहुन्थ्यो र हैन – तर, तपाईंलाई जिन्दगीभरि भुल्न पनि सक्दिन रमण सोल्टी ।” पुरानो शैलीको वाणले घोचिहालिन् मलाई । अबचाहिं सम्झें, गाउँ को रणे दाइकी साली पो रहेछिन् । रणे दाईकै विवाहमा परिचय भएको थियो उनीसँग । तर त्यतिबेला मैले आफ्नो वास्तविक नाम ढाँटेर रमण बताएको थिएँ । ६,७ वर्षछि भेट्दा पहिलाको त्यो पातलो जीउ केहि मोटाएर धेरै सुहाउँदिली देखिएकी थिइन् । शहरिया छाँटमै सजिए तापनि उन्को शीलस्वभाव, अनुशासन, त्यो गाउँले भाकाको मीठो आवाज भने बदलेको रहेनछ ।
“सोल्टी ! किन चुप् लाग्नुभो – कि हामीजस्तासँग बोल्नु पनि हुन्न हौ -”
ठट्यौली शैलीको प्रश्नले मेरो ध्यान भङ्ग भयो र तुरून्त प्रसङ्ग जोड्न बाध्य भएँ, “हँ…. होइन, मलाई बल्ल याद आयो, तपाईं सरिस्मा सोल्टिनी हैन -“- केही घोरिएर भनें ।
“धन्य, भुल्नु भएको रहेनछ, तपाईं चाहिं काठ्माडौं कहिले आउनुभएको – मैले त सोचेको पनि थिइन फेरि तपाईंसँग भेट हुन्छ भनेर ।”
“म काठ्माडौं आएको त दुई साल भइसक्यो ।”
“दुईसालपछि आज भेट भयो हगी – जे होस् भगवान निष्ठूरी चाहिं हुँदारहेनछन्, किनकि हाम्रो भेट त फेरि जुराइदियो ।”
मैले पनि कुरामा सही थपें ।
हामी बीचबाटोमा उभिएर कुरा गरिरहेकोले बाटो हिंड्नेहरूलाई बाधा पुगेको थियो । अरू कुरा फोनमार्फ गरौंला भन्दै फोन नम्बर आदानप्रदान गरेपछि त्यो पल फेरि छुट्टयिौं हामी ।
भोटाहिटीमा केहि पुस्तकहरू किनेर पुरानो बसपार्क तर्फलागें । बालाजु बाइपास जाने बस ठीक्क अगाडि निस्किरहेको थियो । मैले त्यसैलाई झम्टिएँ । खचाखच् भीडमा सीटको अभाव थियो ।
“सोल्टी तपाईं त ललितपुर जाने होइन र -“- आवाज उही सोल्टिनीकै थियो । मेरै अगाडिको सीटमा बसेकी थिइन् उनी ।
“आज चैं बालाजु फूपुकहाँ जान्छु ।”- उभिएरै छोटो उत्तर दिएँ ।
“बस्नुस् न ।”- केहि पर र्सदै भनिन् ।
गाडी गुडिरहेकोले उभिन अप्ठेरो भयो र उन्कै छेउमा बसें । सीट अलि साँघुरो थियो । हाम्रो शरीर प्रायः नजिकै टाँस्सिएको थियो । गर्मी महिना भएको कारण एकापसमा स्पर्शीएको शरीरबाट आएको तातो बाफले पोलिरह्यो । बीचबाटोमा हामीबीच धेरै कुराकानी भयो । मेरो बारेमा सोधिन्- राजधानीमा कसरी बस्नुभएको छ – कोसँग बस्नुहुन्छ – के गर्दैहुनुहुन्छ – अरू-अरू… इत्यादी ।
गफैगफमा भुल्लिएका हामी गन्तब्यसम्म पत्तै नपाइ पुगिएछ । गाडीबाट उत्रेपछि उनी बसेको डेरासम्म जान अनुरोध गरिन् । त्यसदिन म हतारमा भएकोले कुनैदिन आउने वाचा गर्दै म लागें फूपुको घरतिर ।
आज विहान अचानक मामाकी छोरी विनाको फोन आएको थियो । उनी पनि केहिवर्षअघिदेखि नै काठ्माडौं बस्दैआएकी रहेछिन् । विनासँग पनि मेरो भेट नभएको सात वर्षलगभग भैसकेको थियो । एस.एल.सी. को मौका परीक्षा दिंदा मामाघरमा बसेर दिएको थिए । घरको आर्थिक बाध्यताले गर्दा परीक्षाको नतिजा आएपछि परदेशिएँ । पछि मामाघर न गएँ ,न त चिठ्ठीपत्रद्वारा नै सर्म्पर्क गरें । त्यसपछि नै हाम्रो भेट पनि भएन । विधिको बिडम्बना, दुईवर्षअघि काठ्माडौं आइपुगें । धेरैवर्षछुटेको पर्ढाईलाई फेरि निरन्तरता दिएँ । तर अचम्म त यो लाग्यो कि सरिस्मा र बहिनी विनाको पनि पुरानो चिनाजान रहेछ । सरिस्माबाट नै मेरो फोन नं. पाएर आज विहान विनाले फोन गरेकी थिइन् ।
सरिस्मासँगको चिनाजान पश्चात् उन्लाई गाउँतिर घुमाइदिएको थिएँ, रमाइला-रमाइला कुराहरू गरिदिएको थिएँ तर थाहा थिएन उनी मेरो मनमा पनि बसिसकेकी थिइन् । पछि मलाई गाउँमा खोज्दै आएकी उनी मामाघरसम्म पनि पुगेछिन् त्यतिबेला म परीक्षाको नतिजा लिएर मामाघरबाट टाढा भैसकेको थिएँ । त्यसपछि उन्को विवाह भएछ । अहिले ५ वर्षो छोरा पनि साथमा छ रे, वहिनीले त्यसै भन्थिन् । उनको छोराको नाम पनि रमण नै राखेछिन् ।
विनाको कुराले म कति पछुताएँ पनि तर के गर्ने लेखेको पाईंदोरहेछ देखेकोले नहुनेरहेछ । यतिवर्षछि हाम्रो भेट त भयो तर यसलाई म कस्तो संजोग भनुँ – नजुरेको संजोग – उन्ले त मेरो नाम आजन्म संगालेछिन्, म कसलाई भनिरहुँ , सरिस्मा……………I
(स्रोत : Srijana Sangraha)