~गोपीन्द्र पौडेल~
१. थालनी
सिरानमा उल्लिखित शीर्षकले मूलतः दुईवटा पक्षतर्फ सङ्केत गरेको हुँदा त्यसैअनुरूप सर्वप्रथम समकालीन कथालेखनका बारेमा सान्दर्भिक टिप्पणी गर्दै विशेषतः ‘वेदना’ (कथाविशेष–२०५६) का कथाको छोटोमोटो विश्लेषण गर्नु प्रस्तुत आलेखको मुख्य उद्देश्य हो । कथारचनाको आधारभूमि यही वस्तुजगत् हो, त्यसैले समकालीन कथालेखनका बारेमा चर्चा गर्दा समकालीन नेपाली समाज र जीवनपरिवेशको अलिकति छेड्खान नगरिकन झ्वाम्मै कथासागरमा हामफाल्नु त्यति मुनासिव हुने देखिएन । वस्तुतः समकालीन नेपाली जीवनपरिवेशको छिपछिपे निरीक्षण गरिसकेपछि मात्रै सोहीबमोजिम समकालीन कथालेखनका बारेमा एकसरो चियोचर्चो गर्नु ठीकै होला भन्ने लाग्यो । यसै सन्दर्भमा समकालीन कथालेखनको साक्षका रूपमा ‘वेदना’ (कथाविशेष) का कथालाई विश्लेषणसामग्री बनाइएको छ । ‘वेदना’मा प्रकाशित अधिकांश कथामा समकालीन नेपाली समाज र शासन–व्यवस्थाका विभिन्न पक्षको प्रतिबिम्बन भएकाले नै तिनलाई विश्लेषणको सामग्री बनाइएको हो । विश्लेषणसामग्री बनाइएका यी कथाले समकालीन नेपाली कथालेखनको स्थितिका बारेमा सामान्य झझल्को प्रस्तुत गर्नुका साथै कथास्रष्टाको रुचि र विषयक्ष्ँेत्रको पनि सङ्केत गर्दछन् ।
२. समकालीन सन्दर्भ र कथालेखनको स्थिति
समकालीनतालाई विभिन्न ढड्डले तन्क्याउने, खुम्च्याउने, अथ्र्याउने र बुझ्ने गरिएको पाइन्छ । तर वास्तवमा समकालीनता भनेको तात्तातो समयप्रवाह हो, वर्तमानमा चलखेल गर्दै गरेको गतिशील जीवनपरिवेश हो । समकालीनताभित्र न त विगतको लम्बेतान इतिहासलाई समेट्न सकिन्छ न त आउँदो भविष्यलाई नै । बरु, यसअन्तर्गत तत्कालीन जीवनपरिवेशलाई प्रभावित गर्ने समय–सन्दर्भ र मानवीय जीवनका घटनाक्रमहरू मात्र अटाउन सक्छन् । वस्तुतः नेपाली परिप्रेक्ष्यमा २०४६ सालपछिको समयावधि नै समकालीन समयावधि हो र यही नै नेपाली समाज र त्यसअन्तर्गतका क्रियाकलापको तात्तातो वर्तमान हो । २०४६ सालको जनआन्दोलनको परिणामस्वरूप पंचायत व्यवस्थाको अन्त्य र बहुदलीय व्यवस्थाको पुनस्र्थापना भयो । तर राजनीतिमा केही खुकुलोपन देखिए पनि मुलुकको आर्थिक तथा सामाजिक–सांस्कृतिक संरचनामा कुनै परिवर्तन भएन, बरु बेथिति र विसङ्गतिको ओइरो लागिरह्यो । सत्तासीन पार्टीहरूको सत्तालिप्साका कारण बाह्य तथा आन्तरिक लुछाचुँडी र छिनाझप्टीमा मुलुकका कङ्गाल जनहरू दपेटिएका छन् । मुलुक भ्रष्टाचार र कमिशनको आहालमा चुर्लुम्म डुबेको त छँदैछ साथसाथै जनहत्या र राज्यआतंकले आक्रान्त छ । खुल्ला अर्थनीतिका नाममा एकातिर स्वदेशी उद्योग तथा संघसंस्था विदेशीलाई सुम्पने घातक नीतिले प्रश्रय पाएको छ भने अर्कोतिर मुलुकको प्राकृतिक स्रोत र साधनसमेत विदेशीको पोल्टामा सुम्पेर राष्ट्र र राष्ट्रिय अस्मितामाथि खेलबाड गर्ने काम यतिबेलाका सत्तासीन वर्गबाट भएको छ । यही नै नेपाली जीवनपरिवेशको समकालीन यथार्थ हो ।
यही परिवेश र यथार्थका बीचमा समकालीन समाजवादी–यथार्थवादी कथालेखन निरन्तर गतिमान् बनेको छ । यतिबेला एकातिर अघिल्लो पुस्ताका हरिहर खनाल, खगेन्द्र सङ्ग्रौला, ऋषिराज बराल, इस्माली, घनश्याम ढकाल क्रियाशील रहेका छन् भने अर्काेतिर पछिल्लो पुस्ताका अनिल श्रेष्ठ, रोहित दाहाल, मातृका पोखरेल, पुण्य कार्की, अन्जान विरही, कृष्ण बेलवासे आदि पनि क्रियाशील देखिन्छन् । त्यसो त सबैभन्दा पुरानो पुस्ताका रमेश विकल पनि कथा लेखिरहेका छन्, तर समकालीन परिप्रेक्ष्यमा आंशिक रूपमा राज्यआतंकको विरोध भए पनि गणतन्त्रात्मक चेतनाको संचार उनका कथामा हुन सकेन । त्यसैगरी दिल साहनी, पूर्ण विराम, तारा गाउँले, हरिगोविन्द लुइँटेलका कथाहरू बेलाबखत देखिए पनि दिल साहनी समीक्षात्मक लेखतर्फ अग्रसर देखिनु, पूर्ण विरामको विशेष रुचि कवितामा हुनु तथा हरिगोविन्द लुइँटेलको कर्मक्षेत्र र रुचि पत्रकारिता हुनुले कथालेखनमा खासै निरन्तरता देखिन्न । भास्करका कथाको परिमाण त बढ्दो छ तर कथाशिल्प र कथ्यका दृष्टिले उनका कथा स्तरीय र परिष्कृत बन्न सकिरहेका छैनन् । यदाकदा कथा लेख्ने सीपी गजुरेलको कथालेखनले निरन्तरता पाउन सकेको छैन । त्यसैगरी कवितासिर्जनामा निरन्तर लागिरहेका गंगा श्रेष्ठ पनि कथामा त्यति फस्टाउन सकेका छैनन् । पुण्य खरेल र विवश वस्तीको कथालेखनले निरन्तरता पाए पनि वैचारिक पक्ष फिका बन्दै गइरहेको छ । नारायण ढकाल, राजव, देविका तिमिल्सिना प्रभृति कथाकारले समाजवादी–यथार्थवादी सिर्जनको मर्मलाई छोडेको मात्र होइन मुलुकमा विद्यमान बेथिति र बितण्डाको चिरफार गर्न नसकेको परिप्रेक्ष्यमा पुण्य खरेल र विवश बस्तीबाट कम्तीमा वर्तमानको रुग्ण संस्कृति र बेथितिमाथि प्रहार गर्ने काम भएको छ ।
यसरी समकालीन कथालेखनलाई अग्रगामी दिशा प्रदान गर्ने सन्दर्भमा मूलतः अग्रणी पुस्ताका कथाकारहरू खगेन्द्र सङ्ग्रौला, हरिहर खनाल, ऋषिराज बराल, इस्माली, घनश्याम ढकालको उल्लेखनीय योगदान रहेको छ । यसो भए तापनि सङ्ग्रौलाको कथालेखनमा २०४६ सालपूर्व जुन गंभीरता र ओजस्विता थियो २०४६ सालयता त्यो स्थिति रहेन । यो समयावधिमा खगेन्द्र सङ्ग्रौलाले प्रशस्त कथा रचना गरेका छन् तर यो समयका उनका प्राप्ति भनेका ‘वलिदानको भ¥याङ मास्तिर’ र ‘नकटो दोर्जेको शालिक’ हुन् जसले समसामयिक विषयसन्दर्भको गंभीरतालाई पर्गेल्नुका साथै कथाशिल्पलाई पनि कुशलतापूर्वक आत्मसात् गरेका छन् । अन्यथा विषय र शिल्प दुवैको संकटले सङ्ग्रौलालाई घेरेको छ । झन्डै यही स्थिति हरिहर खनालको कथालेखनमा पनि देख्न सकिन्छ । खनालको पनि आरम्भिक कथालेखनमा जुन गंभीरता थियो उत्तरोत्तर त्यो कायम रहन सकेन । यथार्थका सामयिक एवं संवेदनशील पक्षप्रति उदासीन हुनुले खनालको कथालेखनमा पनि विषयको सङ्कट देखा परिरहेको छ । यसरी समकालीन परिवेशमा कथामार्फत् निरन्तर रूपमा अग्रगामी चेतनाको सम्प्रेषण गर्ने कथाकारहरूमा इस्माली, ऋषिराज बराल र घनश्याम ढकालको नाउँ अगाडि आउँछ । यी कथाकारले रूप र अन्तर्वस्तुका बीचमा एकत्व स्थापना गर्दै कथामार्फत् समाजरूपान्तरणकारी भूमिकामा उल्लेखनीय सहयोग पु¥याउँदै आएका छन् । यिनले कथामा बाह्य यथार्थको मात्र प्रतिबिम्बन गरेका नभई यथार्थको भित्री तहसम्म पुग्ने चेष्टा गरेका छन् । यसको तात्पर्य यी तीन जनाको कथासिर्जनामा ऋणात्मक पक्ष पटक्कै छैनन् भन्ने चाहिँ होइन ।
समाजवादी–यथार्थवादी कित्ताअन्तर्गतको नयाँ पुस्ताले पनि कथालेखनलाई निरन्तरता प्रदान गरेको छ र अग्रणी पुस्तासँगै त्यो पनि गतिमान् बनेको छ । समकालीन सिर्जनस्थितिका आधारमा भन्नुपर्दा नयाँ पुस्तामा पनि आशलाग्दो स्थिति देखिएको छ । अग्रज पुस्ताबाट उत्प्रेरित हुँदै कथासिर्जनामा क्रियाशील कथाकारहरूमा अनिल श्रेष्ठ, हरिहर सविता, रोहित दाहाल, मातृका पोखरेल, पुण्य कार्की, गंगा श्रेष्ठ, कृष्ण बेलवासे आदि रहेका छन् । विशेषतः कथासङ्ग्रहसमेत निकालिसकेका अनिल श्रेष्ठ र रोहित दाहालले समकालीन कथालेखनमा आफ्नो पहिचानसमेत बनाइसकेका छन् ।
३. ‘वेदना’ (कथाविशेष) का कथाको वैशिष्ट्यगत सर्वेक्षण
२०५६ भदौको ‘वेदना’ (कथाविशेष) मा ५ वटा कथा र १९ वटा लघुकथा गरी जम्मा २४ वटा कथा प्रकाशित देखिन्छन्, जसमध्ये अधिकांश कथाहरू इसासले २०५५ जेठमा आयोजना गरेको लघुकथा गोष्ठीमा वाचित कथा परेका छन् भने केही अन्य कथा पनि परेका छन् । ‘वेदना’मा प्रकाशित यी कथाले समसामयिक जीवनपरिवेशको प्रतिनिधिमूलक प्रतिबिम्बन गर्ने हुनाले समकालीन कथालेखनको संक्षिप्त अवलोकनपश्चात् विश्लेषणसामग्रीका रूपमा यिनलाई अगाडि सारिएको हो । ‘वेदना’का यी कथाले वर्तमानको नेपाली समाज र शासन व्यवस्थामा विद्यमान विसङ्गत अवस्थाको तीखो आलोचना गरेका छन् । यद्यपि यहाँ संलग्न केही कथा र तिनका कथाकारहरूले आलोचनात्मक यथार्थवादको सीमालाई नाघ्न सकेका छैनन् । यहाँ धेरैजसो अग्रज पुस्ताका स्थापित कथाकारका कथा परेका छन् भने केही नितान्त नयाँ पुस्ताका सिकारु कथाकारका कथा पनि परेका छन् । ‘वेदना’का यी कथाले एकातिर सत्तास्वार्थमा चुर्लुम्म डुबेको सत्तासीन वर्गको छिनाझप्टीदेखि लिएर आर्थिक शोषण तथा सामाजिक–सांस्कृतिक उत्पीडनसम्मका यावत् क्रियाकलापको प्रस्तुति गरेका छन् भने अर्कोतिर हत्या र हिंसाका घटनाश्रृङ्खलाको जीवन्त प्रस्तुति गरेका छन् । वस्तुतः यी कथामा प्रतिबिम्बित यथार्थका विविध स्वरूप र वैशिष्ट्यलाई बुँदागत रूपमा प्रस्तुत गर्ने प्रयास यहाँ गरिएको छ ।
(क) बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछि मुलुकको आर्थिक तथा सामाजिक–सांस्कृतिक संरचनामा कुनै परिवर्तन भएन र त्यसो हुनु संभव पनि थिएन । राजनीतिक, आर्थिक तथा सामाजिक–सांस्कृतिक क्षेत्रमा एकपछि अर्को विसङ्गति र बेथितिको ओइरो लागिरहेका छन् । हिजोका दिनमा आमूल परिवर्तनको निम्ति संघर्षरत रहँदै आएका केही कम्युनिष्ट पार्टीले यही बहुदलीय व्यवस्थालाई आदर्श ठानेर ब्रम्हलुट मच्चाउन थाले, जसको परिणाम सत्तामा बसेर तर मार्न पल्केका कम्युनिष्ट भनिनेहरूबाटै शहीदप्रति सम्मान होइन अपमानको वर्षा हुन थाल्यो । यो वर्तमानको विसङ्गत एवं विद्रूप पाटो हो भने यसैको प्रतिबिम्बन खगेन्द्र सङ्ग्रौलाको ‘चोर चिहान’, पुण्यप्रसाद खरेलको ‘ऐठन’, विजय चालिसेको ‘एका देशको एउटा निर्णय’, पुण्य कार्कीको ‘विसङ्गतिको एउटा पाटो’, के.एल. पीडितको ‘बर्खास्त’, कुसुम ज्ञवालीको ‘अन्तिम इच्छा’, कुवेर लिम्बुखिमको ‘शहीदको छोरो’ आदि कथाले गरेका छन् ।
लुटको धनले महल बनाउने ध्याउन्नमा लागेको श्रीकृष्ण उपाध्याय भन्ने पात्रले (जसले आफूलाई राजनीतिज्ञ ठान्छ) घडेरी किनेर पाँचतले महल ठड्याएको र त्यही महललाई छिमेकका स–साना केटाकेटीहरूले गिल्ला गरेर ‘चोरको चिहान’ भन्ने संज्ञा दिएको वास्तविकतालाई सङ्ग्रौलाको ‘चोर चिहान’ कथाले प्रतिबिम्बित गरेको छ । श्रीकृष्ण उपाध्याय जस्ता भ्रष्ट नेता भनाउँदाको कृपाबाट जिल्ला कमिटीको वैकल्पिक सदस्य बन्न पुगेको पियक्कड ‘म’ पात्रले आफ्नो नेतालाई बचाउन खोजे पनि छिमेकी जनहरूले नेतालाई थङ्थिलो होउन्जेल थुरेको परिदृश्यलाई कथामा उतारिएको छ । यस कथाले भ्रष्टाचार गरेको धनबाट काठमाडौंमा महल ठड्याएर बस्ने ध्याउन्नमा लागेका पतित नेताहरूप्रति चोटिलो प्रहार गरेको छ र महलभोगी प्रवृत्तिको धज्जी उडाएको छ । बहुदल आएपछि सरकारमा विराजमान बनेका मन्त्रीको असली चरित्रको सम्यक् चित्रण पुण्यप्रसाद खरेलको ‘ऐठन’ कथाले गरेको छ । यस कथाको मुख्य पात्र ताकबहादुरले मन्त्री भएपछि गरेका काला कर्तुत र अपराधको पोल अर्धचेतको अवस्थामा आफैले खोलेको छ । ताकबहादुरले यति पिएको छ कि उसलाई सजिलो गरी निद्रा पनि परेको छैन, निदाउन खोज्ने बित्तिकै ऊ सपना देख्न पुग्छ र विचेत अवस्थामै बर्बराउन थाल्छ र एकपछि अर्को गरेर आफ्ना सम्पूर्ण अपराधको पोल खोल्छ, जसका साक्षी उसकी श्रीमती र उसको पी.ए. छन् । ताकबहादुरबाटै उसका काला कर्तुत बकाउनमा कथाकारले निकै कुशलता देखाएका छन् जसको परिणाम कथा रोचक बन्न पुगेको छ । जबजब ऐठन पर्दै जान्छ तबतब वेश्यावृत्तिमा लाग्दाका वेश्याहरू, महाकालीको प्रसङ्ग, सीमाअतिक्रमण हुँदा पनि चुइँक्क नबोलेको प्रसड्डलगायत यावत् भ्रष्ट क्रियाकलापको सम्झना उसलाई हुन्छ । ऊ आनो पत्नी र पी.ए.का सामु कायर, पतित र भ्रष्ट सावित हुन्छ, जसले असामान्य मानसिक अवस्थामा आना बद्नियतपूर्ण कर्तुत ओकलेको छ । यस कथाले प्रजातन्त्रको मूल मन्त्र रटेर मन्त्रीको पदमा आसीन हुने नेपालका मन्त्रीको चरित्रका बारेमा स्पष्ट खोलुवा दिएको छ ।
जनआन्दोलनको समयमा आफूलाई बलिदान गर्ने शहीद र शहीदका परिवारप्रति भएको घोर अपमानको परिदृश्यका साथै विगतमा राष्ट्रको मुक्तिका निम्ति भूमिगत जीवन बिताएका कामरेड भनिनेहरूमा भएको पतन र भ्रष्टीकरणको जीवन्त चित्र पुण्य कार्कीको ‘विसंगतिको एउटा पाटो’ कथाले प्रस्तुत गरेको छ । कामरेड शम्भुनाथको घरमा नोकर बनेर बसेको शहीदपुत्र काले भुजेलको पूर्वस्मृतिस्वरूप कथाका घटनाश्रृंखलाहरू अगाडि बढेका छन् । गिट्टी फोर्दाफोर्दै ढुड्डाले किचेर आमाको मृत्यु हुनु तथा त्यसपछि उसको बाबु जंगे पञ्चायतविरोधी आन्दोलनमा लागेर शहीद हुनुजस्ता घटनाले काले भुजेल टुहुरो हुन पुगेको सन्दर्भलाई कथामा उल्लेख गरिएको छ । हिजो जंगेमा चेतनाको सञ्चार गर्ने कामरेड शेखर आज शम्भुनाथमा फेरिएको छ । त्यही कामरेड शम्भुनाथले शहीदपुत्र कालेलाई कारखानाबाट घरमा ल्याएर नोकरमा भर्ती ग¥यो । शम्भुनाथको बैठकमा अश्लील हिन्दी गीतको रौनकमा खानपिन र अट्टहास हाँसो चलेको छ र रछ्यानमा शहीदपुत्र कालेले भाँडा माझिरहेको छ, शहीदपुत्र हुनुको स्वाद चाखिरहेको छ । यो स्थिति त एकातिर छँदैछ, अर्कोतिर कामरेड शम्भुनाथले शहीदपुत्रको कोटामा तीन तीन पटक लगातार जाँच दिएर बल्लतल्ल एस.एल.सी. पास गरेको छोरो रन्जनलाई इन्जिनियरिङ विषय पढाउन विदेश पठाउने ताउरोमाउरो मिलाएको छ । त्यही रन्जनको झोला बोकेर एयरपोर्ट पुगेको कालेले अरू कसैबाट शहीदपुत्रको अपमान भएको भन्ने टिप्पणी सुनेपछि त्यहीँ मुर्छा पर्छ (यो मुर्छा पर्ने घटना त्यति स्वाभाविक भने देखिन्न) । हिजोका कामरेडहरूको यो पतन र तिनैद्वारा भएको शहीदहरूप्रतिको यो अपमानजस्तो सम्वेदनशील एवम् यथार्थपरक विषयको उद्घाटन यहाँ भएर पनि कथामा संरचनागत कसिलोपन नहुनु तथा वर्णानात्मकताको मात्रा बढी हुनुले यसको शिल्प पक्ष केही कमजोर बनेको छ । त्यसैगरी प्रगतिशील संरचनात्मक शैलीमा लेखिएको कुबेर लिम्बुखिमको ‘शहीदको छोरो’ कथाले शहीदको अपमान गर्ने वर्तमानको प्रजातन्त्रप्रति सांकेतिक रूपमा तीखो व्यङ्ग्य प्रहार गरेको छ । बाबु आन्दोलनमा शहीद हुँदा आमाले पोइटोकुवा बोक्सीको लान्छना सहनुपर्ने सामाजिक बितण्डा एकातिर र आफू शहीदपुत्र भएर पनि होटलमा भाँडा माझ्नुपर्ने बाध्यता अर्कोतिर जस्ता नीच प्रवृत्तिको प्रस्तुति यसमा भएको छ । एउटा अधिकृत स्तरको कर्मचारी जसले जनपक्षीय रचना लेखेको तथा पियनसँग शिष्ट एवम् मानवीय व्यवहार गरेको हुनाले उसलाई जनविरोधीको आरोप लगाएर जागिरबाट निकाला गरिएको विषय–सन्दर्भलाई के.एल. पीडितको ‘बर्खास्त’ कथाले अगाडि सारेको छ । मिश्र जस्ता यौनपिपासु, भ्रष्ट, एवम् छुद्र हाकिमले प्रश्रय पाउने कर्मचारीतन्त्रमा रामनाथजस्ता परिवर्तनकर्मी, चेतनाका वाहक कर्मचारीले अवकाश पाउनुपर्ने नियतिले यहाँको कर्मचारीतन्त्रको स्वरूप र क्रियाकलापको उपहास गरेको छ । बहुदल आएयता चुनावी नशामा लागेका कम्युनिष्ट पार्टीहरू स्वार्थका निम्ति हत्या र हिंसामा समेत उत्रने गरेको निकृष्टतम घटनासन्दर्भको प्रस्तुति कुसुम ज्ञवालीको ‘अन्तिम इच्छा’ कथामा भएको छ भने रोग–ब्याधि र भोकमरीलाई पनि चुनावी हतकण्डा बनाउने नाम मात्रको अकर्मण्य सरकारको मनोवृत्तिप्रति घुमाउरो प्रहार विजय चालिसेको ‘एकादेशको एउटा निर्णय’ कथामा गरिएको छ । माथि उल्लेख गरिएको ‘अन्तिम इच्छा’ कथामा बृद्ध, अपाड्ड, मगन्ते (जो आनै पार्टीका शुभचिन्तक हुन्)लाई प्रतिगामी देख्न पुग्ने कामरेडी शैलीको खिल्ली उडाइएको छ भने ‘एकादेशको एउटा निर्णय’ कथामा भोकभोकै मरेका वा मर्न लागेका जनतालाई राहत दिनुको सट्टा फोस्रा रातहको ढोंग फुकेर चुनाव जित्ने चाँजोपाँजो मिलाउने अकर्मण्य सरकारको तीखो आलोचना गरिएको छ ।
(ख) २०४६ सालयताको यो दश वर्षको समयमा राजनीतिक क्षेत्रमा सबैभन्दा बढी विसंगति र बितण्डाको वर्षा भयो । सत्तासीन पार्टीहरूलाई सिद्धान्त, नैतिकता र मर्यादाले बाँधेन, त्यसपछि त सत्ताराजनीतिको नशाले मान्छेको खरिदबिक्री गर्ने प्रक्रियाको थालनी ग¥यो । वस्तुतः सत्ताराजनीतिमा नाड्डिनु, भ्रष्ट हुनु र पतित हुनुको कुनै सीमा रहेन । यसप्रकारको सत्तालिप्सा र राजनीतिक दाउपेचलाई प्रतिबिम्बित गर्ने कथाहरू पनि देखिन्छन् । जसअन्तर्गत इस्मालीको ‘प्रजातन्त्रको गणित’, हरिगोविन्द लुइँटेलको ‘आइते गुट र मङ्गले गुट’, यू. कार्कीको ‘छिर्के नेता’, कृष्ण बेलबासेको ‘अन्तराल’ आदिको उल्लेख गर्न सकिन्छ ।
सत्ताराजनीतिमा हुने गरेको लुछाचुँडीको असली दृष्टान्त बनेको छ इस्मालीको ‘प्रजातन्त्रको गणित’ कथा । यो कथाले सरकार ढलाउने र टिकाउनेका बीचको द्वन्दलाई रोचक शैलीमा प्रस्तुत गरेको छ । सत्ताको नशाले सांसद्लाई मात्र होइन आसेपासेहरूलाई पनि गाँज्नुसम्म गाँजेको छ भन्ने तथ्यको झझल्को यस कथामा देख्न सकिन्छ । संसद््मा भोटिङ हुँदा समर्थक शुभचिन्तकहरूका बीचमा भएको “ढल्यो” र “ढलेन” भन्ने संवाद निकै चाखलाग्दो छ । भोटिङको परिणामअनुसार सरकार ढाल्नुपर्छ भन्ने पक्षमा १०१ मत र सरकार टिकाउनुपर्छ भन्ने विपक्षमा ९५ मत खसेपछि सभामुखले ९५ मत पाउनेले सरकार टिकाएको र १०१ मत पाउने विपक्षीको सरकारमा उक्लने सपना चकनाचुर भएको घोषणा गरे । सभामुखको तर्कअनुसार सरकार ढाल्नुपर्छ भन्ने प्रस्तावको पक्षमा १०३ मत नपुगेकाले सरकार टिक्यो । यहाँ कथाकारले प्रजातन्त्रको गणितको घतलाग्दो सूत्र प्रस्तुत गरेका छन् । गणितको सार्वभौम नियमानुसार सरकार ढले पनि प्रजातन्त्रको नियमानुसार ढलेन । असफल गणितीय सूत्रको अवलम्बन गर्ने प्रजातन्त्र र सत्ताका निम्ति हुने छिनाझप्टीप्रति मर्मस्पर्शी व्यङ्ग्य कथाकारले गरेका छन् । त्यसैगरी पार्टीमा हुने विखण्डन, विग्रह र राजनीतिक दाउपेचलाई हरिगोविन्द लुइँटेलको ‘आइते गुट र मंगले गुट’ कथाले व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरेको छ । यहाँ एकातिर पार्टी चोइटिनु र अर्कोतिर चोइटिसकेपछि एकले अर्कोलाई तथानाम सराप्ने परम्पराको नमूना देख्न सकिन्छ । प्रतीकात्मक रूपमा प्रस्तुत गरिएका घटनासन्दर्भले आनो लक्ष्यलाई बिर्सेर नेता तथा उपनेता हुने ध्याउन्नमा लागेका राजनीतिज्ञ भनाउँदाप्रति कथाकारको वितृष्णाभाव देखिन्छ । त्यस्ता टुटेफुटेका र आनो रूपरड्ड खुइलिएका पार्टी र नेताको लक्ष्य भनेकै समाजको आमूल परिवर्तन नभएर एकले अर्कोलाई थेचार्नु र आफू स्वघोषित नेता कहलिनु भएको तथ्यलाई कथामा सरल ढंगले प्रस्तुत गरिएको छ । यस कथामा शैल्पिक कुशलता पनि देख्न सकिन्छ । त्यस्तै राजनीतिक दाउपेच र छेपारे शैलीको घतलाग्दो दृष्टान्त हो– कृष्ण बेलवासेको ‘अन्तराल’ कथा । आफू भ्रष्ट भैसकेपछि आनो विगतको साथी दण्डपाणिलाई पनि सत्तासीन पार्टीमा प्रवेश गराएर त्यस्तै भ्रष्टीकरण हुने आग्रह यस कथाको असत् पात्र जनार्दनले गरेको छ तर उसको यो आग्रह दण्डपाणिलाई बिल्कुलै स्वीकार्य हुँदैन । दण्डपाणि आनो आस्था र निष्ठाबाट रत्तिभर पनि विचलित नभएपछि आनो स्वार्थ पूरा नहुने देखी अन्तिम विकल्पस्वरूप नरपिचास जनार्दनले आनो घरमा एउटा आतंककारी आएको भन्ने उजुरी पुलिसलाई दिएर दण्डपाणिलाई गिरतार गर्न लगाउँछ । आनो स्वार्थ पूरा नभएपछि निष्ठावान् व्यक्तिलाई आतंककारीका नाममा उनीहरूलाई थुनाउनसमेत पछि नपर्ने नवप्रवेशीहरूको भ्रष्ट चरित्रलाई प्रस्तुत कथाले उदाड्डो पारेको छ भने दण्डपाणिजस्ता निष्ठाका प्र्रतीकहरू कुनै पनि प्रलोभनमा फस्दैनन् भन्ने सन्देश पनि दिएको छ । त्यसैगरी प्रष्ट राजनैतिक अडान नभएका तथा पदलोलुप नेता भनाउँदाहरूप्रति तीखो आलोचना यू. कार्कीको ‘छिर्के नेता’ कथाले गरेको छ । पार्टीनेतृत्वमा एकाधिकार जमाएर आफू मात्रै नेता बन्ने तथा राजनीति र सिद्धान्तलाई तिलाञ्जली दिएर भ्रष्टीकरणतर्फ उन्मुख हुने प्रवृत्तिको प्रतिबिम्बन यस कथामा भएको छ । यस कित्ताका कथाले सत्तास्वार्थ र राजनीतिक दाउपेचको प्रस्तुति गर्दा समसामयिक राजनीतिक परिवेशलाई आधार बनाएका छन् ।
(ग) वेदनामा प्रकाशित चौबीसवटा कथामध्ये ऋषिराज बरालको ‘सम्वेदना माध्यम’, ‘घनश्याम ढकालको ‘प्रजातन्त्र’, गोविन्द वर्तमानको ‘अँध्यारोमा अजामील’ र पूर्णविरामको ‘धन्यवाद नेप्टे सार्की’, कथाले राज्यआतंक र जनहत्याको यथार्थपरक प्रतिविम्बन गरेका छन् । साथै जनस्तरबाट सरकारी दनमका विरुद्ध हुने त्याग र बलिदानको प्रस्तुति पनि यी कथाले गरेका छन् । यी कथाले समसामयिक नेपाली जीवनपरिवेशको सम्वेदनशील पक्षको उद्घाटन गरेका छन् । यस कित्ताअन्तर्गतको ऋषिराज बरालको ‘सम्वेदना माध्यम’ कथाले सरकारद्वारा चलाइएको राज्यआतंकको विरोध गर्नुका साथै जनतामा हुने निष्ठा र सचेतताको प्रतिविम्बन गरेको छ । यो कथाले प्रहरीप्रशासनको भण्डाफोर मात्र गरेको नभई जनता स्वयम् पनि सचेत छन्, जसले प्रहरीप्रशासनको जस्तोसुकै षड्यन्त्रका बीचमा आनो र आना मान्छेको सुरक्षा गर्न सक्छन् भन्ने दृष्टान्त प्रस्तुत गरेको छ । अमरका साथी हौं भन्ने बहाना बनाएर आएका पुलिसले अमरको ज्यान खतरामा रहेको भन्ने षड्यन्त्र रचे पनि अमरका बूढा बाबुले त्यसलाई टेरपुच्छर नलाएपछि पुलिसले बूढालाई लात हिर्काएर आनो धर्म पूरा गरेको घटना यहाँ प्रस्तुत गरिएको छ । बूढा आँखा नदेख्ने भए पनि गन्धले आनो र पराइ छुट्याउन सक्छन् । यसले परिवर्तनकर्मी चेतनाका वाहक जनतामा हुने सचेतता र कुशलताको राम्रो दृष्टान्त प्रस्तुत गरेको छ । त्यसैगरी गोविन्द वर्तमानको ‘अँध्यारोमा अजामील’ कथाले पनि राज्यआतंकको चित्रणका साथ पुलिसको अपराधिक मानसिक मनोदशाको सूक्ष्म विश्लेषण गरेको छ । जनदमनका निम्ति जाजरकोट खटाइएको इनिस्पेक्टर अजामीलले गाउँबाट शहरतिर जाँदै गरेको बेला रूखको झाङमुनि दिसा गरेर इँजार बाँध्न थालेको बटुवालाई पिस्तोलले सिध्याएको घटना कथाको पूर्वाद्र्धमा उल्लेख छ । ठीक त्यसको तीन महिनापछि अजामीलको नेतृत्वमा गएको प्रहरी टोलीले उक्त बटुवालाई मारेको भन्ने खबर एउटा खबरपत्रिकाले छापेको र त्यसपछि आनो घर काठमाडौं आएको अजामील अपराधबोधले छट्पटाएको परिदृश्य कथामा उतारिएको छ । उसले मान्छे मारेको कुरा स्वास्नीले चाल पाएर कड्किनु, उता त्यसै रात आफूमाथि आक्रमण हुने कुराको सुइँको पाउनु जस्ता सन्दर्भले थप अपराधबोध र आतंकमा रुमल्लिएको अजामीलले आनै घाँटीमा पिस्तोल तेस्र्याएर आत्महत्या गर्न पुग्छ । यो कथाले एकातिर दिसा गर्न बसेको बटुवाले उठेर इँजार कस्नसमेत नपाउनुले राज्यआतंकको निकृष्टतम चित्र प्रस्तुत गरेको छ भने अर्कोतिर निर्दोष नागरिकको हत्या गर्नाले अपराधबोधले छट्पटाएकाहरू आत्महत्याको सहारा लिन पुग्छन् या बाँचे पनि मानसिक सन्तुलन गुमाउन पुग्छन् भन्ने तथ्यको पुष्टि गरेको छ ।
कथाकार घनश्याम ढकालको ‘प्रजातन्त्र’ शीर्षकको कथाले मानवमात्रको ‘भोग’ खाने प्रजातन्त्रको खिल्ली उडाउनुका साथै पुलिसप्रशासनबाहेक अन्य प्रशासनिक संयन्त्रलाई अकर्मण्य सावित गरेको छ । आतंककारीका नाममा मान्छे मारेर नदीमा मिल्काउने गरेको समसामयिक घटनासन्दर्भलाई यो कथाले अन्तर्वस्तु बनाएको छ । यसमा मान्छेको बलि खाने नाम मात्रको प्रजातन्त्रप्रति व्यङ्ग्यवाण प्रहार गरिएको छ, यही नै यस कथाको वैशिष्ट्य पनि हो । त्यसैगरी पूर्ण विरामको ‘धन्यवाद नेप्टे सार्की’ शीर्षकको कथाले पनि राज्यआतंकको प्रस्तुतिका साथै जनसेवकहरूलाई जनताले दुश्मनबाट कसरी बचाउँछन् भन्ने तथ्यमाथि प्रकाश पारेको छ । आना राम्रा कपडा नेप्टे सार्कीलाई दिई उसका थाङ्ना कपडा लगाएर सुरक्षित हुने राजनीतिक कार्यकर्ताको कुशलता एकातिर देखाइएको छ भने अर्कोतिर नेप्टे सार्कीले पुलिसबाट उसलाई बचाउन गरेको सहयोगको सह्राना यहाँ गरिएको छ । तर कथामा पूर्वापरप्रसंग भने त्यति मिलेको देखिन्न । अपरिचित युवकले आनो परिचय नै नदिइकन थाङ्ना लुगा माग्नु, नेप्टे सार्कीले खुरुक्क पुराना लुगा दिएर युवकका नयाँ लुगा राख्नुमा कार्यकारण श्रृंखलाका बीचको अन्विति भएझैं लाग्दैन ।
(घ) रमेश विकलको ‘अनधिकृत बस्ती’, मातृका पोखरेलको ‘छोराको भाग्य’, सोमनाथ सुवेदीको ‘परिवर्तन’ र विनोद के.सी.को ‘आश्रित’ कथाले बहुदलको पुनस्र्थापनापछिका विशिष्ट विषयसन्दर्भलाई कथाको कथ्य बनाएका नभई नेपाली समाजमा विद्यमान वर्गीय संरचना तथा त्यसअन्तर्गत हुने शोषण र उत्पीडनको प्रतिविम्बन गरेका छन् । यी कथाले समसामयिक शासन व्यवस्था र त्यसअन्तर्गतका विसंगत अवस्थासँग विशिष्ट रूपले सम्बन्धित नभई नेपाली समाजमा विगत लामो समयदेखि रहँदै आएको शोषण र उत्पीडनको परम्परागत स्वरूपलाई प्रतिविम्बित गरेका छन् र वर्गीय समाजमा हुने विषम आर्थिक, सामाजिक संरचनाको तीखो आलोचना गरेका छन् ।
बाढी र पैरोले सताइएका पीडित जनहरू तराईमा झरेर जंगल फाँडी बसोबास गरेको र त्यो बस्ती अनधिकृत हो भनी गाविस अध्यक्ष रविलालले उजुरी दिई छोड्न लगाएर पछि त्यही जमीन आनो नाममा बनाएको घटनासन्दर्भलाई रमेश विकलको ‘अनधिकृत बस्ती’ कथाले अगाडि सारेको छ । सुरुमा पीडित जनहरूलाई वन फाँड्न लगाएर काठ पनि हजाम पार्ने र पछि उनीहरूले बनाएको सुुन्दर बस्ती पनि हडप्ने रविलाल नामुद सामन्त हो, जसको कुकृत्यको भण्डाफोर यस कथामा भएको छ तर पीडितजनहरू तराईतिर झर्नुको कारण भने त्यति चित्तबुझ्दो देखिन्न । त्यसैगरी हाम्रो जस्तो वर्गीय समाजका मान्छे जन्मेर निर्धारण हुने भाग्यको स्वरूप पनि वर्गीय नै हुन्छ भन्ने तथ्यलाई मातृका पोखरेलको ‘छोराको भाग्य’ कथाले स्पष्ट पारेको छ । यहाँ मुखिया र रिठ्ठेको छोराको जन्म एउटै समयमा भएर पनि मुखियाको घरमा न्वारनको चहलपहल छ तर रिठ्ठेको घरमा सुत्केरी भोकै छ । त्यस्तो अवस्थामा पनि मुखियाले रिठ्ठेको घरबारी आनो नाममा भएको घुर्की देखाउँछ, त्यसैको परिणाम रिठ्ठेले वर्गीय समाजमा भाग्यको स्वरूप पनि वर्गीय भएको चाल पाउँछ । तर त्यस्तो परिणामको कारकतŒव र उपचारको खोजी रिठ्ठेले गर्न सकेको छैन । यसको ठीक विपरीत जीवनभर मालिक अवसरमानको दास बनेर बसेको मेहनतबहादुरमा भने वर्ष दिनको दशैंमा साहुले नपत्याएपछि प्रतिशोधको ज्वाला दन्केको घटनासन्दर्भलाई विनोद के.सी.को ‘आश्रित’ कथामा औंल्याइएको छ । यस कथाको नायकपात्र मेहनतबहादुर आफू जीवनभर ठगिनुको रहस्य बुझेर जसरी जुर्मुराएको छ र विद्रोहको मसाल बोक्ने चेष्टा गरेको छ, त्यसरी मातृका पोखरेलको ‘छोराको भाग्य’ कथाको रिठ्ठे जुर्मुराउन नसकी लुसुक्क भाग्यको सहारा लिन पुगेको छ । छोरो जन्मने बित्तिकै मुखियाको छोराको भाग्य र आनो छोराको भाग्य एउटै हो भन्न तम्सेको रिठ्ठेले मुखियाले घरखेत हडप्ने धम्की दिँदा पनि कुनै प्रतिक्रिया नजनाउनुले ऊ अग्रगामी दिशातर्फ अगाडि बढ्न नसकी भाग्यमै रुमलिएको छ । एकपटक आनो चारित्रिक एवम् वैचारिक निष्ठालाई उँचो बनाएको मान्छे कसरी पतन हुन्छ र अन्त्यमा चाकडी र अवसरवादको सहारा लिनपुग्छ भन्ने तथ्यलाई सोमनाथ सुवेदीको ‘परिवर्तन’ कथामा प्रस्तुत गरिएको छ । विषयको गम्भीरता नहुनुले यो कथा सामान्य बनेको छ ।
(ङ) समसामयिक एवम् सान्दर्भिक विषयलाई समेट्न नसकेका तथा कम महŒवका विषयमा अल्झेका कथा पनि यहाँ देखिन्छन् । हरिहर खनालको ‘प्रदूषण’, नारायण ढकालको ‘प्रतिबद्धता’, राजेन्द्रप्रसाद अधिकारीको ‘बेग्लाबेग्लै रंगका चश्मा’ विवश बस्तीको ‘घण्टको उत्पत्ति’, शिवशंकर न्यौपानेको ‘कसम’ आदि कथाले समसामयिक राजनीतिक, आर्थिक तथा सामाजिक–सांस्कृतिक क्षेत्रका घटनासन्दर्भ तथा राष्ट्रिय जीवनमा प्रभावी भूमिका खेल्दै आएका सम्वेदनशील विषयको उद्घाटन गर्न सकेका छैनन् । सबै कथाकारले सदैव सम्वेदनशील विषयलाई कथामा समान रूपमा अवतरित गराउन सक्दैनन् र लेखिए जति कथा सबै राम्रा नै नहुन पनि सक्छन्, तर यथार्थवादी स्रष्टाले आफू बाँचेको समाज र राष्ट्रिय जीवनको प्रतिनिधि यथार्थको छनोटमा विशेष ध्यान दिनु आवश्यक छ किनभने पाठकको रुचि पनि तत्कालीन जीवनको प्रतिनिधि यथार्थको आस्वादन गर्नुमा हुने गर्दछ । यस कित्ताका कथामध्ये हरिहर खनालको ‘प्रदूषण’ कथाले छाडा प्रकृतिको गीत÷संगीतले समाजलाई प्रदूषित पारेको तथ्यलाई अगाडि सारेको छ, जुन केही हदसम्म सामयिक पनि देखिन्छ । राजेन्द्रप्रसाद अधिकारीको ‘बेग्लाबेग्लै रड्डका चश्मा’ कथाले प्रत्येक मान्छेबाट समदृष्टिको अपेक्षा राखेको छ तर हाम्रोजस्तो वर्गीय समाजमा त्यस्तो संभव देखिन्न । त्यसैगरी विवश बस्तीको ‘घण्टको उत्पत्ति’ कथाले भगवान्प्रतिको अवधारणा र भगवान्को अकर्मण्यताप्रति व्यङ्ग्य गरेको छ ।
४. निष्कर्ष
२०४६ सालयताको नेपाली जीवनपरिवेश नै समकालीन कालखण्ड हो, समसामयिक समय–सन्दर्भ हो । बहुदलीय व्यवस्थाको पुनस्र्थापना भएपछि यस अन्तर्गतका बेथिति र उत्पीडनले नेपाली समाज आक्रान्त बन्न पुग्यो । राजनीतिक, आर्थिक तथा सामाजिक शोषण–उत्पीडनका साथै दिन प्रतिदिन बढ्दै गएको राज्यआतंक र जनहत्याले विकराल रूप लिएको छ । यही समकालीन नेपाली समाजको यथार्थ हो भने यही यथार्थको प्रतिबिम्बन समकालीन कथाकारले समयसापेक्ष एवम् वस्तुसापेक्ष रूपमा गरेका छन् । यो समयमा एकातिर कलामूल्यको निर्वाह नभएका अकथा पनि लेखिएका छन् भने अर्कोतिर समकालीन कालखण्डको प्रतिनिधि यथार्थलाई उपेक्षा गरेर वा त्यसलाई पकड्न नसकेर गौण महŒवको विषयसन्दर्भका कथा पनि लेखिएका छन्≤ यो समकालीन कथालेखनको नकारात्मक एवम् कमजोर पाटो हो । कथालेखनका सन्दर्भमा अपेक्षित कलामूल्यको समुचित निर्वाह गर्दै वर्तमान नेपाली समाज र जीवनपरिवेशमा विद्यमान प्रतिनिधि यथार्थको प्रतिविम्बन गरेर कथासिर्जना गर्ने कथास्रष्टा निरन्तर गतिमान् रहेका छन् र अग्रगामी दिशातर्फ उन्मुख छन्≤ यो समकालीन कथालेखनको सकारात्मक एवम् सबल पाटो हो ।
‘वेदना’ (कथाविशेष)का कथाको वैशिष्ट्यगत सर्वेक्षण गर्दा पनि माथि उल्लिखित यही सन्दर्भको पुष्टि भएको छ । ‘वेदना’मा प्रकाशित पाँचवटा कथा र उन्नाइसवटा लघुकथामध्ये कलामूल्यका दृष्टिले धेरै कथा सबल छन् र केही दुर्बल पनि छन् । त्यसैगरी यथार्थको चयन वा पकडका दृष्टिले अधिकांश कथा यथार्थका सम्वेदनशील पक्षको प्रतिविम्बन गर्न सफल भएका छन् भने केही कथा विषयको संकटमा अल्झिएका पनि छन् । समसामयिक एवम् प्रतिनिधिमूलक विषयको चयन गरिएका तथा कलामूल्यको समेत समुचित निर्वाह भएका कथाहरूमा ‘सम्वेदना माध्यम’, ‘प्रजातन्त्रको गणित’, ‘अध्याँरामा अजामील’, ‘ऐठन’, ‘प्रजातन्त्र’, ‘आइते गुट र मड्डले गुट’ ‘धन्यवाद नेप्टे सार्की’, ‘एकादेशको एउटा निर्णय’ आदि देखिन्छन् भने समसामयिक एवम् सान्दर्भिक विषयवस्तुको चयन गरिएका तर कलामूल्यका दृष्टिले केही कमजोर रहेका कथाहरूमा– ‘अन्तराल’, ‘विसंगतिको एउटा पाटो’, ‘चोर चिहान’, ‘बर्खास्त’ आदि देखिन्छन् । त्यसरी नै ‘अनधिकृत बस्ती’, ‘प्रदूषण’, ‘छोराको भाग्य’, ‘आश्रित’, ‘प्रतिबद्धता’, ‘छिर्के नेता’ आदि कथाले शिल्पसंरचनाका दृष्टिमा ठीकै भए तापनि समसामयिक विषयसन्दर्भलाई पक्रन सकेका छैनन् ।
‘वेदना’मा प्रकाशित कथाले २०४६ सालयता मुलुक र मुलुकबासी कङ्गाल जनले भोग्नुपरेका बेथिति र विसंगतिका केस्राकेस्रा केलाउने काम गरेका छन् । यी कथाले एकातिर सत्तास्वार्थ र राजनीतिक दाउपेचका निम्ति हुने गरेको लुछाचुँडीको परिदृश्य प्रस्तुत गरेका छन् भने अर्कोतिर आर्थिक शोषण र उत्पीडनको समेत लेथ्नो काढ्ने काम गरेका छन् । त्यसैगरी सरकारद्वारा चलाइएको हत्या तथा राज्यआंतकको विरोध गर्नुका साथै जनस्तरबाट भएगरेका बलिदानीपूर्ण घटनासन्दर्भ र भावनाको पनि प्रतिबिम्बन गरेका छन् । ‘वेदना’का केही मात्र कथाले आलोचनात्मक यथार्थवादका सीमालाई नाघ्न सकेका छैनन् भने अधिकांश कथाहरू वर्तमानको सत्तासंरचना र त्यस अन्तर्गतका विसंगतिको तीखो आलोचना गर्दै गणतन्त्रात्मक चेतनाको सम्प्रेषण गर्न सक्षम भएका छन् ।
(स्रोत : वेदना साहित्यिक त्रैमासिक, पूर्णाङ्क ६५, वर्ष २९, अंक १, असार २०५९ )