~निनु चापागाईं~
प्रगतिशील लेखक संघ, नेपालको वार्षिक कार्यक्रम र योजनाअनुसार मोफसलका विभिन्न ठाउ“मा सम्पन्न गोष्ठी एवं छलफलका क्रममा यी पंक्तिका लेखकले त्यहा“का अधिकांश साहित्यकार मित्रहरूबाट उठाइएका लगभग एउटै प्रकृतिका केही प्रश्नहरूको सामना गर्नुपरेको थियो । प्रगतिशील साहित्य र प्रगतिवादी साहित्यका बीच के समानता छ र के भिन्नता छ ?, आमूल परिवर्तनकारी राजनीतिक पार्टीमा आबद्ध नभएको रचनाकार प्रगतिवादी हुन सक्छ कि सक्दैन ?, शब्दमा प्रगतिवादलाई समर्थन गरेर हि“डिरहेको साहित्यकार ईशपूजक छ भने उसलाई कसरी हेर्ने ? वा आजको प्रगतिवादी साहित्य कस्तो हुनुपर्छ ? वरिष्ठ एवं कनिष्ठ र खासगरी नवोदित प्रतिभाबाट उठाइएका यस्तै किसिमका प्रश्नहरूको सरल र सहज उत्तर नभए पनि यो लेख यसरी उठेका कतिपय प्रश्नहरूको उत्तरस“ग भने अवश्य नै गा“सिएको छ ।
आजको अवस्थामा प्रगतिवादी साहित्य कस्तो हुनुपर्छ भनी कसैले प्रश्न गरेको खण्डमा एकदमै छोटोमा र अमूर्त किसिमले जवाफ दिन सकिन्छ– प्रगतिशील साहित्यले आजको नेपालको गतिशील यथार्थलाई कलात्मक उच्चतासहित सक्रिय रूपबाट प्रतिबिम्बन गर्नुपर्दछ । तर प्रगति र यथास्थितिका बीचको द्वन्द, प्रगतिशीलता र प्रगतिवादका बीचको भिन्नता, यथार्थवाद र समाजवादी यथार्थवाद (प्रगतिवाद) का बीच रहेको समानता र भिन्नता, समाजवादी यथार्थवादका विशेषताहरू र आजको नेपालको अवस्था, खासगरी आर्थिक, राजनीतिक अवस्थाका बारेमा सही दृष्टिकोण र समझदारी नबनाई गहन र विस्तृत जवाफ भने पाउन सकिन्न ।
प्रगतिशील साहित्य जीवनजगत्को विकासशीलतामा आस्था राख्ने रचनादृष्टिको सिद्धान्त हो । यथास्थितिले गतिशीलताको विरोध गर्दछ र प्रगतिको चाहना यथास्थितिको विरुद्ध क्रियाशील नभई प्राप्त हुनै सक्तैन । यथास्थिति र प्रगति यसरी भिन्न स्थितिका द्योतक हुन् । त्यसैले प्रगतिशील साहित्य त्यस्तो साहित्य हो– जसले नेपाली जनताले वर्तमान अवस्थामा भोग्नुपरेको दुर्दशा र आजको यथास्थितिको विरुद्धमा आफूलाई गतिशील बनाउ“छ । यस्तो साहित्यले नेपाली जनताको कसैको थिचोमिचो र हैकम (विदेशी वा स्वदेशी) बाट मुक्त भएर स्वाभिमानस“ग बा“च्न चाहने, वर्ग, जाति, लिड्ड, धर्म जस्ता असमानताबाट मुक्त हुने र काम नगर्नेले खान पाउ“दैन भन्ने विचारलाई चरितार्थ गर्ने आवश्यकता र अकांक्षालाई व्यक्त गर्दछ र तिनको शोषण, उत्पीडनविरोधी आवाजलाई मूर्तता प्रदान गर्दछ । त्यसैले सामन्तवादको पूर्ण उन्मूलन, अधिकतम रूपबाट श्रमजीवी जनताका पक्षमा राजनीतिक स्वतन्त्रताको प्राप्ति, विदेशी निर्भरता एवं नियन्त्रणमुक्त, स्वनिर्भर अर्थतन्त्रको निर्माण, विदेशी थिचोमिचोविरोधी देशभक्तिपूर्ण भावना र आम श्रमजीवी जनताको महत्तालाई अस्वीकार गर्ने साहित्य प्रगतिशील साहित्य हुन सक्दैन । प्रगतिशील साहित्य वास्तवमा, यथास्थितिको विपक्षमा, प्रतिगमनको विरुद्धमा र जनहितकारी परिवर्तनको पक्षमा यथार्थलाई प्रतिबिम्बन गर्ने साहित्य हो । प्रगतिशील साहित्य कुनै निश्चित दर्शनमा प्रतिबद्ध नहुने कारणले पू“जी र श्रमका बीचको अन्तर्विरोधको समाधानमा यसले प्रस्तुत गरेका सुझावहरू सही र वस्तुगत नहुन पनि सक्दछन्, तर यसले जनतामा विकसित हु“दो परिवर्तनकारी आकांक्षालाई गहन वस्तुगतता, सत्यनिष्ठता र इमानदारीसाथ प्रस्तुत गर्दछ र जनताले चाहेको समाजपरिवर्तनको आन्दोलनलाई सहयोग पु¥याउ“छ । सबैभन्दा महŒवपूर्ण कुरो प्रगतिशील साहित्य मूलतः यथार्थवादी हुन्छ ।
वस्तुजगत् र त्यसका विविध रूपहरू मात्र सत्य हुन् र तिनको आनो ठोस वस्तुगत अस्तित्व हुन्छ, व्यक्तिका निजी इच्छा, अनिच्छाबाट ती स्वतन्त्र हुन्छन् भन्ने चिन्तनका आधारमा यथार्थवादी रचनाविधि र दृष्टिको विकास भएको छ । यसले सम्पूर्ण विश्व, मानवजीवन, मान्छेका विचार तथा अनुभूतिलाई आनो विषयवस्तु बनाउने गरेको छ र यो नै यसको सिद्धान्त पनि हो । वस्तुगत यथार्थप्रति इमानदारी, यथार्थको अनुसन्धान एवं अन्वेषण, यथार्थको सत्यपरक चित्रण र सत्यप्रति अविचल निष्ठा यथार्थवादको मुख्य विशेषता हो । यथार्थवाद यथार्थको जस्ताको तस्तै बाह्य विवरण नभएर वर्णन गरिएका घटनाहरूको आन्तरिक सारको प्रस्तुति हो । यसको विशेषता नै यथार्थको महŒवपूर्ण पक्षहरूमा गहिरोस“ग अन्तप्र्रवेश गर्नु, यथार्थलाई तिनको समग्रतामा वा पूर्णतामा व्यक्त गर्नु र ‘विशिष्ट परिस्थितिमा विशिष्ट पात्रहरू’लाई सही रूपमा उभ्याउनु हो । यसले व्यक्तिगत रुचि, अरुचि, भ्रम र विभ्रमभन्दा माथि उठेर यथार्थको गहन, सत्यपरक चित्रण गर्न साहित्यकारस“ग माग गर्दछ । यथार्थवादी साहित्यको पहिलो शर्त रचनाको विषय यथार्थ वा जीवन जस्तो छ, त्यस्तै हुनु हो भने दोस्रो शर्तचाहि“ यथार्थवादी साहित्यकार आनो मस्तिष्कलाई कत्ति पनि उपयोग नगर्ने फोटोग्राफर र प्रकृतिवादी नहुनु हो । प्रकृतिवादीका विपरीत यथार्थवादी साहित्यकारले यथार्थलाई संसाधन गर्दछ, अनावश्यक विवरणहरू का“टछा“ट गर्दछ र प्रस्तुत यथार्थका खास विशेषताहरू छर्लड्ड हुनेगरी प्रस्तुत गर्दछ ।
यथार्थवादको सार भनेको यसले प्रस्तुत गर्ने समाजको विश्लेषण हो । यस्तो विश्लेषणभित्र समाजमा विद्यमान मानवहरूको जीवन, मानिसहरूको बीचको सामाजिक सम्बन्ध, व्यक्ति र समाजका बीचको सम्बन्ध र समाजको आनै संरचनाको अध्ययन, चित्रण र विश्लेषण समावेश भएको हुन्छ ।
यथार्थवादको सारका रूपमा मानिएको सामाजिक विश्लेषणले साहित्यकारलाई जीवन या यथार्थका सारभूत विशेषता एवं तिनका नियमहरूलाई जान्न र त्यस अनुरूप चित्रण गर्न उत्प्रेरित गर्दछ । किनभने यसले यथार्थको सोझो फोटोकपी (प्रतिलिपि)लाई एकातिर मान्यता दिंदैन भने अर्कातिर अनियन्त्रित संवेगहरूको क्रीडाभूमिका रूपमा यथार्थको आत्मगत प्रस्तुतीकरणलाई पनि अस्वीकार गर्दछ । यथार्थवादले यसका विपरीत मानिस र सामाजिक वातावरणका वास्तविक अन्तर्विरोधलाई एकै ठाउ“मा राखेर सामाजिक सम्बन्धहरूको द्वन्दात्मकतालाई बुझ्न र चित्रण गर्न, तिनलाई आनो प्रस्थानविन्दु बनाउ“छ । लेखकले आत्मगत रूपबाट स्वेच्छाचारी तरीकाले घटनाहरूको अर्थ र सारलाई प्रस्तुत गर्न खोज्यो भने जीवन तथा जनता जस्ता छन्, त्यही रूपमा तिनको सामान्यीकरण गर्न सक्तैन ।
जीवन र जगत् अनुरूपको साहित्य र सामान्यीकरणको माध्यमबाट त्यसको प्रस्तुति यथार्थवादको निजी विशेषता हो । यस्तो सामान्यीकरण गर्दा विशिष्ट वा खास खास घटनाको माध्यमबाट विभिन्न सामाजिक शक्तिहरूको गति र प्रतिगतिको सामान्य स्वरूपलाई प्रस्तुत गरिन्छ । प्रतिनिधि परिस्थितिमा प्रतिनिधि पात्रहरूको प्रस्तुति यसै अन्तर्गत पर्दछ । लेखकले व्यक्ति पात्रमार्फत् समूह एवं वर्गका पात्रहरूको चित्रण गर्दछ र एउटा खास परिस्थितिको चित्रणबाट उसले त्यस्ता थुप्रै परिस्थितिहरूप्रति संकेत गर्दछ । त्यसले व्यक्ति र प्रतिनिधि दुवैको प्रतिनिधित्व गर्दछ । यसलाई प्रारूपीकरण ९त्थउषष्अबतष्यल० पनि भन्ने गरिन्छ ।
सामाजिक संघटनामा विद्यमान कार्यकारण सम्बन्धको खोजी पनि प्रारूपीकरणले गर्दछ । मान्छेको जीवन र सामाजिक जीवनद्वारा बन्ने कुनै कृतिको विषयवस्तु, पात्रको आन्तरिक संसार र चरित्रलाई यथार्थवादले चरित्रको व्यक्तिगत नियतिस“ग कार्यकारण सम्बन्धमा रहेका विभिन्न प्रारूपित परिस्थितिको उपज ठान्दछ । त्यसैले प्रारूपित चरित्र एक किसिमको सामाजिक शक्तिबाट बनेको हुन्छ । यस्तो प्रारूपित चरित्रले आफू जुन वातावरणको उत्पादन हो, त्यस वातावरणका मुख्य निर्णायक विशेषताहरूलाई समायोजन र संयोजन गरेको हुन्छ । यी विशेषताहरू स्वयं प्रारूपित चरित्र र उसको नियतिका माध्यमबाट प्रकट हुन्छन् ।
यथार्थवादी साहित्यको कार्यकारणभाव घटनाहरूको यान्त्रिक अनुक्रम, हरेक कडी आउ“दो कडीस“ग गा“सिएको सिक्रीको रूपमा प्रकट हु“दैन । यस्तो दृष्टिकोण त प्रकृतवादको मात्रै हुन्छ । प्रकृतवादले यथार्थको फोटोग्राफिक प्रतिलिपि उतार्दछ, मुख्य तथा सारभूत विशेषताहरूमा भेद नगरी तिनलाई एकै ठाउ“ मिसमास पार्दछ र प्रायः सामान्य अस्पष्ट वा ढाकछोप हुनेगरी विशिष्टलाई प्राथमिकता दिएर प्रस्तुत गर्दछ र प्रत्यक्षतया बाहिर स्पष्ट नदेखिने गरी सतहमुनि रहेका र यसको गतिलाई निर्धारित गर्ने जीवनप्रक्रियाहरूलाई प्रकाशमा ल्याउन असफल हुन्छ । यथार्थवादले उक्त सबै विषयमा विपरीत दृष्टि अवलम्बन गर्दछ । यथार्थवादमा कार्यकारणभाव सम्पूर्ण कृति र यसका अंशहरू, विवरणहरूको असांयोगिक प्रकृति, कथानकको सुसंगत विकास र पात्रहरूका बीचको सुसंगत सम्बन्ध र मजबुत जगको संरचनामा मात्र व्यक्त हु“दैन, सबैभन्दा बढी ऐतिहासिक दृष्टिकोणमा व्यक्त हुन्छ । ऐतिहासिक दृष्टिकोणभित्र इतिहासमा द्वन्दरत वर्गस्वार्थका बीचको संघर्ष, उदीयमान तŒवको विजय एवं मरणशील तŒवको पराजय र इतिहासनिर्माताका रूपमा जनताको समर्थनजस्ता विषय पर्दछन् ।
यथार्थवादको अर्को महŒवपूर्ण विशेषता लेखकका विचारहरू अमूर्त धारणामा व्यक्त नभएर मूर्त चित्र वा बिम्बमा प्रकट हुनु हो ।
स्वभावैले साहित्य प्रकृति र मानवजीवनका मूल पक्षहरूलाई चित्रण गर्दछ तापनि यथार्थवाद यथार्थको प्रतिलिपि मात्र होइन । साहित्यकारले आनो दृष्टिकोण र सिर्जनात्मक कल्पनाको सहयोगले यथार्थलाई पुनरुत्पादन गरेर आनो रचनामा प्रस्तुत गर्दछ । त्यसैले यसमा वस्तुगत यथार्थका साथै साहित्यकारको निजी दृष्टिकोण, उद्देश्य र व्यक्तित्व समेत प्रकट हुन्छ । लेखक कहिल्यै पनि आनो समयको तटस्थ वृत्तआलेखक हुन सक्दैन । प्रत्येक प्रतिभासम्पन्न लेखकले आनो कृतिमा यथार्थको चित्रण गर्दा कुनै न कुनै सन्देश व्यक्त गरेको हुन्छ र आनो विश्वदृष्टिकोणलाई समेत प्रतिबिम्बित गरेको हुन्छ । उसले आफू क्रियाशील रहेको युगका आफूलाई सही लागेका विचारहरूको समर्थन र बेठीक लागेका विचार एवं पक्षको विरोध गरेकै हुन्छ । यद्यपि लेखकको इतिहाससम्बन्धी आत्मगत धारणा, यसको वस्तुगत सारतŒवस“ग सधैं अनुकूल रहने स्थिति नहुन पनि सक्दछ ।
त्यसो भएर पनि यथार्थवादी लेखकले गतिशील यथार्थको विकासको निरन्तर अनुसन्धान तथा सामाजिक सम्बन्धहरूको व्याख्या–विश्लेषण गरेर समकालीन व्यक्तिगत एवं सामाजिक जीवनको आधिकारिक चित्र प्रस्तुत गरेको हुन्छ । पात्रहरूको मानसिक संसार, उनीहरूको विचार एवं व्यवहारविधिलाई प्रभावित पार्ने युगका वास्तविक संघर्षहरूलाई चित्रण गर्न र मानवव्यक्तित्वमाथि अतिविध्वंशक प्रभाव पार्ने सामाजिक खराबीहरूको स्रोत फेला पार्न यथार्थवादी लेखकहरू सफल रहेका छन् । वस्तुगत यथार्थको मार्मिक चित्रण, सत्यप्रति अविचल निष्ठा, व्यवस्थाजन्य विकृतिहरूको निर्मम आलोचना र उद्घाटन, चित्रणको समग्रता र समाजको संश्लेषणात्मक विश्लेषण, प्रतिनिधि परिस्थितिमा प्रतिनिधि पात्रहरूको प्रस्तुति, यथार्थको उपस्थापनको माध्यमद्वारा रचनाकारको विचारको अभिव्यंजना यथार्थवादका उपलब्धिहरू हुन् ।
यहा“निर के कुरा ख्याल राख्नु आवश्यक छ भने उन्नाइसौं शताब्दीको शुरुमा प्रगतिको सामाजिक आधारको प्रश्न कला, साहित्य र समाजविज्ञानको एउटा प्रमुख विषय बन्न पुगेको थियो । जीवनका व्यावहारिक पक्षहरूको अनुसन्धान गर्न र वस्तुगत गतिशीलतालाई पक्रन असफल परिष्कारवाद (शास्त्रीयतावाद) समयको भावनाभन्दा पछि परिरहेको थियो र यसले उक्त प्रश्नको जवाफ दिन सकिरहेको थिएन । यसले क्रमशः साहित्यकलाको विकासमा भा“जो हालिरहेको थियो र यो प्रतिक्रियाको वैचारिक हतियार बनिरहेको थियो । जस्तोसुकै कुरा स्वीकार गर्नु परे पनि परिवर्तनको पक्ष भने पटक्कै नलिने, सामन्ती व्यवस्थाका दृढ पक्षधरहरूले यसलाई आनो झण्डा बनाएका थिए । यही कारण स्वच्छन्दतावाद र यथार्थवादले यसलाई आनो भीषण आक्रमणको तारो बनाए । सामन्तवादको आर्थिक–वैचारिक संरचनालाई ध्वस्त बनाउने फ्रान्सको क्रान्तिको अवधिमा त्यही उद्देश्यसहित शुरुमा पू“जीपतिवर्गको स्वार्थ लिएर यथार्थवादको पुनरुत्थान भएको थियो ।
स्वच्छन्दतावाद जन्मिएको एउटै ऐतिहासिक भूमिमा यथार्थवादको पुनरुत्थान भएको थियो र ऐतिहासिक प्रगतिको दिशा र यसको वास्तविक सार प्रस्तुत गर्नुपर्ने उस्तै वैचारिक कार्यभारको सामना दुवैले गर्नुपरेको थियो । यथार्थवाद र स्वच्छन्दतावाद दुवै क्रान्तिपछिको पू“जीवादी यथार्थ व्यक्तिका लागि प्रतिकूल छ भन्ने निष्कर्षमा पुगेका थिए । तर क्रान्तिकारी स्वच्छन्दतावादीहरूचाहि“ साधारणतया पू“जीवादको सामाजिक आलोचनामा मात्र सीमित रहे भने यथार्थवादीहरूले चाहि“ यसमा सामाजिक विश्लेषण पनि थपे । यसको चरित्र आलोचनात्मक र मानिस र उसको रहेको वातावरण, मनुष्य र समाजका बीचको सम्बन्धको चित्रणविधि भने संश्लेषणात्मक थियो । यसरी यसले “स्वतन्त्र” पू“जीवादतिर विकसित हु“दो क्रान्तिपछिको समाजमा अन्तर्विरोधको सामाजिक प्रवृत्तिलाई अघि ल्यायो । क्रान्तिकारी स्वच्छन्दतावादले प्रायः विशिष्ट महŒव राख्ने जीवनको एउटा पक्षलाई वा मानवीय चेतनालाई सामान्य बनाएर अतिरञ्जित रूपमा प्रस्तुत गर्दछ र कार्यकारण सम्बन्धमाथि चासो राख्दैन भने यथार्थवादले जीवनलाई समग्रतामा प्रस्तुत गर्दछ, जीवनका विविध पक्षलाई एक–अर्कामा निर्भर, कार्यकारण भावहरूद्वारा निर्धारित सम्बन्धसूत्रहरूको रूपमा समग्रतामा चित्रण गर्दछ । हामी यसैलाई आलोचनात्मक यथार्थवाद भन्ने गर्दछौं । यही यथार्थवादी साहित्यका विशेषता र लक्षणहरू नै प्रगतिशील साहित्यका विशेषता र लक्षणहरू हुन् ।
प्रगतिवाद, आलोचनात्मक यथार्थवादभन्दा उच्चस्तरको यथार्थवाद हो । प्रखर यथार्थबोध, वस्तुगत यथार्थको इमानदारीपूर्ण चित्रण, दृढ सत्यनिष्ठता, उत्पीडित जनसामान्यप्रति अतिशय संवेदनशीलता, बाहिरी र भित्री पक्षसहित सम्पूर्ण युगको चित्रण, गहिरो सामाजिक रुचि, सामन्ती तथा पू“जीवादी समाजव्यवस्थाको अमानवीयता र नैतिक पक्षको निर्मम आलोचनाजस्ता उपलब्धिहरूबाट चिनिए पनि आलोचनात्मक यथार्थवादका आना सीमाहरू छन् । समाजविकासका नियमहरूका बारेमा वैज्ञानिक एवं सही ज्ञानको अभावका कारण आलोचनात्मक यथार्थवादले वर्गसंघर्ष, सामाजिक असमानता, धनी र गरिब, शोषक र शोषितमा समाजको विभाजनलाई चित्रण गरेर पनि पू“जी र श्रमका बीचको द्वन्दलाई कसरी समाधान गर्ने वा त्यसबाट कसरी मुक्त हुने सार्थक र वैज्ञानिक समाधान दिन सकेन । पू“जीवादी समाजको आक्रमणकारी प्रकृति र शोषक चरित्रको आधार के हो र यसको समाप्ति कसरी हुन्छ । यसबारेमा रचनात्मक सुझाव प्रस्तुत गर्न सकेन । यस विषयमा आलोचनात्मक यथार्थवादले धेरैजसो खास दिशाको संकेत नै गर्दैन भने संकेत गरेको खण्डमा पनि त्यो वस्तुसंगत हु“दैन र सम्झौतावादी, विज्ञानविरोधी र यथार्थविरोधी हुनपुग्छ ।
उन्नाइसनौं शताब्दीको मध्यतिर यूरोपमा पू“जीवादी विकासको चर्को र स्पष्ट अन्तर्विरोध देखापरेपछि पू“जीपति वर्गले सबैतिर सर्वहारा वर्गलाई ढाड भा“चिने कठोर परिश्रम र भयानक कष्टको जीवन बा“च्न कारखाना प्रणालीको हत्कडी लगायो । शोषणको निर्मम र कपटी क्रूरताले वर्गसंघर्षलाई तीब्र बनायो र सन् १९४८ को क्रान्तिकारी परिस्थितिको विकास ग¥यो । यसले ऐतिहासिक क्रियाकलापमा एउटा नया“ सामाजिक शक्ति–सर्वहारा वर्गको नेतृत्वमा जनसमुदाय–लाई अघि ल्यायो । यसले श्रमजीवी वर्गको क्रान्तिकारी चेतनाको निर्माणका निम्ति मात्र होइन, मजदुर वर्गको दार्शनिक तथा राजनीतिक ज्ञानको निर्माणको परिस्थिति पनि सृजना ग¥यो । पू“जीवादी विचारकहरू वर्गसंघर्ष, सामाजिक असमानता, धनी र गरिब, शोषक र शोषितका बीच समाजको विभाजन ल्याउने पू“जीवादी उत्पादनलाई पूर्णतया स्वाभाविक, न्यायपूर्ण र एकमात्र संभावित उत्पादनप्रणाली मान्दथे । तर अब वैज्ञानिक समाजवादले पू“जीवादी उत्पादनपद्धतिका ठाउ“मा सामूहिकतावादको सिद्धान्तमा आधारित सामाजिक सम्बन्धहरूका नया“ रूपहरू निर्माण गर्ने संभावनालाई पुष्टि गर्न थाल्यो । यसले सामाजिक असमानता, धनी–गरिब र शोषक–शोषितका बीच समाजको विभाजनको कारण निजी सम्पत्ति हो र त्यसको उन्मूलन भएको खण्डमा मानवद्वारा मानवमाथि हुने शोषणका सम्पूर्ण रूपहरू समाप्त हुनेछन् भन्ने निष्कर्ष निकाल्यो र यही चिन्तनको आधारमा समाजवादी यथार्थवादको उदय भयो । विश्वमा स्थापित समाजवादी राज्यसत्ताहरूले त्यसलाई प्रमाणित गरेर पनि देखाए ।
समाजवादी यथार्थवाद भनेको समाजवादी आदर्श (साम्यवाद)लाई आत्मसात् गर्दै यथार्थलाई क्रान्तिकारी विकासका क्रममा सही तरीकाले प्रतिबिम्बित गर्ने पद्धति र दृष्टि पनि हो । जीवनसत्यको निरन्तर अनुसरण, क्रान्तिकारी विकासको क्रममा यथार्थको प्रतिबिम्बन, समाजवाद एवं साम्यवादको भावना अनुरूप जनतालाई वैचारिक एवं सौन्दर्यात्मक शिक्षा दिने कार्यभार, जनप्रतिबद्धता, पार्टीप्रतिबद्धता र विचारधारात्मक प्रतिबद्धता समाजवादी यथार्थवादका आधारभूत विषयहरू हुन् । आलोचनात्मक यथार्थवादको आवेगपूर्ण शक्ति समकालीन समाजको आलोचना, निषेध र सामाजिक अन्यायको तिरस्कारमा व्यक्त हुन्छ भने समाजवादी यथार्थवादको आवेगपूर्ण शक्ति चाहि“ जीवनप्रतिको आशावादी सकारात्मक अनुगमनमा व्यक्त हुन्छ । यसले सबै किसिमका सामाजिक असमानता र अन्यायको विरोध गर्दछ र सामाजिक प्रगतिको संवाहकका रूपमा सर्वहारा वर्ग र क्रान्तिकारी जनसमुदायको नया“ समाजको निर्माणको प्रयत्न र संघर्षको कलात्मक जीवनी प्रस्तुत गर्दछ । मानिस एवं समाज, जीवन तथा परिस्थितिको संश्लेषणात्मक विश्लेषण, प्रस्तुत गरिएको यथार्थको कार्यकरणसम्बन्धको खोजी, जनसमुदायमा विकसित भैरहेको आत्मचेतनाको चित्रण, निजी व्यक्तित्वको प्रतिष्ठास“गै आफू संलग्न सामाजिक वर्गको सहजवृत्ति र दृष्टिकोणको प्रतिनिधित्व गर्ने प्रतिनिधि पात्रहरूको सिर्जना, संघर्षको अग्रपंक्तिमा रही विकसित हु“दो सक्रिय नायकको सृष्टि, वर्गसंघर्षको अस्तित्व र व्यक्तिमाथि त्यसले पार्ने प्रभाव देखाउनमा सीमित आलोचनात्मक यथार्थवादको सीमालाई पार गरी वर्गसंघर्षको स्वभाविक परिणामको प्रस्तुति र समाज सम्पूर्णमा त्यसले पारेको प्रभावको चित्रण, पू“जीवाद, पू“जीवादी समाज, त्यसको नैतिक सिद्धान्त र त्यसले उत्पन्न गरेको मानव अपकर्ष र मानवको पाशवीकरणको गहन चित्रणका साथै पू“जीवादी विचार, नैतिकता र संस्कृतिको सार्वभौम, सर्वव्यापी आलोचना र समाजवाद र समाजवादी व्यवस्थाको निर्माणप्रति आवेगपूर्ण समर्थन समाजवादी यथार्थवादका विशेषता हुन् ।
कुनै आमूल परिवर्तनकारी राजनीतिक संगठनमा रचनाकार संलग्न होस् वा नरहेको होस्, उसले रचना गरेको साहित्यले यी विशेषताहरू अ“गाल्दछ भने उक्त रचनाकार निर्विवाद रूपबाट प्रगतिवादी साहित्यकार प्रमाणित हुन्छ । आना रचनाका माध्यमबाट यी विशेषताहरूलाई व्यक्त गर्न असक्षम साहित्यकार आमूूल परिवर्तनकारी राजनीतिक संगठनमा आबद्ध भएकै खण्डमा पनि प्रगतिवादी हुन सक्दैन । कुनै पनि रचनाकारको मूल्याड्ढनको आधार उसको रचना हुन्छ– रचनाकार स्वयं मात्र होइन ।
प्रतिबद्धता र स्वतन्त्रताका प्रसंगमा स्पष्ट हुनुपर्ने विषय के हो भने प्रगतिवादले रचनकारस“ग विश्वदृष्टिकोण तथा विचारधारामा मात्र प्रतिबद्धताको माग गर्दैन, जीवनमा सक्रिय संलग्नताको माग समेत गर्दछ । यसका निम्ति र प्रगतिवादका विशेषताहरूको परिपूर्तिका निम्ति पार्टी प्रतिबद्धताले थप सहयोग पु¥याउ“छ, हानि होइन । कुनै इमानदार प्रगतिवादी लेखक पार्टी प्रतिबद्ध छैन र विशेष परिस्थितिवश स्वतन्त्र छ भने पनि उसले विचारधारात्मक प्रतिबद्धता, जनप्रतिबद्धता र पार्टीप्रतिबद्धता जस्ता प्रगतिवादका विशेषताका विरोधमा कलम चलाउन सक्दैन ।
आमूल परिवर्तनको पक्षमा रहने कुनै पनि साहित्यकारले आमूल परिवर्तनको प्रक्रियालाई गति दिने, त्यसलाई संगठित गर्ने र निर्देशित गर्ने राजनीतिक पार्टीको विरोध गर्दछ र त्यसको विरोधका क्रममा राजनीतिप्रति नै वितृष्णा जगाउने काम गर्दछ भने त्यस्तो साहित्यकारका बारेमा भने सचेत रहनुपर्दछ । शब्द र कार्यकाबीचको एकता प्रगतिवादको विशेषता हो । कसैले एकथोक भन्छ र कामचाहि“ त्यसको ठीक विपरीत गर्दछ भने हामीले मूल्याड्ढनको आधार कामलाई बनाउनु पर्दछ, भनाइलाई होइन । व्यवहार मूल्याड्ढनको कसी हो, कसैको पनि मूल्याड्ढन उसका व्यावहारिक क्रियाकलापलाई अलग्ग्याएर हु“दैन ।
सारांशमा यही नै प्रगतिवाद हो । प्रगतिवादी साहित्य सबै नै प्रगतिशील हुन्छ, तर सबै प्रगतिशील साहित्य भने प्रगतिवादी हुन सक्दैन । प्रगतिशीलता र प्रगतिवादलाई छुट्याउने आधारभूत तŒव रचना र रचनाकारले स्वीकार गरेको विश्वदृष्टिकोण हो । प्रगतिवादी साहित्य र साहित्यकारले द्वन्दात्मक भौतिकवाद र वैज्ञानिक समाजवादलाई आनो विश्वदृष्टिकोण बनाउनु अपरिहार्य हुन्छ । एकदमै ख्याल राख्नुपर्ने कुरा के हो भने समाजवादी यथार्थवादले अतीतका सबै काला पक्षहरूसहित अघि बढिरहेको वा सामन्ती तथा पू“जीवादी दासताका सम्पूर्ण विभीषिका वा आनो अस्तित्वको रक्षा गर्न प्रयत्न गरिरहेको पू“जीवादका सबै नृशंसताका साथ मानवजातिको चित्रण गर्दछ ।
प्रगतिवादले समकालीन यथार्थलाई समग्रतामा बोध वा संज्ञान गराउनु र मानिसका सौन्दर्यात्मक आवश्यकता पूर्ति गर्नुलाई मात्र साहित्यको कार्यभार मान्दैन । साहित्यलाई केवल जीवन र समाजको व्याख्या–विश्लेषण एवं आलोचनाको रूपमा हेर्ने दृष्टिकोणलाई पनि यसले अपर्याप्त ठान्दछ । प्रगतिवादले साहित्यलाई यथार्थ र यथार्थचेतनाको सम्बन्धलाई बोध गराउने साधनका अतिरिक्त सामाजिक चेतनाको निर्माण एवं शोषणमा आधारित समाजव्यवस्थामा सामाजिक जीवनको परिवर्तनको माध्यम समेत ठान्दछ । साहित्यको सामाजिकता र सामाजिक प्रयोजनलाई स्वीकार गर्ने अन्य साहित्य सिद्धान्तभन्दा प्रगतिवाद किन भिन्न छ भने यसले साहित्यको सामाजिकता र प्रयोजनको मूल अर्थ नै साहित्य आमूल परिवर्तनको माध्यम हुनुमा हुन्छ भन्ने मान्दछ ।
सबैलाई थाहा भएको तथ्य के हो भने साहित्यले सीधा र प्रत्यक्षतया सामाजिक जीवनमा परिवर्तन ल्याउने काम गर्न सक्दैन । समाजमा आमूल परिवर्तन ल्याउने सामाजिक शक्ति सर्वहारा वर्ग एवं समाजका आम श्रमजीवी जनता हुन् भने आमूल परिवर्तनको प्रयत्नको मूल केन्द्र चाहि“ आर्थिक, राजनीतिक संघर्ष हो । साहित्यले यिनै सामाजिक शक्ति र संघर्षको क्षेत्रलाई सहयोग पु¥याएर मात्र आमूल परिवर्तनको प्रयत्नमा सहयोग पु¥याउन सक्दछ । सामाजिक यथार्थ एवं सामाजिक सम्बन्धको समग्रतालाई र जनताको सामाजिक संघर्ष एवं इतिहासको विकासप्रक्रियालाई चित्रण गरेर साहित्यकारले जनताको यथार्थबोध विकसित गर्न सकेको खण्डमा नै त्यस किसिमको साहित्यले आनो समाजरूपान्तरणकारी भूमिका निर्वाह गर्न सक्तछ । यसो गरेर साहित्यले जनचेतनालाई तीब्र र जागृत पार्दछ र पछि यही जागृत सामाजिक चेतना नै परिवर्तनकारी चेतनामा रूपान्तरित हुनपुग्दछ ।
यसरी नेपाली समाजको आजको वस्तुगत परिस्थिति, सामाजिक सम्बन्ध, जीवन–यथार्थ र चेतनाको स्वरूपलाई विश्वसनीय एवं यथार्थवादी तरीकाले चित्रण गर्ने, समाजव्यवस्था र त्यसभित्रको जनजीवनको यथार्थ स्थितिलाई छर्लड्ड हुनेगरी बोध गराउने, नेपालको रूपान्तरणको प्रक्रियामा सक्रिय रहेको नेतृत्व र त्यसका सहायक शक्तिहरूलाई चिनाउने, क्रान्तिकारी चेतनालाई दरिलो बनाउने, विकासशील शक्तिहरू अर्थात् सर्वहारा वर्ग र श्रमजीवी जनताहरूलाई जुनसुकै कुराहरूको बारेमा पनि सही किसिमले सोच्न, बुझ्न र त्यसअनुरूप काम गर्न सक्षम बनाउने र रूपान्तरणको संघर्षमा दिशा, दृष्टि र गति दिने कार्य गर्नुमा नै साहित्यको परिवर्तनकारी भूमिका व्यक्त हुन्छ । यथार्थका प्रमुख पक्षहरू, समाजको मुख्य अन्तर्विरोध, समाजले समाधानका निम्ति माग गरेका मुख्य समस्याहरू आदिलाई यथार्थवादी तरीकाबाट प्रतिबिम्बन गर्न सकेमा मात्र साहित्यले आनो यो भूमिका पूर्ति गर्न सक्दछ । आज नेपालको अर्धसामन्ती, अर्धऔपनिवेशिक शोषणयुक्त सामाजिक संरचना नै सम्पूर्ण उत्पीडित नेपाली जनताको प्रगति, आर्थिक विकास र समुन्नतिमा बाधक बन्न पुगेको छ । यस सामाजिक संरचनालाई जोगाएर राख्ने प्रयत्नमा शोषकवर्गीय शक्तिहरू लागेका छन् र तिनका विरुद्धको संघर्षमा नेपालको सर्वहारा वर्ग र अन्य उत्पीडित वर्गहरू रहेका छन् । यही कारण वर्तमान सामाजिक संरचनालाई ध्वस्त पारेर नया“ जनवादी सामाजिक संरचनाको निर्माण गर्ने नेपाली जनताको यथार्थका साथै तिनको संघर्षलाई गहन र जीवन्त रूपबाट प्रतिबिम्बित गर्ने, समाजका अग्रणी विचारहरूलाई उद्घोष एवं पुष्टि गर्ने र विकासशील शक्तिहरूको हितको रक्षामा साहित्य लेख्ने कार्यलाई प्रगतिवादले विशेष महŒव दिनु परेको हो ।
परस्परविरोधी वर्गमा विभाजित हाम्रो जस्तो समाजमा सबल, गतिशील शक्ति र विकासको स्रोत भनेको वर्गसंघर्ष हो र पुरानोको उन्मूलन र नया“, प्रगतिशील समाजव्यवस्थाको स्थापनाको कारक तŒव– सामाजिक क्रान्ति– वर्गसंघर्षको उच्चतम रूप हो । नेपाली समाजको आमूल परिवर्तनको माध्यम बन्न यही कारण साहित्यले वर्गसंघर्ष एवं सामाजिक क्रान्तिको पक्षमा आवश्यक भूमिका निर्वाह गर्नु अनिवार्य हुन्छ । उत्पादनका साधन एवं श्रमका उत्पादनमाथिको निजी स्वामित्व नै त्यस्तो आधार हो, जसले समाजलाई वर्गविभाजित गर्दछ । वर्गीय शोषण एवं समाजको वर्गीय विभाजनको आधार यही निजी सम्पत्ति र स्वामित्व नै हो । जुन समाजमा उत्पादनका साधन र श्रमको उत्पादनमा सबैको समान हैसियत हुन्छ, त्यहा“ न वर्ग हुन्छ, न त मानवले मानवमाथि गर्ने कुनै किसिमको शोषण नै हुन्छ । त्यसैले सामाजिक असमानता, गरिबी, अव्यवस्था, शोषण–उत्पीडन, कलहजस्ता सामाजिक खराबीहरूबाट उन्मुक्तिका निम्ति वर्गहीन समाजको स्थापना अनिवार्य शर्त मानिन्छ । त्यस्तो समाजको स्थापनाको लक्ष्य वर्गसंघर्षलाई उपेक्षा गरेर, ढाकछोप गरेर वा शोषक वर्गस“ग सम्झौता गरेर होइन, उत्पीडित वर्गभित्र वर्गचेतना अधिकतम मात्रामा विकसित गरेर र वर्गसंघर्षलाई तीब्रतम पारेर मात्र पूरा हुनसक्दछ । यही कारण, प्रगतिवादले परस्परविरोधी शक्तिका बीच चल्ने संघर्षलाई विशदता र समग्रतासाथ चित्रण गर्ने, समाजमा रहेका आधारभूत र प्रमुख अन्तर्विरोधलाई ठीक ढंगले व्यक्त गर्ने, वर्गसंघर्षस“ग सम्बन्धित र समाजले सरोकार राखेका विषयलाई प्राथमिकता दिने, आर्थिक, राजनीतिक र विचारधारात्मक जस्ता वर्गसंघर्षका विविध रूपहरूलाई प्रतिविम्बित गर्ने र साहित्यमा वर्गको महŒवलाई विशेष रूपबाट विकसित गर्ने कार्यलाई अत्यावश्यक ठान्दछ ।
साहित्य समाजको एउटा विचारधारात्मक अधिरचना हो । सत्तारूढ वर्गहरूले समाजलाई आनो स्वार्थ अनुकूल ढाल्न साहित्यलाई उपयोग गर्दै आएका छन् र ऐतिहासिक विकासअनुसार शोषक वर्गका विरुद्ध सचेत भएका वर्गहरूले पनि संघर्षको हतियारका रूपमा यसको उपयोग गरिरहेका छन् । नेपालमा प्रगतिवादी साहित्यको इतिहास यसैको ज्वलन्त उदाहरण हो । जसरी शासक वर्गको आर्थिक–राजनीतिक स्वार्थ शासित वर्गको स्वार्थस“ग टक्कराउ“छ, त्यसरी नै शासक वर्गको साहित्य–संस्कृतिस“ग शासित वर्गको साहित्य–संस्कृतिले अनिवार्यतया टक्कर लिनैपर्दछ । यसले विचारधारा, राजनीति, कला–साहित्य, नैतिकता जस्ता विषयहरूमा सर्वहारावर्गीय मूल्यमान्यता विकसित गर्नैपर्दछ र यी सबै विषयमा शासक वर्गले अघि सारेका मूल्यमान्यतामाथि आक्रमण गर्र्नैपर्दछ । वास्तविक साहित्य जनताका सौन्दर्यात्मक आदर्शहरू, न्याय तथा भलाइका बारेमा तिनका सोचहरू र स्वतन्त्रता र सुखका निम्ति तिनले गरेका आमूल परिवर्तनकारी संघर्षको मूर्तरूप हो । प्रगतिवादी साहित्यले आनो यो दायित्वबाट कहिल्यै पनि पलायन गर्न मिल्दैन । आजको प्रगतिवादी साहित्यले सामन्तवाद–साम्राज्यवाद (तिनका प्रतिनिधि नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल सद्भावना पार्टी, दरबार र भारतीय एकाधिकारी पू“जीपति वर्ग र संयुक्त राज्य अमेरिकाले नेतृत्व गरेको विश्वसाम्राज्यवाद)को विरुद्ध हुने संघर्षमा क्रान्तिकारी उत्साह र प्रेरणा दिने, नया“ जनवादी आर्थिक–राजनीतिक व्यवस्थाको पक्षमा मत जाहेर गर्ने, मजदुर–किसान र निम्न–पू“जीपति वर्गका बीचमा एकता विकसित गर्ने र शासक वर्गप्रति घृणा उत्पन्न गर्ने कार्य गतिशील यथार्थको प्रतिबिम्बनको माध्यमबाट गरेको खण्डमा मात्र यसले वास्तवमै आमूल परिवर्तनको संघर्षलाई सहयोग पु¥याउन सक्तछ ।
आजको सन्दर्भमा प्रगतिवादी साहित्यको मूल दायित्व वर्तमान अर्धसामन्ती अर्धऔपनिवेशिक नेपालको शोषक–शासक समाजव्यवस्था र सामाजिक सम्बन्धहरूमा आमूल परिवर्तनका निम्ति उत्पीडित जनतामा आवश्यक चेतना जगाउनु र सामाजिक सम्बन्धहरूको एवं गतिशील यथार्थ र चेतनाको स्वरूपलाई सत्यपरक ढंगबाट यथार्थवादी तरीकाले प्रतिबिम्बित गरी एकातिर उत्पीडित जनसमुदायलाई जीवनको वास्तविकताबोध गराउनु हो भने अर्कातिर आमूल परिवर्तनकारी वर्ग र त्यसका सहायक मित्रशक्तिहरूलाई ब्यू“झाउ“दै आमूल परिवर्तनकारी चेतनालाई दरिलो बनाउने दिशा र दृष्टि दिनु हो । आफूलाई आमूल परिवर्तन तथा मानवमुक्तिको पक्षमा क्रियाशील बनाउन प्रगतिवादी साहित्यकार त्यतिखेर मात्र सक्षम र प्रभावकारी हुनसक्छ– जतिखेर उसले पू“जीवादी व्यवस्थाको विकल्पलाई मानवमुक्तिको प्रारम्भ ठानी पू“जीवादी व्यवस्था, संस्कृति र विचारधाराका विरुद्ध विद्रोह गर्दछ, सर्वहारावर्गको उद्देश्यसहित आनो रचनाशीलतालाई गा“सेर सृजना गर्दछ, इतिहासप्रक्रियाको केन्द्रीय कारण वर्गसंघर्ष हो भन्ने मान्दछ र साहित्यको वर्गीय स्वरूपलाई अंगीकार गर्दछ ।
सिद्धान्ततः यो कुरालाई स्वीकार गरेर पनि जनताका वर्गीय दुश्मनहरूस“ग मित्रवत् व्यवहार गर्ने, कतिपय सन्दर्भमा वर्गीय दृष्टिलाई परित्याग गर्ने र निर्वर्र्गीय मूल्य–मान्यता र चिन्तनलाई विस्तार गर्ने, आफूलाई आमूल परिवर्तनको पक्षधर मान्ने तर वर्तमान संसदीय प्रजातन्त्रलाई संस्थागत र सुदृढ गर्ने राजनीतिक वृत्तको प्रभावबाट आज कतिपय ‘प्रगतिवादी’ साहित्यकारहरू मुक्त हुन सकिरहेका छैनन् । वर्तमान नेपाली क्रान्तिको आधारभूत शत्रु सामन्त वर्ग, दलाल एवं नोकरशाही पू“जीपति वर्ग, विदेशी एकाधिकार पू“जीवाद र अन्तर्राष्ट्रिय साम्राज्यवाद हुन् भन्नेजस्ता कुराहरूलाई स्वीकार गरेर पनि यिनका विरुद्धको संघर्षलाई तीब्रता दिन आनाकानी गर्ने, वर्तमान शासनप्रणालीको वर्गचरित्रलाई प्रतिक्रियावादीका रूपमा मान्न अस्वीकार गर्ने र संसदीय प्रजातन्त्रलाई ‘संस्थागत र सुदृढ’ बनाउने कथित कार्यनीतिलाई व्यवहारमा रणनीतिक रूपमा अघि बढाउने राजनीतिको प्रभावस्वरूप केही साहित्यकारहरू पू“जीवादी साहित्यिक वृत्तमा फेला पर्ने स्थितिवादी यथार्थवाद (यथास्थितिवाद), नकारात्मक यथार्थवाद (यथार्थका नकारात्मक पक्षको चित्रणमा सीमित रहने, गुनासो गर्ने, विलाप गर्ने, गाली गर्ने) र यथार्थको सट्टा विविध किसिमका रुमानी भ्रमहरू प्रस्तुत गर्ने कार्यमा सीमित हुन खोजिरहेका देखिन्छन् । वास्तवमा यो आजको नेपालको अवस्था र आज स्थापित शासनव्यवस्थालाई सही रूपबाट बोध गर्न नसकेको स्थितिबाट उत्पन्न समस्या हो । २०४६ सालको जनआन्दोलनको परिणामस्वरूप शासनव्यवस्थाको रूपपक्षमा परिवर्तन आए पनि सारपक्षमा कुनै भिन्नता आएको छैन । हिजो पञ्चायतकालमा समाजको संरचना जस्तो थियो, आज पनि त्यही नै छ । नेपाली जनताका शत्रु र मित्र वर्गमा पनि खासै परिवर्तन आइसकेको छैन । आज पनि नेपाली जनता हिजोजस्तै शोषकवर्गको शोषण–उत्पीडन झेल्न बाध्य छन् । यस्तो अवस्थामा संवैधानिक राजतन्त्र र संसदीय व्यवस्थामाथि प्रहार गर्नुपर्ने आवश्यकता र औचित्यबारे अन्योल र अस्पष्टता रहनुपर्ने कुनै कारण देखिंदैन ।
वास्तवमा नेपालको वर्तमान अवस्था के हो र त्यसलाई कसरी हेर्ने ? यस सम्बन्धमा पनि केही चर्चा गर्नु आज अत्यावश्यक भएको मलाई लाग्दछ ।
हाम्रो देश नेपाल सामाजिक विकासको हिसाबले धेरै नै पछौटे, एक अर्धसामन्ती तथा अर्धऔपनिवेशिक सामाजिक संरचना भएको मुलुक हो । लामो समयदेखिको स्वदेशी
(सामन्ती) एवं विदेशी (औपनिवेशिक) शोषण–उत्पीडनका कारण आज विश्वका अधिकतम गरिब देशहरूको पंक्तिमा सबैभन्दा माथि यसको नाउ“ आउ“छ । नेपालमा आज व्याप्त अभाव, गरिबी, उत्पादनको असमान वितरण, लैंगिक एवं वर्गीय असमानता, बेरोजगारी, अशिक्षा, असुरक्षाको स्थिति, मह“गी, भ्रष्टाचार, हत्या, राज्यआतंक जस्ता अनगिन्ती सामाजिक रोगहरू यिनै स्वदेशी–विदेशी उत्पीडनका परिणाम हुन् । यसले के प्रष्ट पार्दछ भने सामन्तवादको पूर्ण उन्मूलन, संयुक्त राज्य अमेरिकाद्वारा नेतृत्व गरिएको विश्व साम्राज्यवाद, विशेषतः भारतीय विस्तारवादको विरुद्ध देशको स्वाधीनताको संरक्षण एवं विदेशी निर्भरता र नियन्त्रण हटाई स्वनिर्भर अर्थतन्त्रको निर्माण र अधिकतम रूपबाट जनताका पक्षमा राजनीतिक स्वतन्त्रता हासिल गर्नु नेपाली जनता र मुलुकका सामु रहेका खास समस्याहरू देखा पर्दछन् । यिनलाई संक्षिप्तमा नेपाली जनता र मुलुकसामु रहेका राष्ट्रियता, जनतन्त्र र जनजीविकाका आधारभूत समस्या पनि भन्न सकिन्छ ।
२००७ सालमा राणाशाहीको अन्त भएर देशले अन्तर्राष्ट्रिय रंगमंचमा प्रवेश गरेको पचास वर्ष बितिसक्दा पनि सामन्त–दलाल एवं नोकरशाह वर्गका शासकहरूको वर्गीय स्वार्थअनुसार स्वदेशी साधनस्रोत र विदेशी सहयोगको दुरुपयोगको कारणले गर्दा नेपालले उल्लेखनीय प्रगति गर्न सकेको छैन । मुठ्ठीभर मानिसहरू झन् झन् धनी बन्दैछन् भने झन् झन् बढी संख्यामा आम श्रमजीवी जनता गरिबीको रेखामुनि खस्क“दैछन् । रगतपसिना एकगरी मेहनत गर्ने जनताको निम्ति बा“च्ने समस्या अधिकतम रूपमा गम्भीर र जटिल बन्दो छ । त्यतिमात्र होइन, भारतीय शासक वर्गको विस्तारवादी नीतिहरूको कारणले गर्दा राष्ट्रिय संप्रभुता र क्षेत्रीय अखण्डतामाथि खतरा बढ्दो छ र सत्ताधारीहरूको साम्राज्यवादी तथा भारतपरस्त नीतिले यस खतरालाई झन् बढी गम्भीर बनाइरहेको छ ।
२०४६ सालको जनआन्दोलनले तीस वर्षको निरंकुश पञ्चायती शासनलाई ढाले पनि देशको अर्धसामन्ती एवं अर्धऔपनिवेशिक सामाजिक संरचनामा भने कत्ति पनि परिवर्तन ल्याएको छैन । पञ्चायती व्यवस्थाको अन्त भएको र देशमा संसदीय प्रजातन्त्रको बहाली भएको पनि बाह्र वर्ष बितिसकेको छ । यस अवधिमा बनेका लगभग एक दर्जन सरकारहरूले जनताको दुःखमाथि दुःख थप्ने वा वर्गीय शोषणलाई कायम राख्ने बाहेक कुनै पनि उल्लेखनीय सकारात्मक कामहरू गर्न सकेका छैनन् । थप उल्टो तिनले आर्थिक, सामाजिक एवं सांस्कृतिक सबै क्षेत्रमा अरू बढी संकटहरू थप्दै गएका छन् र राष्ट्रियताको समस्यालाई अत्यन्त गम्भीर बनाएका छन् । सन् १९१६ को सुगौली सन्धिद्वारा तत्कालीन ब्रिटिश भारतले नेपाललाई अर्धऔपनिवेशिक बनाउने कार्य गरे तापनि सन् १९२३ को व्यापार सन्धि, १९५० को शान्ति तथा मैत्री सन्धि जस्ता असमान सन्धिहरू लगायत कोशी–गण्डकी सम्झौता, सन् १९६५ को गोप्य सुरक्षासन्धि आदिका कारणबाट मुलुकको राष्ट्रियतामा धेरै प्रतिकूल असर पारिसकेको थियो । संसदीय व्यवस्थाको पुनर्बहालीपछि बनेका सरकारहरूले नेपालका सम्पूर्ण नदी, बजार र भारतीय मुद्रालाई साझा बनाउने २० जुन १९९० को नेपाल–भारतको संयुक्त विज्ञप्ति, टनकपुरको सन्धि, प्रम मनमोहन अधिकारीको पालामा बनेको महाकाली प्याकेजको घातक अवधारणाअनुरूप शेरबहादुर देउवाको पालामा भएको महाकाली सन्धि लगायतका विभिन्न सन्धि–सम्झौताद्वारा लगातार राष्ट्रघातमा सहयोग पु¥याउ“दै आएका छन् । केही सांसद्हरूको विरोधलाई अपवादका रूपमा राखेर हेर्ने हो भने नेपालको संसद्मा कथित राष्ट्रिय पार्टीहरूको सहमति र एकता यही राष्ट्रघातको विषयमा मात्र बन्न पुगेको देखिन्छ । पञ्चायतकै पालादेखि दार्चुलाको साढे सात लाख रोपनीभन्दा बढी जमीन भारतीय सेनाको कब्जामा अद्यावधि रहिरहेको छ र पचासौं ठाउ“मा भारतले सीमाअतिक्रमण गरिरहेका समाचारहरू हामी दिनदिनै पढिरहेका छौं । देशको आर्थिक, राजनीतिक क्षेत्रमा भारतीय विस्तारवाद र पश्चिमी साम्राज्यवादी शक्तिहरूको हस्तक्षेप निरन्तर बढिरहेको कुरा जगजाहेर जस्तै छ । यो सबै कुराले नेपालको राष्ट्रिय स्वाधीनता र अखण्डता खतरामा पर्दै गएको छ । कथित आतंकवादलाई समाप्त पार्ने निहु“मा अमेरिकालगायतका पश्चिमी साम्राज्यवादी देशको सहयोग खोज्ने शासकवर्गको प्रयत्न र त्यस्ता शक्तिहरूको आडभरोसा लिने व्यवहारले देशको शासनमा तिनको प्रत्यक्ष संलग्नता देखा पर्न थालेको छ र देश एक किसिमले तिनको नवउपनिवेशभन्दा अझ गंभीर अवस्थाबाट गुज्रिनु परिरहेको छ ।
मुलुकको अर्थतन्त्रको अवस्था पनि राष्ट्रिय अर्थतन्त्रको विनाश र कंगालीकरणको दिशातिर अघि बढिरहेको छ । एकातिर राष्ट्रिय अस्मिता बेचेर र देश चुसेर पालैपालो सत्तामा पुग्ने नेता र मुठ्ठीभर शासकहरूको जीवनस्तर यूरोपेली तहमा पुगेको छ भने अर्कातिर पूरै देश कंगालीकरणको नमूना बन्न पुगेको छ । देशको एकहत्तर प्रतिशतभन्दा बढी जनसंख्या निरपेक्ष गरिबीको रेखामुनि जीवन गुजार्न विवश छ । मुलुकको वैदेशिक ऋण तीस अर्बबाट बढेर दुई सय अर्बको हाराहारीमा पुगेको छ र आज प्रत्येक नेपालीको शिरमा करिब दश हजार वैदेशिक ऋण्ँको भार छ । विदेशबाट प्राप्त सहायता अनुदान एवं अरबौंको ऋण र नेपाली जनताले तिरेको राजश्वबाट नमूनायोग्य कुनै विकास–निर्माणको काम शासकहरूले गरेर देखाउन सकेका छैनन् । भ्रष्टाचार र कमिशतन्त्रले संसदीय राजनीति र प्रशासनलाई ख्वाल्र्याप्पै निलेको छ । सरकारी स्वामित्वमा भएका केही कलकारखानाहरू र संस्थानहरू समेत बेचेर भ्रष्टाचार गर्ने काम भएको छ । अरबौंको बजेटघाटा, सरकारी कार्यालयको करोडौंको बेरुजु, अरबौंको व्यापारघाटा, विश्वसाम्राज्यवादले सिफारिश गरेको आर्थिक समायोजन, उदारीकरण, निजीकरण तथा खुल्ला बजार नीतिले राष्ट्रिय अर्थतन्त्र ध्वस्त जस्तै बनेको छ । विश्व बैंक, एशियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्राकोष तथा तिनका नेपाली दलालहरू र एन.जी.ओ., आई.एन.जी.ओ. मिलेर मुलुक चुसिरहेका छन् र देशलाई आनो औंलामा नचाइरहेछन् । शिक्षा, स्वास्थ्य जस्तो विषय व्यापार बनेको छ । संकटकाल र सैनिक खर्चको निम्ति भैरहेको व्यभारले अर्थतन्त्र चल्न नसक्ने स्वीकृतिमा भएको कुरो राष्ट्र बैंकका गभर्नर नै गर्न थालेका छन् । देशको सबैभन्दा सृजनशील जनशक्ति युवा पुस्ताको एउटा ठूलो भाग रोजगारको खोजीमा विदेशिन र पराइको कमारो बन्न बाध्य भएको छ । बेरोजगारी र अर्धबेरोजगारीका कारण युवा पुस्ता विकृति, उच्छृङ्खलता र अराजकतातिर धकेलि“दो छ । उद्योगको विकास नाम मात्रको छ । औद्योगिक उत्पादनका नाममा रक्सी, वियर, चुरोट र कोकाकोलाको उत्पादन बढेको छ । विकासको नाममा केही ठूला होटलहरू, रेष्टु“रा, फनिर्सिड्ड हाउसहरू, ब्यूटीपार्लरहरू, सिनेमाघरहरू, सुपरमार्केटहरू र बोर्डिङ स्कूलहरू खुलेका छन् । राज्यआतंक र संकटकालका कारण ती पनि आज टाटपल्टिसकेको स्थितिमा पुगेका छन् । औंलामा गन्न सकिने शोषकहरूका केही ठूला विलासी ढंगका महलहरू बनेका छन् । देशलाई रातोदिन हलोकोदालो गरेर पालिरहेको कृषिप्रधान देशको कुल असी प्रतिशत जनता सबैभन्दा बढी मुलुकमा व्याप्त गरिबी, अभाव, पछौटेपन, रोगभोक र सामन्ती उत्पीडनको शिकार भएको छ । पा“च लाखभन्दा बढी कृषि–श्रमिक परिवार पूर्ण सुकुम्बासी अवस्थामा छ भने करिब त्यत्ति नै परिवारस“ग तीन कठ्ठाभन्दा कम मात्र जमीन छ । एकातिर देशको एक दशमलब पा“च प्रतिशत बसिखाने शोषकहरूको हातमा पन्ध्र प्रतिशत खेतीयोग्य जमिन छ भने अर्कोतिर देशका सत्तरी प्रतिशत गरिखाने किसानको हातमा केवल तीस प्रतिशत जमिन छ । अझ रमाइलो कुरा त के छ भने किसानहितको कुरो गरेर नथाक्ने सत्तारूढ पार्टीहरूले केही समयअघि मात्र मोहीलाई बेदखली गर्ने र आइन्दा किसानले जग्गाधनीको जमिनमा जति रगतपसिना पोखे पनि मोहियानी हक दावी गर्न नपाउने किसानमारा कानून पारित गरेका छन् । सिंचाइ सुविधाको अभाव, सस्तो रूपमा बीउविजन नपाउने समस्या, बैंकहरूको चक्रबृत्ति व्याजले किसानहरू क्रमशः सुकुम्बासी हुन बाध्य भैरहेका छन् ।
आज ०४६ सालको जनआन्दोलनबाट प्राप्त सीमित प्रजातान्त्रिक अधिकारमाथि समेत ठाडो अतिक्रमण भइरहेको छ । कथित प्रजातन्त्रमा रहेको फासिष्ट चरित्र आज प्रष्टतया मुखरित भइरहेको छ । शासक वर्गले संविधानले प्रदान गरेको वैधानिकतालाई निर्लज्ज उल्लंघन गरिरहेको छ । माओवादी समस्याको समाधानको मुख्य उपायको रूपमा चारैतिर प्रतिक्रियावादी हिंसा एवं श्वेतआतंक मच्चाइएको छ । यही क्रममा राज्यआतंक र नरहत्याका घटनाहरूमा दिनदिनै तीब्रता आइरहेको छ ।
त्यति मात्र नभएर आज संसदीय राजनीति पदलोलुपता, विलासी प्रवृत्ति, सुखसुविधा, पैसाको निम्ति जस्तोसुकै काम गर्न पछि नपर्ने घृणित खेलमा परिणत हुन पुगेको छ । संसद्वादी पार्टीका नेताहरू र सांसद्को एक मात्र काम कुर्सीको खोसाखोस र सत्ताको लागि मारामारमा सीमित रहेको छ– संसदीय प्रजातन्त्रको पुनर्बहाली यता । सांसद् र मन्त्रीहरू पैसामा किनबेच हुनु, रातो पासपोर्ट व्यापार गर्नु, चेलीबेटी बेचबिखन गर्नु, पजेरो–प्राडोको निम्ति हुरुक्क हुनु र त्यसको व्यापार गर्नु, सुरासुन्दरीको ओसारपसार गर्नु र नानाथरी भ्रष्टाचारमा चुर्लुम्म डुबेर भ्रष्ट बन्नु आज सामान्य संसदीय आचरण बन्न पुगेको छ । कुर्सी हत्याएपछि र राज्यको सा“चो हातमा पारेपछि जीवनका आदर्श, बाचा र इमान या“क्नु मन्त्री र सांसद्को निम्ति सहज कुरो भएको छ । सारांशमा नेपालको आजको अवस्था यही हो ।
मुलुकको यो गंभीर अत्यासलाग्दो अवस्थाका कारण जनतामा संसदीय व्यवस्थाप्रति असन्तोष बढ्नु र यसको विकल्पको खोजी हुनु अस्वाभाविक थिएन । आज कथित जनयुद्धले आफ्नो वर्चश्व स्थापित गर्नुमा उसको सही कार्यदिशा र नीतिको कारणभन्दा जनताको यही विकल्पको खोजीले बढी काम गरिरहेको छ भन्ने कुरा प्रष्ट नै छ । नेपालको वर्तमान अर्धसामन्ती अर्धऔपनिवेशिक सम्पूर्ण किसिमका शोषण–उत्पीडनबाट मुक्त साम्यवादी आदर्शअनुरूप नया“ जनवादी गणतन्त्रको स्थापना नेपालका आमूल परिवर्तनकारी शक्तिहरूले गर्दैआएका छन् र त्यसनिम्ति उनीहरू क्रियाशील पनि छन् । त्यस्ता शक्तिहरूमध्ये तुलनात्मक रूपमा वैचारिक हिसाबले बढी सही देखिएकाहरूले जनतामा आफ्नो वर्चस्व राम्ररी स्थापित गर्न नसकेको कारण खास खास सवालमा उग्रवामपन्थी, जडसूत्रवादी, अधिभूतवादी र व्यक्तिवादी–अराजकतावादी सोचहरूबाट र सामाजिक फासीवादी व्यवहारबाट ग्रस्त तथापि क्रान्तिकारी कित्तामा रहेको ‘जनयुद्ध’ चर्चा एवं आकर्षण–विकर्षणको विषय भएको छ ।
नेपालमा यथास्थितिको समर्थन गरेर प्रगतिवादी हुन सकिन्छ भन्ने अत्यन्त भ्रामक चिन्तन विकसित हुन खोजिरहेको देखिन्छ । यथास्थितिको समर्थन र प्रगतिको चाहना वास्तवमा एउटै कुरो होइन । वर्तमान सामाजिक संरचनालाई यथावत् राखेर त्यसभित्र सुधारका केही कामहरू गर्नु प्रगतिशील हुनु होइन । प्रगतिशील हुनका निम्ति वर्तमान सामाजिक संरचना एवं त्यसलाई टिकाउन प्रयत्न गर्ने शक्तिहरूको विरोध र तिनका विरुद्ध क्रियाशील रहेका वर्ग एवं जनसमुदायको स्वार्थको पक्षपोषण गर्नु अनिवार्य हुन्छ । तर एकथरी शक्तिहरू नेपाली समाज अर्धसामन्ती तथा अर्धऔपनिवेशिक अवस्थामा छ, सामन्तवाद, दलाल तथा नोकरशाही पू“जीवाद र साम्राज्यवाद तथा विस्तारवाद नेपाल र नेपाली जनताका आधारभूत शत्रुहरू हुन् भन्ने कुरालाई स्वीकार गर्दागर्दै पनि सामन्त, दलाल तथा नोकरशाह पू“जीपति वर्गको वर्तमान प्रतिक्रियावादी राज्यसत्ता र प्रतिक्रियावादी संसदीय व्यवस्थाले नेपाल र नेपाली जनताका उल्लेखित शत्रुहरूलाई नै सुरक्षा गर्ने काम गरिरहेको छ र नेपाली समाजको आमूल परिवर्तनमा बाधाव्यवधान खडा गरिरहेको छ भन्ने कुरोलाई चाहिं नेपाली जनताबाट लुकाउने काम गरिरहेका छन् । उनीहरू हाक्काहाकी वर्तमान संसदीय प्रजातन्त्रलाई ‘संस्थागत गर्ने’ र ‘सुदृढ बनाउने’ नारा अघि सारिरहेका छन् । वास्तवमा नेपाली समाजलाई आमूल परिवर्तन गर्ने कुरो र वर्तमान संसदीय व्यवस्थालाई सुदृढ पार्ने नारा पूर्णतया एकअर्काका विरोधी छन् । २०४६ को जनआन्दोलनबाट प्राप्त केही सीमित उपलब्धिहरूको सुरक्षाको नारा प्रगतिशीलहरूका निम्ति उपयुक्त भए पनि वर्तमान संसदीय व्यवस्थालाई सुदृढ गर्ने नारा भने सर्वथा गलत छ । किनभने संसदीय व्यवस्थालाई सुदृढ गर्नु भनेको यथास्थितिलाई मजबुत पार्नु र वर्तमान प्रतिक्रियावादी वर्गहरूको वर्गीय स्वार्थ र आम जनतालाई दमन गर्ने तिनको राज्यसत्तालाई नै अरू सुदृढ बनाउनु हो ।
यो विषयलाई वर्गीय रूपबाट नहेर्ने परिपाटीबाट सृजित समस्या हो । प्रजातन्त्र भनेको राज्यसत्ताको एउटा रूप हो र राज्यसत्ता सत्तारूढ वर्गद्वारा अर्को वर्गको विरुद्ध र जनसंख्याको एउटा हिस्साद्वारा अर्को हिस्साको विरुद्ध व्यवस्थित बलप्रयोगको संगठन हो । नेपालमा स्थापित संसदीय प्रजातन्त्र (पू“जीवादी प्रजातन्त्र) यही वर्गीय आधिपत्यको उपकरण बाहेक अरू केही होइन । यो सीमित, बन्देजयुक्त, छा“टका“ट पारिएको, झुठो, पाखण्डी र धनीहरूका लागि मात्र अनुकूलको छ । गरिबी र अभावमा जीवन बिताउनु परेकाहरूले यसको उपयोग गर्न सक्दैनन् । वर्गीय अन्तर्वस्तुका कारणले यसले सत्तारूढ वर्गहरूको हित र शोषणपद्धतिको रक्षा गर्दछ र आम नेपाली जनताको इच्छालाई त्यतिखेरसम्म मात्र क्रियान्वित गर्दछ जबसम्म त्यस इच्छाले सत्तारूढ वर्गको हितमा आघात पु¥याउ“दैन । अर्को यो फासिष्ट प्रवृत्तिबाट सर्वथा मुक्त पनि हु“दैन । शोषक–शासक वर्गहरूको हितलाई अघि बढाउन, आम जनतालाई दमन गर्न र धोखा दिनका लागि प्रजातान्त्रिक भनिने संस्था र अधिकारहरू उपयोग हुने स्थिति रहेसम्म तिनलाई क्रियाशील हुन दिइन्छ । तर श्रमिक जनताले आफ्ना जायज मागहरूको पक्षमा तिनको उपयोग गर्न थालेपछि र त्यस्तो उपयोगले शोषक वर्गहरूको हितमा धक्का पुग्न थालेपछि भने प्रजातन्त्रको वैधानिकतालाई च्यातचुत पारेर शोषकहरूले खुल्ला रूपमा हिंसा र आतंकका फासिष्ट तरिकाहरू प्रयोग गर्दछन् । जनताबाट आफ्नो पक्षमा विचारधारात्मक सहमति लिन असक्षम हुने वित्तिकै पू“जीवादी प्रजातन्त्रले तानाशाही रूप ग्रहण गर्दछ । आजको संकटकाल यसकै प्रमाण हो । नेपालमा सरकार–माओवादी वार्ताको अघिल्लो दिनसम्म भइरहेको संविधानप्रदत्त अधिकारहरूको उल्लंघन र अखण्ड हत्या, आतंक पनि त्यसैको उदाहरण हो ।
सामन्तवादविरोधी पू“जीवादी क्रान्तिको युगमा, ऐतिहासिक विकासको एउटा निश्चित चरणमा आएर पू“जीवादी प्रजातन्त्रको उत्पत्ति भएको थियो र प्रजातान्त्रिक गणतन्त्र, राष्ट्रपतीय शासनप्रणाली, संवैधानिक राजतन्त्र, संसदीय शासनप्रणाली र फासिष्ट शासन आदि विभिन्न रूपमा यो प्रकट हुने गरेको छ । पू“जीवादी प्रजातन्त्र सामन्ती अधिनायकवादी शासनका विरुद्ध जनताको संघर्षको परिणाम हो भने संवैधानिक राजतन्त्र चाहिं पू“जीवादी प्रजातन्त्रवादी र राजतन्त्रात्मक अर्थात् सामन्ती शक्तिहरूका बीचको सम्झौताको उपज हो । मध्ययुगीन निरंकुश राजतन्त्रात्मक व्यवस्थाका तुलनामा यो प्रगतिशील हुन्छ तापनि पू“जीवादी प्रजातन्त्र विशाल बहुसंख्यक श्रमजीवी जनतामाथि मुठ्ठीभर शोषकहरूको आधिपत्य राख्ने र तिनको हितको संरक्षण गर्ने साधन एवं पू“जीवादी अधिनायकत्व नै हो । आमूल समाज रूपान्तरणकारी विचारहरूको व्यापक प्रचारका लागि र वर्गसंघर्षको संगठन एवं विस्तारका लागि यसले निरंकुश शासनव्यवस्थामा भन्दा बढी अवसर एवं माध्यम प्रदान गर्दछ । यही नै यसको एक मात्र प्रगतिशील पक्ष हो । पू“जीवादी प्रजातन्त्रको यस प्रगतिशील पक्षलाई अतिरञ्जित गरेर सत्तारूढ वर्गबाट आर्थिक लाभ, पद एवं स–साना सहुलियतहरू लिएर सिद्धान्त एवं नीतिको परित्याग गर्नेहरू संसदीय प्रजातन्त्रलाई समाजको आमूल परिवर्तन ल्याउने काममा लगाउन सकिन्छ र शान्तिपूर्ण उपायबाट, संसद्मा बहुमत ल्याएर आमूल परिवर्तनको कार्यक्रम पूरा गर्न सकिन्छ, यस निम्ति क्रान्तिकारी वर्गसंघर्ष र सशस्त्र संघर्षको कुनै आवश्यकता छैन भन्ने निष्कर्ष निकाल्दछन् । यही कारण, उनीहरू आफ्ना सम्पूर्ण राजनीतिक तथा सांगठनिक गतिविधि यही विश्वासबाट निर्देशित गर्दछन् र पू“जीवादी संसद्लाई आफ्नो राजनैतिक क्रियाकलापको मुख्य क्षेत्र बनाउने गर्दछन् । त्यतिमात्र नभएर उनीहरू कतिपय सन्दर्भमा प्रजातन्त्रलाई अवर्गीय चीजको रूपमा समेत ग्रहण गर्दछन् । उनीहरूका दृष्टिमा संसदीय प्रजातन्त्रमा मौलिक प्रजातान्त्रिक अधिकारहरूको उपस्थितिका कारण, त्यहा“ कुनै वर्गको आधिपत्य रहेको हु“दैन । यो एकदमै गलत चिन्तन हो । मध्ययुगीन सामन्ती शासनव्यवस्थाका तुलनामा पू“जीवादी प्रजातन्त्र प्रगतिशील भए पनि यो प्रजातन्त्र अल्पसंख्यक केही शोषकहरूको वर्गीय हितको संरक्षण गर्ने साधन मात्र हो । वर्तमान सन्दर्भमा यस अन्तर्गत स–साना सुधारहरू, वर्गीय शोषणमा आमूल परिवर्तनकारी खतरा नपु¥याउने किसिमका सुधारहरू हुन सक्दछन्, जनसंघर्षको माध्यमबाट केही सहुलियतहरू प्राप्त हुन सक्दछन्, तर शोषक वर्गको हातबाट श्रमजीवी जनताको हातमा सत्ता स्थानान्तरण गर्ने र तत्कालीन शोषण–व्यवस्था उन्मूलन गरी नया“ समाजव्यवस्थाको निर्माण जस्तो महान्, गंभीर र आमूल परिवर्तनकारी काम पूरा हुन सक्दैन । त्यसका निम्ति त ठूलठूला वर्गसंघर्षको, क्रान्तिको अनिवार्यता हुन्छ, हुन्छ । पू“जीवादी प्रजातन्त्रको ठाउ“मा जनताको प्रजातन्त्र वा समाजवादी प्रजातन्त्रको स्थापना क्रान्तिकारी उपायबाट मात्र संभव छ ।
ज्या“ पाल सात्र्र कुनै प्रगतिवादी साहित्यकार होइनन् । उनी समेत के भन्ने गर्थे भने ‘कुनै युगको साहित्य आफ्नो युगलाई समग्रतामा आत्मसात् गर्नु बाहेक अरू के हो र ?’ आजको अवस्थामा प्रगतिवादी साहित्यकारले पनि आफ्नो युगलाई समग्रतामा आत्मसात् गर्दै त्यसलाई माथि उल्लेख गरिएको अवस्थाअनुरूप साहित्यमा प्रतिबिम्बन गर्न सक्नुपर्दछ । आफ्नो युगलाई अर्थात् यतिखेरको सामाजिक, आर्थिक, राजनीतिक अवस्थालाई समग्रतामा आत्मसात् गर्ने प्रक्रियामा नै साहित्यले आजको युगको यथार्थलाई उद्घाटित, निरूपित र प्रस्तुत गर्दछ । यस्तो खालको साहित्यबाट आफ्नो वास्तविक स्थितिका सम्बन्धमा परिचय प्राप्त गरेर नै जनताले आफ्नो मुक्तिको संघर्षलाई अघि बढाउने हो । साहित्यको आन्तरिक द्वन्दात्मक प्रक्रियाको एउटा विशेषता के हो भने एकातिर यसले सामाजिक यथार्थ, सामाजिक सम्बन्धहरू र समाजमा सक्रिय भौतिक वैचारिक शक्तिहरूको क्रियाशीलताको प्रतिबिम्बन गर्दछ भने अर्कातिर प्रभावकारी रूपबाट सामाजिक परिवर्तनको प्रेरक शक्ति र चेतनाको पनि निर्माण गर्दछ ।
युगको समग्र यथार्थको प्रतिबिम्बन गर्नु भनेको कुनै खण्डित यथार्थ अर्थात् ‘नवीन यथार्थ’ वा कथित पुरानो यथार्थमा मात्र सीमित रहेर साहित्य सृजना गर्नुपर्दछ भन्ने होइन । गतिशील यथार्थको सक्रिय प्रतिबिम्बनको क्रममा यथार्थप्रति इमानदार साहित्यकारले समाजलाई सम्पूर्णमा प्रतिबिम्बन गर्न सक्ने स्थिति र संभावना रहेकाले साहित्यकारले एकातिर आफ्नो वर्गको सीमा नाघ्न सक्तछ भने कतिपय अवस्थामा साहित्यकारको घोषित चिन्तन र वर्गीय विचारधारा अनुरूप नै रचनामा यथार्थको प्रतिबिम्बन नहुने संभावना पनि रहन्छ । वास्तविक सामाजिक यथार्थलाई प्रतिबिम्बन गरिएको यथार्थको समकक्षमा राखेर मूल्यांकन गर्ने र त्यस कृतिले आम जनताको हितलाई व्यक्त गर्छ कि गर्दैन, जनताका बैरीहरूको हितविरुद्ध त्यस्तो कृतिको उपादेयता छ कि छैन ? भन्ने आधारमा मात्र हामीले साहित्यकारलाई प्रगतिवादी हो कि प्रगतिवादी होइन भनी मूल्यांकन गर्ने गर्नुपर्दछ । प्रगतिवादको काम नया“ वा पुरानो यथार्थको संकुचित सीमारेखा नकोरी आजको नेपालको समग्र यथार्थलाई प्रस्तुत गर्ने, उत्पीडित जनताको स्वार्थलाई व्यक्त गर्ने र प्रतिक्रियावादको स्वार्थका विरुद्ध उभिने रचनाहरू सृजना गर्नु हो । प्रगतिवादको आजको दायित्व यो र ऊ यथार्थको विवाद सृजना गर्नुभन्दा बढी जीवनसत्यताको अवधारणाअनुरूप साहित्य सृजन गर्नु, क्रान्तिकारी विकासको क्रममा यथार्थलाई प्रतिबिम्बन गर्नु, समाजवाद एवं साम्यवादको भावनाअनुरूप जनतालाई वैचारिक एवं सौन्दर्यात्मक शिक्षा दिनु, सर्वहारा वर्ग एवं उत्पीडित जनसमुदायलाई आलोचनात्मक यथार्थवादले झैं दुःख भोगिरहने, शोषण–दमन सहेर मात्र बसिरहने सहनशील र समर्पणवादी वर्गका रूपमा मात्र चित्रित नगरी आन्तरिक र बाह्य बन्धनबाट आफू र सम्पूर्ण मानवजातिलाई मुक्त गर्ने आफ्नो कर्तव्य, अधिकार एवं क्षमताप्रति सजग, जुझारु र संघर्षशील वर्गका रूपमा चित्रण गर्नु, बाह्य यथार्थको चित्रणमा सीमित नरही अतीत, वर्तमान र आगत तीनोटै यथार्थलाई भविष्यदृष्टिसहित व्यक्त गर्नु हो । यसो गर्दा साहित्यकारले यथार्थलाई आधार बनाउने, त्यसलाई सटीक रूपबाट चित्रण गर्ने, त्यसको सार प्रस्तुत गर्ने, त्यसमा हुने विकास, गति र संघर्षलाई अनुभव गराउने, त्यसको संभाव्यपूर्ण चित्र प्रस्तुत गर्ने र संघर्षका क्रममा विकसित हुने सकारात्मक पात्रहरूलाई उभ्याउने कार्य गर्नुपर्दछ । सारमा भन्नुपर्दा गत शताब्दीका विश्वका महान् प्रगतिवादी साहित्यकार बर्तोल्त ब्रेख्तले यथार्थवादको उद्देश्य भनेर जे कुराहरू औंल्याएका थिए, ती आज पनि प्रगतिवादी साहित्यकारका निम्ति आदर्शको विषय बनेका छन् । उनले भनेका थिए– ‘समाजको कार्यकारणप्रक्रियाका जटिलताहरू अन्वेषण गर्नु, समाजमा प्रभुत्वमा रहेको शासक वर्गको विचारधारालाई अनावरण गर्नु, तत्काल मानवसमाजले जुन भीषण कठिनाइहरू भोग्नु परिरहेको हो, तिनबाट मुक्ति पाउन सर्वाधिक व्यापक उपायहरू प्रस्तुत गर्ने सर्वहारा वर्गको दृष्टिकोणबाट रचनाहरू सृजना गर्नु, विकासशील तŒवहरूलाई महŒव दिनु, संभावनाहरूलाई मूर्त रूप दिनु र ठोस वस्तुस्थितिबाट संभावित सामान्य निष्कर्ष निकाल्नु यथार्थवादको उद्देश्य हो ।’ वास्तवमा यो प्रगतिवादको पनि उद्देश्य हो र आजको अवस्थामा प्रगतिवादी साहित्यले माथि उल्लेख गरिएको अवस्थालाई आफूमा समावेश गरी बे्रख्तले भनेकै कार्यहरू गर्नुपर्दछ । यसो नगर्ने साहित्य प्रगतिवादी साहित्य हुन सक्दैन ।
– सानेपा, ललितपुर
(स्रोत : वेदना साहित्यिक त्रैमासिक, पूर्णाङ्क ६५, वर्ष २९, अंक १, असार २०५९ )
Wonderful work has carried out by Sahitik Sangralaya.