~ध्रुब प्रसाद न्यौपाने~
सन्सारमा येदि साच्चै पुनर्जन्म हुन्छभने?
मातृभूमी सम्झिएर नेपलमै आउनुतिमी ।
देशको बिकास गर्दा-गर्दै कालले बाटो थुन्छभने??
स्वर्ग तिर नलागेर नेपाल तिरै धाउनुतिमि।।
तिमी मर्दा बियोगले सिङगो नेपाल रुन्छभने?
खरानी भै उड्दापनि हर्श को गीत गाऊनुतिमि।।
तिम्ले छोड्दा मुख नेपालको आशुजलले धुन्छभने??
बैकुण्ठमै रहेपनी शुख सान्ती पाउनुतिमि।।
तिम्रो लाश जल्दा आज सब्को मुटु छुन्छभने?
स्वर्गबाटै भएपनी शान्ति बनी छाउनुतिमि।
सन्सारमा येदि साच्चै पुनर्जन्म हुन्छभने?
मातृभूमी सम्झिएर नेपालमै आउनुतिमी।
बैकुण्ठमै रहेपनी शुख सान्ती पाउनुतिमि।।
ध्रुब प्रसाद न्यौपाने, युएइ
(स्रोत : NRNaksa)