~विमल गौतम~
गाउँ शहर जता ततै, बन्दुकहरु भुकेको बेला
नाजिस्काउ साथी मलाई, मेरो देश दुखेको बेला
न्याय सत्य अधिकार र, शान्ति शुरक्षा लुकेको बेला
दया माया भातृत्व र, मातृत्वको मुहान सुकेको बेला
मौकाको पर्खाइमा हाम्रा, कालापानीहरु ढुकेको बेला
पार्टी पार्टीहरु बिचको, एकताको गाँठो फुकेको बेला
नाजिस्काउ साथी मलाई, मेरो देश दुखेको बेला
संबिधान लेखनमा, सभासदहरु चुकेको बेला
देशको बेहाल हेरी लाजले, सगरमाथा झुकेको बेला
हजारौ बिर सहिदहरूले, हामीलाई थुकेको बेला
नाजिस्काउ साथी मलाई, मेरो देश दुखेको बेला
हो साच्चै
नाजिस्काउ साथी आज मलाई, मेरो देश दुखेको बेला
११-०३-२०१० रियाद
(स्रोत : NRNaksa)