~ऋचा शर्मा तिवारी~
स्वतन्त्र महिला पत्रकार
आजकल यो मन
किन किन
यस्तो सुन्य भएको
मसानघाट जस्तो चकमन्न् ।
अनी कतै आफनै मुटुको
धडकन् रोकिए जस्तो
लाग्छ अधेरी रातमा
चिसो बतासले मनमा
छोएर गए जस्तो ।
कतै रिक्त भावनाहरु
रित्तो आशाहरु
आँसुहरु पनि सुकेका
थाम्न नसकेका यी
वग्रेल्ती पीडाहरु
मृत आशाहरु
खण्डहर सपनाहरु
(स्रोत : NRNaksa)
