~कविता नेपाल ‘असफल अबोध’ ~
सहि बाटो हिड्ने क्रममा
अन्धकारमा हराएकी छु ।
बाहिर जति शान्त भए पनि ु
भित्र बेदनाले कराएकी छु
हाँसोको सुवास छर्दा–छर्दै
अनायसमा रोएकी छुु
जीवन सजाउँ भन्दा भन्दै
भएका रङ्ग पनि गुमाएकी छु
साहाराको ढाल बोकेर पनि
विवशताले डराएकी छु
धेरै साथीहरुको माझ रहेर पनि
एकान्तमा हराएकी छु
जीवनको भारी बोकेर
सँधै उकाली ओराली धाएकी छु
सफल्ताको आशा लिएर पनि
असफलता मात्रै पाएकी छु
सुन्दर बस्तुको खोजीमा
यो मन व्यथै कतै डुलाएकी छु
सुखद जीवनको सपना देख्दा देख्दै
स्वर्णिम भविष्यनै गुमाएछु ।
असफल अबोध कविता नेपाल
तेल्लोक ताप्लेजुुङ्गु
(स्रोत : तेह्रथुमबाट प्रकाशित हुने एक मात्र ‘विकसन’ साहित्यिक पत्रिका )
