धेरै धेरै भयो मैले हाँस्न बिर्सेंको
अरुहरु हाँस्दा मन दुख्ने रोगी भएको
एकान्त एकलासमा मन उजाड उदास भएको
हरेक साझ पिडा भुल्ने बहानामा पिउन थालेको
धेरै भयो एक्लै एक्लै भौतारिन थालेको
बनपाखा सारा संसार उजाड लाग्न थालेको
रुदा रुदा सकिएर आसुँ पनि बग्न छाडेको
धेरै धेरै भयो मैले हाँस्न बिर्सेंको
धेरै भयो आफैलाइ माया गर्न छाडेको
प्रिय लाग्ने देउराली भञ्ज्याङ धाउन छोडेको
मध्य रातमा तिम्रै नाम लीइ बर्बराउन थालेको
धेरै धेरै भयो मैले हाँस्न बिर्सेंको
March 8, 2011
(स्रोत : रचनाकारको ब्लगबाट सभार )