~निष्ठा तिवारी~
गरिबको समुहमा एक पटक छिरि मात्र हेर
गरिबीसंग जीवन विताएर मात्रै अनुभब गर
नियालेर सोच हरेक पाईला पाईलाहरुलाई
पाइन्छ त्यहां केबल दु:ख र पिडाका रुपहरुलाई ।
सडकको पेटीमा खाली पेट बसी आसुँ बगाउ
सकि नसकि भारी बोकी खुट्टा, घुँडा खुईल्याउ
तर तिमीले त्यो आफ्नो परिश्रमको कमाई त
केवल गास ,बास र कपासमा अधुरै रहन्छ ,
उत्साह गरेर दिन रात भोक भोकै बस्न सिक
अनि आकाश जस्तो छानाको घरमा जिउन पनि सिक ।
धनि ठूला बडाको काममा दिन रात रटेर गरेको हेर
तिम्रो इमानदारीतामा शोषणले जरा गाडेको छ हेर
अब सधैं टाउको निहुर्याएर जी हजुर मात्र नगर
सुख र सन्तोषको आभास के हो बुझ्न तिर लाग ।
पाउनुपर्ने अधिकार के हो त्यसलाई पनि हेर
आफ्नो सच्चा जिन्दगीको रुपलाई बुझ्न तिर लाग
दिन रातको मिहिनेतको अर्थ बुख्न मात्रै खोज
कुन संसारमा बाँचेका छौं अब सोच्न तिर लाग ।
नदेउ दु:ख र पिडा भोग्नेछन् भन ठानेर अब
नभन हाम्रो बिचमा रगतको रगं अर्को हुन्छ भनेर
नगर भेदभाव धनी र गरिबलाई फरक ठानेर
के हुन्छ र यहाँ मान्छे मान्छेको जिवनमा भेदभाब गरेर ।
किन दिदैनौं समान अधिकार हामीलाई मानिस सम्झेर
अन्यायको विरुद्ध न्याय खोज्न एकजुट भै अगाडि बढेर
आफ्नो जिवनलाई संघर्षको रुपमा लिएर कम्मर कसी
ल्याउने छौं सुनौलो बिहानी गरिबीको मुक्तिको दिन भनेर ।
वर्ष –१२
निष्ठा तिवारी
सरौखोला, पर्वत
हाल-ब्रसेल्स, बेल्जियम
डिसेम्बर 18, 2008
(स्रोत : Limbu Sansar)