~शिव ज्ञवाली~
माझी घरि बहना चलाउँछ घरि पानीले निथु्रक भिजेको कछाडलाई निचोरेर नदी किनारमा सुकाउँछ । र तरक्क पसिना पुछ्दै फेरी त्यही पुरानो डुङ्गालाई नदीको छालमा हेलिदिन्छ । मैलोमैलो धुलाम्मे कमिज पसिनाका बुँदहरुले कटकटिएका छन् । र काखीबाट आइरहेछ अमिलो गन्घ ।
आजभोली यो नदी पनि बगरिएजस्तो लाग्न थालेको छ । एउटा माझी बालुवाको मैदानमा डुङ्गा ठेलेजस्तै जबरजस्त ठेलिरहेछ डुङ्गा । उसलाई हेक्काछैन कति यात्रुहरु यो भवसागर तरेर पारी गए उसलाई गिन्तीछैन यसबापत उसले कति ज्याला कमायो । र कतिलाई भेलबाट उद्धार गर्यो । नदी तार्नु उसको काम हो । बस् † यत्ति थाहा छ उसलाई । यस बापत उसले पाएको छ त केबल अधबैसे उमेरले दिएका केही चाउरीका धर्काहरु ।
पि्रय माझी ! सायद तिमी त्यही नदीमा उही पुरानो डुङ्गा चलाउँदै छौं । अबत डुङ्गाको बिट पनि खिइसक्यो होला पानी प्राण हो । र तिमी पर्यावाची हौ । पानी सित्तलता जीवन र कोमलताको प्रतिक । आखिर नदी तर्नेहरुमध्ये म पनि त एक थिएँ । म नोस्टाल्जिक हुन्छु स्मृतिका भित्तामा आउँछन् तिनै दिनहरु ।
*******
केही दिनअघिको मात्र कुरा हो ।
गुरु पूर्णीमा । ज्या † मलाई त हेक्कै भएन । एकाबिहानै ओखतीशास्त्र पढ्दैगरेको प्रकाशले मोबाइल पत्र पठायो म झस्किएँ । दुबैले एउटै विद्यालयमा पढेका र गाउँ पनि एउटै उमेरले भने दुई वर्ष कान्छो छ प्रकाश । ऊ मान्छेको रोगको चिरफार गर्छ म समाजको ।
मनमा हठात् मूक पीडा व्याप्त भयो । जीवनका चौबिसौं टेकाहरुमा न त कसैको असल चेलो नै बन्न सकियो न त गुरु नै । मात्र एउटा असल गुरु पाएँ । तपाइँ मान्नुस् नमान्नुस् असल गुरु पाउनु चानचुने कुरो होइन । मेरो गुरु मेरो पि्रय माझी ुथमन सरु ।
मन शून्यमा झर्यो एकाएक र स्मृतिका भित्तामा उही पुरानो सम्बोधनले झस्कायो । ुए केटा †ु माझी मलाई सधै यसरी नै सम्बोधन गर्थे । स्मृतिका कानहरुमा बराबर गुिाजरह्यो यही सम्बोधन । सम्झिन्छु यो सम्बोधनसँग आजभन्दा करिब सत्र वर्षअघि भेटभएको थियो । त्यो अग्लो शरीर शालीन व्यक्तित्व प्रेमका पालुवाले लुछुप्प भिजेका औंलाहरु । अझै कतै वनपाखातिरबाट मृगको पिछा गर्दै त्यो बोलाएजस्तै लाग्छ ।
गोधुली राताम्मे क्षितिजमा ढल्किँदै छ मेरा आँखा त्यही क्षितिजमा खोजिरहेछन् उही पि्रय माझीको तस्विर । बिसाचोका आँखाहरु खोजिरहे अबेरसम्म । सम्झनाका करौंतीले कताकता रेटिनै रह्यो । उदासिका गौंथली चिर्विराउन थाले मनको बार्दलिमा । र हारखाएर गुरु पुर्णीमाको अवसरमा अनायास श्रद्धाका आँसु चढाएँ अन्तर्मनको एउटा कुनामा जहाँ मेरो पि्रय माझी झोंक्राइरहेछ ।
मेरा आदरणीय गुरु थमनबहादुर साठिघरे । घर पाल्पा खानीगाउँको कल्लाबारी । उपनाम ुथमु अकेलाु कुनै दिन ुअलिबाबा एण्ड थर्टीफोर थिभ्स्ुको एक कुनामा देखेथें । राजधानीको कोलाहल भीडमा एक बाध्यता र विवसताको भारीबोक्दै सम्झिरहेछु थमन सरलाई । एउटा प्रेरणाको सागर जीवनको पथप्रदर्शक मायाको पुाज मेरो प्रमिथस ।
टिमिक्क जिन्स पाइन्ट आर्मीकट कपाल स्पोर्ट जुत्ता लगाएका थमन सर । मानौ हाम्रो गाउँमा ज्योति बनेर आएका थिए । स्मृतिका पन्नाहरु पल्टाउँदै जाँदा म देख्दछु सुदूरगाउँको चेतनाहीन मेरो जन्म ठाउँ । अशिक्षा अज्ञानता विभेद र जडताको सांराज्य छ विकट छर्छरे र राम्चे भीरहरुमा मानवीय चेतना लेउ लागेर टा_िक्सएको छ । थमनबहादुरको भेषमा एउटा तन्नेरी आउँछ कलियुगको देउता बनेर टाढा………धेरै टाढाबाट बालबिनोदको आँगनमा । उसको पाखुरीमा अदम्य साहस छ । र मस्तिष्कमा भरिएको छ युगिन चेतनाको तरङ्ग । म गम खान्छु – ती तरङ्गहरुमध्येको एउटा कम्पन त म पनि हुँ जो गोधुलीमा उनकै तस्विर खोज्दैछ । एक्लै छ ऊ एक्लै…॥उदास मुद्रामा सम्झिरहेछ उही पि्रय माझी ।
कृतज्ञताको थुप्रोले म थिचिएको छु – माझीप्रति मेरा कर्तव्यहरु छन् । ती सबै कर्तव्यको भारी मैले बोक्नै पर्छ । तन्नेरी वयको आलोमाटो खासै के नै गर्न सक्थें र तैपनि मन हलुको पार्ने एउटा काइदा निकाले । माझीको सम्झनामा एउटा कविता किन नलेखुँ………।आखिर कविता कर्म त्यसै पनि चलिरहेछ । लेख्न खोजें ।
ुत्यो बूढो माझी
अहीले उसको डुङ्गा चुहिएको छ
फाटेका छन् लुगाजस्तै मनहरु
उसलाई हेक्का छैन कति आए यात्रुहरु ।ु
एउटा सुन्दर नायकको विषयमा लेखिएको कविता कुरुप भइदियो । यो कविताले त्यो सुन्दर सिर्जनाको उपहास गर्न चाहन्न । त्यसैले त्यो च्यातेर फालिदिएँ ।
रातका हात गाढा बन्दैछन् । मन पिलिएको पिलोझैं बल्किरहेछ । उही माझीका सम्झना वरिपरि घुमिरहेछ । म सम्हालिन्छु केहीबेरपछि । बाहिर आकाश रोइरहेछ । मनको एकान्तमा रहेको माझीका स्मृतिहरुलाई लुकाउन खोजेँ तर भाग्न अन्कनाइरहे । आखिरमा बडो भावुक भएर मैले माझीका सम्झनाहरुका झझल्काहरुलाई लिपिबद्ध गर्ने अठोट गरंे । जसले जीवन प्रेरणा दिइरहने छ । र झक्झकाइरहने छ गल्तिहरुमा । मेरो इतिहास खोज्ने युगले कुनै दिन र त्यो ुप्रमिथसु मेरोअघि उभिइरहेको हुनेछ । यो इतिहास जोगाउनु मेरो धर्म हो । म विचारले देउता मान्दिन र पूज्दीन मूर्तिहरु । तिमी चाहे नास्तिक भन…॥चाहे लहडी भन म पुज्छु यही युगको एउटा ुमाझीु । तिमी चाहे आस्तिक भन……॥
साल थाहा भएन । सायद २०५२ तिर हो कि पाल्पा जिल्लाको पश्चिममा पर्ने भुवनपोखरीको झिर्वासमा माटोले बनेको टल्किने छानोवाला विद्यालय बनिसकेको पनि करिब सैंतीस÷अठ्तीस वर्ष बितिसकेको थियो । यस्तैमा उनी आए । मानौ चलनचल्तिको मान्छे होइन त्यो भेषमा रहरलाग्दो मगमगाउँदो फूल वाचाल र कुनै रहस्यमय लोकबाट आएको देवदुत । उनीसँगै आधुनिक ज्ञान हाम्रा गाउँमा आयो । विशाल बाहिरी संसारसँग सम्बन्ध गाँस्ने अङ्ग्रजी भाषाको अर्थपूर्णपाठ हाम्रा गाउँमा पस्यो । पहिलो दिनको याद छ मसँग थमन सरको हात समाउँदै त्यो दिन फुडुल्के म्यालसम्म सँगै आएको थिएँ । मायालु पाराले उनले हात हल्लाउँदै ुबाईु भने । ुबाईुको अर्थ त पछि मात्रै बुझेँ ।
उनको अवाइसँगै हाम्रो विद्यालयमा नौलो चहलपहल सुरु भयो । उनको व्यक्तित्वको जादुगरी आकर्षणलॆ उनको परिपरि मानिसहरु झुम्मिन हुरुक्क हुन्थे । मानौ डाँडापारीबाट आएको त्यो मास्टर एउटा प्रकाशपुाज हो । मानौ उसको छेउँमा उभिन पाउनु उसको प्रकाश चोरेर आफै उज्यालो बन्नु हो । उनी विद्याको गुणगान गाउँदै घरघर चाहर्थे र केटाकेटीलाई ल्याक्टोफन चक्लेट दिँदै विद्यालयको ढोकासम्म पुर्याउँथे । भुवनपोखरीको शैक्षिक इतिहासले एकपटक लेख्नेछ आधुनिक शिक्षाको यो जग ।
थमन सरअघि मेरा माइला बा र कुल सर अङ्ग्रजीका मास्टर थिए । कुल सर पिटी खेलाउन र माइला बा पुरेत्याइँमा माहिर थिए । हामीलाई कुल सरले एबीसीडी सिकाएथे । एबीसीडी पछि अङ्ग्रजी किताप पढाउन थाले । म अलि चकचके स्वभावको थिएा । घरमा माने रटेर सरलाई जिल्याउनुमा खुसी हुन्थे । कुल सर र माइला बा मेरो माने भोलीभोली भन्दै पन्छिन्थे । र उनीहरुको भोली कहिल्यै आएन । थमन सरको अवाइसँगै उनीहरुको अङ्ग्रजीले नराम्रोसित हावा खायो । यताउता जताततै थमन सरको हाइहाई र चर्चा फैलिदै गयो । थमनसरको पढाउने पारा पनि लचिलो थियो । मौसमअनुसारको उनको चाखलाग्दो पढाउने शैली हेर्न गाग्रो बोकेका गृहिणीदेखि गोठालाहरु पनि आउँथे । जाडोमा चहुर त गर्मीमा पाँकुरीको छहारीमा थमन सर पढाउँथे । मलाई अङ्ग्रजी निकै मन पथ्र्यो । प्राय मेरो नम्बर अङ्ग्रजीमा पहिलो नै हुन्थ्यो ।
थमन सर माधव सरको घरमा बस्थे । हामी कहीलेकाहीँ पुल्ठो बालेर साँझमा पढ्न जान्थ्यौं । एक दिन पढ्नेक्रममा नै इन्दिराले चिमुटेको हिजोजस्तै लाग्छ । संसारमा मलाई मेरो माझी जत्तिकै क्षमतावान कोही छैन जस्तो लाग्थ्यो । म सोच्थे भविष्यमा माझीको कर्म सम्हाल्ने छु । तर उनलेनै मलाई पत्रकारिताको विद्यार्थी बन्न प्रेरित गरे । विस्तारै उनीसँग निकै नजिकिएँ । मानौ मेरो साथीजस्तै भए । म सम्झन्छु हामी कहीले सँगै रिडीखोलामा माछा मार्न जान्थ्यौं कहीले वनमा कालिज खोज्थ्यौं त कहिले मृग चहार्दै छर्छरेको वनमा डुल्थ्यौं । हुग्या र कोदीको रहमा धेरैपटक म दुवाली थुन्न गएको छु उनीसँगै ।
एकदिन विद्यालयमा नै हाम्ले कालिज मार्ने योजना बनायौं थमन सर बन्दुक चलाउनमा पनि माहिर । पारि वनबाट उनले ुए केटाु भन्दै सिठ्ठी लाएर बोलाए म आमासँग थमन सरकोमा जान्छु भनेर वनतिर हान्निएँ । घरमा थमन सरकोमा जान्छु भनेपछि कुनै रोकतोक थिएन । त्यसो त गाउँमा कुरा नकाटेका पनि होइनन् । कतिपयले झुठा आरोप र जातीयताको कुरा पनि नउठाएको होइनन् । हामी सँगै खान्थ्यौं बस्थ्यौं । कहीलेकाँही हाम्रो घरमा पनी खाना खान्थ्यौं । कुरा काट्नेहरु काटिनै रहन्थे । शनिवारका दिन प्रायः सँगै नुहाउन जान्थ्यौं । पहिलोपटक सरको मगमग वसाउने सावुनले नुहाउँदा म निकै रोमािाचत भएको थिएँ । त्यो अझै ताजै छ ।
स्कुल आउने जाने बाटोमा हामी एकअर्कालाई लुकेत तसा्रउँथ्यौं । तसा्रउनेमा म माहिर । कहिलेकाँही म केटी पनि जिस्काउँथे । चौतारीको झाडीमा लुकेर तसा्रउँदा इन्दिराले पिसाबनै फेरेको म अझै सम्झिरहेछु ।
त्यसो त मैले धेरै पटक थमनसरको चित्त पनि दुखाएको छु र मेरा गल्तिका कारण उनी धेरैपटक लज्जित पनि हुनुपरेको छ । सायद त्यो दिन मेरो जीवनको कालो दिन हो । म प्रवेशिका परीक्षामा असफल भएा । मेरो असफलतामा थमन सर मभन्दा पनि निकै धेरै चिन्तित देखें । सरले भनेको सम्झिन्छु-ुहेर केटा † तँ कित बिग्रन्छस् कित मैले सोंचेभन्दा पनि राम्रो बन्छस् ।ु मेरो सफलतामा उनी खुसी हुन्थे मभन्दा धेरै । त्यो मेरो असफलता अकल्पनीय थियो । अर्को वर्ष फेरी नियमित तर्फबाट प्रथम श्रेणीमा एसएलसी पास गरें । त्यसपछि कहिल्यै मलाई दोस्रो हुनु परेन । यद्यपि त्यो दिन चन्द्रमाको दाग बनेर मेरो जीवनमा बसेको छ । कसैगरेपनि म मेट्न सक्दिन त्यसलाई ।
अछुत भनी पशुवत व्यवहार गरिएका अभागीहरुलाई कपुरी ुकु तर्फ खिच्न थमनसरले मनग्गे चेष्टा गरेको म सम्झन्छु । गाउँमा दलितका घर थुपै्र थिए । विद्यालय आउनेहरु त सिला झैं खोज्नु पथ्र्यो । उनले लाहुर जाने र भर्ति हुने मानसिकताका मगर समुदायमा पनि आफै उदाहरण बनेर चेतनाको दियो बाल्ने काम गरे । अहिले श्रद्धा र कृतज्ञताका यी हरफ लेख्दा मेरा हातहरु अडिन्छन् । बिष्ट संस्कारको गाढा छाप बसेको गाउँमा उनको यो प्रयास चानचुने थिएन । समयले एक दिन यो पनि खोतल्ने छ पक्कै ।
भनिसकेँ थमन सरसँगै गाउँमा धेरै नयाँ कुरा आए । गाउँमा खेलकुदका नयाँ शैली आए । मनोराजन र अम्मलका नयाँ साधनहरु आए अनि नयाँनयाँ पोसाक र नयाँ चहलपहल । खेलकुदको नाममा रहेका कपर्दी र लारीलौराको ठाउँमा अचम्मको गोलो वस्तु आयो । त्यो गोलो वस्तुले सबैको मन चोरीहाल्यो । कुरा के भने हाम्रो गाउँमा पहिलोपटक भकुण्डो आयो । त्यो गाविस भरिकै साझा खेल बन्यो । मन बहलाउने नसा तन्काउने एसो भेटघाटको मेसोको नाममा हरेकहप्ता भलिवल प्रतियोगिता हुन थाले । अझ रमाइलो कुरा त के भने बूढा पुरेतहरु पनि काँधमा जनै भिरेर उन्यूको घारीमा तुर्कायाँउँदै भकुण्डो खेल्थे घरिघरि मैदानमै पाहा झैं पछारिन्थे रमितेमा हाँसोको फोहोरा । यसरी जिल्लास्तरीय र गाउँस्तरीय खेलमा समेत गाउँको पहुँच पुग्न थाल्यो । हुन पनि त्यो समयमा थमन सरको सर्टको खुबै चर्चा थियो । मै हुँ भन्नेहरु समेत उनको सटले चित् हुन्थे ।
म सम्झन्छु । थमन सरसँगै गाउँमा अनेकौं टुप्पीहरुको काल आयो । बबुरा टुप्पीहरु भकाभक कटानीमा परे । घर विद्यालय र टोलमा टुप्पीआतङ्क फैलियो । बाहुनका छोराहरु या अन्य सबैले बङ्गाली कट कपाल काट्न थाले । युगिनदेखि जोगाइएका टुप्पीहरु सफाचट् भए । तन्नेरीहरुमा त थमन सर कट कपालको चर्चा नै चल्यो । सायद यो कुरा थमन सरलाई खासै हेक्का भएन होला
विद्यालयमा उनी सर्वव्यापि हुन्थै । धेरैजसो पुरेत मास्टरहरु बिदा लिएर वा नलिइकनै ुएकाहाु पाठमा दगुर्थे उनी कक्षामा केटाकेटीलाई अल्मलाउन केही न केही दिन्थे र अर्को कक्षामा पुगिहाल्थे । कहीलेकाही लखतरान भएर मलाई पनि पढाउन अह्राउँथे । यसरी म मास्टर बन्थे कहीलेकाहीँ ।
म विद्यालयमा अनुशासनहीन विद्यार्थीकै दर्जामा पर्थे । यद्यपि पहिला दोस्रा र तेस्रा स्थान प्रायः नछोड्ने हुनाले खासै सजाय भने पाउँदिनथेँ । कुनै दिन मैले हेडसर खगेस्वर मरासिनीलाई समेत एक लौरो सोँठयाएको छु त्यो पनि कक्षाकोठामा नै । उनी मलाई देखी नसहने । धेरैपटक म कक्षामा हल्ला गरेका कारण मास्टरको कार्टुन बनाएका कारण र साथीहरुलाई हँसाएका कारण बाहिर निष्काशित भएको छु । त्यो दिन हेडसरबाट मलाई पाँच सयवटा माने सुनाउने सजाय सुनाइयो साथमा जति बिगार्यो त्यत्ति नै चोट खानुपर्ने भयो ।
मैले कक्षाको एक कुनामा बसेर माने घोक्न थालें । करिब दुई बजेतिर हेडसर आएर सोध्न थाले माने । मैले जम्मा जम्मी तीनवटा जानिन । सजायअनुसार मैले तीन चोट खानु पर्नेमा उनले चारचोट हाने । मैले सहन सकिन र लौरो खोसेर एक चोट हात थाप्नुस् भन्दै हिर्काएँ । कोठामा हाँसो फैलियो उनी लुरुलुरु बाहिर निस्किए ।
थमन सरको अवाइस्ँगै म कक्षाबाट निकालिनु परेन । उल्टो उनले मलाई हसाउन लगाउँथे । म चित्र कोर्थें कार्टुन बनाउँथे र गीत गाइदिन्थे । विस्तारै मेरो वानी सुधि्रयो । विद्यार्थीलाई सुधार्ने यो काइदा थमन सरको साँच्चै अनुकरणीय थियो ।
म बरोबर थमन सरकोमा गइरहन्थे । राति अबेरसम्म टुकीको उज्यालोमा पढ्थें नजानेको कुरा सोधिरहन्थे । उनौठो कुरा त के भने थमन सर निद्रामा पनि मलाई बर्बराउँदै पढाइरहन्थे । पढेर थाकिसकेपछि उनकै काखमा लुटपुटिएर निदाउँथे । घरमा आमा बुबाले पनि थमनसरलाई निकै माया गर्थे । बुबा आमा कहीलेकाहीँ तरकारी कोशेली लिएर गएको म सम्झन्छु अझै ।
त्यत्रो लामो सङ्गतमा उनको अनुहारमा रिसको फोका कहील्यै देखिन । तर एक दिन उज्वलालाई सोंठ्याएको भने कहील्यै विर्षिन्न । मैले भने पिटाइ कहील्यै खाइन गल्ति गरेंभने पिटेभन्दा धेरै दुख्नेगरी गाली खान्थे । ुरो मनखोलेर रो बल्ल चेत आउँछ ।ु सानैमा थमन सरले भनेको सम्झन्छु ।
त्यसो त त्यो माझीलाई गाउँबाटै निकाल्नेसम्मका प्रयासहरु नभएका भने होइनन् । यसमा टुप्पीधारीहरु ठूलो जोडतोडले लागेका थिए जो मलाई देख्ानसाथ छड्के हान्थे । थमन सरको कुरा काट्दैगर्दा म झुल्केंभने उनीहरु चुप रहन्थे । यसमा हेकुलेका केही पात्रहरु र मगर समुदायमा केही पात्रहरु सकि्रय थिए । स्वार्थ त सबैका बेग्लाबेग्लै होलान् तैपनि ती सबै फाइँफुट्टी मात्र थिए ।
त्यो समय मोरा लागि विद्यालय उदासीको अखडा हुन्थ्यो । त्यो पराजय नजिकको पीडा जम्मै मेरो हृदयमा थुपि्रएको थियो । क्रोध र सन्तापले पेट पोलेको समयमा गम्छु-सायद ती सबैलाई थमन सरले उस्तै परे पढाइदिन्थे । तर गान्धी डिभिजनधारीहरु तैंचुप मैचुप हुन्थे । भित्रभित्रै रुके नामका पात्रहरु विभिन्न दलको आरोपमा षड्यन्त्रका तानाबाना बुन्दथे । समयको भड्खालोमा ती सबै चित् खाए । बरु उचाशिरले ठडियो मेरो प्रमिथस ुमाझीुको व्यक्तित्व ।
गाउँ छोडेको सात वर्ष भइसकेछ । जीवनले पनि एउटा कोल्टे फेरिसकेछ । कृतज्ञताको मुन्टो निहुर्याएर आज पनि त्यही सौम्य शालीन र मायालु हातहरुलाई सम्झिरहेछु । उनी भन्ने गर्थे-मास्टर भनेको माझी हो । उ बटुवालाई पारी तार्छ आफूभने सधै वारिको वारि रहन्छ । बटुवा सात समुद्र छिचोल्दै अघि बढ्छ । ऊ…सेक्सपियर बन्छ । इलियड र ओडीसी निल्छ । चेलो चिनीमा फेरिन्छ गुरु गुँडको गुँड । आज मेरा सफलताका अवसरमा मेरो हाँसो कतै हराएको छ केबल उनकै अनुपस्थितिमा । यी क्षणमा कति हाँस्थ्यौ होला र रमाउँथ्यौं होला । त्यो सजीव हाँसो कति फुथ्र्यो होला । तर मेरो प्रमिथस धेरै टाढा छ । मेरा खुसीका क्षणहरु एक्लै गुम्सीएका छन् । मेरा सफलताका पदकहरुका चाङ् अर्थहीन भएका छन् ।
म हेरी रहेछु स्मृतिको पन्नामा एउटा माझीका अमिट पाइलामाथि पाइला उठेका छन् । हो निर्जनजस्तो लाग्ने सहरबाट म त्यो कर्तव्य पुरा गर्न असमर्थ छु । तर यो लेख्नै पर्ने इतिहास लेखेर भएपनि केही गरेछु भन्ने ठानेको छु । उनीविना अपुरो रहने छ मेरो इतिहास । युगले अवश्य चिन्ने छ मेरो ‘प्रमिथस’ मेरो पि्रय ‘माझी’ ।
August 11, 2010