आजको कविता मापनका केही विशेष आधारहरु
१. चिद्वैषम्यवादबाट
२. अधिभाषिक संचेतनाबाट
३. फेनोमेनोलोजिकल पद्धतिबाट
४. उत्तरवर्ती संरचनावादी पद्धतिबाट
५. अनेकार्थकताको अन्वेषणबाट
६.वस्तुगतताबाट
७.अङ्ग-सङ्गतीको बन्दोबस्तीबाट
८. भाव तत्व,वुद्धि तत्व,शैली तत्व र कल्पना तत्वको सम्यक् निर्माणबाट
९. रहस्यमय कला, प्रयोग र आयामको सम्प्रेषणमूलक सिद्धान्तबाट
१०. रागात्मकताको सापेक्षिक चलखेलबाट
११.मनोद्वेगहरुको व्यबस्थापनबाट
१२. विचार र दर्शनको सम्यक् व्याखाले कलात्मक अभिव्यक्तिवादी सिद्धान्तबाट
१३. व्यक्तिको मनोविज्ञान र ज्ञानले बनाएको काव्य स्वायत्तताबाट
१४. अखण्ड सत्य -सुन्दरको आभा र बोधताबाट
१५. लागिमा साध्यताले प्रतिकृतिमूलक सिद्धान्तबाट
१६. मनको सौन्दर्य शास्त्रबाट
१७. आविष्कार र मौलिकतामा कविको विशेष स्वतन्त्रता(poetic licence)को सदुपयोगबाट
१८. वैयक्तिक सिद्धान्त ज्ञापक र ज्ञापितको अस्थिर सम्बन्ध दिगो भएबाट
१९. विघटनवादी सिदान्तबाट
२०. विचलनको चलनबाट
२१.लय- तालको विधान र अनुशासनबाट
२२. विधि र प्रविधिको खनतलासीबाट
२३. पात्र, विषयवस्तु,मूलरुपीय बिम्ब,काव्यात्मक शब्दरचना र शीर्षक आदिमा उचित संगठन र विन्यासको तालमेलबाट
२४. अति बौद्धिक र अति वैज्ञानिक चिन्तनबाट
२५. सलग्ग सहज प्रकाश्यबाट
२६. निस्सिम गतिशील सर्वदृष्टिकोणबाट
२७. रुप र विषयवस्तुको बहुल सम्बन्धबाट
२८. ‘मौविनिहासा’को दृष्टिगोचरबाट
२९.धार्मिक,सामाजिक,साँस्कृतिक,राजनैतिक,ऐतिहासिक, मनोवैज्ञानिक र अरुकोणबाट
३०. व्यक्ति सर्वाेच्चताबाट
३१. अनुभूतिमा बौद्धिक कोमलताले नवीन लेखनको पक्षबाट ।
-यी सबै उपर्युक्त बाटहरुबाट अबका समालोचकहरुले कविताको मूल्याङ्कन गर्नु पर्दछ अनि मात्र कविताले सम्पूर्ण न्याय पाएर सही मूल्याङ्कन हुन पाउँछ,म भन्छु । तपाईहरु के भन्नुहुन्छ ?