~प्रमिला शर्मा~
नेपालबाट अमेरिका बसाइ सरेको आठ वर्षपछि म पहिलो पटक आफुले बाल्यकाल बिताएको गाउ“m मनरा घुम्न पुगें । त्यहा“ नपुगुन्जेल मैले सोचेकै थिइन, पुनः अमेरिका फर्के पछि मनराको सम्झनाले मलाई यति विघ्न सताउला । अचेल जबजब म अमेरिकामा एक्लै हुन्छु, मनराको मधुर सम्झनाले मेरो मस्तिष्क रंगमगाइदिन्छ । म अरु सबै काम बिर्सन्छु । मानौ, मैले भविष्यबारे सोच्नुनै छैन । मेरो मस्तिष्क ढुक्क हुन्छ, समयले मलाई आफै डो¥याएर भविष्यमा जहा“ पु¥याउनु छ, सहजै पु¥याइहाल्छ । हुन पनि सोच्नु पर्ने कुरा देख्दिन, अमेरिकामा नसोचेरै मैले सोचेभन्दा धेरै धेरै भइरहेछ ।
जब म मनरामा पढथें, १० वर्ष जतिकी अलि बु¤ने भएथें, त्यस वेला मैले के सोची हु“ला ? सोची हु“ला, चार आनामात्र छ मसंग, ६ आना भए अझ धेरै मुरही कचरी खान्थें हु“ला । म समोसाबारे पक्कै पनि सोच्दिन थिए“ होला ? त्यो त शहरिया खानेकुरा जनकपुरमा मात्र पाइन्थ्यो । शख्खरको एक पाऊ डल्लो कम्मरमा घुसारेर वेलावेलामा कप्प मुख रसिलो गर्नुनै सबैभन्दा रमाइलो हुन्थ्यो होला ? धान काटिसकेपछि खेतमा छुटेका धानका बालाहरू बटुलेर बनाएको मुा खुट्टाले मिचेर धान निकाल्ने, अनि फट्केर बेच्ने, र त्यसबाट पाएको पैसाले चिनी र रंग मिसाएर बनाएको ललिपप खा“दा, भोली पनि ललिपप खान पाए मजा हुन्थ्यो भनेर सोच्थें हु“ला ? कहिलेकाहीं मिश्री खान रहर लाग्थ्यो । नरिवल र मिश्री मिसाएको मटरदाना एकपैसाको १६ वटा दिन्थ्यो, हाथभरी हुन्थे । मटरदाना खाएर सकिएपछि पसिनाले चिपचिप भएको हात कता पखाल्नु ? चट्ट हत्केलालाई जीब्रोेले चाट्दा कति स्वादिलो हुन्थ्यो होला ? यी दिन आपैmमा रमाइला थिए । मनराको बजार लाग्ने दिन मुरही, कचरी, र शख्खरलाई पगालेर डोरी जस्तो तन्काएर बा“समा बेरेको मिठाई मनग्गे पाइन्थ्यो । कन्सारीको भुजा र आलूको चोखा मेरा प्रिय खानेकुरा थिए । त्यति वेला म चप्पल समेत लगाउ“दिन थिए“ । अहिले अमेरिकामा लगाउने गरेको टेनिस शुज उस वेला कसैले दिएको भए म के गर्थें हु“ला ? लगाएर हिंडदा लाजले भुतुक्क भएर लाउनै छोडथें हु“ला ?
ठूलो दाजु मलेरिया उन्मुलन कार्यालयमा काम गर्न थालेपछि मलाई लाग्थ्यो, मलेरियाको ट्रक वेलावेला मनरा आओस् । त्यतिवेला मैले सोच्दै सोचिन, मनरामा मेरो आÏनो कार भएको भए कति रमाइलो हुन्थ्यो होला ? मैले आपैmले कार चलाउने भनेर सोचेको भए कति लाज लाग्थ्यो होला ? ड्राइभरले पो मोटर चलाउ“छ, र ड्राइभर लोग्नेमान्छे हुन्छ भन्ने सम्झेर मलाई आÏनै कुरो सिल्ली लाग्थो होला ? बैलगाडा हा“क्न मैले सिक्नै खोजिन । भाइले मभन्दा सानै उमेरमा सिक्यो । मैले सोचेको हुनुपर्छ, सवारी चलाउने काम जति लोग्नेमान्छेले गर्ने हो । आइमाईले त सवारीको आनन्द मात्र लिने हो ।
मेरो स्वभाव सोच्ने खाले रहेनछ । समय बित्दै जान्छ, अनि मेरो सम्झनामा बितेका समयको रमाइलो छाप रंगबंगिरहन्छ । बि.ए. सम्म पढनुपर्छ भन्ने मगजमा पसेको रहेछ । हुन त, विवाह चा“डै भएको भए बि.ए. नसिद्धाई विवाह गर्दिन भन्ने जिद्दी लिन्नथें ह“ुला । बि.ए. पास गरें, बिहे पनि भयो । अरूले भनेको सुनेर काठमाण्डुमा एउटा घर हुनुपर्छ भन्ने लाग्यो । सबैले भन्थे, ²तेरो दुलाहा इन्जिनीयर, घर छैन ?² यसै गरी जे तत्काल बुझेको छ, त्यही मात्र सोच्ने मेरो बानी, टाढाको नसोच्ने । तापनि समयले अहिलेसम्म राम्ररीनै डो¥याएर लगिरहेको रहेछ मलाई ।
अ“, मैले थालेकी थिए“ मनराको भ्रमणको कुरा लेख्न, तर पुगिछु १० वर्षको उमेरको कुरा लेख्न । भनिहालें नि, मेरो कुनै निश्चित उद्देश्य ह“ुदैन । लेख्दा पनि लेख्न वस्छु एक थोक, तर कुरा र कलम मिलेर बन्छ अर्कै थोक । त्यसकारण फर्कौं मूल कुरामा । अचेल जबजब म अमेरिकामा एक्लै हुन्छु, मनराको मधुर सम्झनाले मलाई रंगबगाइरहन्छ । कल्पनामा रंगबगिनुलाई एउटा भारतीय कविले लेखेको थियो, ए जब कोइ नही होता तुम होती हो गोया । खुबै चलनमा आएको थियो उस वेला यो पंक्ति, जसको अर्थ हो, हे प्रियसी, जब कोही मस“ग हुन्न, त्यस वेला तिमी मेरो सम्झनामा हुन्छौ । एक्लै भएका बखत मलाई पनि मेरो मनरा प्रियतमको सम्झनाले पछ्याइरहन्छ । म अहिले पनि त्यही सम्झनामै फतफताइरहेछु (
तिमीस“ग बोल्न नपाएर मेरो यात्रा अधुरै रह्यो । मैले बजारको भीडमा टाढैबाट तिमीलाई हेरें । तिमीले पनि मलाई टाढैबाट हेरिरह्यौ । करिब एक माइलको परिधीमा मैले आफुलाई सीमित पारिहालें । मैले त भन्ठानेकी थिए“, २५ वर्षभन्दा पनि बढी भयो मैले मनरा छोडेको, तिमीले मलाई सम्झन्न होलाऊ । मैले के पो गरिदिएकी थिए“ तिम्रोलागि, र तिमीले मलाई सम्झनामा सा“ची रहेका होलाऊ भन्ने लागोस् ? तर त्यस भीडको बिचमा पनि म तिम्रो आ“खाको भाखा पढिरहेकी थिए“ । ती आ“खाले मलाई भन्दै थिए तिमी मलाई अभैm माया गर्छौ भनेर । त्यस वेला म चाहेजत्ति तिम्रो नजिक आउन सकिन, त्यसैले त होला, अहिले तिम्रो सम्झना तीव्र भइरहेछ ।
तिमीस“ग कुरा गरेको भए तिमी पक्कै भन्थेउ होला, ²यहीं आएर बस ।² तर मलाई अब गाउ“mमा बस्न गाह्रो पर्छ । पहिलेजस्तो मेरो बानी स्वभाव छैन । अमेरिकाले मलाई धेरै सुविधाभोगी बनाइसकेको छ । म तिमीस“ग एक्लै एकछिन घुमेर यी सबै कुरा बताउन चाहन्थें । स्कुलको ठुलो चौघेरालाई समेटदै त्यसछेउकै अब भत्काइसकिएको मेरो बाल्यकाल बितेको घरको नक्सा तिमीस“ग कल्पनामा कोर्न चाहन्थें । अहिले पुरिइसकेको ईनारलाई कल्पनामै फेरी खनी आफुले बाल्टीले पानी तानेको सम्झना गर्न चाहन्थें । गाग्रोमा पानी भरिदेओस् भनी डोमिनीले ²बौवा, बडा पुन्य होतई, घैला भरदेउ ² भनी मलाई उसवेला गरेकी अनुनय तिमीस“ग एकछिन उभिएर चिन्तन गर्न चाहन्थें । अनि, तिम्रो मदतले त्यो डोमिनीलाई खोजेर उसलाई ²थान्क यू² भन्ने पनि मन थियो । किनभने, म अमेरिका आउनमा त्यो डोमिनीको आशीर्वाद पनि सामेल छ ।
जाडो याममा घाममा उभिएर मास्टरको सुपरिवेक्षणमा घा“टी सुक्ने गरी कराई कराई घोकेका दुइ एकान दुइ, दुइ दुनी चार पहाडा फेरी एकपटक कराई कराई आपैmलाई र तिमीलाई सुनाउन मन लागेको थियो । स्कुलमा तीन कक्षासम्म सुकुलमा बस्नु पथ्र्यो । जब म चार कक्षामा पुगें, पक्की घरभित्र बेन्चमा बस्न पाइने भयो । बेन्चमा बसेर डेस्कमा लेख्न पाउ“दा म त्यसवेला कति गौरवान्वित भएकी थिए“ । सानी भएकीले बेन्चको किनारामा बसेर बल्लबल्ल बुढी औंलाले भुईं छुन सक्ने भएता पनि मलाई संसारको सबभन्दा सम्पन्न स्कुलमा पढेको अनुभूति तिमीलाई सुनाउने मन थियो । तिमीबारे सोच्दासोच्दै पनि तिमीस“ग कुरै हुन सकेन ।
घरस“गैको खाडल अघिल्तिर एकछिन उभिएर जमेको पानी हेर्ने मन थियो, जसमा गरम महिनामा भाइको लहैलहैमा म पनि वेलावेला बल्छी थापेर माछा मार्न बस्थें । मलाई सम्झना छैन, मेरो बल्छीमा कहिले माछा प¥यो परेन । तर भाइस“ग साझेदारीमा आमाको धोतीको जालोमा समातेका माछाहरू सलबलाएको बखान तिमीस“ग गर्न मन लागेको थियो ।
उस वेला गाउ“mमा टेलिफोन थिएन । छिमेकीकहा“ डुल्न निस्कनु भएको बाबालाई बोलाउनु परे म आगनमा निस्केर ²बाबा, भान्सा तैयार भयो, घर आउनुस्² भनी कराउने गर्थें । त्यस आवाजले टेलिफोनको काम गथ्र्यो । एकछिनपछि बाबाको खडाउ“को आवाज सुनिन्थ्यो । अहिले त्यही आगनमा उभिएर स्वर्गे भइसक्नुभएको बाबालाई भन्न मन लागेको थियो, ²बाबा, अब हामी सबैस“ग अमेरिकामा टेलिफोन छ, आंगनमा उभेर कराइरहनु पर्दैन ।² बाबा आश्चर्य मानेर सोध्नुहुन्थ्यो होला ? ²तेरी आमालाई पनि आकाशवाणीमा कुरा गर्न आउ“छ त ? घरमा बसेर अचेल के के गर्छे ?² मेरो कल्पनामा सजीव भएको बाबालाई मैले भनिदिन मन लाग्यो, ²तपाईंलाई सम्झनु हुन्छ ।² बाबाको यो झझल्को मैले तिमीस“ग विस्तारमा बा“डन पाएको भए मेरो मन कति हलुका हुन्थ्यो होला ?
अहिले गाउ“mमा एक लाइन सामुदायिक टेलिफोन सरकारले स्कुल कम्पाउण्डभित्र राखिदिएको रहेछ । त्यहा“बाट एक एक हजार गरी दुइ दिनमा दुइ हजार रूपिया“ खर्च गरेर अमेरिका फोन गरें । टेलिफोन बुथ ओरिपोरी बसेका सबै गाउ“ले आÏनो गाउ“mबाट अमेरिकासम्म कुरा गर्न सकिने रहेछ भनेर खुबै दंग परे । त्यहा“ं टेलिफोन गर्न आइपुगेको रहेछ हाम्रो खेत बटैया लिने जनक गुवारको छोरा सीया पनि । उसले मलाई धेरै वेरसम्म हेरिरह्यो । मलाई चिन्हेपछि बोल्यो, ²भोलही गाउ“m पनि हेर्न हिंडनुस् न, त्यहा“ पनि विकास भएको छ ।² सियालाई देखेर मलाई मेरो बाबाले सियास“ग कुरा गरे जस्तो लाग्यो । कल्पनाको कुरा त हो नी । बाबाले सियालाई भन्दै हुनुहुन्थ्यो, ²तेजाथानमा खीर चढाउनु छ, तेरो बुवालाई गाईको दूध राखिदिन भन्नु ।² सिया भन्छ, ²गाईले अव दूध दिन छोड्यो ।² म बाबालाई भन्छु, ²बाबा, हामी बसेको ठाउ“m अमेरिकामा गाईको दूध प्रशस्त पाइन्छ । त्यहा“ गाईकै दूध खान्छन् ।² बाबा सोध्नुहुन्छ, ²तेरी आमालाई गाई दुहनु पर्छ ?² म भन्छु, ²आमाले गाई दुहनु पर्दैन ।² फेरी के भनेर सम्झाउ“m जस्तो लाग्छ र भन्छु, ²गाई दुहने प्रशस्त मानिस पाइन्छ ।² बाबा टाउको हल्लाउ“दै मुसुक्क हा“स्नुहुन्छ । मेरो कल्पना त्यस वेला भंग हुन्छ, जब उलुवा मेरो अगाडी चिया लिएर ²पमु नानी, चिया लेऊ² भन्दछ । उलुवाको सत्कारले म मुग्ध हुन्छु । उसको बुवा भरथा हाम्रो हलो जोत्ने हरवाहा थियो । तर अहिले उसको आर्थिक स्थिति राम्रो भएछ । उसले बजारमा चिया पसल खोलेछ । उसको भाइ दिनेशले एस.एल.सी. पास गरेर स्कुलमा पिउन र टेलिफोन अपरेटरको काम गर्दो रहेछ । यो सब देखेर गाउ“mको विकास कुनै न कुनै रूपमा भइरहेको छ भन्ने मेरो प्रसन्नता तिमीस“ग बा“डन रहर फुर्सद नभएकोले मनमै रह्यो ।
घर्तिटोलको चबच्चा पोखरीको नाम चबच्चा किन राखियो, थाहा छैन । तर तिमीस“ग बात मार्दै त्यस पोखरी वरीपरी टहल्न मनलागेको थियो । पोखरीस“ग गा“सिएका मेरा सम्झनाहरूलाई एकैछिन भए पनि चलचित्र जस्तै कल्पनामा हेर्न मनलागेको थियो । एक हातले बा“धेको चुल्ठो र अर्को हातले नाक थुन्दै डुबुल्की लगाएको, पौंडी खेल्दै पोखरीको माझमा गाडेको खामो समाउन पुगेको, पोखरीको पींधको माटो टाउकोमा टन्न राखेर, ²हेर कति माटो निकाल्न सकें² भनेर बहादूरी देखाउ“दै दंग परेको । पोखरी छेउको बरको रुखबाट पोखरीमा हाम्फालेको । पोखरीको डीलमा स्थित महादेवको मठमा जल चढाउ“दै राम्रो दुलाहा पाउने वरदान मागेको । यी सम्झनाहरू पनि तिमीलाई साक्षी राखी महादेवजीलाई सुनाउने रहर पुरा गर्न सकिन ।
चमारटोली र मुसहरटोली पस्दा म आफु मेरी आमाजस्तै लाग्यो । म कल्पना गर्न थालें, आमा त्यस बखत मेरो अहिलेको उमेरकै त हुनुहोला ? उहा“ले खेतालाहरूलाई भनिरहेजस्तो लाग्यो, ²हेर, आज फलाना ठाउ“मा धान रोप्नुछ । छिटो जावो, तिमीहरूलाई राम्रो खाना पठाउ“ला ।² त्यसपछि निस्कन्थे जनहरू हलो र गोरु लिएर खेततिर । कसै कसैले आमालाई घुर्की पनि लगाउ“थेः ²बजै, राम्रो खुराक, पीरो खुर्सानीको अचार पठाउनु होला । तपाईंले हाम्रो पेट भरिदिनु भयो भने बल्ल हामी तपाईंको खेत भरिदिन्छौं ।² आमा हा“स्दै भन्नुहुन्थ्यो, ²हुन्छ हुन्छ, तिमीहरू छिटो खेत पुग ।² आमालाई सम्झदै त्यहा“का मानिसहरूले मलाई भने, ²बुढिया बजैको दर्शन गर्ने मन थियो ।² मैले जवाफ दिए“, ²बजै अब धेरै बुढी हुनुभयो, मनरासम्म आइपुग्न धेरै तकलिफ हुन्छ उहा“लाई ।² मनरावासी मेरो चिन्ता दूर गर्न भन्छन्, ²अब मनरा आउन पहिलो जस्तो दुःख छैन । गाउ“mको विकास भएको छ । अब पैदल हिंडनु पर्दैन, काठमाण्डुदेखि रात्रीबसमा आउन सकिन्छ ।² म भन्छु, ²तै पनि, आमा बुढी हुनु भयो ।² मैले त्यसो भने पनि उनीहरूको आ“खामा पहिलेकी मेरै उमेरकी आमा बस्नुभएको छ । काठमाण्डुबाट जनकपुर आउने रात्रीबस अब मनरासम्म पुग्ने गरेको एउटा मात्र बसको आवत जावतलाई मनरावासीले विकास मान्नु परेको छ । म के भनु“ उनीहरूलाई ? मेरी आमा अहिले जुन देशमा बस्नुभएको छ, त्यहा“ उहा“को आठै छोराछोरीको घरमा दुइतीनवटा मोटर तैनाथ रहन्छन् ।
हे मनरा प्रियतम † तिमीस“ग धेरै धेरै बोल्ने रहर थियो, त्यही रहर नमेटिएकोले यी पानाहरू अहिले अक्षरले भरिए । मैले पहिले गहिरिएर सोचेकै रहेनछु तिमीले मलाई कति माया गर्छौ भनेर । अब पो बु¤छु, तिमीले माया देखाएकोले नै म अमेरिका फर्किसकेपछि पनि तिम्राबारे यति विघ्न सोच्ने गर्दछु । म जब जब एक्लै हुन्छु तिम्रै सम्झना आउ“छ, सपनीमा पनि तिमीलाई नै देख्छु । गाउ“mमा धेरै आइमाईले ²घडी कोसेली देऊ² भनी मागे । मैले सकें भने म मनरामा एउटा घण्टाघर बनाइदिन्छु, र भगवानले मस“ग सोधे भने मनरालाई डिजनील्याण्ड बनाइदेऊ भनी वरदान माग्नेछु । अरुका नजरमा मनरा मधेशको एउटा पिछडिएको गाउ“m होला, तर मेरालागि मनरा जननी जन्मभूमीश्च स्वर्गादपि गरियसी ।
-डेनभर, कोलोराडो
Issue : 2006
(स्रोत : Pardesh.com)