~हरिमाया भेटवाल~
भृत्युसँगको जम्काभेटले
म बदलिएकी छु
मैले देखेँ कुइरोले आत्माहत्या गर्दै
तल झरेर पानी बनेको
पानीले आत्महत्या गर्दै
आकाशिएर कुइरो बनेको
आहा … ! कति आनन्ददायी
रूपान्तरण प्रकृतिसँग प्रकृतिको
म कुइरो भएर उठिहेरेँ
म पानी भएर बगिरहेेरेँ
माटोलाई सिञ्चित गर्दै
बालीभित्र बसिहेरेँ
तर अफसोस … !
बगरेहरू भाँडा थापिरहेछन्
म त रगत भएर बग्छु
बुद्धिजीवीहरू हातमा पैसा
लिएर बसिरहेछन्
म मासु भएर बिक्छु
जब स्वादिष्ट खाना भएर
म भुटिन्छु
तब, अस्तित्वलाई बचाउँदै
म वाफ बनी उनीहरूबाट छुट्टन्िछु
कसले भन्न सक्छ
मैले मृत्यु देख्या छैन,
मैले मृत्यु भोग्या छैन,
मैले मृत्यु बोक्या छैन,
त्यसैले त म, मात्र उनीहरूबाट बच्न
चीसो हिउँको चट्टान बनेकी छु
जसलाई छुन खोज्नेहरू
आफैँ टुक्रिएर र्झछन्
स्नेह बर्साउनेहरूको तापले
म आफैँ पग्लिएर झर्छु
हो, प्रत्येकपल मृत्युसँगको भेटले
म बदलिएकी छु
त्यसैले भेटिन्छ सायद रूपान्तरण ।।
(स्रोत : मधुपर्क २०६६ बैशाख)