~हरिमाया भेटवाल~
तप्किए झैँ बलेसीमा सीत को थोपा
किन तप्प तप्प झर्छ होला मनमायाका स साना सपनाहरु ………..?
उसैको आखा अगी
, पानी जमिनमा भिज्छ माटोको प्यास बुज्छ..
मनमाया तिर्खाउछे
हिजो पल्लोघरको सुबेदी बाजेले भनेको सम्झन्छे उ …
धर्ति र आमा उस्तै हुनुपछ रे …
धर्तिमा मनमायाले डल्ला फुटाउदा…
उसको मनमा परेको डल्ला फुटाउछ कसले ………..?
धर्तिमा उसले बीउ रोपीरहदा …
उसका मनका सुइराहरु टूटौछ कसले ……………..?/
उ सम्झन्छे सुबेदी बाजेका कुरा …
धर्ति जसरि जोते पनी हुन्छ
धर्तीमा जे रोपे पनी हुन्छ
तर किन जोतेदैन धर्ती जसरि मनमायाको मन …?
किन पोतिदैन माटो जसरि उसको तन …..?
(स्रोत : Pallawa)