~हरिमाया भेटवाल~
तिमी प्रेम कविता लेख भन्छौ मलाई ..
आफ्नै पहिचान पत्तो नपाई
को हो ! को हो भन्दै उडेको कोयेली चरो झैँ
पंख फिजाउन खोज्दा आकाशमा…..
म ठोकीनेगर्छु पर्खालमा
अनि पछारिन्छु आफ्नै आगनमा
हो त्यो बेला म कसरि लेखौ प्रेम कविता …….?
माटोको भित्तोहरुमा ज्यानजोगाउन तल्लिन
कमिलाको ताती झैँ म ज्यानजोगाउने लाईनमा उभिएको बेला …
तिमी नै भनन म कसरि लेखौ प्रेम कविता …….?
भोकको पहाड़ बोकेर …
नुनको स्वाद लिन
खर्पन भरि नुन जस्तै आसु बोकेर हिडेका
असंख्य मान्छेहरु देखेपछी …
तिमीनै भनन म कसरि लेखौ प्रेम कविता …….?
चीसो चौरमा चरिरहेका भेडाका बथानहरु सगै .
भेडाकै मोलका मान्छेहरु …
भेडा भन्दा नांगै भएर बाचेको दिखेपछी
म कसरि लेखौ प्रेम कविता ……?
ब्राजिलकी रुसेफ हुन हैन ..
उदयपुरकी मास्टरहुन लाई पदन खोज्ने छोरिलाई
पढाउन नसकेर
आत्महत्या गर्ने आमाको लास देखेपछी
तिमी नै भनन म कसरि लेखौ प्रेम कविता …….?
पहिलो रजस्वला हुदा ओडारमा पुगेकी किसोरी ..
आन्तिम राजस्वोला हुदा सम्म ओडार मै
सयौ पल्ट मर्दै बाचेको देखेपछी …
तिमीनै भनन म कसरी लेखौ प्रेम कविता ……?
भोक सग लड्न नसकेर …
आफ्ना सन्तानलाई ..
कुवामा धकेल्नी आमा को अचेत अवस्ता देख्दा ..
भन म कसरी लेखौ प्रेम कविता ………?
बढारेर सुकीलो बनाएको सिंहदरवार भित्र …
फोहोरी खेलाडीहरुले मैदान ओगटेपछी …
भन म कसरी लेखौ प्रेम कविता ………..?
हामीले फेरीरहेको हाम्रो सास सम्मको …
कर तीरेर बाच्दा पनी …
हाम्रै सपनाहरुलाई …
बलात्कार गरेर बाचेका …
यो राज्यका शासकहरु दिख्दा …
भन म कसरी लेखौ प्रेम कविता …..????
(स्रोत : Pallawa)