लघुकथा : न्याय

~जगदीश घिमिरे~

वनस्पतिसँग सोधेँ, “के चाहन्छौ  ?”
वनस्पतिले भने, “न्याय ।”
“त्यो भनेको के  ?”
वनस्पतिले भने, “अरूको अधिकार हनन नगरीकन धरतीमा हामीले पाउने न्यायोचित भाग ।”
मैले भनेँ, “अलि प्रस्ट भन न !”
वनस्पतिले भने, “पञ्चतत्त्वमा हाम्रो मोहियानी हक । बँधुवा-मजदुर हक ।”
मैले सोधेँ, “त्यो भनेको के हो  ?”
वनस्पतिले भने, “हाम्रो भागको माटो, पानी, हावा, आगो, आकाशको भोग गर्ने अधिकार ।”
मैले सोधेँ, “अनि, तिमी हामीलाई के दिन्छौ  ?”
वनस्पतिले भने, “तिमीले सास फर्ेर्ने वायु । तिमीले खाने भोजन । तिमीले पिउने पेय । त्रि्रो व्याधि निको पार्ने औषधि । तिमीले बस्ने घर । तिमीले लाउने लुगा । तिमीले रसास्वादन गर्ने सौर्न्दर्य । तिमीलाई यो धरती भोग गर्न चाहिने सबै पर्ूवाधारहरू । तिमीलाई बाँच्नका लागि नभई नहुने पञ्चतत्त्वका हामी अभिन्न अङ्ग हौँ । तिम्रा लागि हामी हाम्रो जीवन उर्त्सग गर्छौं ।”

***

पशुसँग सोधेँ, “तिमी के चाहन्छौ  ?”
पशुले भने, “न्याय ।”
मैले सोधेँ, “त्यो भनेको के  ?”
पशुले भने, “धरतीमा हाम्रो हक । ”
मैले भनेँ, “अलि प्रस्ट भन न !”
पशुले भने, “पञ्चतत्त्वमा हाम्रो मोहियानी- हक, बँधुवा मजदुर-हक । ”
मैले सोधेँ, “त्यो भनेको के  ?”
पशुले भने, “हाम्रो भागको माटो, पानी, हावा, आगो, आकाशको भोग गर्ने अधिकार ।”
मैले सोधेँ, “त्यो भनेको के  ?”
पशुले भने, “पेट भर्न घाँस र तिर्खा मेट्न पानी ।”
मैले सोधेँ, “त्यसको साटो तिमी हामीलाई के दिन्छौ  ?”
पशुले भने, “बाँचुन्जेल हामी तिम्रा दासानुदास भएर, तिम्रा जेल, नेल, कोर्रर्ाा यातना सहेर, तिम्रा शोषण, उत्पीडन, सनक र लहडका सिकार हुन्छौँ । मरेपछि हाम्रो सिनोले त्रि्रो ज्रि्रोको तिर्सना मेट्छौँ र त्रि्रो उदरको भोक साम्य पार्छौं ।”

***

मान्छेसँग सोधेँ, “तिमी के चाहन्छौ  ?”
मान्छेले भन्यो, “न्याय ।”
मैले सोधेँ, “त्यो भनेको के  ?”
मान्छेले भन्यो, “अरूको अधिकार हनन नगरीकन धरतीमा हामीले पाउने न्यायोचित भाग ।”
मैले भनेँ, “अलि प्रस्ट भन न !”
मान्छेले दृढतापर्ूवक दारा किट्दै भन्यो, “मैले परभिाषा गरेको न्याय ।”
मैले सोधेँ, “त्यो भनेको के हो  ?”
मान्छेले जुँगामा ताउ लाएर भन्यो, “तेरो र्सवस्वमा मेरो अधिकार । मलाई जति सम्पत्ति भए पनि पुग्दैन ।”
मैले सोधेँ, “अनि  ?”
मान्छेले भन्यो, “तेरी पत्नीमा मेरो स्वामित्व, मलाई जतिवटी भए पनि पुग्दैन ।”
मैले सोधेँ, “अनि  ?”
मान्छेले भन्यो, “तेरा सन्तानमा मेरो प्रभुत्व । मलाई जति दास-दासी भए पनि पुग्दैन ।”
मैले सोधेँ, “अनि  ?”
मान्छेले भन्यो, “तेरो ज्यान । मलाई कसैले मेरो सिद्धान्तको विरोध गरेको मन पर्दैन ।”
मैले सोधेँ, “त्यसको साटो तिमी हामीलाई के दिन्छौ  ?”
मान्छेले भन्यो, “धरतीमा मेरो निर्विवाद, प्रश्नरहित एकछत्र राज ।”

(श्रोत: नेपाल साप्ताहिक)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.