कथा : काल्पनिक

~डा. ध्रुवचन्द्र गौतम~

यो कथामा केही पनि छैन । केवल एउटा पात्र छ । पात्र काल्पनिक हुनाले पात्रले के गर्छ त्यो पनि थाहा नभएकाले केही भएन । थालनी गर्दा कसरी गर्ने ? यतिका वर्ष लेखेपछि म लेखक जसले कयौं प्रमुख आतिथ्य र सभापतित्व भ्याइसकेको छ, त्यसलाई यस्तो समस्या नपर्नुपर्ने ?

हुन त म तिनै लेखकमध्ये पर्दछु, जो लेख्न त धेरै लेख्दछु तर केही रकम छोडेर प्राप्त गर्न केही सकेको छैन । पत्रिकाले माग्यो कि म गरिब लेखकको उत्साह बढेर आएको हुन्छ । म आफूलाई जसरी भए पनि ठोकठाक गर्छु र लेख्ने लायक बनाउाछु । यतिका वर्ष लेखेर पनि जुन भाउ मलाई दिएका छन् समालोचकहरूले त्यो भन्यो भने हाँसो उठ्दो होला । अझ मेरो पछिल्तिर नलेखेर त के के भन्दा हुन् । म सान्त्वना के गरी आफूलाई दिन्छु भने ती बेवकुफहरू यति लेख्न सकिरहेका छैनन् त्यसैले यस्तो भन्छन् । म केही रकम त पाउँछु लेखेबापत । यसले मेरो परम दरिद्रतामा केही कमी आउाछ भने, तिनका भनाइहरू ईष्र्या नै मान्छु ।

लेखेर मैले चामल पनि प्राप्त गरेको छु, रक्सी पनि । यहाा तेस्रो कुराको पनि उत्सुकता होला । म स्पष्ट भनिदिउा, मैले तेस्रो कुरो पनि लेखेर पाएको छु । लेखनबाट प्रभावित पारेर होइन नि फेरि । लेखनबाट प्राप्त रकमबाट प्रभावित पारेर । काठमाडौंमा भात खान गाह्रो छ । त्यो तेस्रो कुरो भने उपलब्ध गर्न सजिलो छ, तुलनात्मक रूपमा । कहिलेकाहीं पेटभरि ख्वाइदियो, ऊ पनि तृप्त, आफू पनि तृप्त । भोकपछिको भोक मारिन्छ फोसामा ।

त्यसो त मलाई लेखक भनेर पूरा स्वीकार गर्न पनि कति जना मात्र चाहादैनन् । भन्छन्­ चारखालको नौसिन्दा पनि त लेखक हो भनेर किन नमान्नु ? यसको जवाफ के दिने ? बोल्नेले पनि यस्तो खरो कुरा मातेपछि नै गरेको हुन्छ । त्यसमा मैले मातेर दिने जवाफको फेरि के अर्थ ?

कुनै बेला मोसो दलेर हो कि होइन तर डाँडा कटाइदिनुपर्ने लेखक भन्ने पनि सुनेकै हुा । यो लेखक होइन, लेख्ने रहर गरेर बाँचेको मान्छे हो भन्ने पनि यिनै कानले सुनेका छन् । अपमान गर्ने लगभग सम्पूर्ण विशेषण मैले प्रोटिनसरह आत्मसात् गर्नु परेकै छ । अब यतिका भइसकेपछि म फेरि किन पछि हट्ने ? मैले पनि तिनीहरूलाई ईष्र्यालु बनाउने राम्रै प्रतिबद्धता पालेको छु । यो देशमा मभन्दा खराब लेखकै छैन जस्तो गर्दछन् । के त्यस्तो सम्भव छ, जतिसुकै राम्री केटी भए पनि, त्योभन्दा राम्री भेट्ने सम्भावना हुादैन र ? जतिसुकै कुरुप भए पनि अझ कुरुप भेटिने सम्भावना पनि भइरहन्छ । लेखमा पनि त्यस्तै हो । म जतिसुकै खराब लेखक भए पनि म भन्दा खराब लेख्ने लेखक पनि पाइन्छ । पैसा दिन्छन् भने मै खोजेर ल्याइदिन्छु । केही भएन भने, अन्त्यमा मै हुा मभन्दा खराब लेखक भनेर उभ्याइदिन्छु । उनीहरूलाई मभन्दा खराब लेखक चाहिएको त हो नि । मैले नै मलाई नै मभन्दा खराब लेखक भनेर प्रस्तुत गरेपछि त तिनीहरू झन् हर्षविभोर हुनुपर्ने हो तर यी सब निर्भर गर्दछन्, मलाई तिनले दिने पैसामाथि ।

मेरो एउटै भनाइ छ­- पैसाका लागि लेख्छु भने, राम्रो पैसा पाए पैसैका लागि लेख्न छोड्न पनि सक्छु । यसमा के छ र ?

अहिले त मलाई आफनो लेखकीय व्यक्तित्व धान्नसमेत लगभग सारा पत्रपत्रिका आउनुपर्नेछ, आएकै छु । जोसुकैले जेसुकै भनोस् । लेखक नमाने नमानोस्, पत्रिकाले छापुन्जेल दिनु पर्दछ । जुनमा पनि दिन्छु । प्रतिभा-प्रतिभा छाडौा । मागेर दिएन भने पछि पर्ने ठूलो डर छ मलाई । अरू केही नभए पनि, म प्रत्येक पत्रिकामा प्रकट हुने लेखकका रूपमा त चर्चितै छु । यो पनि त उपलब्धि नै हो ।

यहाँसम्म त ठीक थियो तर यस पटक मेरो दोस्रो दरिद्रता प्रकट हुने डर भएको छ । मैले राम्रो-नराम्रो छाडौँ, यति विषयमा लेखेा अब मसित विषय नै रहेन । दोहोर्‍याउने-सोहोर्‍याउने सब गरेर सिध्याइसको । सम्बन्धका सबै स्वरूप लेखिसकेा । राजनीतिक व्यङ्ग्य लेखिसकेा सबै प्रकारका । समाजका जति खराबी छन्, सब समेटिसकेा । आजको विज्ञान प्रविधि, पर्यावरण, प्रकृति सारा परिसके । अब के लेख्ने ?

अब केवल एउटा पात्र जोगिएको छ जुन मैले लेखेको छैन । नलेख्ने कारण पनि छ । सो पात्र नितान्त काल्पनिक हो तापनि त्यसका केही कुराहरू जोरजार पारेर खोजेको छु । यो एउटा फ्याङल्याङे पात्र हो, होइन ? खाते होइन तर निम्नमध्यम वर्गीय अव्यवस्थित । खाते केलाई भन्छन् ? तर भन्नलाई भनिदिउा, यो पात्र एउटा निम्न मध्यमवर्गीय खाते हो । दुई प्रकारको मोजा लगाउनु यसका लागि मामुली कुरा हो । यसको घडीले दिनको दुईपटक सही समय दिन्छ । दुई बजेर पच्चीस मिनेटमा । यसकारण कि घडी दुई बजेर ठ्याक्क पच्चीस मिनेटमा कैयौँ दिनदेखि रोक्किएर बसेको छ । दिउासोको समय त यो पात्र हेर्न भ्याउाछ । प्रसन्न पनि हुन्छ, अहिले त दियो नि ठीक समय तर राति दुई बजेर पच्चीस मिनेटको सही समय ऊ हेर्न भ्याउादैन । त्यसबखत ऊ मदिरा सेवन गरेर मस्त निदाएको हुन्छ । यसरी आफनो घडीले दिने सही समयको ऊ पचास प्रतिशत मात्र उपयोग गर्न भ्याउाछ । पक्कै घडीको ब्याट्री सकियो । फेर्न पैसा लाग्छ । त्यसकारण फेर्दैन । घडी दिनदिनै भिर्छ । संजोगले कसैले ऊसित समय सोधेको छैन । एकपटकबाहेक । एकपटक एउटी तन्वङ्गी केटीले अनुहारमा हतारको तीव्र भावसहित सोधी- “कति बज्यो दाइ ?”

उसले साँच्चिकै घडी हेर्‍यो । अनि साँच्चिकै आफनो घडीमा जुन समय सदाकालदेखि बजिरहेको थियो, त्यही बताइदियो । यस्तो नहुादो हो अन्य परिस्थितिमा । केटी अत्यन्त रुपवती थिई । त्यसको रुपबाट प्रभावित मेरो त्यो पात्र निकै हदसम्म आत्तिएको हुादा उसले त्यहाँ सत्य बोल्दा सत्य, असत्य बोल्दा असत्य हुन्छ भन्ने तथ्य ठ्याम्मै बिस्र्यो । केटी मिलनसार थिई । हाँसी । हाँस्दै भनी- “मैले त १२ बज्यो कि बजेन भनेर जान्नलाई सोधेकी थिएा ।” त्यसपछि त्यहाँ अडिइन त्यो केटी ।

मेरो पात्र सत्य बोलेर जरिमाना तिरेजस्तै गरी उभिइरहृयो, उसले घडी तत्काल झिकेर मिल्काइदिने समेत नसोचेको होइन । पछि फेरि सोच्यो कुनै दिन त कसैले दुई बजेर पच्चीस मिनेटमा समय सोध्ला ? त्यो प्रश्न कुनै केटीले गरी भने यस केटीप्रति भएको गल्ती सपार्ने मौका पाइन्छ । अहिलेलाई एउटी राम्री केटीलाई सानो मानवीय सन्तुष्टी दिन असफल भएकामा उसलाई घोर पश्चाताप भइरहृयो केही बेरसम्म । त्यसपछि ऊ कतै अन्त लाग्यो ।

घडीपछि उसको जीवनमा जुत्ताको पालो आउाथ्यो । अहिले जुन जुत्ता ऊ लाएर हिाडिरहेको थियो, त्यो कोही अरूको थियो । प्रायः गरेर रक्सी खाएर निस्किादा कुनै अरूकै जुत्तामा खुट्टा छिराएर हिाडिदिन्थ्यो । प्रायः त्यस्तो भएकाले उसको बानी नै भन्ठानुा । पछि जुत्तावालले कसैगरी पत्ता लगाएर उसबाट आफनो जुत्ता प्राप्त गर्दथ्यो, खुसी हुादो हो । उसका जुत्ताहरूको तुलनामा तीमध्ये कुनैका पनि जुत्ता उम्दा केटिका हुन्थे । यसपटक गोलमालमा पनि गोलमाल भयो । पन्ध्र दिनभित्रमा तीन जोर जुत्ता फेरिदिएछु अर्काकै । अब असल र खराब पनि ती तीन जोर जुत्ताका बीचमा पो गर्न थाल्यो । यद्यपि तीनै जोर अर्काको थिए । तैपनि उसलाई अपसोच केमा लाग्यो भने दोस्रो जुत्ता राम्रो थियो, त्यो फेरेर तेस्रो जोर लगाउन पुगेकोमा उसलाई थकथक थियो । उसको आफनो जुत्ता त कहाँ होला कहाँ होला ? आजसम्म दावी विरोध आएको छैन । अब त यही जुत्ता पनि फाट्ने बेला भइसक्यो । उसको सोचाइ हो । अब त उसको आफनै जुत्ता यीभन्दा साबुत देखिने बेला आइसक्यो ।

एक दिन भोक लागेको थियो । बिहानको समय थियो । एउटा मित्रको घर नजिकै थियो । पसिदियो । पत्तो पाउादैन थिए । जस्तो त्यहाँ ऊ दस महिनाभन्दा बढी भएको थियो नपसेको । त्यतिमा त एउटा बच्चाको गर्भाधान, जन्म र थोरबहुत हुर्काई पनि थालिइसकेको हुन्छ ।

त्यहाँ गयो । गएपछि थाहा पायो भित्र योगा सिक्न थालेको थियो र योगा गुरुको प्रतीक्षा गरिरहेको थियो पूरा परिवार ।

मित्रले भन्यो- “तिमी पनि गर आज ।”

गुरु आयो । गुरुले आफूलाई गुरु देखाउने प्रयत्न जतनसाथ गरेको थियो । लामो केश । पहेालो वस्त्र र पहेालो उपर्ना । जान्न त जान्ने रहेछ । योग पनि र बोल्न पनि । योग सिकाएर गुरु अन्यत्र प्रशिक्षण दिन हिाड्यो । त्यसपछि बल्ल मेरो पात्रको कामको कुरो आयो । टोष्ट र अमलेटपछि कफी खाएर टन्न हुादै हिाड्यो । उसको घरनिर एउटा विशाल खाल्डो बनेको थियो । बिनाप्रयास भास्सिएर । अरू बेला त होइन राति रक्सी धोकेर आउादा खसिएला कि भन्ने डर हुन्थ्यो । साँघुरो बाटो मात्र बाँकी थियो । ऊ दिउासै राम्ररी निरीक्षण गरेर जान्थ्यो, राति कतातिरबाट कसरी आउने हो, खाल्डो जोगाएर । खाल्डोपारि पुगेपछि जहिले पनि किन हो उसलाई एउटा गर्वको अनुभूति हुन्थ्यो । एउटा छोटोमोटो विजय हासिल गरेजस्तो किसिमको । यो चलन महिनौँदेखि यस्तै गरी चलिरहेको थियो । कहिलेकाहीँ जोग्गिादा जोग्गिादा पट्यार मानेर सोच्दथ्यो एकपल्ट खसी हेर्नुपर्‍यो खाल्डोमा । टोलमा कति मानवता बाँकी रहेछ, त्यसको पनि जाँच हुन्छ तर गर्न चाहिा गरेन । सधैा विजयी हुने र वीर हुने भाव नै उसलाई सुखद लाग्यो । जतासुकै हारे पनि, त्यो खाल्डोले कमसेकम मलाई जितेको भाव प्रदान गरिरहेको छ भने मैले आफूले नियम किन उल्लङ्घन गर्ने ?

यो पात्र प्रेम गर्दैन थियो । त्यसमा उसलाई विश्वास थिएन । उसलाई कुनै रोमाञ्चमा समेत विश्वास थिएन । उसको स्वभावमा पनि कुनै यस्तो कुरा देखिएन, जसले द्वन्द्व वा झगडा वा नेतृत्वमध्ये केही उत्पन्न होस् । ऊ जीवनमा केही नभए पनि आरामसाथ जीवन बाँचिरहेको थियो । यस्तो पात्रबाट के बन्छ लेख्ने ? बलात्कार अथवा शारीरिक अन्य क्रियाकलाप अथवा कुनै किसिमको तरङ्ग केही थिएन । शान्त सरोबर जस्तो जीवनमै ऊ रमाएको थियो । उसलाई जीवनसित कुनै गुनासो पनि थिएन । आठ बजे भात खान बस्दथ्यो । साढे आठ बजे घरबाट निस्किन्थ्यो । बसमा धेरैजसो झुन्डिएर जान्थ्यो । बेलुकी भट्टीमा पस्थ्यो । र्फकंदा पैसा छ भने ट्याक्सी नभए हिाडेरै भए पनि घर पुग्ने आाट राख्दथ्यो । यस्तो जीवनमा के खोजेर लेख्ने ?

यस्तोमा मैले सोचेँ- पात्र काल्पनिक बनाइदिउँ पूरै । त्यसपछि त्यसबाट जे गराए पनि हुन्छ ।

एक दिन पात्र आइरहेको थियो । पछिल्तिरबाट आवाज आयो सर । उसले देख्यो छिमेकी रहेछ । त्यसले आएर भन्यो- “सर अब त्यो खाल्डो पुर्न भनेर निकासा आउनै आाटेको छ ।”

उसले भन्यो- “ए ।”

त्यस्तो चीसो ‘ए’ किन भन्यो भने आज ४-५ वर्षदेखि त्यो खाल्डोका लागि उसले कति पटक यसलाई भनिसकेको थियो । यो समाजसेवी भन्थ्यो आफूलाई । कहिल्यै पुरिएन । यता आएर भन्न छोडेको थियो । उसलाई यही खाल्डोले कतै न कतै विजयी बनाइदिइरहेको थियो । यो विजय खोसिने उपाय गरेर ऊ रातप्रति रात पराजित बन्न चाहादैन थियो ।

खरो त्यो मानिसले आज अचानक त्यति विनम्र वचन कसरी बोल्यो । त्यसमाथि खाल्डो पुर्ने विषय ल्याएर ? पात्र यसमा पो चकित भएको थियो ।

केही बेर कुरा गरेपछि बल्ल थाहा पायो, ती चुनावका दिन थिए र यो उम्मेदवार बनेर उठेको रहेछ ।

टोलमा त्यस्तो चलिरहन्थ्यो ।

हो त्यसैपछि मैले सोचेा, पात्रलाई काल्पनिक बनाउादा त जे लेखे पनि हुन्छ । एक मन त लाग्यो, यसलाई पनि उम्मेदवार बनाइदिउा र लेख्न थालुा तर चुनावका अनेक दाउपेच म आफैालाई थाहा छैन भने त्यो अवास्तविक हुन्छ । एक त मेरो कथा त्यसै पनि मान्यता प्राप्त छैन । त्यसमाथि आफैालाई अवास्तविक लाग्दा त कसरी लेख्नु ?

लेख्नु त जसरी पनि पर्छ । मेरो कमजोरी नै भइसकेको छ यो । मलाई थाहा छ, यसमा पनि म केही रकम त पाउाछु तर झन् केही नभएको कथा, केही नभएको पात्र लिएर कसरी अघि बढ्नु ? पेनाल्टी पाएको छ तर गोलकिपर छैन रोक्नलाई । यस्तो स्थिति छ मेरो अहिले । झन् कस्तो होला ? यसले पाठकभन्दा अन्य लेखक नै बढी रिसाउने डर छ तर यो मौका त्याग्न पनि सकिादैन । दरिद्रता धेरै शक्तिशाली हुन्छ । त्यसले जति असफल कार्यमा पनि हात हाल्न लगाउाछ । पहिल्यैदेखि ज्ञान असफलतामा समेत ।

अब जे होला होला । यसै कमजोर उसै कमजोर के एउटा बेकारको, नालायक र जीवनमा लेख्नेलायक केही नभएको पात्रलाई लिएर म लेख्न थाल्दछु ।

थाल्नुभन्दाअघि एउटा जरुरी सूचना भने अवश्य दिन चाहन्छु । जुन पात्रलाई मैले काल्पनिक भनेा, त्यो वास्तवमा मैा हुा । अब त स्पष्ट भयो होला, यही एउटै पात्र मसाग कसरी बाँकी हुन गयो ?

अनि, म स्वयम् पनि त जीवनमा काल्पनिकभन्दा के कम भएको छु र ?

(स्रोत : मधुपर्क कथा बिशेषाङ्क )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.