कथा : एक्ली स्यारोन

~होमशंकर बास्तोला~

हिजोअस्तिझैँ कम्प्युटरमा च्याट गर्दा अचानक एक परिचित मान्छेले च्याट गरेजस्तो लाग्यो । तर के परिचय हुनु, ऊ समुन्द्रपारिकी थिई, म हिमालवारिको थिएँ । उसले यति नम्र र शालीन शब्दहरु प्रयोग गरेर म्यासेज गर्थी । म भने भर्खरै–भर्खरै नेटको सुविधा उपयोग गर्न थालेको थिएँ । शब्दहरु लेख्दा शब्दको अघिल्लो अक्षर लेख्ने, वाक्य बुझ्नै नसक्ने र अपूरा हुन्थे । यस विषयका भुक्तभोगीहरुका लागि यस्ता शब्द र वाक्यहरु उनीहरु राम्ररी बुभ्mदारहेछन् । मैले पनि बिस्तारैबिस्तारै बुभ्mन थालेको थिएँ । हाम्रा दिनहरु प्रायः कम्प्युटरमा च्याट गरेर बित्थे । ऊ प्रत्येक दिन मलाई माया उत्प्रेरित हुने शब्दहरु टाइप गरेर पठाउँथी । म पनि उसै गर्थें । उसले आफ्नो ठेगाना अमेरिका बताएकी थिई । मेरो ऊसँगको प्रमुख आकर्षण युवती वा यौवनको कारणले भन्दा अर्कौ कारण थियो । उसले आफू बाईस÷तेईस वर्षे युवती भएको म्यासेज गरेकी थिई । मैले छब्बीस÷सत्ताइसको युवक भनेको थिएँ । उसले मेरो देशको बारेमा केही थाहा पाएकी रहिनछ । हाम्रो देशको वा संसारको अग्लो शिखर माउन्ट एभरेस्टभन्दा उसले ओ…भनी ।

‘तिमी त धेरैचोटि चढ्यौ होला नि माउन्ट एभरेस्ट, है न त …।’ उसले यसैगरी धेरैपटक प्रश्न गरेकी थिई । मैले अनेक कुरा गरेर उसको प्रश्नलाई अन्यत्रै मोड्ने प्रयत्न गरेको हुन्थेँ र हाम्रा सुन्दर हिमाल र पहाडका बारेमा थपथाप गरेर बताउँथेँ । हिमाल चढ्ने रहरत कसलाई हुँदैन र ? तर के गर्नु ! आकाशको फल आँखातरी मर भने जत्तिकै हो । आफ्नै देशको हिमाल र संसारको अग्लो सगरमाथा चढ्न डलरमा रोयल्टी तिर्नुपर्छ । त्यत्रो रकम एउटा नेपालीका लागि जुटाउन नसकिने विषय भनौं कि जस्तो लागेको थियो । त्यसमाथि अहिलेसम्म नाम्चेबजारसम्म नपुगेको बबुरो र तीस डिग्री सेल्सियसको तापक्रममा जन्मेको व्यक्ति त्यस्तो बरफको सडकमा हिँड्न त के उभिनसम्म सकुँला कि नसकुँला भनौ कि भन्ने लागेको हो । तर म यही देशको नागरिकले सात समुन्द्रपारिकी स्यारोनलाई यावत कुराहरु बताउँदा हाम्रा हिमालप्रति अनास्था जाग्ला र मेरो देश र हाम्रा सुन्दर पहाड र हिमाल हेर्न नआउलिन् र अलाई पनि नआउन उत्प्रेरित गर्लिन् भनेर मैले केही भनेको थिइनँ ।

मैले पटकपटक भनको थिएँ ‘स्यारोन ! संसारको यति अग्लो हिमाल नचढ्ने भए पनि हेर्न आऊ न । म तिमीलाई शिरमै पु¥याउन नसके फेदमा पु¥याएर थोरै इच्छा पूरा गरिदिउँला ।’

भन्ने बित्तिकै को कहाँ पो आउन र जान सक्छ र ! फेरि त्यहाँसम्म आउन ठूलै रकम जोहो गर्नुपर्ला । मेरो एउटै इच्छा थियो, स्यारोन आइन् भने म माउन्ट एभरेस्टको फेदसम्म टेक्नसक्छु । अहिलेसम्म हिमालको फेदसम्म नपुगेको मजस्तो बबुरोको लागि एउटा प्राकृतिक सुन्दरताको मादकता पिउने र अर्को स्यारोनको विश्वास प्राप्त गर्ने इच्छा थियो । म स्यारोनलाई ह्रदयदेखिको मायाको न्यानोपन पोख्दै च्याट र मेल गर्थें । म हरेकपटक मेल र च्याटमा भन्ने गर्थें ‘स्यारोन तिम्रो देश कति सुन्दर छ हगी !’ उसले मेरो प्रत्युत्तरमा यसो भन्थी ‘अर्जुन ! मेरो देश त्यति सुन्दर भएको भए किन मेरो देशका नागरिक तिम्रो देशको पहाड, हिमाल र तालहरु हेर्न लाखौं खर्च गरेर आउँथे । त्यसमाथि यो ब्यस्त सहर, मेसिनजस्तो जिन्दगी । तिमी नै भन ? मेरो देशमा आउन जति गाह्रो छ तिम्रो देशमा जान धेरै सजिलो छ । मलाई पनि तिम्रो देश हेर्न मन लागिरहेको छ ।’
तिम्रो देश कति राम्रो छ भन्नुको मेरो उद्देश्य कमाइ राम्रो छ भन्नु हो । मेरो मन आफ्नो माटो र सुन्दर हिमालयका छेउमुनिबाट पैसाको लागि ‘तिम्रो कति राम्रो देश हगी स्यारोन ।’ भन्दा नदुख्ला र !

ओ, हो ! मैले स्यारोनलाई च्याट गरेको र उनीसँग सम्पर्क भएको छ महिना भइसकेछ । यसबीचमा उनले र मैले पठाएका मेलका पत्रहरुलाई जम्मा गर्ने हो भने एउटा राम्रै पुस्तक बन्थ्यो होला । तर यो कर्मको पर्दाफास गर्न उचित लागेन । उसले के गरी ? उसैलाई थाहा होला वा उसको मेलबक्सलाई । मैले उसलाई एक दिन भनेँ ‘स्यारोन तिमी त मेरो मुटुमा बिझिसक्यौै । तिम्रो बिझेको मुटुभित्रको खिल के धेरै दिनसम्म बिझ्ला र ? तिमी सात समुन्द्रपारि छ्यौ, म सात हिमालवारि ।’

‘अर्जुन के भन्छौ तिमी … । भन्न कहाँ पो सकिन्छ र ? समयले मान्छे र मनलाई कहाँ पु¥याउँछ पत्ता हुँदैन । परमेश्वरले जुराए भने तिम्रो हाम्रो भेट नहोला भन्न सक्दिनँ । मैले केहीदिन अघि बी.बी.सी. न्युजमा माउन्ट एभरेस्टको बारेमा सुनेकी थिएँ । सबैभन्दा पहिले माउन्ट एभरेस्ट चढ्ने नेपाली र न्युजिल्यान्डका नागरिक रहेछन् । मलाई त्यो समाचारले तिम्रो देशको अग्लो र विश्वकै अग्लो शिखर हेर्न मुड चलेको छ । तर के गर्नु पैसा भएर मात्रै नहुने, पैसा नभए पनि नहुने… ।’ उसले मन खिन्न पारेर भनेकी थिई । त्यसपछि ऊ दुई÷तीन दिन हराई ।

मैले उसलाई प्रत्येक दिन मेल गरिरहेँ । अर्को दिन ऊ अनलाइमा आई । त्यस दिन ऊ अघिपछिभन्दा अलि उदास थिई भन्ने च्याटगफबाट लागेको थियो । उसले मलाई अलि खिन्न भावमा लेखी ‘मिस्टर अर्जुन तिमीले मेरो जिन्दगीका बारेमा थाहा पाएका छैनौ । ती सबैकुरा थाहा पाएपछि तिमी मलाई माया वा घृणा के गर्नेछौ त्यो त तिम्रो वास्तविक माया वा घृणा त्यसबाट थाहा हुने नै छ । मलाई भन्न गाह्रो लागिरहेको छ, भनेर मन हलुका पार्न मन लागिरहेको छ । अर्जुन बाईबाई । म गएँ है, … स्यारोन ।’ यसरी नै ऊ बिदा भई ।
ऊ फेरि एक हप्तै हराई । त्यसबीच मैले उसलाई पठाएका म्यासेजले उसको मेलबक्स नै भरियो होला भन्ने लागेको थियो । म उसलाई मेल गरेर मेरो देश आउन आग्रह गरिरहेको थिएँ ।

प्रत्येक दिनझैँ त्यो दिन कम्प्युटरमा मेल खोल्ने बित्तिकै सिरानमै स्यारोनको मेल प्राप्त थियो । उसको मेल अघिपछिको भन्दा अलि लामो तर एउटा वास्तविक जीवनमा हुनसक्ने घटनाजस्तै थियो । कथाजस्तै थियो । उसले मेल यसरी सुरु गरेकी थिई –

हाई अर्जुन !

मेरो काहालीलाग्दो जिन्दगीको पीडा व्यक्त गर्न मलाई डर लागिरहेको छ । डरभन्दा अझ टाइप गर्ने हातका औँलाहरु र मेरो पूरै शरीर हल्लिरहेको छ । त्यो कहाली लाग्ने दिनको जिन्दगीको घटनाको सबै विवरण थाहा पाएपछि तिमी पक्कै मलाई मायाको साटो घृणा गर्न थाल्ने छौ । हुन त आफ्नै मान्छेले मेरो जिन्दगी नरक बनाइदियो । तिमी त सात समुन्द्रपारिका मान्छे हौ । कुनै मान्छेको व्यवहार थाहा नपाई उसको दुर्गुणको बारेमा फलाक्नु त्यति सान्दर्भिक हुँदैन । तिमीलाई थाहै छ यो विशाल डेमोक्रेटिक मुलुकभित्र यति दयावान् र मानवीय विचार भएका मानिस छन् त्यति नै यहाँ क्रूर, सैतानको जस्तै सोच र दिमाग भएका मान्छे छन् । मैले तिम्रो देश घुमेका हाम्रो देशका एकजना लेखकले लेख को पुस्तक पढेकी थिएँ, ‘माउन्ट एभरेस्टको फेदमा बस्ने मान्छेहरुको हृदय कति निश्छल छ । उनीहरु मान्छेलाई यति माया गर्छन् । हामी त्यति माया आपैंmलाई गर्न सक्दैनौँ । एक्लैएक्लै रातारत जङ्गल र सुनसान बस्तीमा हिँंड्दासम्म कसैले केही गर्दैन । बाटोमा हिँड्दा कोही दुर्घटनामा प¥यो र कसैले आक्रमण ग¥यो भने गाउँका सबै मान्छे मिलेर सहयोग गर्छन् ।’ उनले त्यस पुस्तकमा वर्णन गरेको तिम्रो देशको बारेमा मलाई यति लोभ लाग्यो, कसरी व्यक्त गरौं !
अँ ! म लेख्दालेख्दै अर्कौ मोडतिर भौतारिएछु । जसरी गाडी भौतारिन्छ र यात्रुहरु दुर्घटित हुन्छन् ।

हाम्रो परिवारमा चार जना थियौँ । ड्याडी, मम्मी र भाइ जोइ । मेरो ड्याडीको एउटा ठूलो फर्निचर उद्योग थियो । उद्योग राम्रै चलेकाले हामीलाई पैसाको खाँचो थिएन । म सानै थिएँ र स्कुल पढदै थिएँ । एक दिन ड्याडी र मम्मी एउटा पार्टीबाट फर्कदै गर्दा दुर्घटनामा पर्नुभयो । दुर्घटनास्थल र हाम्रो घर पचास किलोमिटर फरक भए पनि त्यो खबर हामीले दुई घण्टापछि थाहा पाएका थियौँ ।

भोलिपल्ट म अस्पताल पुग्दा मम्मीको शव भेटाएँ भने ड्याडी अचेत अवस्थामा छटपटाइरहनु भएको थियो । उक्त दुर्घटनाले मेरी मम्मीलाई सदा–सदाका लागि हामीबाट छुट्याएकोले म धेरै रोएँ, धेरै आँसु बगाएँ । मलार्ई सम्झाउनेसम्म कोही थिएन । आफन्त भन्ने अङ्कल पर्ने टाढाका एकजना नातेदार जर्ज थिए । ड्याडीलाई दुई महिनासम्म अस्पताल राखेपछि ठीक भयो र अस्पतालले डिस्चार्ज ग¥यो । मम्मीको अभावले मलाई र ड्याडीलाई सताएको थियो । त्योभन्दा बढी मेरो भाइ जोइलाई सताएको थियो । मम्मीको अभावले मम्मीले गर्ने कामहरु मैले गर्न थालेकी थिएँ ।
ड्याडी कम्पनीको कामले प्रायः व्यस्त हुनुहुन्थ्यो । मम्मीको दुर्घटनामा मृत्यु भएको त्यस्तै दुई वर्ष भएको थियो होला । अफिसको कामले ड्याडी विदेश जानुभएको थियो । घरमा फर्कदा उहाँको लाश आयो । ड्याडी प्लेन दुर्घटनामा मारिनुभएको थियो । मम्मीको मृत्यु हुँदा ड्याडी हुनुहुन्छ भनेर मन बुझाएकी थिएँ । तर ड्याडीको समेत मृत्यु भएपछि म धेरै रोएँ । भाइ जोइ धेरै रोयो ।

ड्याडीको मृत्यु भएको एक वर्ष भइसकेको थियो । पीडाको खाटो ओभाइसकेको थिएन । म आपूmले उक्त कम्पनी हेन्डिल गर्न नसक्ने भएकीले जर्जले उक्त कम्पनी बेच्न लगायो र त्यो सबै पैसा उसले लियो । हामी कुनै सहारा नभएकाले उसैको पछि लागिरहेका थियौँ । मैले उसलाई आफ्नै ड्याडीजस्तो मानेर सबै सम्पत्ति उसलाई सुम्पिएकी थिएँ । उसले आफ्ना परिवार अमेरिकामै राखेर व्यापार गर्नका लागि नाइजेरिया जाने बतायो । म र मेरो भाइलाई पनि नाइजेरियामै बसेर पढ्ने व्यवस्था मिलाएको बतायो । हामी विश्वस्त भएर उसको पछि लाग्यौँ । त्यो बाहेक हाम्रो अर्को विकल्प पनि त थिएन नि ! हाम्री ममतामयी मम्मी र ह्दयशील ड्याडीको मातृत्व र वात्सल्य ऊबाट प्राप्त गर्न खोजिरहेका भए पनि त्यो कहाँबाट पाउनु र ! ऊ यति रिसाहा र सन्काहा थियो त्यो म कसरी व्यक्त गरौँ । हाम्रा अभिभावको मृत्यु भएपछि हाम्रो जीवन कठिन, पीडादायी र एक्लो भएको महसुस भइरहेको थियो । हामी त्यो अङ्कल पर्नेसँग अमेरिकाबाट नाइजेरिया गयौँ । हामीसँग अमेरिकामा घर, गाडी र अनेक सम्पत्ति भए पनि त्यसबेला भाइ र मसँग केही थिएन । भएको सबै सम्पत्ति उही अङ्कल जर्जले लिएको थियो । नाइजेरिया पुगेपछि हामी एउटा ठूलो घरमा बसेका थियौँ । त्यही घरमा जर्जले विभिन्न प्रलोभन देखाएर जवरजस्ती ग¥यो । मेरो त्यस अवस्थामा केही चलेन । यथार्थ भन्ने हो भने उसले मलाई जवरजस्ती बलात्कार ग¥यो । म धेरै चिच्याएँ तर कसैले सुनेन । सुने पनि मेरो त्यहाँ को थियो र ? उसले मलाई बलात्कार गरेपछि म ऊबाट छुट्करा पाउन चाहन्थेँ तर उसले कोठामा थुनेर राख्यो । उसको इच्छा मैले पूरा गर्न नसकेकाले उसले हामीलाई घरबाट निकालिदियो । जोइ र म त्यहाँबाट बासको खोजीमा हिँड्यौँ । बाहिर सडकमा मुसलधारे पानी परिरहेको थियो । हामी पानीले भिज्दैभिज्दै हिँडिरहेका थियौँ । भोक उस्तै लागेको थियो । त्यहाँ हाम्रो बस्ने ठाउँ नभएकाले पानीले भिजेर निथु्रक्क भएका थियौँ । हामी हिँड्दा–हिँड्दै धिपधिप बत्ती बलिरहेको एउटा पसलमा पुग्यौँ । हाम्रो त्यस्तो अवस्था देखेर त्यस पसलको मालिकले हामीलाई बस्न दियो । हामीलाई केही तातो खान दियो । त्यसले हाम्रो सास आएको थियो । हामीसँग एक डलर नभएकाले पसलको टेबुलमुनि सुतेर रात काट्यौँ । हाम्रो यो अवस्था देखेर त्यस पसलको मालिकले मलाई एउटा होटलको क्लर्कमा लगाइदिएको थियो । म तिनलाई परमेश्वर मान्छु जसले मेरो जिन्दगीको कठिन मोडमा सहयोग गरेको थियो । अर्जुन तिमीलाई लागेको होला मेरो कथा सिद्धियो र तिमीले ठानौला यो कथा हो । यो कथै हो तर मेरो जिन्दगीको वास्तविक कथा ।

मैले होटलमा क्लर्कको काम थालेपछि सुखका केही दिनहरु सुरु हुन थाले । मैले केही पैसा पनि जम्मा गरेकी थिएँ । मेरो कामको इमानदारिता देखेर मेरो हाकिम सन्तुष्ट थियो । म अब आफ्नै देश फर्कनका लागि टिकटको व्यवस्था गरिरहेकी थिएँ । मैले सोचेजस्तै टिकट समेत मिलेको र हाकिमले समेत केही थप रकम दिएर मेरो देश फर्कने व्यवस्था मिलाइदिएको थियो । म धेरै खुसी थिएँ तर मेरो खुसी धेरै दिन रहेन । मेरो भाइ जोइ केही दिन अगाडिदेखि सामान्य बिरामी थियो । उसलाई बिरामले धेरै च्यापेपछि मैले अस्पताल पु¥याएँ । त्यसमा हाकिमले निकै सहयोग गरेको थियो । जोइलाई अस्पताल भर्ना गर्दा धेरै पैसा लाग्यो । उसको उपचारमा मसँग भएको सबै पैसा खर्च भयो । तर अफसोच ! मेरो प्यारो भाइ जोइलाई बचाउन सकिनँ । त्यतिखेर मेरो मुटु कस्तो भयो होला ! तिमी आपंैंm अनुमान गर ? म उसको मृत्युमा धेरै रोए, चिच्याएँ । तर मेरो चिच्याहट सुन्ने न कोही थियो न परमेश्वर ! मेरो मन अत्यन्त पीडित र बोझिलो भएकाले म रुँदैरुँदै आफ्नै देश फर्कें तर त्यहाँ पनि म एक्ली थिएँ । अमेरिका आएर मैले एउटा कम्प्युटर पसलमा काम गर्न थालेँ । म नितान्त दुःखी र सम्पूर्ण परिवार गुमाएकी अभागी थिएँ । ती अवस्थाहरुबाट म बिस्तारै–बिस्तारै नयाँ जीवनको तिर्सनाको खोजीमा लागिरहेकी थिएँ । यसरी नै तिमीसँग सम्पर्क भयो । म एउटा यस्तो आत्मीय मान्छेको खोजीमा छु जसले ती विगतका सम्झनै नसक्ने पीडाहरु बिर्साएर सुखद् जिन्दगीमा आनन्द दिन सकोस् । …आशा छ, तिमीले चाँडै उत्तर पठाउने छौ ।

स्यारोन !

उसले लेखेको इमेल म्यासेजले मेरो ह्दय टुक्राटुक्रा भयो । आँखा रसाए । बिचरा ! दैवले कस्तो खेल खेलेछन् ? विश्वास गरेको मान्छेले कस्तो धोका दिएछ ? मलाई मनमनै उसको अङ्कलदेखि साह्रै रिस उठेको थियो । उसँग भेट हुने हो भने काँचै खाउँलाजस्तो लागेको थियो । एकमनले त सोचेको थिएँ ‘उसको देशको लेखकले लेखेजस्तो हाम्रो देश कहाँ शान्त छ र ? तर शान्तिको स्वास फेर्न खोजिरहेको छ । माउन्ट एभरेस्टको फेदको सिमाना नजिक अभैm देश अशान्त र आक्रान्त छ । सबै नागरिकहरु शान्तिको कामना गरिरहेका छन् ।’ अझ लेख्न मन लागेको थियो ‘स्यारोन ! चिन्ता नगर, म छु । तिम्रो लेखकले लेखेजस्तै र तिमीले पढेजस्तै मेरो पनि तिम्रो लागि ह्दय फराक छ । आऊ तिमी मेरो ह्दयमा पूरै अटाउँछ्यौ ।’ तर लेख्ने आँट आएन । म आफ्नो एड्रेस साइनआउट गरी एउटा अन्तर्राष्ट्रिय अनलाइन समाचारलाई खोलेर हेर्न थालेँ । त्यस समाचारको हेडलाइनमा लेखिएको थियो ‘इराकमा बम विष्फोटन हुँदा पैंतीस जनाको मृत्यु । तालिवानद्वारा अफगानिस्तानको दुर्गम प्रहरी चौकीमा आक्रमण आठ जनाको मृत्यु र पन्ध्र घाइते । अमेरिकामा आर्थिक मन्दीका कारण बैङ्कहरु टाट पल्टने अवस्थामा ।’

प्रथम पेजको बीच भागमा एउटा तस्बिर थियो । त्यस तस्बिरमध्ये मैले देखेदेखे चिनेचिने जस्तो एउटा युवतीको तस्बिर पनि थियो । फोटोको बाया भागमा साना अक्षरमा समाचार लेखिएको थियो भने सिरानमा शीर्षक थियो ‘साइवर अपराधमा दुई युवक र तीन युवती पक्राउ, भिसा लगाइदिने भनी ठगी ।’ मैले तस्बिरलाई नियालेर हेरेँ वास्तवमा त्यो तस्बिर स्यारोनको थियो ।

दुबेकोल–७, खोटाङ

(श्रोत : Onlinesahitya)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.