कथा : मोडल

~चंकी श्रेष्ठ ‘अभय’~chanki shrestha - abhaya

आमा सिकिस्त छिन् । तर, ऊ अत्यन्तै व्यस्त छे । बाबुले फोनमा भनेको छ, ‘अन्तिम अवस्थामा आमाले भेट्न चाहेकी छन्, तुरुन्तै आउनू ।’

‘तुरुन्तै आउनू’, यो वाक्यसँग उसलाई असाध्यै रिस उठ्छ । के ऊ र्सूयको प्रकाश वा बिजुली हो जो तत्काल गन्तव्यमा पुग्छ – तुरुन्त आउनू त उसको डाइरेक्टरले पनि भनेको छ । यो तुरुन्तमा सम्भावना छ । ट्याक्सीबाट पाँच मिनेटमा पुग्न सकिन्छ । तर त्यो तुरुन्त कसरी तुरुन्त हुनसक्छ – काठमाडौँबाट आबुखैरेनी पुग्नै चार घण्टा लाग्छ । त्यहाँबाट उकालो चढ्दै उसको गाउँ छिम्केश्वरी पुग्न छिटो हिँड्नेलाई ६ घन्टा लाग्छ । उसको कुरा अलग छ । पहिले त हिँड्नु उसको बाध्यता हुन्थ्यो । ६ घण्टा लाग्ने बाटो ऊ चार घण्टामै काटिसक्थी । ऊ काठमाडौँकी सफल मोडल भइसकी । सुपर मोडल बन्ने उसको यात्रा जारी छ । फ्लाटबाट ओर्लनेबित्तिकै ट्याक्सी पाइन्छ । छिम्केश्वरीमा जस्तो मोटर देख्नै ६ घण्टा ओर्लनुपर्ने स्थिति छैन । पहाडमा घाँस-दाउरा गरेर हिँडेको उसलाई अब एकादेशको कथाजस्तै लाग्छ । आमा सिकिस्त छिन् भन्दैमा ऊ अब कसरी जाओस् । घरसम्म गाडी जाँदैन । प्लेन जाने भए कुरा बेग्लै हुन्थ्यो । सहरमा उसलाई सास फेर्नै फुर्सद हुँदैन । दिनकै कैयन् पल्ट फोटोसेसन गराऊ, विज्ञापन सुटिङमा जाऊ । फेसन सोमा क्याटवाक गर । एमडीसँग नाइट क्लब धाऊ । सफलता पाउनु छ भने यी सब उसले गर्नैपर्छ । नत्र भोलिदेखि नै फेरि सुक्खा डल्ला फोर्न छिम्केश्वरी फर्किए हुन्छ ।

उसले सोची, डाइरेक्टरसँग कुरा मिलाएर एक-दुइ दिनमा आमालाई भेट्न जानुपर्ला । सोच्दासोच्दै डाइरेक्टरको फोन आयो, ‘तुरुन्तै हिँड्नुपर्‍यो, म लिन आउँछु !’ तुरुन्तै भन्नासाथ दायाँबायाँ सोध्ने कुरै छैन । तुरुन्तै पुग्नुपर्छ । कम्पिटिसनको जमाना छ । नत्र चानस अर्कैले उडाइदिन सक्छन् ।’सर…… ।’
‘बी रेडी, आइ विल बी देयर,
ओके -‘

अब के भनोस् उसले ! ऊ आमाको स्थितिबारे बताउन चाहन्थी । डाइरेक्टर दायाँबायाँ कुरै सुन्दैन । सफलता पाउनु छ भने ऊ डाइरेक्टरको पछि लाग्नैपर्छ । कतिसम्म भने डाइरेक्टरले चाहेमा उसैसँग सुतिदिनुपर्छ । यसप्रति ऊ सचेत छे । त्यसैले ब्यागमा ऊ कहिल्यै निरोधक चक्की छुटाउँदिन । लोग्नेमान्छेको भर हुँदैन । ती ज्यादा हतार गर्छन् र त्यसको प्रतिफल आफूले भोग्नुपर्छ । प्रतिभा र रूप भएका केटी त सहरमा कति छन् कति, ती सबै अवसर पाएपछि देखिने कुरा हुन् । अवसर नगुमाउने हो भने समयअनुसार चल्न जान्नैपर्छ ।

लाइफ गर्ल फेसन सोमा पहिलो पल्ट यही डाइरेक्टरले उसलाई चानस दिएको थियो । भोलिपल्ट उसले हाकाहाकी प्रस्ताव गर्‍यो ऊसँगै रात बिताउन । ऊ अकमक्क परी ।
‘तर सर…..’
‘तर-सर नभन, मेरो भर पर । हिजो तिम्रो शो खुब जम्यो । धेरैले तिम्रो लुक्स र कन्फिडेन्सलाई मार्क गरेका छन् । तिमीलाई सुपर मोडल बन्नु छ कि
छैन -‘
‘छ सर तर …म यतिसम्म गिर्न सक्दिनँ ।’

ऊ आउँछे भन्नेमा विश्वस्त भएर डाइरेक्टरले भेट्ने ठाउँ बतायो । उसलाई निकै रिस उठ्यो । त्यही फोनले झटारो हानिदिऊँजस्तो लाग्यो । उसको दिमाग घुम्न थाल्यो । अब ऊ गाउँ फर्केर घाँस, दाउरा, भारी गर्न सक्दिन । आफ्नै जातमिल्दो फोहोरी लोग्नेका एक दर्जन छोराछोरी जन्माएर बस्न पनि सक्दिन । न ऊ घण्टौँ हिँडेर दाउरा, मूला, लप्सी बेच्न खैरेनी बजार आउन सक्छे । अचाक्ली गरिबी, आमाबाउको किचकिच, गाउँले युवकको छेडखानी, एकान्त भेट्नेबित्तिकै छाती समाउन आउने तिनका व्यवहार सम्झँदा उसलाई कहाली लाग्यो । सहरको जीवन निकै फरक थियो । कतिपय पत्रकार र फोटोग्राफर उसका वरिपरि झुम्मिन थालिसकेका थिए । मनोरञ्जन साप्ताहिकमा उसको मिडपेज ब्लोअप छापिइसकेको थियो । कामना र दैनिक पत्रपत्रिकाले पनि उसको सौर्न्दर्यबारे चर्चा गर्न थालिसकेका थिए । त्यो सबैको श्रेय यही डाइरेक्टरलाई जान्छ । उसले सोची, केही पाउनु छ भने केही त गुमाउनैपर्छ । त्यसै दुवै हातमा लड्डु कहाँ हुन्छ नानी – लोग्नेमान्छेसँग रात बिताउने कल्पनाले उसको मन ढक्क फुल्यो । मन भारी भयो । कताकता काउकुती लागेजस्तो पनि भयो । उसले मुटु दह्रो पारी । कुनै दिन एउटी साथीले दिएको सल्लाह सम्झी र औषधि पसलबाट निरोधक चक्की किनी । ऊ डाइरेक्टरले भनेको ठाउँमा पुगी । डाइरेक्टर ऊ आउनेमा ढुक्क थियो । कपालमाथि गगल्स भिरेर डाइरेक्टर उसैको बाटो हेरिरहेको थियो । उसले पुरुषलाई राम्ररी र्स्पर्शसमेत गरेकी थिइन । ऊ थुरथुर काम्न थाली । डाइरेक्टर अनुभवी थियो ।
अन्तिम अवस्थासम्म उसले आफूलाई जोगाउने प्रयास गरी ।
‘मेरो पहिलो पटक हो, सर मलाई डर लाग्छ, प्लीज !’
‘सबै केटीहरु यसै भन्छन् ।’
असह्य पीडा, भय र लाजले ऊ तीन दिनसम्म थला परी । पछि उसलाई बानी पर्‍योे । अब ऊ नै डाइरेक्टरलाई बोलाउन थालेकी थिई ।

ऊ छिटै सफल भई । सफलताका लागि प्रतिभा र रूप मात्र भएर हुँदैन लगन र र्समर्पण पनि चाहिन्छ । यो उसले राम्ररी बुझेकी छ । मोडलिङ फिल्डमा धेरै प्रतिस्पर्धा छ । भीजेहरुमध्ये कति अहिलेसम्म पैसा पाउँदैनन् । उसका लागि त्यो स्थिति छैन । ऊ भर्खरै घोषित भएकी छ फिसटेल साबुनको नयाँ ब्रान्ड फेस । उसको विज्ञापन निकै हिट भएको छ, जसमा ऊ एउटा पुरुषसँग सहवास गरिरहेकी हुन्छे । उसको क्रन्दन निकै उत्तेजक छ । उनीहरु दुवै सहवासको चरम आनन्द लिन्छन् । अन्त्यमा ऊ फिसटेल साबुनमा परिणत हुन्छे । मिडियामा यसबारे कति बहस पनि भएका छन् तर त्यसले उसलाई झनै हिट बनाएको छ । ऊ खुसी छे । एक नवनायकले त्यो विज्ञापन हेरेर आफू ‘मास्टरबेट’ गर्न बाध्य भएको अन्तर्वार्ता दिएको थियो । यस्ता विवादले उसलाई झन्झन् प्रसिद्ध बनाइरहेका थिए ।

पहिला त उसले कोरियोग्राफर र फोटोग्राफरलाई समेत सन्तुष्टि दिनुपथ्र्यो । तिनले चाहेमा नराम्रो फोटो खिचिदिन सक्थे जसका कारण उसको करिअर डावाडोल हुनसक्थ्यो । कैयन् पल्ट उसले तिनीहरूसँग पनि रात बिताइदिएकी थिई । अब फोटोग्राफर मोराहरूले उसलाई आँखा लगाउन सक्दैनन् । ऊ धेरै माथि पुगिसकी । तिनीहरू उसका गुलाम बन्न तयार छन् । हो, तिनीहरू अरूसँग गफ लडाउँछन्, कति रात मैले त्यसलाई सुताएको छु भनेर ।

आज उसलाई जानु छ शर्मा टेलरिङको ग्राण्ड शोमा, जसमा मिस इण्डियाको पनि सहभागिता हुनेछ । उसले टपरको भूमिका निर्वाह गर्नुछ । डाइरेक्टरले भनेको थियो, नौ बजे आइपुग्छु, तयार रहनू । दुइ घण्टाअघि मात्र बाबुको फोन आएको थियो ।
‘छोरी, तिमी कहाँ आइपुग्यौ -‘ फेरि बाबुले फोन गर्‍यो ।
‘बाबा, म आउँदैछु, नौबिसेमा कसले हो बन्द गरेका छन्, ढिलो होला जस्तो छ,’ उसले सरासर ढाँटी ।
‘छोरी, छिटै आऊ, आमा तिमीलाई नै पर्खिरहेकी छन्’, बाबुचाहिँ फोनमै रुन थाल्यो ।
‘बाबा, म आउँदैछु, बेलुकी ढिलो भयो भने भाइलाई लिन पठाउनू,’ फेरि उसले ढाँटी ।

आमालाई सम्झेर एकछिन ऊ भावुक भई । आमा कति माया गर्थिन् उसलाई । आज तिनै आमा मृत्युशय्यामा छिन् र तिनलाई भेट्न जानसमेत फुसद छैन उसलाई । आमाले कुनै दिन उसलाई भनेकी थिइन्, मेरी छोरी रानी हुन्छे । अब साँच्चिकै ऊ मोडलिङ क्षेत्रकी रानी भइसकेकी थिई र आमा, बाबु, गाउँ, डाँडापाखा, भाइ, गाउँले सबैलाई चटक्क बिर्सिसकेकी थिई । उसकी मायालु आमा मृत्युसँग लड्दैछिन् तर ऊ यहाँ मस्तीको जीवन बिताइरहेकी छ । उसलाई एक्कासि आफूले ठूलै पाप गरेझैँ लाग्यो । आफ्नै जीवन धिक्कार लाग्यो । उडेर आमाकहाँ पुगूँजस्तो लाग्यो । यो कुरा डाइरेक्टरलाई भन्न सक्दिन । अर्कोतिर, ऊ अब यति ठूलो अवसर गुमाउन पनि चाहन्नथी । तर हरे, उसकी प्यारी आमा उसैलाई हेर्न अन्तिम सास रोकेर मृत्युलाई धकेलिरहेकी छन् ।

जे त पर्ला, उसले आजको शोबाट भाग्ने निर्णयगरी र गाउँ जाने तयारी गर्न थाली । त्यसका लागि डाइरेक्टर आइपुग्नुअघि निस्कनु जरुरी थियो । डाइरेक्टरलाई थाहा दिए उम्किन पाउँदिन थिई । तल गाडीको हर्न बज्यो । एहे, डाइरेक्टर मुन्टिसकेछ ! नौ बजे आउँछु भन्थ्यो, सवा आठै बजे आइसकेछ । ऊ सोझै ड्रइङ रुममा गयो । उसले जबर्जस्ती आँसु पुछी र हाँसेर डाइरेक्टरलाई स्वागत गरी । डाइरेक्टरले उसलाई अँगालो हाल्यो र चुम्बन गर्‍यो । उसले धकेलिदिई ।
‘छिटो गर, हामी सवा नौ बजे त्यहाँ पुग्नुपर्छ ।’
‘हजुर नौ बजे आउँछु भनिस्या हैन -‘
-कमन डार्लिङ, यो स्लो मेनको जमाना होइन । जमाना रकेट युगमा छ, तिमी रिक्सा युगमै छ्यौ ।
फेरि उसको मोबाइलको घन्टी बज्यो । भाइ रहेछ । भाइले अशुभ समाचार सुनायो । ऊ फोनमै भक्कानिएर रुन थाली । डाइरेक्टर अवाक् भयो । मोबाइल अन नै थियो ।
-के भयो – किन रुवाबासी –
-आमाको…. आमाको डेथ भएछ, रुँदै उसले भनी ।
-इट ह्यापेन्स सम डे । ल ढिलो नगर ।
डाइरेक्टरको कुरा सुनेर ऊ स्तब्ध भई । कति क्रूर र संवेदनाहीन छ साला ! आमाको मृत्युलाई समेत ऊ कुनै घटना मान्न तयार छैन ।
-अब म घर जानुपर्छ । रुँदै उसले भनी ।
-डन्ट बी सिली माई डियर । तिमीले हाम्रो सम्झौतामा साइन गरिसकेकी छ्यौ । हाम्रो स्वीकृतिबिना तिमी कहीँ जान पाउँदिनौ । फेरि आजको यति ठूलो शो, जहाँ तिमी टपर छ्यौ, कसरी छाड्न सक्छ्र्यौ – के तिमी आफ्नै क्यारियर डुबाउन चाहन्छ्यौ
-त्यसो भए आमा मर्दा पनि म घर नजाऊँ –
-आइ एम सरी फर द्याट । बट राइट नाऊ, यु मस्ट गो टु द शो ।

ऊ फेरि घोप्टो परेर रुन थाली । डाइरेक्टरले उसको पाखुरा समायो र सम्झौताका बुँदाहरू सुनाउन थाल्यो जुन उसले नपढी कुनै दिन साइन गरिदिएकी थिई । त्यसअनुसार वास्तवमै ऊ बन्धित थिई ।
-हाम्रो कल्चरमा छोरी नभई आमाको लास उठाउन मिल्दैन, उसले भनी ।
-ड्याम द ब्लडी कल्चर ! तिमी हाम्रो कम्पनीलाई यसरी बदनाम गर्न पाउँदिनौ जसले तिमीलाई यो स्थानसम्म पुर्‍यायो ।

फेरि भाइले फोन गरेको थियो । भाइसँग एकछिन उसको विवाद भयो । भाइले उसलाई बेस्सरी हकार्‍यो । उसले हकार्दै भनी, ‘म आउँदैमा मरेकी आमा बाँच्छिन् – कि बाँच्छिन् – बाँच्छिन् भने जसरी भए’नि आउँला – नत्र म आएर के हुन्छ ?’

उसले मोबाइलको स्वीच अफ गरिदिई, आँसु पुछी र डाइरेक्टरलाई हेरेर रुन्चे हाँसो हाँसी । डाइरेक्टरले सान्त्वना दिँदै भन्यो, डन्ट वरी ।
ऊ डाइरेक्टरको पछि लागी । रोकिनसक्नु हिक्का छाड्दै कारमा बसिसकेपछि उसले सोची, आमाको मृत्युको वेदना हृदयभरि बोकेर अब ऊ कसरी र्‍याम्पमा क्याटवाक गर्न सक्ली ।

(श्रोत: Onlinesahitya)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.