कथा : एक पैसा

~भवानी भिक्षु~

‘एक पैसा हजुर… …सानुलाई म नभोग .. … … ।’- मैलो टालोमा बेह्रिएको एक-डेढ महिनाको शिशुलाई देखाउँदै, जीर्ण-सीर्ण आइमाईले भनी ।

नाउँ मात्रको पातलो फूटपाथको पुछारमा बसेर पर्ूवपट्टबिाट आउने सूर्यको अलिअलि मात्र घाम आफ्नो सानुलाई ओगटी त्यो बसेकी थिई । मैलो अनुहार, प्रसूति-क्लान्त जीउ, बच्चा जन्माएर संसारकै उपकार गरेकीझैं आँखाको दीनहीन दृष्टिसाथ खुम्चिंदै, डराउँदै, लगभग कामिएकैअपराधीजस्तो सुर थियो त्यस सानुकी आमाको ! प्रसवपछि कमसेकम तीन/चार महिनासम्म नारीको कुनै रूप नै नरहेको नियमाकूल उसको तात्कालिक रूप थियो, कुनै वर्ण्यको अनुमानसम्म लगाउन नसकिने ! बिहानदेखि छोपिराखेको कुहिरोभित्रबाट अलिअलि गरेर आकाशले मुख उघार्ने चेष्टा गरिरहेको थियो ।

मलाई लाजिम्पाटतिर जानु थियो; लैनभित्र र लाजिम्पाटतिर जाने दोबाटोको बायाँपट्टकिो पेटिको कुनामा बसेकी त्यस सानुकी आमाको मायाको पछ्यौरीबाट त्यस भागले सुर पाएको थियो- ‘एक पैसा हजुर … … …सानुलाई … म … न… भोग … ….।’ उसको मुखबाट केही निस्कनै आटेर पनि मलाई चिनेर होला शब्दहरूले स्वर पाएनन् । अवश्यमेव अभ्यास जन्य उसका ओठ चलेका थिए ….। माग्नुजस्तो स्वर पनि त्यतिको लोभ लाग्दो कि

सिमको पवित्र हुनसक्छ भन्ने अनुभूतिले मेरा खुट्टा अडे । आइमाईलाई पनि कदाचित हेरी साहस मिल्यो- ‘दिन्छ कि -‘ सम्भवतः उसले आफ्नो याचना पुनः दोहोर्याहउन खोजेकी होली तर मेरो उपस्थिति निश्चय नै उसको साहसभन्दा गह्रौं भएर होला उसको मुखले सुर पाएन । एकपल्ट मतिर हेरेर ऊ आफ्नो सानुतिर हर्ेन थाली । शिशुका दुवै पातला, नरम ओठ आपसमा चल्मलाइरहेका थिए । ती अवश्यमेव, तुरुन्तै छुटेका वा हटाइएका मातृस्तनका खोज गरिरहेका थिए; तर मलाई लाग्यो- ‘उसको दुवै ओठमा त्यही मूक याचना चलमलिइरहेको छ । ‘.. .. एक पैसा हजुर … मलाई … … मनभोग … …. ।’

सांच्चिकै, अहिले यसका ओंठहरूमा अलिकति मनभोग दलिदिए गुलियो चाट्न उसको ज्रि्रो पनि बाहिर आउला । मलाई उसको पातलो, नरम ज्रि्रो हर्ेर्ने उत्कण्ठा लाग्यो तर अलिक झस्केर भनें- यसलाई मनभोग खुवाउन हुन्छ र – यत्तिको कलिलो बच्चाको घाँटीमा नै अड्क्यो भने … …-‘ मजासित खान्छ हजुर, कति पटक ख्वाएकी हुँ … … । थुनमा दूध आउँदैन, सुत्केरी हुँदा खानुपर्ने मसला, पुष्टकारी केही खान पाइएन, दूध छँदैछैन । अलिअलि मोनभोगै खुवाएर यतिञ्जेल पालेको, के गरुँ … विचरा … …गरिब हुँ, हजुर…के खानु… यो छोरा …!’ टीठ लाग्दो दृष्टिले उसले सानुलाई हेरी । मेरो हेर्राई पनि त्यही सानुमा गाडियो- एक पैसाको भीखको जीवनारम्भ । नेपाली एक पैसा मात्र र मानिस नेपाली । पकेटबाट एक पैसा झिक्दै भने- ‘यसलाई मनभोग किनेर खुवाउँछेस् र – भरदिन यसैको नाउँ बेचेर पैसा माग्ने होइन – यो कति खाने हो र -‘ अनि एक पैसा त्यस आइमाईको अगाडि फाल्दिएँ । पैसा भने उसले टिपेर पनि मेरो प्रश्नको कुनै उत्तर उसको मुखमा थिएन । एकपटक मलाई हेरी मात्रै । त्यस मूक हेराइमा थियो जाबो एक पैसाको लागि त्यस्तो वचन । एक पैसा र त्यत्तिको र्सतर्कता, सावधानी ! आफ्नो छातीको रगतको नाउँमा त के ठग्नु, चलेको भए आज उसको नाउँमा तिमीलाई पो दिने थिएँ; दान, धर्म गर्थेँ, एक पैसा … … तर …। उसको मौनलाई नियाल्दै सम्झे-हो नि । आमा नै नबाँचे बच्चो बाँच्छ र – जरो सुकाउने, मुना पाल्ने; कत्तिको मुर्ख्याइ – तर बच्चोको लागि माग्नु, आफ्नो पेट पाल्नु ! विचार नै कस्तो-कस्तो लाग्ने ! किन्तु अति वास्तविकता भने यही नै होइन र – मनै खल्लो भयो । तैपनि च्वाट्ट मिल्ने गरी कुनै समन्वय छैन । आमालाई पालिनर्ैपर्छ, बच्चो त्यसै पालिनेछ ।

एकाएक मनमा के आयो भनें- ‘हेर, बच्चोको नाउँ लिएर कसैसित एक पैसा पनि नमाग, आफ्नो लागि माग है, अनि बच्चोलाई पनि खुवाउन् । बच्चोको नाउँमा पैसा माग्नु त … … ।’ भन्दाभन्दै त्यस आइमाईको अनुहारमा दृष्टि पर्दा वाक्य त्यहीं रोकियो । त्यहाँ कुनै गुनासो प्रकट थियो, तिरष्कार पनि, अलि अलि विवश विषाद पनि- ‘मैले आफैंलाई मागे तिमीले नै दिने थियौँ र – मलाई खुवाउँछौं …. त -‘ फेरि त्यही अति वास्तविकता, निःस्वर, कठोर अन्तरसत्य खप्न सकिएन । कुरा पल्टाउँदै भनें- लौ त मनभोग किनेर ले त, यसलाई खुवा हेरूँ खान्छ कि – ‘खान्छ हजुर, यसैले जेनतेन गरी अझसम्म पालेकी हुँ ।’ फर्ुसद मिलेको जस्तो मौका पाएर भनंे- लौ खुवा है, भोलि फेरि यसलाई म मनभोग खान दिउँला । राम्ररी स्याहार ! यति भनेर म आफ्नो बाटो लागें । त्यसदिनपछि अर्को दिन फेरि अर्को दिन पनि म पैसा दिंदै गएँ । जतिञ्जेल मेरो लाजिम्पाटतिरको काम सकिएन र मलाई लगभग रोजिन्दै जान पर्योि, म उसलाई पैसा दिंदै गएँ । सानुकी आमा पनि रोजिन्दै मबाट एक पैसाको प्राप्तिमा सम्भवतः आश्वस्त हुन गएकी थिई । तर काम सकिएपछि, म बसेको पुरानो भन्सारदेखि लिएर लैनसम्म एक कोस जतिको बाटो, त्यसलाई एक पैसा तिर्न जान सकिन । त्यो क्रम टुट्यो । क्रम टुटे पनि प्रत्येक बिहान एकपटक टालोमा बेह्रिएको सानुका पातला पलक झैं दुवै ओठ चल्मलिएको मेरो अर्न्तर्चक्षुमा नउदाई छोड्दैनथ्यो; सँगसँगै माने त्यस चल्मलाइमा ऊ रोजिन्दै भन्थ्यो- ‘एक पैसा हजुर … …मलाई … … मन … भोग … ।’

एक दिन मनमा आयो, एक रुपियाँ त्यसको आमालाई एकैचोटि दिए त सय दिनको लागि सानुलाई मनभोग पुग्ने छ । तीन महिना र दश दिनसम्म नगए पनि हुन्छ । सानुले मनभोग खाँदै गर्छ, बढ्दै पनि जान्छ । यस सम्झनाका साथै सानुका ओठ चल्मलाएको, चल्मलाई रहेको मेरो अन्तरमा प्रतिभासित भयो तर त्यसै दिनमा साह्रै व्यस्तता भएर म जान सकिनँ । अर्को दिन पनि जान सम्झे, तैपनि त्यतिसम्म हिँडेर जान अल्छी लाग्यो, गइनँ । त्यस्तै अरूअरू आउने दिनहरू पनि बित्दै गए, महिनौं बिते, गइन । बरु एक दिन यो तर्क पनि समातें- ‘एक वा दर्ुइ रुपियाँ दिए पनि सानुकी आमाले बच्चोकै लागि त्यो राखिछोडेर दिनहुँ उसलाई एक एक पैसाको दरले मनभोग खुवाई राख्थी होली र – एक वा दर्ुइ रुपियाँ एकैपटक पाए त्यसको अको उपयोग नगरी ऊ छोड्दैन थी; या त आफैं खान्थी अथवा लुगा कपडा किन्थी वा अन्य जरुरी काममा लगाउने थिई । सानुको मनभोगलाई त्यति पैसा राखी छाड्थी र -‘ स्वयं- आश्वासनका यस्ता कुराहरूले सानुको दैनिक सम्झना क्रम पनि क्रमशः बिलाएर गयो । लगभग तीन महिनापछि कुनै बिदा परेको एकदिन बिहानै आफ्आफैं मेरो अठोट भयो- आज म एक पटक लाजिम्पाटतिर डुलेरै आउँ; डुल्नु होइन, सानुलाई हेरुँ, कति ठूलो भयो । निःसन्देह त्यस दिन म सँग तलब आएको निकै पैसा थियो, एक/दर्ुइ वा दर्ुइ/चार रुपियाँ पनि छोडेर आए मेरो कुनै आवश्यकता अड्कने थिएन । बिहानको चीया-सीया खाई, लुगा लाइओरी म निस्के । जति जति लाजिम्पाट वर आउँदै गयो, त्यही परिमाणमा सानु ठूलो भएको, मोटोघाटो, हातखुट्टा बेस्करी चलाएको, टक्क हेरेको र हाँसोको पनि उसकोे सिङ्गै जीउ मेरो मनमा प्रत्यक्ष हुँदै गयो । आधा घण्टा जति हिँडेर लाजिम्पाट पुगें; त्यसदिन बिहानैदेखि लागेको र्छलङ्ग घामको प्रकाशमा बायाँतिरको पेटीको पुछारमा एउटा मलीन धब्बा पनि देखियो । अवश्यै त्यो सानुकी आमा नै थिइहोली । बच्चोलाई पेटीमा लडाएकी होली, कहाँ देखापर्छ र – दश-पाँच मिनेटपछि नै म सानुकी आमा नजिक पुगी टक्क अडें । सानुकी आमासित मेरो आँखा जुध्यो ।

उसको मुखबाट केही निस्कनै आँटेर पनि मलाई चिनेर होला शब्दहरूले स्वर पाएनन् । अवशयमेव अभ्यासजन्य उसका ओठ चलेका थिए । सानु कहाँ छ, ठूलो भएको होला होइन – निकै दिनसम्म आइन, आज उसको मनभोगको जम्मै बाँकी तिरीदिन्छु । सानु कहाँ छ – एक सासमा नै त्यति भनेर सानुकी आमाको जवाफ पाउन उसको अनुहारमा दृष्टि जमाए । तर…तर… उसको उत्तर थिएन । निमेषसम्म ऊ मलाई हर्ेर्दै रही र विस्तारै उसको आँखा रसाउँदै आए र क्रमशः आँसुका थोपाहरू चुहुन थाले । आशङ्काको एउटा तोरसितको झोक्का लागेको अनुभूति भएर फेरि सोधे होइन रोएको किन – सानु कहाँ छ – भन्न त भन – टाउको ओराली आँसुले नै भिजेको र थामिई-थामिई निस्केको उसको स्वर थियो- “सानुले मलाई छोडेर गयो । खान नपाएर मर्योी हजुर, खानै नपाएर मर्योथ । जति गरे पनि थुनमा दूध आएन र सानु भोकभोकै सुकेर गयो । हत् बुद्धि, एकछिन त्यसै उभिरहँे; अनि अलिक पछि भनें- ‘चूपलाग, यसै भयो ! के गर्नु – अनि तुरुन्छै फर्कें । “…यसै भयो के गर्नु … …” मेरै भनाइको उत्तर, मैले सानुकै मनभोगलाई ल्याएको रुपियाँले दिइरहेका थिएँ- सानु यहाँ छ, अहिलेसम्म यही पकेटभित्र छ, पकेट भित्रै ! “यसरी एक नेपालीको एक पैसाको जीवनारम्भ र एक पैसाकै जीवनान्त भयो”- मैले सम्झे ! खल्तीका रुपियाँ बाटोभरि कराइरहे- सानु यहीँ छ, अहिले यहीं, खल्तीभित्रै !

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.