~चट्याङ मुरारि (चट्याङ माष्टर)~
पुरानै वर्ष फेरि आयो दुइशय पाँच उही लिई
आठको सट्टा नौ ल्यायो दुःख कष्ट अनेक दिई
तिथि बार महिना उही हरेक क्षण छ त्यही डर
यौटा अङ्क फेरिँदैमा के को यो ह्याप्पी न्यू यर
सम्बत् ती सन्, ईस्वी र नेपाल, लोसार अनेक गनी
नयाँ वर्ष मनाउँदैमा हुन्छ की क्यै नयाँ भनी
गए वर्ष छ सात् चोटि मनाइयो ह्याप्पी न्यू यर
जत्ति चोटि मनाए नि ह्याप्पी उही रक्सी बीयर
फोन ः ४९१८०३
काठमाडौ
(श्रोत:- रचना पत्रिका बर्ष ४२ अंक ७४ २०५९)