समीक्षा : नेपाली वाङ्मयमा नेपाल भाषाका शब्दावली

~तेजेश्वरबाबु ग्वंगः~

यात्रामय जीवनका सबै संसाधनहरू पनि यात्रा भर्छन् । मानव जीवनको सबैभन्दा ठूलो संसाधन भाषा हो भन्ने धारणा मेरो छ । भाषाले जव यात्रा गर्छ मात्रा पु¥याएर गर्छ । भाषिक यात्रा, संपर्क, सहवास र साँस्कृतिक आदान–प्रदानको आधारमा हुने गर्दछ । जहाँ आपसी संपर्क, सहवास र साँस्कृतिक आदान–प्रदानको मात्रा बढ्न थाल्छ त्यहाँ भाषिक यात्रा हुन थाल्छ । नेपाली वाङ्मयमा नेपाल भाषाका शब्दहरूले भरेका यात्राका आधारहरू यिनै रहेका छन् ।

यस यात्राक्रमको क्षितिज उघार्ने शुभकार्य राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वी नारायण शाहबाट श्रीगणेश भएथ्यो । दिग्विजयी राष्ट्रिय एकीकरण अगाडि नै पृथ्वीनारायण शाह भक्तपुरका तत्कालीन मल्ल राजा रणजीत मल्लका मित छोरो बनी बयालीस महिनासम्म राजकुलमै रही यावत् साँस्कृतिक पहलहरूलाई गहिरो अध्ययन गरेका थिए । साँस्कृतिक अध्ययनको परिवेशले भाषिक संरचना र आदानप्रदानलाई पनि समेट्छ । घर निर्माण संस्कारसित सन्निकट प्रचुर शब्दहरू नेपाल भाषाबाट संग्रहित र व्यवहृत भएका छन् । तिनै मध्ये केही शब्दावलीहरू यी हुन्

नेपाल भाषामा नेपालीमा
छेँदी (छेँ = घर दी =अड्ने ठाउँ) छँडी छिढी
मा तँ (मा = मूल तँ =तल्ला) मटान
च्व तँ (च्व = माथिल्लो तँ = तल्ला) चोटा
बैगल (वै = वैकुण्ठ बै गल = आश्रय स्थल) बुइगल
धलिन (घरको तला छाप्न निदालमाथि तेर्साउने काठ) दलिन
निदाल निदाल
मूसिँ (मूल काठ) मुसीँ
चुकुल (चुकू शब्दको अन्त्याक्षर लोप गरी दीर्घ कू गरेको) चुकुल
दलान दलान
कसि कौसी
खापा खापा
भोजन या खाद्य पदार्थमा प्रयुक्त केही शब्दावली केलाऔं । ती यसप्रकार छन्ः–

ह्याक्वला ह्याकुला ह्याकुलो
हिग्वयें हिगोयेँ सुपारी
तिकँ बजि टिकनबजी चिउरा
कचिला कचिला
पौँ (ल्यासे पौँ) पौँ
क्वाति (तातो रस वा तरल पेय पदार्थ) क्वाँटी
चतामधि चटामरी
यःमधि योमरी
जुजुधौ जुजुधौ दही
पहिरन र लुगाफाटो सम्बन्धी शब्दहरू केही लिऔं ः–

नेफा (इजार घर फारसीबाट प्रवेश गरेको) नेफा

पतासि पटासी

मोहता (सुरुवालको तल्लो भाग) मोहता

तीख (परंपरागत सुन र पन्नाको गहना) तीख

तीख (परंपरागत सुन र पन्नाको गहना) तीख

तीख (परंपरागत सुन र पन्नाको गहना) तीख

तीख (परंपरागत सुन र पन्नाको गहना) तीख

तीख (परंपरागत सुन र पन्नाको गहना) तीख

ज्यावल (ज्या=काम, वल=आउने, आयो, काममा प्रयोग हुने साधन) ज्यावल

नोल नोल

बाजागाजा सम्बन्धी केही शब्द हुन्ः–

पिवाँचा (गजाले रेटी बजाने बाजा) पिवाँचा

पोङ्गा (पैँता जस्तै बाजा) पोङगा

पैँता (तामाको बाजा) पैंता

धिमे धिमे

भुस्या, भुछ्या (काँसको थाल जस्तो बाजा) भुस्या, भुछ्या

मुहाली (सहनाई जस्तो बाजा) मुहाली

नेपाल भाषाबाट नेपालीमा भित्रिएर प्रचलनमा रहेका माथिका केही शब्दहरू केही मात्र हुन् । प्रविष्ट शब्द मालामा अरू शब्दावलीहरू पनि आउन सक्छन् । यी केही नमूना मात्र हुन् । निरन्तर खोज–उद्यमलाई प्रयासमार्ग नै मान्नु पर्छ । यस मार्गमा पाइला हाल्नु गतिशील जीवनको गति नै हुन सक्छ । यस्ता प्रयास निरन्तर सदा हावी राख्नु आवश्यक हुन्छ ।

नेपाल भाषाबाट राष्ट्रभाषा नेपालीमा प्रवेश गरेका प्रायः शब्दहरू दन्त्यबाट मूर्धन्यमा रूपान्तरित भएका छन् । छेँदीबाट छेँडी, मातँबाट मटान, तिकँबजिबाट टिकनबजी आदि यिनका उदाहरण हुन् ।

स्थान विशेषका शब्दहरू पनि यस्तै लेखिने, बोलिने, पढिने, पढाइने प्रचलन रहेको छ । उदाहरणको रूपमा भोताहितिबाट अचेल भोटाहिटी बन्न गएको छ । हिति शव्दको अर्थ धारो हो । यो हिति दन्त्य उच्चारित नेपाल भाषाको शब्द नेपालीमा प्रवेश हुन पुग्दा हिटी बन्न गयो । यस्तै क्वाति शब्दले नेपाली वाङ्मयसम्म यात्रा गर्न पुग्दा क्वा अक्षर माथि चन्द्रविन्दु थपी अनुनासिक उच्चारण ‘क्वाँ’ गर्न पुग्यो । अनि दन्त्य ‘त’ मूर्धन्यमा रूपान्तरित हुन पुग्यो ।

यी र यस्तै अरु प्रकरणहरूलाई अध्ययन गर्दा नेपाली भाषा मूर्धन्यप्रधान भाषा देखिन थाल्छ । नेपाल भाषा शब्दावलीहरू भने दन्त्य प्रधान देखिन थाल्छन् । जाति सम्प्रदाय र मान–मर्यादासूचक शब्दहरू पनि दन्त्यबाट मूर्धन्य प्रवृत्तिकै बृत्तमा प्रवेश हुन पुगेका छन्–नेपाल भाषाबाट नेपाली वाङ्मयमा । ‘थकालि’ पाको व्यक्तिवाचक नेपाल भाषाको शब्द हो । यसको प्रयोग भने नेपालीमा पनि दन्त्याक्षरी गरी मात्र दीर्घ ली प्रयोग गरिएको पाइन्छ । थकालि–थकाली ।

भाषा शब्दहरूको प्रयोगमा केही अपवाद पनि रहे गरेका पाइन्छन् । यस्ता अपवाद नेपाली र नेपालभाषामा मात्र होइन अरु भाषाका शब्दहरूमा पनि पाइने गर्छन्, पाइन्छन् ।

नेपाली वाङ्मयमा नेपाल भाषाका शव्दहरू प्रवेश हुनुका पक्ष बहुआयामिक छन् । सवैभन्दा पहिले त राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले नेपाल विजय र एकीकरण पूर्व नेपाल भाषा, संस्कृति, जीवन संस्कार, सामाजिक गठबन्धन, रितिरिवाज आदि यथेष्ट अध्ययन गरेका थिए । अप्रत्यक्ष अध्ययन,अवलोकन, अनुभवलाई उनले आफ्नो शासनकालमा ब्यवहारमा प्रयोग गर्नु रह्यो । एकपटक पृथ्वीनारायण शाहले भनेका थिए–‘‘मैले देश जितेको हुँ, संस्कृतिमाथि विजय हासिल गरेको होइन, साँस्कृतिक एकीकरण गरेको हुँ ।’’

उदाहरणस्वरूप मल्लकाल र शाहकाल बीच बजारभाउ र साँस्कृतिक परम्परामा कुनै अन्तर आएको छ कि भन्ने प्रश्न विजयादशमीको अवसरमा अझै वार्ता चलाउने परम्परा अद्यापि भक्तपुर तुलजा भवानीको यात्रामा जीवितै छ । साँस्कृतिक एकीकरणका सन्दर्भ भाषिक आदानप्रदान र समायोजनद्वारा गरेका थिए पृथ्वीनारायण शाहले । नेपाली भाषामा नेपालभाषाका केही शब्दहरू उहिलेदेखि नै यसरी प्रवेश गरेका थिए जसलाई ऐतिहासिक कारण मानिनु पर्छ ।

पृथ्वी नारायण शाहकै कथन अनुसार सँस्कृति जितिन्न एकीकरण गरिन्छ । साँस्कृतिक सम्पदालाई एकीकरण गर्दा भाषालाई अलग्याउन सकिन्न । सँस्कृति, परम्परा, र रीतिरिवाज साथै भाषिक शब्दावली र संरचना एकसाथ यात्रा गर्छन् । अर्थात् भाषा सँस्कृति एकै साथ यात्रा गर्छन् । भाषा र सँस्कृतिबीच नितान्त घनिष्ट नङ्–मासुकै सम्बन्ध रहन्छ । किनभने भाषा सस्कृतिको मूल जरो हो ।

भाषिक संरचना र परिपालनका सन्दर्भलाई नियाल्दा यहाँ एक प्रसङ्गलाई जोड्नु उपयुक्त हुन आउँछ । नेपाल भाषाका एकदुई शब्द नेपालीमा प्रवेश भै व्यवहारमा आउँदा वा ल्याउँदा अन्तमा नेपाली शब्दलाई उही प्रयोजन दोहो¥याइ प्रयुक्त गरेको पाइन्छ । उदाहरणको लागि टिकँनबजी चिउरा, हिग्वयेँ सुपारी, जुजुधौ दही, आदि । बजि शब्द चिउरा शब्दकै रूपान्तर रहेको छ । ग्वये शब्द र धौ क्रमशः सुपारी र दहीकै रूपान्तर हुन् । बजिपछि फेरी चिउरा, ग्वये पछि सुपारी, धौ पछि दही शब्द प्रयोग गर्नु आवश्यक थिएन । तर प्रयुक्त रहेका छन् । यो हुँदा एक दृष्टिकोणले दुई अलग भाषाका दुवै भाषिक शब्द एकै साथ प्रयोग हुँदा साँस्कृतिक एकीकरणका धारणालाई पुष्ट्याउन बल मिल्यो । अर्को एउटा भाषा बोल्नेले अर्को भाषिक शब्दको चिनारी नै नपाएर यसो गर्न पुग्यो भन्न पनि सकिन्छ । यो कुरो र कुलोको उखान टुक्का नै बन्छ ।

यस प्रकारका प्रयोग मात्र नेपाल भाषा र नेपाली भाषा बीचमा रहेको भएको होइन । अरु भाषाबाट भित्रिएका शब्दहरूमा पनि हुन पुगेका छन् । उदाहरणका लागि अंग्रेजीबाट भित्रिएका शब्दलाई लिऔं । ‘बाई रोड’ अंग्रेजी शब्द हो । त्रिभुवन राजमार्ग हुँदै आएँ भन्नलाई ‘बाई रोडको बाटोबाट’ भन्ने चलन छ । ‘बाई रोड’ भनेपछि बाटोबाट थप्नुपर्ने कुरै पर्दैन । भाषिक अनजानमा भएछ । जनताले चलाए, समाजलाई मनाए । जनजिब्रो तोड्ने आँट कस्को ? विसङ्गति भित्रको सङ्गति यस्तै हुन्छ, जस्तो नेपाली जनजीवनको कहाली लाग्दो वर्तमान !

जे होस् भाषिक अन्तर मिलन हुनु नराम्रो कदापि होइन । यसले राष्ट्रिय सँस्कृतिको निर्माणमा बल पु¥याउँछ । यथासम्भव राष्ट्रभाषाले राष्ट्रभित्रकै विविध भाषिक शब्द–संस्कारलाई अँगाल्नु श्रेयस्कर हुन्छ । तामाङ्, गुरुङ्, मगर, लिम्बु भाषाका शब्दहरू नेपाली वाङ्मयकै बान्की बन्नुपर्छ । नेपालको भू–राजनीतिक परिवेशकै सन्दर्भमा पनि भोट–बर्मेली र भारोपेली भाषाबीच पूल बनाउन नेपाली वाङ्मयले सिक्नु उचित ठहर्छ । हामीलाई जोल्टिनु र कोल्टिनु भन्दा समन्वय गरी सुल्टिनु जरुरी छ । नेपाल चार वर्ण छत्तीस जातको फूलबारी हुनुको तथ्यले यसलाई अझ उजागर गर्दछ । संकुचनले राष्ट्रलाई साँघु¥याइदिन्छ । प्रवृत्तिको फराकले हामीलाई पनि फराकिलो पारिदिन्छ । हामीलाई फरासिलो र फराकिलो प्रवृत्तिकै खाँचो छ ।

फोनः६१००३८
निष्ठाछेँ, सूर्यविनायक मार्ग, सिपाडोल–१, भक्तपुर

(श्रोत:- रचना पत्रिका  बर्ष ४२ अंक ७४ २०५९)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in लेख - समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.