न सम्झुँ भन्छु तिमीलाई
नसम्झी बस्न के सक्थें ?
नहेरूँ भन्छु तिमीलाई
नहेरी बस्न के सक्थें ?
कि तिम्रो सम्झना उस्तो
कि मेरो छाती नै उस्तो
कहालिन्छ जव छाती
नधाई बस्न के सक्थें ?
खिइने छैन यो सृिष्ट
दुइ आँखाले हेर्दैमा
फुलेको सृिष्टको फूल
नसुँघी बस्न के सक्थें ?
छ तिम्रो सम्झना मीठो
कमलो छाती छ मेरो
जसै चस्कन्छ यो छाती
नरोई बस्न के सक्थें ?
जति सम्झ्यो उति मीठो
जता हेर्यो उतै सुन्दर
यो सुन्दर सृिष्टको गीत
नगाई बस्न के सक्थें ?
(श्रोत:- ‘रचना’ पूणाङ्क ८, असोज–कात्तिक २०२१)