आँसुले मेरो कसैको पीर पखाल्न सक्दो हो
म रुने थिएँ – आँसुकै एउटा सागर जम्दो हो ।
मलाई लाग्छ त्यो पीर तिम्रो छातीमा म लिऊँ,
सृष्टिको बीच फुलेको फूल अोइलिन नदिऊँ ।
सके त तिमी रोएको बेला म पनि रोइदिन्थेँ
छातीको तिम्रो परेको घाउ आँसुले धोइदिन्थेँ
सृष्टिको बीच फुलेकी तिमी मायालु जुहार,
सम्हार बिना अोइलेछ तिम्रो हँसिलो मुहार ।
(श्रोत:- छात्र प्रभा, वाराणसी वर्ष ६ अंक ४-२०२२)