कालो बादल उडिरहेको आकाशतिर एकनास टोलाउँदै जोनले भन्यो-“जेनी तिमीले छिट्टै कुनै एउटा निर्णयमा त पुग्नै पर्छ ।” महिनौँदेखि यो दम्पति उहापोह र असमञ्जसको अवस्थाबाट गुजि्ररहेका थिए ।
जेनीले आˆना खैरा आँखा जोनको पैतालादेखि निधारसम्मै डुलाई । आँखाको भाषा बुझ्न गार्हो भएन जोनलाई । आˆना नीलो नानी भएका आँखाले उसले पनि जेनीको अनुहारमा एकटक हेरिरहृयो ।
“नो” जेनी सायद लजाई Û उसलाई जोनले आफूलाई त्यसरी घुरेर हेरेकोले अप्ठेरो महसुस गरी होला । लजाउँदै उसले जोनलाई ‘नो’ भन्दा जोन पुनः कालो बादल मडारिरहेको आकाशतर्फ आˆना आँखा दौडाइरहेको थियो । जसरी बादल उड्दैछ उसको कल्पना संसार पनि घुमिरहेछ उसरी नै ।
वषर्ात् हुन बादल देखिनुपर्छ । अझ त्यो पनि कालो बादल । कालो बादल आकाशमा मडारिनु पानी पर्नुको पूर्वावस्था । डरलाग्दो गड्याङगुडुङसहित चट्याङ पर्नु कालो बादलले छपक्क छोप्नु । आँधीबेहरी चल्नु, अझ हावाहुरी, हुण्डरी वातावरणमा जसरी एकाएक आउँछ, जीवनमा त्यस्तो हावा हुण्डरीको महसुस हुनु । मनका पत्रपत्र चट्याङको आवाजले चुँडाली दिनु, आहत र निर्घात मन बोकेर जीवनको दैनिकी चलाउनु पर्दा उफ् Û
“जेनी हाम्रो जीवनका मूल्य र मान्यताबीच सम्झौता गराँैं र आममानिसको जीवनजस्तै जीवन बाँच्ने कोसिस गरौँ न । हाम्रो पनि सन्तान होस् । सन्तानका आँखामा आˆना भविष्यका सपनाहरू हेरेर बाँचेको क्षणको आनन्द कस्तो होला ? तिमी एक पटक कल्पना गरेर त हेर, आँखा चिम्लेर सोच, त्यो क्षण जब तिमी आमा बन्ने छौँ यो संसार त्यतिखेर तिम्रानिम्ति नितान्त फरक र भिन्न महसुस हुनेछ । नयाँसंस्ाार Û तिम्रो शरीरबाट अर्को नयाँ मानिस यो संसारमा अवतरण हुनेछ । अहा त्यो क्षण Û त्यो
आनन्द Û”
जेनीले जोनको कुरालाई सुनेको अभिनय त गरी तर उसलाई यो सब कुरा मन परिरहेको थिएन । आफूलाई मन नपरेको कुराहरू पनि सुनिरहनुपर्ने र प्रतिक्रियाविहीन भएर बस्नु पर्दाको क्षण जेनीका निम्ति अत्यन्त कष्टप्रद लाग्छ । उसलाई सबै कुरा भन्न मन लाग्छ । मनभित्रको उथलपुथल र भूकम्पलाई प्रस्तुत गर्न मन लाग्छ तर अहँ किनकिन मन बाँधेर बस्नु नै उचित ठान्छे । विवाहलाई सम्झौताका रूपमा लिएको यो जोडी बेलाबेला यस्तै खाले विषयमाथि गम्भीर छलफलमा उत्रिन्छन् र विवादको अन्त्य नभएर आ-आˆनै अडान र मान्यतामा केही दिन अस्वभाविक दैनिकी बिताउँछन् ।
“मेरो जीवन, मेरो शरीर, मेरो आत्मा, मेरो विचार र मेरो स्वतन्त्रता पनि त अहम् हो नि मेरानिम्ति जोन । आˆनो खुसी र स्वतन्त्रताको मूल्य दुनियाँमा सबैभन्दा ठूलो कुरा लाग्छ मलाई । तिमी गलत कुरा गर्दैछौ म भन्दिन । जीवनलाई उपभोग गर Û संसारमा बढिरहेको उपभोगवादी संस्कृतिभन्दा पर हामी हुने कोसिस नगरौँ जोन Û तिमी आˆनो विचारमा कट्टर बन्दै गयौ भने म पनि हाम्रो सम्बन्धका बारेमा पुनर्विचार गर्ने कोसिस गर्नेछु तर तत्कालका निम्ति मलाई सन्तान जन्माउने इच्छा र रहर दुवै छैन । मेरो इच्छा र मेरो स्वतन्त्रता मेरा निम्ति सबैभन्दा ठूला हुन् । ‘सरी’ Û”
जोन किंकर्तव्यबिमूढ जेनीका आँखामा हेरिरहृयो । हावाको झोक्काले उडाएको जेनीको कपालसँगै बसेको जोनको मुखनिर आइपुग्यो । आफूले माया गर्ने, आफूलाई प्रेमको उपहारस्वरूप ठान्ने जेनीको कपाल, अहँ यतिखेर उसलाई एउटा नमिठो गन्ध उत्सर्जन गर्ने फूलको कोपिला जस्तै लाग्यो । प्रेम र घृणा कति चाँडै, कति तीव्र गतिमा मन, मुटु र मस्तिष्कमा प्रसारित भएको ।
आशा हराएको मरुभूमिजस्तो जीवन के बाँच्नु र
खै ? हुन त सन्तान नै जीवनको प्रमुख र मुख्य उपलब्धि हो वा होइन कसरी मापन गर्न सकिएला र खै ? तथापि एउटा दाम्पत्य जीवनको प्रमुख र महìवपूर्ण पक्ष सन्तान होइन भन्न चाहिँ सकिँदैन होला । भन्न सकिने कुराहरू भन्न नचाहेको वा भन्न नमिलेको अवस्था र आफूले भन्न नपरोस् भन्ने चाहेका कुराहरू बारम्बार भन्नुपर्दाको अवस्था साँच्चै नै अत्यन्त सङ्कटग्रस्त हुने गर्दछ । नभनौं भनेर बारम्बार रोक्न प्रयास गर्दा पनि भन्नैपर्ने अवस्था सिर्जना भएपछिका अपि्रय क्षणहरू उनीहरूले प्रसस्त गुजारेका छन् ।
जोन आˆनो ‘जिन’ लाई विस्तार गर्न चाहन्छ । आˆनो ‘जिन’ गुणात्मक र मात्रात्मक दुवैरूपमा फैलिएको हेर्न मन छ उसलाई । आˆनो छोरा वा छोरी मार्फत् तिनका पनि छोराछोरी र पुस्तौंपुस्ता उसका सन्ततिले पृथ्वीमा बास गरुन्, दुनियाँका सबै राम्रा सुख सुविधाहरू उसैका सन्तानले उपभोग गरुन् । जोन स्वार्थी छ । उसको ‘जिन’ स्वार्थी’ छ । बेलाबेला जेनी भन्छे –
“तिमीभित्रको स्वार्थी जिनका कारण तिमी यो सब भन्दैछौ ।”
जोन नाजवाफ छ । ऊ आफूलाई लागेको परम्परावादी एवं रुढीवादको आरोपबाट मुक्त गर्ने प्रयास गर्छ र भन्छ तत्कालका निम्ति
“एस, ओके”
जेनी बुझ्छे जोनले आफूलाई मन नपरेको भए तापनि ‘ओके’ भनिदिन्छ । एउटा ‘ओके’ शब्दले सबै कुरा ठीक भइहाल्दैन पनि राम्ररी बुझेकी छे जेनीले । ऊ प्रतिक्रियाविहीन बस्छे । एउटाको प्रतिक्रियाविहीन अवस्था अर्काको निम्ति अत्यन्त पीडादायी बन्छ । स्वयं प्रतिक्रियाविहीन हुनु पनि सम्बन्धितका निम्ति पनि उति नै दुःखपूर्ण हुन्छ । उनीहरू यस्तो मान्यता राख्छन् । आ-आˆनो दुःख बाँड्न चाहँदैनन् र सुख बाँड्न पनि डराउँछन् ।
घट्नुपर्ने कुराहरू बढेको र बढ्नुपर्ने कुराहरू घटेको कारण थुप्रै विषयहरूमा असमझदारी सिर्जना भइदिन्छ । असमझदारी एउटा लामो दूरी भइदिन्छ । दूरी जति लामो हुँदैगयो यात्रा त्यति नै असहज र कठिन बन्दै जाँदो रहेछ । कठिन यात्राको निम्ति हरेक बन्दोबस्त उति नै कठिन बन्दै जाँदोरहेछ । कठिन समय नजिकनजिक आउँदै गर्दा सहज वातावरण र खुसीका पलहरूसँगको दूरी बढ्दै जाँदा जीवन अझै कष्टकर महसुस हुँदोरहेछ । सोचाइमा आउने विग्रह, भावनात्मक उथलपुथलले पार्ने मानसिक प्रभाव र तनाव सहज र सामान्य दाम्पत्य जीवनका पहाड बनी ठडिँदारहेछन् । अजङ्गका पहाड Û काला पत्थर Û जीवनलाई कठिनतम मोडमा पुर्याउने असजिला बाङ्गा र टिङ्गा घुम्तीहरू, उकालीहरू ।
कालो बादल ठूलो वषर्ात्मा रूपान्तरण भयो । हेर्दा-हेर्दै सडक र पेटीबाट पानी बग्न थाल्यो । रुझेको सडक जोनको मनजस्तै भिजेको शरीर, भित्री मनको कुना-कुना भिजे जसरी रुझेको शरीर जेनीले देख्न सक्छे । औपचारिकताका निम्ति सुख्खा टावेल दिन्छे, भन्छे-
“हेर कस्तो भिजेको Û पानीमा किन भिजेको ? ओत लाग्नुपर्दैन ? चाँडै लुगा फेरिहाल चिसो लाग्छ नि तिमीलाई यति पनि बुझ्दैनौ ?”
जोन भिजेको शरीरबाट लुगा फुकाल्छ । भिजेको मन यथावत् । फुकाल्न मिल्दैन । भिजेको हृदय र मनमस्तिष्क फेर्न सकिँदोरहेनछ । फेर्न सक्दैन ऊ । रसाएका आँखा पुछेर पीडा कम गर्न सकिँदो रहेनछ । आँसु कम गर्न सकिँदोरहेछ तथापि भक्कानिएको मुटु झनै रसाइरहँदो रहेछ । आˆनो काल्पनिक सन्तानका खातिर चुँडिएको मुटु, धागो चेट भएको चङ्गाजस्तै भयो उसको । उसले हजार कोसिस गर्यो जेनीले मानिन । उसले जेनीलाई मातृत्वका लागि गरेको सबै आग्रह, अनुरोध भरखरै परेको पानीका फोका बन्दै गए एक-एक गर्दै । उपलब्धिविहीन अवस्था । आफू भएर बाँच्न नसकेको अवस्था आˆना लागि कति निरस हुँदो हो । अझै अरूको निम्ति बाँचिदिनुपर्ने र आफू आफू नै नभई अरूकै भूमिकामा रूपान्तरण भइदिनु दुरुह क्षण । कालो बादलले पानी पारेपछि आकाशमा सेता बादलका टुक्राहरू उड्छन् तलबाट माथि, माथिबाट झनै माथि अनन्त । पानी परेपछि आकाश उज्यालियो । जोनको मन उज्यालिएको छैन । भौतिक सुखले मात्र कहाँ हुँदोरहेछ र ? मनले खै केके खोजिरहँदोरहेछ । जोन बेलाबेला यस्तै सोच्ने गर्छ ।
केही छिनअघिको घमाइलो दिन । वषर्ात्मा रुझेको दिन । वषर्ात्सँगै रोएको दिन । वषर्ात् सकिएर उदाएको पहेँलो घामसँगै हाँसेको दिन । सेतो बादलको घुम्टोभित्र लुकेको दिन । इन्द्रेणीको रङ डाँडादेखि खोला हुँदै हरिया पाखामा पोखिएको रङ्गीन दिन । रङ्गहीन दिन, उदास दिन, उराठ दिन, एउटै दिन । आˆनो जीवन यस्तै लाग्ने गर्छ जोनलाई । जेनीका कोमल हातका औँलाहरू समातेर डिपार्टमेन्टल स्टोरको स्काइ ल्याडर चढ्दै गरेको सम्झना हुन्छ उसलाई दसौँ तलाको ‘टप’ रेस्टुरेन्टमा मीठामीठा गफसहित खानेकुरा खाएको मीठो सम्झनाले झक्झकाउँछ । बियरको गिलासबाट चिसा थोपा सेतो फिँजमा परिवर्तन भएको अनि बिस्तारै फिँजले पहेँलो पानीको आकार ग्रहण गरेको दृश्य उसको मानसपटलमा आइरहन्छ जेनीसँगको बदलिँदो जीवनशैली र दैनिकी उसलाई यस्तै अनुभव हुन्छ ।
जोनका थुप्रै आनीबानी र व्यवहारहरू मनपर्दछन् जेनीलाई । जोन जेनीलाई अत्यन्त इज्जत गर्छ । सम्मान गर्छ । उनीहरू एक-अर्कालाई अत्यन्तै प्रेम गर्छन् । जेनी स्वतन्त्र स्वभावकी छे । आˆनो स्वतन्त्रतामा जोनको कमसेकम हस्तक्षेप चाहन्छे ।
जेनीले आˆना कोमल आंँैलाहरू ज्ोनको भिजेको कपालमा घुमाइरहँदा जोन अत्यन्त आनन्दित भयो ।
“जेनी ! जीवन फूलजस्तो हुनुपर्दछ ।”
जोनले यसो भनिरहँदा जेनीका मिलेका दाँत र ओंठहरूका बीचबाट एउटा मृदुल मुस्कान छरिएको थियो र भनी –
“जोन Û फूलमा जीवन हुनुपर्दछ ।”
फूल विनाको जीवन कस्तो होला ?
जीवन विनाको संसारको परिकल्पना गर्न सकिएला ?
उनीहरूले निकैबेर यस्तै छलफल गरिरहे ।
जेनी तिमी मेरो प्रस्ताव स्वीकाछौर्ं ?
मैले धेरै दिनदेखि एउटा प्रस्ताव तिम्राअघि राख्ने बारेमा सोचिरहेको थिएँ । हिम्मत जुटाउन सकिरहेको थिइँन । मलाई विश्वास छ तिमी यसलाई सहर्ष स्वीकार गर्नेछौ । यसमा हामी दुवैको खुसीको कुरा छ । जोनले आˆनो अनुहारमा नौलो चमक ल्याउँदै भनेको थियो ।
जेनी हाँसी । उसको मानसपटलमा अनेकौँ विषयहरू आउँदै,हराउँदै गर्न थाले । जोनले के भन्न खोजेको
होला ? उसको मुटु धड्किइरह्यो निकैबेर । जेनी हाँस्दा उसका दाँतहरू सबै खुल्छन् र ऊ ठूलोठूलो स्वरले हाँस्ने गर्छ । उसले हाँस्दा उसको आँखाका नानीबाट निस्कने एक प्रकारको ज्योतिले वातावरण नै उज्यालिएको अनुभव गर्छ जोन । यसकारण पनि जेनीको ‘सिरियस मुड’लाई पनि ऊ हसाँउने प्रयत्नमा लागिरहेको हुन्छ ।
हाँस्नु जीवनलाई सुखी बनाउनु हो । तमाम पीडाबाट केही क्षण राहत पाउनु हो । यस्तैयस्तै क्षणहरूको संयोजनबाट सिङ्गो हँसिलो जीवन प्राप्त गर्न सकिन्छ । आफू हाँस्नु र अरूलाई पनि हँसाइराख्ने प्रयास गरिरहनु मानिसको उत्तम विचार हो । यस्तै लाग्ने गर्छ जोनलाई ।
जोनले आˆनो प्रस्ताव यसरी बतायो । “जेनी मलाई बाबु बन्न मन छ मेरो सन्तानको तर तिमी नआत्तिऊ । तिमीले हाम्रो सन्तानको जन्म दिने आमा बन्नुपर्ने छैन ।”
जेनीले आश्चर्य मिश्रति स्वरमा चिच्याएर सोधी-
“यो कसरी सम्भव छ ? तिमी बाबु बन्ने मैले आमा बन्नु नपर्ने ? के तिम्रो कुनै पूर्व श्रीमतीको छोरा वा छोरी छन् ? जुन यतिका दिनसम्म तिमीले मलाई ढाँटेका
थियौ ?”
जोन-
“यो सब केही होइन । मेरो प्रस्ताव तिमी मेरो सन्तानको आमा बन्न सक्छौ तर जन्मदिने आमा होइन, कर्म दिने आमा मात्रै । मैले मेरो जिन अर्कै महिलाको गर्भ भाडामा लिएर दस महिना हुर्काउने निर्णय गरेको छु । तिमीलाई थाहा हुनुपर्छ आजकल सहरमा मासिकरूपमा दस महिनाको निम्ति आˆनो गर्भ भाडामा दिई अरूको सन्तान जन्माइदिने आमाहरू छन् । तिमीले कमसेकम दस महिनासम्मको पीडा र प्रसव वेदनासमेत खेप्नुपर्ने छैन । ‘रोजी’ त्यस्ती आमा हो जो मेरो भ्रूणलाई आˆनो गर्भ भाडामा उपलब्ध गराउन तयार छिन् र बच्चा जन्मेकै दिन हामी आˆनो सन्तान लिएर आउने छौं, रोजी आˆनो ज्याला लिएर जानेछिन् । उनीसँग मेरो कुनै किसिमको शारीरिक सम्बन्धको आवश्यकता पर्ने छैन । यो सबै डाक्टर माइकलले गर्नेछन् ।”
जोनको कुरा सुनेर अवाक भएकी जेनीका आँखा भित्तामा टाँगिएको पोस्टरमा एकनास अडिरहे । एउटी आमाले बच्चालाई आˆनो स्तनपान गराइरहेको यो पोस्टर जेनीले वर्षौंदेखि कोठाको भित्तामा टाँसेकी थिई । उसलाई पटकपटक आमा बन्ने रहर पनि नजागेको कहाँ हो
र Û बच्चा जन्माएपछिको आˆनो स्वास्थ्य र आमाहरूको बढ्दो सम्बन्ध विच्छेदले उसलाई आमा बन्न दिएको थिएन ।
जेनीलाई जोनको प्रस्ताव स्वीकार गर्न धेरै समय लाग्यो । उसको दिमागमा थुप्रै प्रश्नहरू जन्मेका थिए रोजीको गर्भमा जोनको सन्तान जन्मिनु अगावै ।
अर्काको गर्भमा हुर्किएको सन्तान आˆनै सन्तान जस्तो हुनसक्ला ?
यस्तोमा मेरो भूमिका के हुन सक्छ ? प्रसव पीडा नभई प्राप्त भएको सन्तानप्रति के उस्तै माया गर्न सकिएला वा यस्तो सन्तानप्रति औपचारिक सम्बन्ध मात्रै रहला ?
रोजीले जोनको भ्रूणलाई आˆनै सन्तान ठानी भने के होला ? रोजीले जन्माएको बच्चा आफूलाई दिन अस्वीकार गरेमा के गर्न सकिन्छ ?
यस्तैयस्तै थुप्रै प्रश्नहरूको बीचमा पनि जेनीले जोनलाई स्वीकृति दिई । अन्ततः जोनको सन्तान रोजीले जन्माउने भई । दस महिनाको निम्ति भ्रुणको पालनपोषण सहित आˆनो गर्भको भाडा समेत रोजीले पाउने सम्झौता भयो ।
जोनको अनुहार बदलिंँदै गयो । उसको अनुहारमा हरेक दिन नयाँ चमक आउन थाल्यो । जोन हरेक दिन रोजीलाई भेट्ने गथ्र्यो । उसलाई रोजीप्रति एक प्रकारको सहानुभूति र माया थियो । हरेक दिन जोन रोजीको स्वास्थ्य अवस्थाको जानकारी राख्थ्यो र सबै विवरण जेनीलाई सुनाउँथ्यो । जेनी प्रतिक्रियाविहीन हुन्थी । उसलाई रोजीसँग आरिस लाग्थ्यो साथै घृणा पनि ।
जेनी बेलाबेला सोच्ने गर्थी- जोनको सन्तानको आमा मैले नै बन्नुपथ्र्यो ।
“अब एक महिना मात्र बाँकी छ बुझ्यौ जेनी”
जोनले उपि|mँदै जेनीलाई जुरुक्क उचालेर बोकेको थियो । जेनीमा भने कुनै उत्साह थिएन । ऊ एक प्रकारले आहत भएको महसुस गरिरहेकी थिई आफू ।
रोजीको फोन आएको थियो । उसको पेट अचानक दुःख्नथाल्यो । हतारहतार जोन रोजीको ˆल्याटमा पुगेको थियो र उसले रोजीलाई अस्पताल पुर्याएको थियो ।
“तपाईंलाई बधाई छ जोन तपाइर्ंको छोरी जन्मिएको छ ।”
डाक्टरको यो आवाज जोनको कानमा ठोक्ँिकदा ऊ खुसीले उपि|mएको थियो । उसले तत्काल जेनीलाई फोन गर्यो र आˆनो छोरी सकुशल भएको जानकारी गरायो । केही छिनमा जेनी अस्पताल पुगी र उसले बेडमा सुतिरहेकी रोजीलाई हेरी ।
जेनीलाई नजानिँदो प्रकारको ईष्र्याले आफूभित्रको मातृत्व खोसेर रोजीले लगेजस्तो लाग्यो । आˆनो सन्तान जन्माउने अधिकार रोजीले खोसेजस्तै लाग्यो ।
आˆनो दूधको लाम्टा चुसाउने प्रयास गरिरहेकी रोजी र नवजात छोरीका आँखामा पालैपालो हेरी जेनीले । शिशुका आँखा जोनकाजस्तै थिए । अनुहार भने कताकता रोजीको जस्तो लाग्यो उसलाई । यस नवजात शिशुको कुनै पनि अङ्ग-प्रत्यङ्गमा आˆनो अंश देखिन जेनीले ।
आज तेस्रो दिन थियो । अस्पतालले रोजीलाई डिस्चार्ज गर्दै थियो । जोन दम्पति बिहानैदेखि आˆनो सन्तान लैजान अस्पताल पुगेका थिए ।
काखमा बच्चा च्यापेर निस्केकी रोजीलाई जेनीले धन्यवाद ज्ञापन गर्दै भनिन्-
“रोजी तिमीलाई धन्यवाद । मेरो श्रीमान्को सन्तान जन्माइदिएकोमा र तिम्रो ज्याला लेऊ र हाम्रो सन्तान हामीलाई देऊ ।” रोजीका कोमल आँखा घरी काखको नवजात नानी त घरी जोन र जेनीका अनुहारमा घुमिरहेका थिए । रोजीले भनी-
“जोन र जेनी मैले मेरो गर्भ तिमीहरूलाई उपलब्ध गराएकी थिएँ तर मेरो मातृत्व भने मैले बेचेकी थिइनँ । मातृत्वको कुनै मूल्य हुन सक्छ र ? कृपा गरेर तपाईंहरूले मलाई दस महिनासम्म दिनुभएको खर्च दोब्बर पारेर फिर्ता गर्छु । यो सन्तान जसका ओठहरू मेरो स्तनपानका निम्ति लालायित छन्, तिमीहरूलाई जिम्मा लगाउन सक्दिँन । मलाई माफ गर्नुहोला । जोन तपाइर्ंले कुनै कठोर मातृत्व भएकी आमा भेट्टाउनु भएमा अर्को सन्तान जन्माउनु होला । मेरो कोमल हृदय वर्तमानमा मातृवात्सल्यले ओतप्रोत छ ।”
जेनीका आँखा जोनका आँखामा जुध्न पुगे । जोनले आकाशतिर हेर्यो । आकाश पुनः उसैगरी कालो बादलले धुम्मिन आँटेको थियो । जोनले सोच्यो फेरि उसको जीवनमा चट्याङ् पर्नेछ । बेसकन वषर्ात्ले बाढी र पहिरो निम्त्याउनेछ । उसको जीवन पहिरोमा पुरिएर पुनः माटोमै विलिन हुनेछ ।
गड्याम् ÛÛ चट्याङको आवाज थियो । जेनीका रसाएका आँखा नवजात शिशुलाई एकनास हेरिरहेका थिए । नवजात शिशुका आँखा भने जोनको अनुहार हेरिरहेका थिए । जोनले भित्तामा अडेस लगायो । बाहिर पानी दर्किरहको थियो । रोजीले नवजात शिशुलाई बोकेर आˆनो बाटो लागी ।
जोन र जेनी दुवै चुपचाप बाहिर निस्के । भिज्दैभिज्दै आˆनो ˆल्याटमा आइपुगे । आज जेनीले जोनलाई लुगा फुकालेर नयाँ लुगा फेर्न पनि भनिन । दुवै जना चिसो लुगामा निकैबेर उभिइ रहे । अनुहारबाट पानी उसरी नै चुहिरहृयो जसरी बाहिर पानी दर्केको थियो । दुवैको जीवन त्यसरी नै भिजिरहृयो जसरी आँगनको गुलमोहरको रुख भिजेको थियो । जेनीले अचानक भित्ताको पोस्टर हेरी । आमाले स्तनपान गराइरहेको उक्त पोस्टरमा एकटक हेरिरही, हेरिरही ।
(कथाकार शर्मा २०६८ वैशाख २६ गते सोमबार दुर्घटनामा पर्नुभई हालसम्म अचेत अवस्थामा न्युरो हस्पिटल, बाँसवारीमा उपचारार्थ हुनुहुन्छ । )
(श्रोत:- मधुपर्क असार, २०६८)