~वीनु डुम्रे~
एउटा भयानक तूफान भर्खरै सकियो । सहरको भि.आई.पी आवास क्षेत्रको यो भव्य महलमा यस्तो तुफान प्रत्येक रात आउँछ र जान्छ । त्यसो त दिनको उज्यालोमा चाहिँ आउँदैन भन्ने पनि होइन ।
तीन रोपनी क्षेत्रफलमा फैलिएको यो आलिशान महलको दोस्रो तलामा छु म । एक रोपनी जमिनमा त घरै छ । बाँकी जमिनमा आकर्षक बगैँचा छ, देशी/विदेशी विभिन्न जातका ठूलाठूला वृक्षहरू छन् । बीचमा सानो तर आकर्षक नीलो स्विमिङ पुल छ । एघार फिट अग्लो पर्खालले घेरिएको यो महल हत्तपत्त बाहिरबाट देखिँदैन । गेटपालेहरूको ढिलासुस्तीले कहिलेकाहीँ देखिइहाल्यो भने पनि यो भव्य महलमा प्रत्येक पल तूफान मडारिन्छ जस्तो लाग्दैन ।
यस महलको दोस्रो तल्लामा छु म । निकै ठूलो कोठा छ । खानदानी वा सम्पन्न घरमा छु भन्न सुहाउने हरेक चीज छन् यहाँ । आयातीत आकर्षक जर्मनी बेडको विशाल काखको सानो छेउमा लडिरहेकी छु । बेडको आधाभन्दा बढी क्षेत्रफल लिएर अर्को मान्छे पल्टिएको छ । मलाई सिकाइएको भाषामा ‘उहाँ सुकला होइस्या छ’ । अब उठ्नु छ मैले चाहिँ । बिस्तारै आधा उठेर त्यतैपट्ट िहेरँे । निकै गर्जमानका साथ सुकला होइस्या’छ उहाँ । जङ्गलमा सिंह गर्जेझँै हरेक रात यसरी नै गर्जन्छ ऊ । मानौँ, गर्जनु उसको अधिकार हो र थर्कमान हुनु मेरो धर्म ।
धेरैबेर उसतिर हेर्ने मन छैन, त्यसैले अर्कोपट्ट िफकेर्ं । डे्रसिङ टेबुलको ठूलो ऐनामा आँखा पर्यो । फुङ्ग उडेको र लेघ्रालेघ्री भएको अनुहार, पाकेको टमाटरझैँ राता सुन्निएका आँखा र ‘सेल’ लागेको पसलका कपडाझैँ लथालिङ्ग कपाल ऐनामा प्रस्ट देखियो । जताततै दुखेको शिथिल शरीर र मनभरिको ग्लानि केवल महसुस गर्न सकेँ । यो सब त्यही तूफानको उपज हो, जुन हरेक रात आउँछ । आज पनि आएको थियो र सधैँझैँ मलाई उजाडेर गयो ।
मैले जसरी पनि उठ्नु छ । सकी-नसकी उठेँ । साइड टेबुलमा समातेर तामाको आम्खोराबाट सकेजति पानी पिएँ । आम्खोरा टेबुलमा राखेर अन्तिम घुट्को निल्दा थाकेजस्तो लामो निश्वास निस्क्यो । त्यसपछि भने एउटा गहिरो आनन्द आयो र अलिकति बल पनि ।
अब पूरै उठेँ म । खुम्चिएका, च्यापिएका शरीरका लुगा आफैँ तल तानिए । कोठासँगैको एट्याच बाथरुममा पस्ने एउटा खुट्किलो चढ्न पनि गाह्रो भयो । दुईपट्ट िभित्ता समाई बिस्तारै भित्र पसेँ । अमेरिकन ब्रान्डको ठूलो बेसिनमा आँखा, अनुहार पखालेपछि झ्यालमा गएर सुस्तरी पर्दा तानेँ । एक झोक्का चिसो हावा मेरो अनुहारमा ठोक्किएर फर्कियो । आँखा चिम्म गरेँ तर भत्भती पोल्न थाल्यो । आँखा उघारेरै बाहिर हेर्दा सारा संसार निदाएको थियो । टिलटिल टल्किएका बत्ती र कुकुरको भुकाइले भने सहर जिउँदै छ भन्ने आभास दिइरहेथ्यो ।
टेबलको एउटा क्लिप तानेर कपाल समेटेर बाँधेँ । कोठाको दक्षिणपट्ट िबेडकै सेट मिलेको उस्तै ठूलो दराजबाट एक जोर कुर्था निकालेँ । कुर्थासँगै मेरो फोटो एल्बम पनि झर्यो । एल्बममा आँखा पर्यो । किनकिन आज मलाई आफ्ना पुराना दिनहरू हेर्ने रहर पलाएर आयो । पूर्वपट्टकिो मेचमा बसेर एल्बम पल्टाएँ । सानो छँदाका अबोध तर सुन्दर तस्बिरहरू थिए । कुनै भावहीन मुद्रामा थिए, कुनै जीवन्तझैँ लाग्थे ।
यी मेरा स्कुल जीवनका तस्बिरहरू । स्कुलमा म सधैँ पाँचौँभित्रै पर्थेँ । एसएलसी फस्र्ट डिभिजनमा पास गरेपछि अनुहारभरि अबिर पोतिएको उल्लासमय फोटो थियो यो । फोटोमा निर्दोष र खुसी केटीलाई देखेपछि त्यसै मुस्कान चुहियो ओठबाट । अर्को फोटोमा नितु, सम्झना, कमल, तुलसी र म थियौँ, उस्तै प्रफुल्लित । कहाँ पुगे कुन्नि अहिले तिनीहरू ?
हातले एल्बमका पाना पल्टाउँदै थिएँ तर मन भने एकएक पानामा आˆनै जीवन पल्टाइरहेथ्यो । एउटा खुसी जीवन, एउटा सुरुचिपूर्ण ‘मान्छेको’ जीवन Û यो कलेजको वेलकम प्रोग्रामको फोटो थियो । मैले कविता वाचन गर्दै गर्दा खिचिएको फोटो । नेपाली पढाउने सर भन्नुहुन्थ्यो- ‘तिमी एक दिन ठूली साहित्यकार बन्नेछ्यौ ।’ खै Û बन्थेँ पनि होला कि ? तर सबै त्यही तूफानले चुँडिदियो । केही छैन मसँग । न गीत, न कविता, न त मेरो आˆनो जिन्दगी नै ।
एल्बम पल्टाउँदै गएँ । विगतमा धकेलिँदै गएँ । घरिघरि त्यस तस्बिरकी केटीको रहरलाग्दो जिन्दगी देखेर ईष्र्या लाग्थ्यो । कस्ती राम्री थिई ऊ तर आज ती सबै सुन्दरतामा बादल लागेको छ । आँखाहरू भासिएका छन्, ओठ कलेटी परेका र नीला भएका छन् । कति उत्साहित थिई ऊ आफ्नो जीवनप्रति तर आज सबै उत्साह मरेका छन् । कुन्नि किन बाँचिरहेकी छु म ? एल्बमका पानासँगै जीवन अगाडि बढ्दै गयो ।
कलेज जीवनको अन्त्यतिरको तस्बिर हो यो । हाम्रो रिसर्च गु्रपको फोटो । स्नातकोत्तर दोस्रो वर्षको रिसर्च गर्ने बेलामा भेटेकी थिएँ मैले उसलाई नेपाली हस्तकला उद्योगको उद्योगपति श्यामदेवको अफिसमा । आˆनो रिसर्चमा नेपाली हस्तकला उद्योगलाई छानेका थियौँ हामीले । त्यसैबेला श्यामदेवलाई भेट्ने क्रममा ऊ भेटिएको थियो । पछि थाहा भएको थियो ऊ श्यामदेवको छोरो हो । हस्तकला उद्योग उनीहरूको पुख्र्यौंली पेसा थियो जुन अहिले निकै आधुनिक र सफल पनि भइसकेको छ । त्यसैको पछिल्लो पुस्ताको सञ्चालक थियो ऊ । ऊ अर्थात् मलाई अहिले दिइएको नातामा श्रीमान् ।
उसलाई म राम्री लागेँ । उसले मलाई फोन गर्यो र गरिरहृयो । मित्रता बढ्यो, भेटघाट बढ्यो । म निडर थिएँ, स्वाभिमानी थिएँ । उसलाई त्यो पनि राम्रो लाग्यो र प्रस्ताव राख्यो, बिहे गरौँ । मलाइ पनि ऊ राम्रो लाग्यो । उसले ‘म धेरै झूठ बोल्छु’ भन्यो । मैले सोचेँ ‘म झूठ बोल्छु’ भन्नु नै साँचो बोल्नु हो । उसले भन्यो, ‘म धेरै बिगि्रएको छु ।’ मलाई लाग्यो, बिगि्रएको महसुस हुनु नै असल बाटोमा लाग्ने पहिलो पाइलो हो ।
परिवारमा प्रस्ताव राखियो, दुवैतिरबाट नाइनास्तीको कुरै थिएन र हाम्रो मगनी भयो । मलाई ‘कस्ती भाग्यमानी रहिछे’ भन्नेको कमी रहेन । मेरो हुनेवाला पति सुन्दर थियो, रसिक थियो र अझ सबैभन्दा ठूलो कुरा त ऊ सम्पन्न थियो । म खुसी थिएँ ।
त्यसको दोस्रो दिन उसले मलाई लन्चमा भेट्ने प्रस्ताव गर्यो । म पनि चाहन्थेँ उसलाई भेट्न । हामी दरबारमार्गको राम्रो रेस्टुरेन्टमा भेट्यौँ । खाना अर्डर गरेपछि उसले मेरो हात समाउँदै भन्यो, ”हामी नयाँ जीवनको सुरुआत गर्दैछौँ । त्यसैले हामी एक-अर्कासँग पूर्ण परिचित हुनु जरुरी छ । हामी आजको जमानाका मान्छे हौँ । के तिमी पहिले कुनै केटालाई मन पराउँथ्यौ ? भए पनि त्यसले मलाई कुनै असर गर्दैन किनकि म वर्तमानमा बाँच्ने मान्छे हुँ ।”
म अलमलमा परेँ । हो मन त पराउँथेँ । सुरुका दिनमा कलेज पढ्ने बेला म एउटा केटालाई मन पराउथेँ तर त्यो प्रेम झाँगिन नपाउँदै सकिएको थियो । अहिले त्यस केटाको धमिलो चित्र मेरो दिमागमा चढाउन खोज्दा पनि म सकिरहेकी छैन । पछि त्यससँग कहिल्यै भेट भएन ।
“के सोचेकी ?” उसले भन्यो अनि हाँस्दै बोल्न थाल्यो- “मेरा त स्कुल पढ्दादेखि नै गर्लप|mेन्डहरू थिए र त्यो क्रम कलेजसम्म पनि चलिरहृयो तर त्यो प्रेम थिएन आकर्षण थियो, क्षणिक आकर्षण, जुन त्यति नै छिटो सकियो पनि ।”
मलाई लाग्यो, विश्वास र समझदारी बढाउनका लागि मैले पनि सबै कुरा भन्नुपर्छ र मैले भनिदिएँ र यो पनि भनेँ कि प्रसङ्गवश भनेको मात्रै हो तर अहिले त्यसको कुनै असर ममा बाँकी छैन । मलाई लाग्छ, त्यो मेरो असाध्यै केटाकेटीपन थियो ।
‘अफिसमा काम छ, छिटो जाँऊ’ भन्दै उसले लन्च छोटट्यायो । मलाई डर पनि लाग्यो तर उसको कुराले आश्वस्त पनि बनायो कि ऊ वर्तमानमा बाँच्ने मान्छे हो । साँझ उसले फोन गर्यो र तिम्रो ब्वाइप|mेन्डको नाम भन भन्न थाल्यो । जुन कुरा मैले नै बिर्सिसकेँ त्यही कुरा ऊ किन जान्न चाहिरहेछ, मैले बुझ्न सकिनँ । भोलिपल्ट बिहान जसरी पनि भेट्ने भनेपछि मैले हुन्छ भनेर फोन राखिदिएँ ।
हिजो बेलुकाको सल्लाहअनुसार भोलिपल्ट मेरो घरबाहिर ऊ मलाई लिन आयो । म तयार भएर निस्किएँ र उसको गाडीमा बसेँ । ऊ एकदम मौन थियो । आˆनो माज्दा गाडीको स्पिड सकेसम्म बढाइरहृयो र हान्नियो दक्षिणतिर । कहाँ जाने भनेर मैले धेरैपल्ट सोधेँ तर ऊ चुपचाप गाडी चलाइ नै रहृयो । उसको व्यवहारले मेरो मन ज्यादै अत्तालिएको थियो । मैले त्यो कुरा उसलाई भन्नु नहुने रहेछ । त्यसैले ऊ रिसाइरहेको छ । फेरि अर्को मनले भन्यो, उसले पनि त मलाई सबै कुरा सुनायो । म त रिसाएकी छैन नि । उसका कुरा सुनिसकेपछि पनि मैले उसलाई अवमूल्यन गरेकी छैन, खराब ठानेकी छैन । उसको सच्चाइका कारण मेरो आदरभाव झन् बढेको छ । मलाई लाग्यो ऊ मेरो कारणले हैन, अरू नै कुनै कारणले तनावमा छ र आफ्नी भावी जीवनसङ्गीसँग सेयर गर्न चाहन्छ । यस्तो सोचले मनलाई निकै शान्त र हलुको बनायो ।
चोभार डाँडोको खुला चौरमा उसले गाडी रोक्दा बिहानको ८ बजेको हुँदो हो । ऊ ओर्लियो । म पनि खुरुखुरु ओर्लिएर उसको पछि लागेँ । चौरको छेउतिर उभियौँ हामी । प्रभातकालीन बाला घाममा उपत्यका निकै सुन्दर देखिएको थियो । तल खोलामा सानो पानी विनाआवाज बगिरहेथ्यो । गिट्टी र वालुवाका थुप्राबाहेक चोभार डाँडो प्रायः शून्य थियो । घरिघरि मोटरहरू आ-आफ्नो आवाज निकाल्दै आउँथे र गई पनि हाल्थे । चोभारको उचाइमा पाइने बिहानी हावाले मनलाई उल्लासित गरेको थियो तर कताकति मनको कुनामा भने उसको समस्या के होला भन्ने चिन्ताले पनि घर गरेको थियो । ऊ चौरको डिलनेर पुगेर रोकियो र मतिर फर्कियो । उसको अनुहार डर लाग्दो देखिन्थ्यो । बलियोसँग मेरो पाखुरा समातेर ऊ गर्जियो, ‘तिम्रो ब्वाइप|mेन्डको नाम के हो ? कहाँ बस्छ र अहिले ऊ के गर्दैछ ?
उसको भयानक रूपले म एकदमै डराएँ । म छाँगाबाट खसेजस्ती भएँ । के भन्ने के नभन्ने ? मैले पत्तै पाउन सकिनँ । एक हप्तापछि ऊ मेरो पति बन्दैछ । आज यो के व्यवहार हो ? जुन कुरो कुनै विषय नै होइन, त्यसलाई ऊ किन यत्रो विषय बनाइरहेको छ ? म अकमकिएको देखेर होला, उसले मेरो पाखुरामा समातेर लछार्दै हपार्यो, “तँ त्यस केटोसँग प्रेम गर्थिस् ?”
उसका रिसाहा आँखा देखेपछि म पनि आवेशमा आएँ र उस्तै आवाजमा जवाफ दिएँ, “हो, गथेर्ं ।”
उसले मेरो गालामा एक थप्पड हान्यो । हो, आजसम्म नछाडेको यो तूफानको सुरुआत त्यही थप्पडबाट भएको थियो जतिबेला मेरो बिहे नै भएको थिएन । मैले सहन सकिनँ, भनिदिएँ “तपाईंका पनि त गर्लप|mेन्ड थिए के म पनि तपाईंलाई यसैगरी हिर्काऊँ ?”
“गर्लप|mेन्ड होइन चार सय वटीसँग सुतेको छु म । के गर्छेस् तैँले ?” ऊ निश्चिन्त थियो, म उसलाई केही गर्न सक्दिनँँ ।
मेरो खुट्टामुनिको जमिन तलतल भासिँदै थियो ।
उसले बलपूर्वक मेरो चिउँडो निचोरेर भन्यो, “मलाई हिर्काउँछेस् ? ल छोएर हेर् त Û तँजस्ता रण्डी धेरै देखेको छु । ब्वाइप|mेन्ड बनाउँदै हिँड्ने ? तँजस्तालाई दुई/पाँच सयमा धेरै किनेको छु ।”
किन्यो होला तर म रण्डी होइन, मलाई किनेको होइन उसले । मेरो अन्तरात्माले चिच्याइरहृयो र आत्मसम्मान माथिको प्रहारबाट रन्थनिएकी मैले उसको मुखमा थुकिदिएँ । ऊ काबुविहीन भयो अब । पुरुषìवमाथिको प्रतिकार सहन उसले कहाँ सिकेको थियो र Û मैले कति थप्पड खाएँ, कति निमोठिएँ अन्दाज लगाउन पनि सकिनँ । जतिञ्जेल सकेँ, उसले हिर्काएको बदलामा छोएर भए पनि प्रतिकारको आभास गरिरहेँ । जब उसले मेरो प्रतिकारको भाव बुझ्यो, त्यसपछि उसमा झन् भूत सवार हुनथाल्यो । पुरुष हुनुको व्यर्थ घमण्डले उसलाई पशु बनाउँदै लग्यो । विना गल्ती म कुटिइरहेँ ।
मेरो जिन्दगीमा मैले खाएको पहिलो र भयानक कुटाइ थियो यो । मेरो भविष्य सम्झेर कहालिँदै थिएँ म । उसको कुटाइबाट बेहोसजस्ती भएकी थिएँ । त्यसपछि मेरो हात तान्दै उसले मलाई गाडीमा हाल्यो । म प्रतिकार गर्न नसक्ने भइसकेकी थिएँ । उसको स्वरूप बुझिसकेकी थिएँ र ऊ कुन हदसम्म गिर्न सक्छ अब पर्खिरहेकी थिएँ । उसले मलाई जबरजस्ती गरिसकेपछि भन्यो “रहरले होइन, तेरो घमण्ड चूर गर्नलाई गरेको तर चिन्ता नगर्, म तँलाई विवाह गर्छु, तेरो निम्ति होइन, आफ्नो परिवारको निम्ति । मेरो इज्जतभन्दा ठूलो मेरा लागि अरू केही छैन ।”
एक हप्तापछि भएको भए सुहागरात हुन्थ्यो होला तर एकाबिहानै उसले मेरो बलात्कार गर्यो । म आफ्नो विवाहको एक हप्ताअगाडि आफ्नै हुनेवाला पतिबाट लुटिएँ ।
हातको एल्बम भुइर्ंमा झर्यो, एक नजर त्यस पुरुषमाथि पुग्यो त्यहाँ आँखाले अडिनै मानेनन् । मनले त उसलाई घृणा मात्रै गर्छ । फेरि अतीतमा पुगेँ ।
त्यस दिन घर पुग्दा विवाहको भव्य तयारी भइरहेको थियो । सबै नातेदारकहाँ निम्ता पुगिसकेको थियो । घरभरि मान्छे भरिभराउ थिए, सबै खुसी, सबै रमाएका मैले कसैलाई केही भन्न सकिनँ । मैले विवाह गर्दिनँ भन्न पनि सकिनँ । आखिर म हुर्केको समाज यही हो । यहाँका मान्छे, यिनका मान्यता र परिवेश सबै सोचेँ । मैले विवाह नगर्दा मेरो परिवारले भोग्नुपर्ने बेइज्जती, लाज र म आफैँले भोग्नुपर्ने अपमानित जिन्दगीदेखि तर्सिएँ । अनि चुपचाप विवाह गरी यो घरमा आएँ ।
शरीर चलाउन खोज्दा उसैगरी दुखिरहेथ्यो तर मैले उठ्नु छ, त्यसैबेला उठ्नुपर्ने, निकै ढिला भइसक्यो । बलजफ्ती उठेँ । पुनः झ्यालमा गएर उभिँदा रात निकै नै ढल्केजस्तो लाग्यो । भित्ताको ठूलो घडीले २ बजाएको रहेछ ।
बाहिर बगैँचा सुनसान थियो । चराचुरुङ्गीको आवाजसमेत थिएन । मैले पुरानै घाउलाई कोट्याइरहेँ । विवाहपछिको हरेक समय कठोरमय बिती रहे । उसले खराब लत छुटाउन चाहेन, मैले त्यसलाई स्वीकार गर्न सकिनँ । अन्तर्द्वन्द्व चल्ने नै भयो । न त उसको संस्कारले गल्ती स्वीकार्न सिकायो, न मेरो संस्कारले आफूमाथिको अत्याचारको विरोध गर्न सिकायो । मेरो पढाइ, शिक्षा मेरा लागि मूल्यहीन भए । उसले आफूलाई माथि ठान्यो र मनपरी गरिरहृयो, मेरो कहीँ अस्तित्व थिएन, मैले खालि सहिरहेँ ।
डिस्को, डान्स, लेटनाइट पार्टी उसका सभ्यताका प्रतीक हुन् । सयौँ महिलासँग सम्बन्ध राख्यो, अहँ व्यभिचारी भएन । आधा रात बितेपछि घर र्फकनु र मन नअघाउन्जेल लुछिरहनु उसको नियमितता । प्रतिकार गरेर उसलाई जित्ने हैसियत मलाई प्रकृतिले नै दिएको छैन, कसरी गरुँ ? घरको कामका लागि नोकर-चाकर प्रशस्त छन् । बाहिर काम गर्न मलाई प्रतिबन्ध थियो । गेटबाहिर निस्कनु परे मैले उसको आज्ञा लिनु पथ्र्यो । मैले त्यसैत्यसै गरिरहेँ, जसो-जसो ऊ चाहन्थ्यो । म पढेलेखेकी मान्छे, आफ्नो खुट्टामा उभिन चाहन्थेँ । एउटा जिउँदो सार्थक जीवन बाँच्न चाहन्थेँ । त्यसको प्रतिफलमा मैले गृहबन्दीको जीवन पाएँ । मास्टर डिग्री पढेकी कुलीन घरकी छोरी, सभ्य घरानाकी बुहारी र एउटा आधुनिक श्रीमान्की श्रीमती रातदिन कुटिइरहेँ । आँसु बगाइरहेँ र एउटा तूफानमा लछारिइरहेँ । अहँ, कसैले देखेन, कसैले बुझेन । कसैले बुझेन पनि के भन्नु जसले बुझ्नु पर्ने हो उसले कहिल्यै बुझ्नै चाहेन । बाँकी कसैलाई सुनाएर केही हुनेवाला पनि थिएन । बुबाआमालाई यो सुनाएर म दुःख थप्न चाहन्नथेँ । उहाँहरूले गर्न सक्ने यसमा केही थिएन ।
बाहिर उज्यालो अलि बढेजस्तो भयो । केही हुँकारका साथमा ऊ मस्तसँग गर्जिरहेछ । उसको अनुहार हेरेँ अहँ ऊ यति क्रूर छ भन्ने कहीँ देखिँदैन । निदाएको बेलामा राक्षस पनि कति निर्दोष देखिँदोरहेछ । अघि भर्खरको उसको सिंहको अनुहार अहिले शिकार खाइसकेपछि शान्त भएको छ । हर रात तूफान मच्चाउनुलाई ऊ आफ्नो पुरुषार्थ ठान्छ । जहिले पनि ऊ त्यसै गर्छ र आज पनि उसले छोडेन ।
बन्द कोठाभित्रको एक्लो जीवनबाट म अत्तालिन थालेकी थिएँ । हिजो बिहानको खाना खाइसकेपछि कोठामा बस्दै गर्दा मेरो मन अनियन्त्रित भइरहृयो । मैले पढेलेखेको के यही दिन भोग्नका लागि हो ? खालि सभ्यता र पैसाको खोल ओढेको एउटा हृदयविहीन पुरुषबाट कुटिइरहनका लागि हो ? सोच्दासोच्दै मेरो टाउको फुट्लाजस्तो भयो । आज किन-किन मलाई छिट्टै नै निदाउन मन लाग्यो तर अशान्त मन बोकेर को निदाउन सक्ला र ? सोचेँ, स्लिपिङ ट्याबलेट खान्छु र निदाउँछु । राति निदाउन नसकेर स्लिपिङ ट्याबलेट खाएर सुत्न थालेको दुई वर्ष भइसकेको थियो । एउटा खाएँ, कुनै प्रभाव देखिएन । अर्को खाएँ र सुतेँ, तैपनि निद्रा आएन । छट्पटिएकी मैले अरू तीनवटा ट्याबलेट एकैचोटि खाइदिएँ र सुतेँ । आखिर म पराजित आइमाई न थिएँ ।
ऊ कति बेला आयो, थाहा भएन । म बेहोसजस्तै भएर सुतेकी रहिछु सायद । बिउँझिँदा ऊ घच्घच्याउँदै च्याँठिइरहेको थियो, ‘के नाटक हो फेरि यो ?’ मैले हलचल नगरेपछि उसले मलाई जबरजस्ती उठायो । म उभिन खोजेँ तर तत्कालै बान्ता भयो । उसलाई शङ्का लागेछ क्यार । के खाइस् भन्यो । निद्रा नलागेर स्लिपिङ ट्याबलेट खाएर सुतेकी हँु भनेँ ।
उसले आफ्नो निहुँ पाइहाल्यो । स्लिपिङ ट्याबलेटबाट लठ्ठिएकी मलाई उसले आफ्नो गल्फ लठ्ठी झिकेर बर्साउन थाल्यो- “तँ मलाई ज्यानमारा बनाउन चाहन्छेस् । तँ मर्न चाहन्छेस् होइन ? मै मारिदिन्छु तँलाई ।”
उसले कति हिर्कायो यादै रहेन । म भुइँमा पछारिएकी थिएँ । लठ्ठिएकै अवस्थामा पनि मलाई यति धेरै दुख्यो कि मैले उसलाई हात जोड्दै भनेँ- “प्लिज मलाई नकुट्नुस्, म अब खप्न सक्दिनँ ।”
कति निरीह थिएँ म Û अहिले पनि बरर्र आँसु झर्यो । खुट्टाको नली हाडतिर अझैे सुन्निइरहेको छ । शरीरमा नदुखेको कुनै ठाउँ नै छैन । कस्तो लाचार जिन्दगी बाँचे मैले । आफैँलाई विश्वास लाग्दैन कहिलेकाहीँ, के यो मैले नै भोगिरहेँछु ?
दुनियाँको नजरमा हरेक कोणबाट सफल देखिने एउटा पुरुषले आफनो मनलागी गरिरहृयो । स-साना घटनालाई पनि पहाड बनाइरहृयो । आत्मसम्मानलाई चुनौती दिइरहृयो । भो अब पुग्यो । फरक्क फर्कें झ्यालबाट । तूफान मच्चाएर ऊ गर्वसाथ गर्जिरहेछ । अहिले मलाई यस पुरुषप्रति घृणा पनि लागेन । माया लाग्नुपर्ने त कुनै कारण नै छोडेको छैन उसले । सरासर दराजतिर गएँ जुन अघिदेखि खुल्लै थियो । आफ्ना शैक्षिक प्रमाणपत्रहरू झिकेँ र सानो झोलामा राखेँ । बुवाआमालाई मनमनै धन्यवाद दिएँ, मैले मेरो हो भनेर गर्वसाथ राख्नसक्ने यी प्रमाणपत्रहरू उहाँहरूले नै दिनुभएको हो मलाई । मैले आज उठ्नै पर्छ । आज मैले मनको आवाजलाई सुनेकी छु, अब यसैलाई पछ्याउनु छ । विना कारण भोगेको यो सजायबाट मुक्ति लिनै पर्छ ।
मेरो केही छुट्यो र यहाँ ? त्यो अजङ्गको कोठामा एकचोटि नजर घुमाएँ । भौतिक सामान त मेरो केही थिएन, जुन छुटोस् । हो, पाँच वर्षसम्मका आँसु, पीडा र जलन भने त्यो कोठाभरि हुन सक्छन् । खप्न नसक्दा निस्किएका चीत्कारहरू कुनै कुनाबाट अझै पनि गुञ्जन सक्छन् । नरम तकिया एक्लो थियो वेडमा । प्रत्येक रात मेरा आँसु आफूले सोसेर दुनियाँको नजरबाट बचाइरहृयो मलाई । बिचरालाई एकपटक छोऊँ कि Û भैगो, त्यो निर्जीव तकियामाथि केको मोह ? भोलिदेखि कुनै अर्कीको आँसुले त्यसरी नै नुहाउला त्यो ।
घडीले बिहानको चार बजेको सङ्केत दियो । अहो Û अब निस्कनुपर्छ । तर कुनै हतार छैन मलाई । ऐनाअगाडि पुगेँ । अघिको एल्बमकी केटीजस्तै लाग्यो आफैँलाई । हासौं कि जस्तो लाग्यो । साँच्चि कति समय भएछ मैले नहाँसेको ? धेरै बेर अडिन सकिनँ त्यहाँ । ढोकानिर पुगेर ढोका खोलेँ । चकमन्न थियो चारैतिर । एकपटक फर्किएर बिस्तारामा लडिरहेको त्यो पुरुषलाई हेरेँ जो केवल आफू मात्रै मान्छे हुँ भन्ने सम्झन्छ । सपनामा पनि कुनै कुकृत्यमा रम्दै होला, रमिरहोस्, अब कुनै अफसोच छैन । ढोका बाहिरबाट तानिदिएँ र सरासर तल झरेँ ।
पाँच वर्षअगाडि छिरेकी थिएँ यस घरमा । सुनौलो जिन्दगीको सपना त त्यतिबेला पनि थिएन तर यसरी निस्केर हिँडुँलाजस्तो पनि लागेको थिएन तर निस्किएँ, म हिँडेँ । मुगल दरबारको जस्तो भीमकाय मूलढोका एक झट्कामा खोलेँ र बाहिर निस्किएँ । चिसो हावाले अझ स्फूर्ति दियो शरीरमा । लामो बगैँचा छिचोलेर मूलढोकासम्म आइपुग्दा कोही भेटिएनन् । कुन्नि कहाँ छन् आज यो कठोर महलका निरीह
पहरेदारहरू Û गेट खोलेँ र एक पाइला बाहिर राखेपछि फर्किएर भित्र हेरेँ । अहँ, मलाई रोक्ने कुनै चीज थिएन त्यहाँ । छोराछोरी जन्मिएका भए तिनको मायाले छेक्थ्यो होला । रामै्र भयो मलाई कमजोर बनाउने कुनै चीज छैनन् मेरो जिन्दगीमा । पाँच वर्षसम्म निसास्सिएको तनमनमा आज ताजा श्वास भर्नेछु । पाँच वर्षसम्म धेरै लुट्यो यो महलले मलाई । अब दुवै पाइला बाहिर छन् । मूलढोका बन्द गरेँ- गरिनँ याद भएन ।
बिहानीपखको चन्द्रमाको प्रकाश कस्तो राम्रो देखिएको धर्तीमा Û कुनै प्रचण्ड ताप छैन, न त कालो अन्धकार नै छ । तनमनमा पीडाको कुनै आभास भएन । खोई, कसरी हरायो वर्षौँदेखि थुपि्रएको त्यो दुखाइ एक्कासि ?
धेरैबेर हिँडिसकेपछि फाट्टफुट्ट मान्छे देखिन थाले बाटोमा । गरिबहरू यति सबेरै आफ्नो पेट पाल्न उठेका होलान्, धनीहरू सायद पेट घटाउन । कतातिर लागूँ भन्ने कुनै दोधार छैन मनमा । जता गए पनि हुन्छ मैले तर माइती चाहिँ जाने छैन । सानोमा एक दिन दाइसँग झगडा पर्दा ‘यो घर मेरो हो, तँ त अर्कैको घर जान्छेस्’ भनेको थियो उसले । म रुँदै गएर आमालाई सोधेकी थिएँ, ‘मेरो घर कुन हो आमा ?’ आमाले टाउकोमा मायाले मुसार्दै भन्नुभएको थियो, “छोरीको दुईवटा घर हुन्छन् बा । एउटा जन्मघर, अर्को कर्मघर ।” आज निकै ठूली भएपछि थाहा भयो, छोरीको त कुनै घर नै हुँदैन आमा । त्यो त यो समाजले बनाइदिएको जेल पो रहेछ । मेरो घर मैले बनाए मात्रै हुन्छ । त्यही त गर्न जाँदैछु आज । उज्यालोसँगै मान्छेको चहलपहल पनि अलिअलि बढ्न थाल्यो । अझ पनि अँध्यारोले नै जितिरहेको छ तर यो चाँहि अवश्यम्भावी छ, उज्यालो छिट्टै हुनेछ ।
(श्रोत:- मधुपर्क असार, २०६८)