~बूँद राना~
बसी बुइँगलमा यो गर्न थाले?
खरो मेट्छु भन्दै दुबो चर्न थाले।
कहाँ धाँक अमृत पिलाउने गर्थे
कहाँ ली प्याला जहर भर्न थाले।
कठै, भन्ने कोही कतै देखिँदैन
अहो, एकएक्लै नरक पर्न थाले।
म उफ्री बुरुक्कै सगर छुन्छु भन्दा
न भाँडो न भैँमा भई झर्न थाले।
सलामी लिएरै हिजो थे न फुर्सद
मलामीविना आज ती मर्न थाले।
(श्रोत:- अन्तर्जाल)
